कर्तव्यनिष्ठ श्याम दाइको निधन

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २१ साउन २०७४ – विगत १३–१४ वर्षदेखि वागीश्वरी माविमा सुरक्षा गार्ड भई सेवा गर्दै आउनुभएका श्यामकृष्ण श्रेष्ठको २०७४ साउन १७ गते निधन भएको छ । श्री शमशेर दल बटायिन शाही नेपाली सेनामा १९ वर्ष सेवा गरी निवृत्त हुनुभएका उहा २०६० पुस १ गतेदेखि वागीश्वरी स्कुलमा निरन्तर सुरक्षा गार्डमा सेवारत हुनुहुन्थ्यो । उहा हरेक दिन साझ ६ बजे स्कुलमा आई रात्रिकालीन सुरक्षा गार्ड भई भोलिपल्ट बिहान ९ बजे ड्युटी पूरा गरेर फर्कनुहुन्थ्यो । सेवाको यो अवधिमा उहा“ले स्कुलमा कहिल्यै लामो बिदा लिनुभएन भने काम विशेषले कहिले काहीं बिदै लिनुपयो भने पनि उहा सुरक्षा गार्डको वैकल्पिक व्यवस्था आफै गर्नुहुन्थ्यो । ठीक समयमा आउने ठीक समयमा जाने समयको परिपालनामा उहाले सैनिक अनुशासन जीवनपद्धतिकै रूपमा प्रदर्शन गर्नुभयो । यस अर्थमा उहा“ कर्तव्यनिष्ठ जिम्मेवार कर्मचारी हुनुहुन्थ्यो भन्नेमा कुनै शङ्का थिएन ।

२०७४ साल साउन १३ गते नागपञ्चमीको दिन यसवर्ष विशेष कारणले रक्षाबन्धनसमेत भएकाले विद्यालयमा बिदा थियो । बिदालाई सदुपयोग गर्दै संयुक्त परीक्षा समितिले कक्षा १२ को अर्थशास्त्र विषयका शिक्षकहरूको बैठक बिहान ७ बजे राखेको थियो । बैठकमा उहा“ले पनि सक्दो सेवा प्रदान गर्दै हुनुहुन्थ्यो । अकस्मात् उहा“ “भुइ“चालो आयो भुइ“चालो आयो” भन्दै चिच्याएर भान्सा कोठामा पस्नुभयो । भान्सा कोठामा भान्से हरि दाइ हुनुहुन्थ्यो । हरि दाइले उहा“लाई ‘भुइ“चालो आएको होइन, खै के भयो ? बस यता’ भनेर बेन्चमा बसाई ३ कप पानी पिलाउनुभयो । हरिदाइले बिस्तारै तल अफिसमा ल्याउनुभयो श्याम दाइलाई । श्याम दाइले टाउको दुखेको र रिङ्गता लागेको बताएपछि तुरुन्तै विद्यालय भवनमा रहेको स्वास्थ्य क्लिनिकमा स्वास्थ्यकर्मी दीपक माक बोलाई ब्लड प्रेसर जा“चियो । दाया“ पाखुराको ब्लड प्रेसर सामान्य भए पनि बाया“ पाखुराको ब्लड प्रेसर असामान्य देखिएपछि दीपकजीले तुरुन्त ‘जनस्वास्थ्य’ मा लान सुझाव दिए । स्कुल अगाडि नै चौविसै घण्टा डाक्टरी सेवा प्रदान गर्ने भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्यमा तुरुन्त लगी ज“चाइयो ।

जनस्वास्थ्यको डाक्टरले मस्तिष्कमा आघात भएको आशंका गरी तुरुन्त अस्पतालमा लान रिफर गरे । जनस्वास्थ्यको एम्बुलेन्स बाहिर गइरहेको बेला पर्यो । तुरुन्त सिद्धिस्मृति अस्पतालको एम्बुलेन्स डाकेर छाउनी अस्पतालमा पु¥याइयो । तदारुक्ताका साथ स्वास्थ्य परीक्षण भयो । टाउकाको सिटिस्कान गर्दा भित्र रक्त नली फुटेको हु“दा स्थिति जटिल भएको अवगत गराइयो । न्युरो डाक्टरद्वारा टाउकाको अप्रेशन गरी उपचार हुने जानकारी दिइयो । शुक्रबार भर्ना गरिएका उहा“को मस्तिष्क भित्र जमेको रगत शनिबार निकालिएको जानकारी प्राप्त हु“दा रोग निको हुने ठूलो आस जागेको थियो । तर नियतिले त्यो आशालाई मंगलबार बिहान सम्म पनि टिकाएन ।

नियतिले श्याम दाइको प्राण चुडेर लग्यो । २०१९ साल चैत्र १५ गते भक्तपुरको चित्तपोल (चितापुर) मा जन्मनुभएका श्याम दाइको घरमा ९० वर्षका वृद्ध बुबा र आमा हुनुहुन्छ । उहा“का श्रीमती, १ छोरा र ३ छोरी छन् । उहा“को निधनले विद्यालयले एक कर्तव्यनिष्ठ कर्मचारी गुमाएको छ । उहा“प्रति विद्यालय मात्र होइन वागीश्वरी कलेज परिवार समेत हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उहा“को सम्झनामा वागीश्वरी स्कुल र वागीश्वरी कलेजले साउन १८ गते १ दिन शोक विदासगै श्रद्धाञ्जली सभा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%