परीक्षाको नतिजा विश्लेषण सम्पन्न

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, ५ जेष्ठ २०७३ - भक्तपुर वागीश्वरी कलेजले हालै सम्पन्न गरेको स्नातक तह प्रथम र द्वितीय वर्षको दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम जेठ ८ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुलाई पढ्नको निम्ति उत्प्रेरित र उत्साहित बनाउनुका साथै उमेर अनुसारको व्यक्तित्व प्रस्फुटनको लागि अवसर दिनुपर्छ भन्नुभयो ।

कक्षामा नियमित उपस्थित नहुने, परीक्षामा एक घण्टा लगत्तै परीक्षा छोड्ने र जागिरे विद्यार्थीहरुको नतिजा खस्केकोमा उपस्थित सबै शिक्षकहरुले चिन्ता व्यक्त गर्नुभएको थियो । कमजोर विद्यार्थीहरुको लागि थप उपचार कक्षा, जागिरे विद्यार्थीहरुका लागि शनिबार पनि कक्षाको व्यवस्था गर्नुका साथै लब्धाङ्क पत्र एसएमएस वा हुलाक मार्फत अभिभावकलाई जानकारी दिनुपर्ने लगायतका सुझावहरु दिइएका थिए । कार्यक्रममा विषयगत शिक्षक तथा शिक्षिकाहरुले विषयगत नतिजाको समीक्षा गर्नुभएको थियो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य सुशिला कर्माचार्य, सहप्राचार्य ग्याहेन्द्र प्रसाद दाहाल र शिक्षक राजन चौगुठीले बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%