वागीश्वरीमा दोस्रो पूर्व विद्यार्थी भेला

साउन २१, २०७५ सोमबार
0 प्रतिक्रिया

साउन १९, भक्तपुर– वि.सं. २००९ सालमा सामान्य छाप्रोबाट सुरु भएको वागीश्वरीको आजको स्थितिसम्म प्रगति गर्न पूर्व विद्यार्थीहरुको योगदानलाई वागीश्वरी माविले कदर गरेको छ ।
हीरक वर्ष २०७५ को उपलक्ष्यमा शनिवार आयोजित भेला कार्यक्रममा २०५१ देखि २०६० सम्मका एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरुको उत्साहवद्र्धक उपस्थिति भएको छ । पूर्व विद्यार्थीहरुले आ–आफ्नो व्याचको भेलाबाट छानिएका प्रतिनिधिहरुले स्कूलको प्रगतिमा सक्दो योगदान गर्ने तत्परता देखाएका थिए ।
प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी रवीन्द्र ज्याख्वले देशका ६० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययन गर्ने यस विद्यालय सबैको साझा घर रहेको चर्चा गर्नुभयो । वडा नं. ९ का वडाअध्यक्षसमेत रहेका उहाँले २०४०–५० सम्मका पूर्व विद्यार्थी भेलाबाट यस विद्यालयको प्रगतिका लागि एउटा कोषको आवश्यकता औंल्याएपछि हरेक एसएलसी व्याचबाट  सहयोग गर्ने स्वेच्छिक एजेन्डा बनेको बताउनुभयो । त्यस्तै उहाँले स्कूलप्रतिको उत्तरदायित्वका हिसाबले सबैले क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । देशको नमूनाको रुपमा रहेको यस विद्यालयमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु हाम्रो प्रगतिमा चासो राखेको बताउँदै ठूलो संस्थाका रुपमा अगाडि बढेको यस विद्यालयप्रति पूर्व विद्यार्थीहरुको थप जिम्मेवारी भएको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गर्ने कार्यमा लागिरहेको बताउँदै यस विद्यालय र कलेजका विद्यार्थीहरुलाई जिम्मेवार नागरिकका रुपमा तयार गर्नुपर्ने चुनौती आएको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यालयलाई विभिन्न संघसंस्थाहरुले सहयोग दिन चाहेपनि नलिएका विभिन्न घटनाबारे स्पष्ट पार्नुभयो । उहाँले आफ्नो इमान र नैतिकतालाई दाउमा राखी कहिल्यै पनि नझुकेको बताउँदै पूर्व विद्यार्थी यस विद्यालयको सम्पत्ति भएकाले विद्यालयका निम्ति सहयोग गर्नसक्ने बताउनुभयो ।
पूर्व विद्यार्थीलाई स्वागत गर्दै प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति तथा गतिविधिबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा २०५१ देखिका पूर्वविद्यार्थीहरु क्रमशः रघुनाथ प्रजापति, रोशन भ्वयद्य, सत्यराम ज्याख्व, हरिकृष्ण दुवाल, सुलोचना साखकर्मी, निरञ्जन प्रजापति, नविन लागे, समिर साही, विश्वराम दुमरु, गोपालसुन्दर गोसाईले आफ्नो व्याचको तर्फबाट सहयोगको प्रतिबद्धतासहित सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अथिति एवं अतिथिबाट  पूर्वविद्यार्थी सबैलाई मायाको चिनोसहित सम्मान गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%