वादविवादमा पञ्चकन्या र वागीश्वरी प्रथम

भाद्र १, २०७५ शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर– सार्वजनिक मावि संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार देवी मावि सौडोलको आयोजनामा मावि स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वादविवाद प्रतियोगितामा छात्रतर्फ विद्यार्थीहरुका लागि ‘फेसबुक उपयुक्त होइन’ र छात्रातर्फ ‘धनभन्दा मन ठूलो’ भन्ने विषय दिइएको थियो । 
प्रतियोगितामा छात्रतर्फ वागीश्वरी माविका उज्ज्वल सुवेदी प्रथम, पञ्चकन्या माविका राम दुलाल द्वितीय र चा“गुनारायण माविका नन्दराम दाहाल तृतीय भएका छन् भने छात्रातर्फ पञ्चकन्याकी करुणा तिमिल्सिना प्रथम, जोरपाटी माविकी सुष्मा खत्री द्वितीय र चा“गुनारायणकी सन्ध्या ढुङ्गेल तृतीय भएकी छिन् । 
प्रतियोगितापश्चात भएको पुरस्कार वितरण कार्यक्रममा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छाले यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक रुपमा जीवनोपयोगी हुने विचार व्यक्त गर्नुभयो भने गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोंजु फेसबुकको महŒव माथि प्रकाश पार्दै त्यसको प्रयोग गर्दा सचेतता अपनाउन नसके दुरुपयोग हुने कुरा प्रष्ट पार्नुभयो । 
कक्षा ९ र १० का छात्रछात्राको उत्साहजनक उपस्थितिमा भएको उक्त प्रतियोगिता देवी माविका प्रअ राजाराम छुकांको सभापतित्वमा भएको थियो । कार्यक्रममा तारा माविका प्रअ रामगोपाल त्वायनाले पनि बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%