प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल वागीश्वरीमा

चैत्र ३०, २०७५ शनिबार
0 प्रतिक्रिया

भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश सभाका सदस् प्रतिमा श्रेष्ठ पनि हुनुहुन्थ्यो । 
अवलोकनका क्रममा उहा“हरुले वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिस“ग कलेजको वस्तुस्थितिको बारे जानकारी लिनुभएको थियो । 
अध्यक्ष प्रजापतिले कलेजको बारेमा जानकारी दिनुहु“दै कलेजले तुमचो–चोखा–दुगुरे आवास योजनास“ग किनेको १ रोपनी ७ आना जग्गामा आफ्नै भवन निर्माणको प्रकृया अगाडि बढाएको हु“दा प्रदेश सरकारको तर्फबाट पनि उचित सहयोगको अपेक्षा गर्नुभयो । 
सो अवसरमा प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा स्नातक र स्नातकोत्तर तहमा मानविकी र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको र कुल विद्यार्थी ८६६ जना रहेको जानकारी दिनुहु“दै परीक्षाफल पनि उत्कृष्ट रहेको जानकारी दिनुभयो । 
यस अघि च्याम्हासिंहको स्कुल प्राङ्गणमा मन्त्री दुलाल र सांसद श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र प्राचार्य कृष्णप्रसाद धन्छाले फूलको गुच्छा र खाडाले स्वागत गर्दै विद्यालयको विभिन्न पक्षको अवलोकनका साथ जानकारी दिनुभएको थियो । 
अवलोकनको क्रममा मन्त्री दुलालले एक विद्यालय एक नर्स कार्यक्रम अरु विद्यालयमा पनि विस्तार गर्ने र हाल सञ्चालित विद्यालयमा पनि सामग्री थप्ने जानकारी दिनुभयो । 
मन्त्री दुलाल र सांसद श्रेष्ठले कलेजको आगन्तुक पुस्तिकामा “चार हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने यस शिक्षालयको सर्वाङ्गीण विकासको शुभकामनासहित प्रदेश सरकार साथमा रहने” विचार व्यक्त गर्नुभएको छ । 
पुस्तिकामा उहा“हरुले “भौतिक पूर्वाधार, शैक्षिक सामग्री व्यवस्थापन, प्रयोगशाला लगायतको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर राम्रो रहेको र यसलाई अझै सुदृढ गर्न सकिने सम्भावना” भएको उल्लेख गर्नुभएको छ । 
कलेज र स्कुलको तर्फबाट उहा“हरुलाई मायाको चिनोसहित प्रकाशित कलेजको जर्नल, साहित्य स“गालो, स्मारिका लगायत प्रदान गरिएको थियो । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%