भूगोल, इतिहासबारे विद्यार्थीहरुलाई शिक्षित पार्नुपर्ने

फागुण २६, २०७५ आइतबार
0 प्रतिक्रिया

२३ फागुन, भक्तपुर । वागीश्वरी कलेजको ११ औं र वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह बिहिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले नेताहरुले देशको भूगोल, इतिहासबारे जानकारी नराख्दा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बेइज्जत भएको उदाहरण दिंदै शिक्षकहरुले विद्यार्थीहरुलाई अहिलेदेखि नै ती विषयहरुमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
अपराधी, कालोबजारीहरुलाई जेलबाट छुटाउनकै लागि दैनिक रूपमा सिंहदरबार र सितलनिवासमा घुइ“चो लाग्ने बताउ“दै उहा“ले विद्यार्थीहरुलाई नैतिकताको विषयमा प्रष्ट पार्नु महŒवपूर्ण भएको बताउनुभयो । 
‘लगानी बोर्ड विधेयक देशघाती हो’ भनी विरोध गर्दागर्दै तत्कालीन शासक दलहरुले ह्वीप जारी गरी पास गरेको विधेयकले देशका ठूलठूला प्राकृतिक सम्पतिहरु विदेशीको हातमा सयौं वर्षको लागि भाडामा दिने बाटो खुलाउनु देश र जनताको लागि धोका हो भन्नुभयो । 
सरकारले देश विकासको निम्ति जनशक्ति व्यवस्थापन गर्न नसक्दा उत्कृष्ट विद्यार्थीहरुलाई सस्तो ज्यामीको रूपमा विभिन्न देशले प्रयोग गरि“दै आएको उहा“ले बताउनुभयो । 
देश विकास गर्न शिक्षा मुख्य आधार हो भन्ने मान्यतालाई ग्रहण गर्दै नेमकिपाले शिक्षा प्रचारलाई प्राथमिकतामा राखेको उहा“ले बताउनुभयो ।  
विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजले विद्यार्थीहरुलाई २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न प्रयासरत रहेको बताउ“दै कार्यरत शिक्षक, शिक्षिका कर्मचारी तथा अभिभावकहरुबाट सहयोगको लागि अनुरोध गर्नुभयो । 
विद्यार्थीहरुको चौतर्फी विकास गर्नका लागि भक्तपुर नगरपालिकाले शारीरिक तथा बौद्धिक प्रतियोगिताहरु गर्दै आएको उहा“ले बताउनुभयो । 
देशमा संघीयता लागू भइसकेपछि मावि तहसम्मको सम्पूर्ण शिक्षा स्थानीय तहलाई जिम्मा दिए तापनि सरकारले खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयलाई प्रमुख जिल्ला विकास तथा समन्वय ईकाईमार्फत् ब्यु“ताउने प्रयास भइरहेकोप्रति उहा“ले आपत्ति व्यक्त गर्नुभयो । 
अतिथि प्रदेश नं. ३ का सांसद माननीय सुरेन्द्रराज गोसाईले नवउदारवादी शिक्षा व्यवस्था, व्यापारिकरण, शैक्षिक माफियाहरुलाई वागीश्वरीले जवाफ दिएको बताउ“दै उहा“ले जनताको जगमा स्थापित विद्यालयले कसरी देशको सेवा गर्न सकिन्छ भन्ने उदाहरण वागीश्वरी हो भन्नुभयो । 
हालै चीन भ्रमणको अनुभव बताउ“दै उहा“ले हरेक विद्यालयले खेलकुदलाई मुख्य प्राथमिकता दि“दा विद्यार्थीहरु सामाजिक सञ्जाल लगायतका क्षेत्रमा नफस्ने बताउनुभयो । 
पञ्चायत ढलेको ३० वर्ष भइसक्दा पनि जनताको जीवनस्तरमा कुनै मौलिक परिवर्तन नभएको बताउ“दै उहा“ले शासक दलहरुमा अझै पनि कुनै अपराधबोध छैन भन्नुभयो । त्यसैले हरेक शिक्षकहरुले शिक्षालयलाई अमूल परिवर्तन र क्रान्तिको बारुदखानाको रूपमा विकास गर्नुपर्छ भन्नुभयो । 
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयले हीरक वर्षको उपलक्ष्यमा वर्षैभरि हरेक महिनामा कुनै न कुनै विशेष कार्यक्रम गरी मनाएको जानकारी दिंदै अभिभावकहरुको आशालाई पूर्ति गर्न शिक्षक तथा कर्मचारीहरु क्रियाशील रहेको बताउनुभयो । 
भक्तपुरको जनजीवन, कला संस्कृति, स्थानीय उपचार विधिलगायतका बारेमा जानकारी दिन भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको उहा“ले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गुणस्तरीय शिक्षा, नमूना विद्यालय, विद्यार्थी अभिभावकलाई गर्व गर्न सक्ने वातावरण दिन सक्नु विद्यालयको सबल पक्ष हो भन्नुभयो । 
दरबन्दी वितरण समिति कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरवन्दी मिलाउन नसकेको वर्तमान समयमा भएका प्रावि तहको बढी दरबन्दी शिक्षकहरु समायोजन गर्न प्रयासरत रहेको बताउनुभयो । 
ईसीडीमा पढाउने सहजकर्ताहरुलाई शिक्षककै रुपमा परिभाषित गर्नुपर्छ, उहा“ले बताउनुभयो ।  
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले वागीश्वरीको आर्थिक अनुशासन र पारदर्शिता देशकै नमूना हो भन्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले वागीश्वरी स्मारिका र वागीश्वरी जर्नल विमोचन गर्नुभएको थियो भने विद्यालयका शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घ पदक, साहित्यकारहरु चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना र चन्द्रप्रसाद ढकाललाई दोसल्ला ओढाई सम्मान गरेको थियो । विद्यालय तथा कलेजमा उत्कृष्ट योगदान गर्नुहुने शिक्षक, कर्मचारी तथा एसर्ईई, + २ तह, टेक्स र स्नातक तहको बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई उहा“ले मेडल, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथि सुनिल प्रजापतिले स्नातक र स्नातकोत्तर तहमा उच्च अङ्क प्राप्त विद्यार्थीहरु तथा साहित्य गोष्ठीमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले सिद्धिबहादुर छात्रवृत्ति, पूर्व शिक्षिका नारायणी मानन्धरले नारायणी मानन्धर छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वार्षिक प्रगति प्रतिवेदन वाचन गर्नुभएको थियो भने साहित्यकार हरिहर तिमल्सिना, सहायक प्रअ ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।  
औपचारिक कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%