वागीश्वरी कलेजको सातौं कलेज सभा सम्पन्न

मंग्सिर ७, २०७६ शनिबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेजको सातौं कलेज सभा मंसिर ७ गते शनिबार सम्पन्न भएको छ । 
कार्यक्रमका विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय सरकारले स्थानीय तहलाई शिक्षा नियमावलीअनुसार काम गराउन खोज्नु गलत परम्परा भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शिक्षा ऐन जारी गरी विना अवरोध कार्यान्वयन गरिरहेको छ भन्नुभयो । 
प्राध्यापकहरुले व्यापारिक मनसाय बोक्न नहुने विषयमा स्पष्ट पार्दै उहा“ले शिक्षकअनुसार विद्यार्थी तयार हुने हु“दा देशभक्त, इमानदार विद्यँर्थी तयार गर्न शिक्षकहरु आफै देशभक्त हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
उहा“ले भन्नुभयो, ‘अहिले छरेको देशभक्तिको शिक्षाको परिणाम २० वर्षपछि देखिन्छ ।’
मर्न लागेको मान्छेलाई बचाउने डाक्टरजस्तै विग्रन लागेको विद्यार्थीलाई सपार्न शिक्षकको महŒवपूर्ण भूमिका रहनेमा स्पष्ट पार्दै उहा“ले सामाजिक विकृति विसंगतिबारे शिक्षकले सचेत पार्नुपर्छ भन्नुभयो । 
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी मात्र गहना नभएर गहन चिन्तन स्थलको रूपमा विकास गर्न शुभकामना दिंदै साहित्यिक, सांस्कृतिक, सामजिक समस्याको समाधान गर्न प्राध्यापक तथा विद्यार्थीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्नुभयो । 
कक्षाकोठामा मात्र सिमित शिक्षाले समाज परिवर्तन सुस्त हुने तथ्य प्रस्तुत गर्दै उहा“ले नमूना कलेज बनाउने उद्देश्य राखेको वागीश्वरीले विद्यार्थीलाई सही राजनीतिक दृष्टिकोणको जलप लाउन सक्नुपर्छ भन्नुभयो । 
प्रदेश नं. ३ का सांसद एवं वागीश्वरी कलेजका पूर्व विद्यार्थी सृजना सैंजूले देशलाई आवश्यक दक्ष जनशक्ति र २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न वागीश्वरी अगाडि बढ्न सकियोस् भन्ने शुभकामना दिनुभयो । 
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षामा भईरहेको निजीकरण र व्यापारिकरणलाई चिर्दै सम्पूर्ण जनताका सन्तानको पहु“च पु¥याउने उद्देश्यले कलेजलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न मिहिनेत भईरहेकोमा खुशी व्यक्त गर्दै उहा“ले कलेजले उत्पादित जनशक्तिले समाजको प्रगतिका निम्ति गरेको योगदानको विषयमा अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । 
नया“ पुस्तामा देशको सार्वभौमिकताको बारेमा कम संवेदनशीलता भएको अनुभव गर्दै उहा“ले भारतले गरेको सीमा अतिक्रमणको विषयमा शिक्षकहरुले थप गहिराईका साथ बुझाउनुपर्छ भन्नुभयो । 
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्रा.डा. सिद्धिवीर कर्माचार्य, डा. बलराम दुवाल, डा. राजुभाइ त्यात, उद्धव सुजखु, भानुभक्त हुमागाईलगायतले बोल्नुभएको थियो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कलेज सभामा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन संशोधनसहित पारित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%