वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सम्पन्न

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, ९ जेष्ठ २०७५ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training को समापन कार्यक्रम जेष्ठ ९ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुसन्धानमा सहभागी हरेक शिक्षकले कुनै एउटा विषयमा अनुसन्धान गरी राज्यको निम्ति योगदान गरे मात्र तालिम सार्थक रहन्छ भन्नुभयो । उहा“ले भन्नुभयो, ‘खानेपानीको समस्या, अपराधका घटनाहरु बढिरहेको समयमा अनुसन्धान कार्यलाई अगाडि बढाई हरेक किसिमको रेकर्ड बनाउन सकियो भने समस्या समाधान गर्न सक्षम हुन्छ ।’

अतिथि वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले अनुसन्धान कार्यको महत्वलाई उजागर गर्दै तालिम लिनुभएका शिक्षकहरुले विद्यार्थीहरुलाई समाजको स–साना अनुसन्धानका कार्यमा लाग्न प्रोत्साहित गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । वागीश्वरी कलेज रिसर्च म्यानेज्मेन्ट सेलका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ, उपप्राध्यापक किशोर हाकुदुवाल, शिक्षक राजन चौगुठी, सुनिता राउत, सञ्जिवनी कलेज काभ्रेका पुजन श्रेष्ठले पनि बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%