रेडियो नेपाल र नेपाल टेलिभिजनको अवलोकन भ्रमण

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १० फाल्गुन २०७३ - वागीश्वरी मावि कक्षा १२ र वागीश्वरी कलेज स्नातक तह द्वितीय र तृतीय वर्षमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुलाई फागुन ६ गते शुक्रबार रेडियो नेपाल र नेपाल टेलिभिजनको अध्ययन अवलोकन भ्रमण लगिएको छ । शिक्षक प्रेम प्रजापति र शिक्षिका अनिता सिवाकोटीको नेतृत्वमा लगिएको उक्त भ्रमणमा करिब ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षाको साथै व्यवहारिक र प्राविधिक ज्ञान पनि दिने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ । भ्रमणमा संलग्न स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थी ज्योती श्रेष्ठले अवलोकन भ्रमण विद्यार्थीहरुलाई अध्ययनमा थप सहज र लाभदायी भएको अनुभव व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%