अनलाइन कक्षा सञ्चालनको लागि माइक्रोशफ्ट टिमको प्रयोगबारे अभिमुखीकरण सम्पन्न, कलेजका सम्पूर्ण तहका कक्षाहरु भाद्र ३१ गतेबाट सुरु

भाद्र ३१, २०७७ बुधबार
0 प्रतिक्रिया
भक्तपुर । वागीश्वरी कलेजमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई लक्षिण गरी भाद्र २७ र २८ गते माइक्रोशफ्ट टिमको प्रयोगबारे प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।  कार्यक्रममा डा. बलराम दुवालले व्यवस्थापन सङ्कायमा अध्यापनरत शिक्षक शिक्षिकाहरुलाई भाद्र २७ गते र शिक्षक नवीन प्रजापतिले मानविकी सङ्कायका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।  माइक्रोशफ्ट टिमको प्रयोग, चुनौती र समाधानबारे उहा“हरुले सहभागीहरुलाई प्रष्ट्याउनुभएको थियो ।  कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको उपस्थितिमा भएको उक्त कार्यक्रममा कलेजका सङ्काय इन्चार्जहरु राजन चौगुठी र बब्लुकुमार राउतको उपस्थिति थियो । त्यस्तै भाद्र २९ गते र भाद्र ३० गते दुई दिन शिक्षकद्वय नवीन प्रजापति र दिनेश सुवालले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई पनि माइक्रोशफ्ट टिमको प्रयोगबारे अभिमुखीकरण गर्नुभएको थियो ।  कलेजका सम्पूर्ण तहका कक्षाहरु औपचारिक रुपमा भाद्र ३१ गतेदेखि माइक्रोशफ्ट टिममार्फत अनलाईनबाट सञ्चालन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%