वागीश्वरी कलेजका विद्यार्थीहरूको सामुदायिक सर्वेक्षण सल्लेरी सोलुखुम्बुमा

सल्लेरी । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मानविकी सङ्कायका विद्यार्थीहरूको चारदिने सामुदायिक सर्वेक्षण र जनचेतना कार्यक्रम चैत ९ देखि १२ गतेसम्म सोलखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरीमा सम्पन्न भयो ।

कार्यक्रमको तेस्रो दिन सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यमा समापन समारोह भएको थियो । उपप्रमुख तामाङले विद्यार्थीहरूले प्रत्यक्ष भोगेर सिकेको कुरा नबिर्सने बताउनुभयो । यसप्रकारको अध्ययन भ्रमण, सर्वेक्षण र जनचेतना कार्यक्रमले आफू प्रभावित भएको पनि खुसी व्यक्त गर्दै सोलुदुधकुण्ड नगरपालिकाले समुदायकै सहयोगमा विकासका कार्यहरू गर्दै आएको चर्चा गर्नुभयो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्हमु शेर्पाले सोलुखुम्बु र भक्तपुरको सम्बन्धको प्रसङ्ग उठाउँदै सोलुखुम्बुको स्थानीय समुदायको अध्ययन गरेर वागीश्वरी कलेजका विद्यार्थीहरूको ज्ञानको दायरा फराकिलो हुनेमा विश्वास प्रकट गर्नुभयो ।
स्रोत व्यक्ति एवम् योङ स्टार कलब, दोर्पुका कार्यकारी निर्देशक दिपक राजभण्डारीले सल्लेरीमा कलेजका विद्यार्थीहरूको यस्तो प्रकारको पहिलो अध्ययन भ्रमण भएको जानकारी दिनुभयो ।
कार्यक्रममा विषय शिक्षक अविना श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रस्ट्याउनुभयो ।
चारदिने कार्यक्रम प्रशिक्षक मङ्गलेश्वर ध्वजूको सभापतित्वमा भएको थियो भने विद्यार्थी निगिसा कपालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी दिपिका अधिकारीले स्वागत गर्नुभएको थियो । विद्यार्थीहरू रेश्मा श्रेष्ठ, सृष्टता लवजू, भावना भडेल, सुवास तामाङले पनि बोल्नुभएको थियो ।
पहिलो दिन योङ स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ र स्रोतव्यक्ति दिपक राजभण्डारीले अभिमुखीकरणमार्फत सल्लेरीमा स्वागत गर्नुभएको थियो ।
दोस्रो दिन बिहानी सत्रमा सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी बजार क्षेत्रमा अध्ययन भ्रमणसँग नुम्बुर हिमालको मनोरम दृश्यको अवलोकन गरेको थियो । दोस्रो सत्रमा वडा नं. ४ का वडाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाको कार्यकक्षमा स्वास्थ्य, शिक्षा, संस्कृति, विकास कार्य र चुनौती आदि विषयमा अन्तरक्रिया गरेको थियो । तेस्रो सत्रमा वडा नं. ५ स्थित जनजागृति नमुना माध्यमिक विद्यालयमा सामाजिक कार्यअन्तर्गत विद्यार्थीहरूले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत कुटुम्व धुनमा नेवारी लाखे नाच र तामाङ सेलो पनि देखाएको थियो ।
सो विद्यालयका प्रधानाध्यापक जनक थापाले वागीश्वरी कलेजलाई धन्यवादसहित आफ्नो विद्यालयलाई पनि अध्ययन भ्रमणको लागि प्रोत्साहित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
चौथो सत्रमा विद्यार्थीहरूले वडा नं. ४ को वडाध्यक्ष युवास तामाङको कार्यक्रममा वडाको गतिविधि, प्रशासनिक गतिविधि, पर्यटन, शिक्षाबारे अन्तरक्रिया गरेको थियो । उक्त वडामा अवस्थित फाप्लु विमानस्थलको अध्ययन भ्रमणपश्चात् साँझ दिनभरीको समीक्षात्मक कार्यक्रममा विद्यार्थीहरूको ६ वटा समूहहरू दुधकुण्ड, भुकला, सगरमाथा लिखु, सिद्धिचरण र सल्लेरीले आ–आफ्ना प्रस्तुतीकरण दिएका थिए ।
तेस्रो दिनको बिहानी सत्रमा विद्यार्थीहरूले योङ स्टार क्लवमा पुगी क्लवको विगत, वर्तमान र भावी योजनाबारे अन्तरक्रिया गरेर सोलु एफएम १०१.२ मेगाहर्जको पनि स्टेसनमा पुगेर सामुदायिक एफएमको जानकारी लिए । दोस्रो सत्रमा विद्यार्थीहरूको ६ समूहले सल्लेरीको नयाँ बजारमा हरेक शनिबार लाग्ने हाटबजारको समग्र व्यवस्थापन, उपभोक्ता र व्यापारीको व्यवहार, स्थानीय जनतालाई परेको प्रभाव, स्थानीय उत्पादन, सुझाव र योजनाबारे सर्वेक्षण गरे ।
सोलुदुधकुण्ड नगरपालिकाको सभाकक्षमा समापन समारोहपश्चात् जिल्लाकै प्रसिद्ध चिवाङ्ग गुम्बाबाट दृश्यावलोकन गरेर अन्तिम सत्रमा समीक्षात्मक कार्यक्रम भयो ।
सामाजिक कार्य, ग्रामीण विकास, अङ्ग्रेजी र राजनीतिक शास्त्रका ३० जना विद्यार्थीहरूले सहभागिता जनाएको सो टोली चौथो दिनमा ओखलढुङ्गा, उदयपुर हुँदै सिन्धुलीको चैनपुर डाँडामा पुग्दा होली मनाएर काभ्रेपलाञ्चोक हुँदै कलेज फर्केका थिए ।

वागीश्वरीमा एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा बीए, बीबीएस र बीबीएमा अध्ययनरत विद्यार्थीहरुका लागि शुक्रबार एक दिने रचनात्मक समस्या समाधानका दृष्टिकोणसम्बन्धी कार्यशाला सम्पन्न भयो । कार्यशालामा वागीश्वरी कलेजमै अध्ययनरत विद्यार्थी कृपा प्रजापति र पूर्वविद्यार्थी निष्ठा कायष्ठले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वागीश्वरी माध्यमिक विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाले समाधान विनाको समस्या नहुने र हामीमा हरेक समस्यालाई रचनात्मक ढङ्गले समाधान गर्न सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । त्यसैगरी वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासलाई सम्झँदै वागीश्वरी संस्था स्थापना गर्दा भोगेका समस्या र त्यसको रचनात्मक समाधानबारे जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठीका प्रशिक्षकद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिको योजना विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई बीउ पूँजी समेत प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रममा वागीश्वरी कलेज मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले कार्यशालामा भाग लिएका ३० जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर

वागिश्वरी कलेज, भक्तपुरमा स्तातक चौथों तहमा अध्ययनरत बिद्यार्थीहरुको चाँगुनारायण स्थित हेल्पिंग ह्यान्ड फेल्ट क्राफ्ट उद्योगमा अवलोकन कार्यक्रम सम्पन्न भयो |

घरकै सदस्यहरूबाटै रू ५० हजार लगानी गरी १५ वर्ष अघि शुरूवाट गरेको फेल्ट ब्यावसायले आज १०० भन्दा बढी महिलाहरूलाइ रोजगारी प्रदान गर्न सफल भएको उद्यमी राजु भडेलले बताउँनुभयो । साथै कुनै पनि काम सानो ठूलो नहुने बताउँदै इच्छा शक्ति भएमा स्वदेशमै प्रशस्त अवसर रहेको कुरामा जोड दिनु भयो ।

बिद्यार्थीहरूको जिज्ञासाको उत्सुकता मेटाउदै दिदै निरन्तर एकचित्त भइ लागेमा सफल हुने कुरामा निश्चिन्त रहन बिद्यार्थीहरूलाइ हौसला प्रदान गर्नुभयो । उद्योगका ब्यवस्थापक एवं युवा महिला उद्यमी रोशनी भडेलले भेडाको उनबाट हाल जुता, कि-रिङ, ब्यागलगायतका सामानहरूको उत्पादन गर्दै आएको र सोही कार्यलाइ भविष्यमा बिस्तारै गर्दै लैजाने लक्ष्य रहेको बताउँनुभयो ।

औद्योगिक अवलोकनले बिद्यार्थीहरुमा थप उर्जा दिने बताउदै अवलोकनको अवसर प्रदान गर्नुभएकोमा वागिश्वरी कलेजको तर्फबाट धन्यवादका साथ मायाको चिनो प्रदान गर्दै ब्यवस्थापन संकायका प्रमुख श्री बब्लु कुमार रावतले उद्योगलाइ बिदेशमा निर्यात मात्रै नगरी स्वदेशमै पनि बजार बिस्तार गर्न सकिने कुरामा जोड दिंदै यस्ता औद्योगिक अवलोकनले नवप्रबर्धन कार्य शुरू गर्न समेत प्रेरणा मिल्ने भएको बताउँनुभयो ।

न्यजिल्याण्डबाट भेडाको ऊन आयात गरि विभिन्न सामानहरु उत्पादन गरि पुन बिदेशमै निर्यात गर्दै आएको उक्त व्यवसायलाई राम्रो बजारीकरण गरि स्वदेशमै बिकी वितरण गर्न सकेमा नेपालीहरुलाई थप रोजगारीको सिर्जना गर्न सक्ने कुरामा कलेजका शिक्षक एवं औद्योगिक अवलोकनका संयोजक श्री दिनेश सुवालले बताउँनुभयो ।

कलेजका शिक्षकहरू चण्डेश्वरी लाखा, मिरा प्रजापति, राजकुमार कसपाल, बाबु कृष्ण के.सी. लगायतको उपस्थिति रहेको उक्त अवलोकन भ्रमणमा भेडाको ऊनको ब्यवसाय गर्ने शुरू गर्न कहाँबाट प्रेरणा मिल्यो भन्ने शिक्षक श्री नविन प्रजापतिको जिज्ञासामा आफु ललित कलाको बिद्यार्थी रहेको कारणले सोहि क्षेत्रमै केहि गरौँ भन्ने भित्रि इच्छाले प्रेरित भएको उद्यमी भडेलले बताउनुभयो ।

वागीश्वरी माविको ६५औं, वागीश्वरी कलेजको १६औं र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको प्रथम वार्षिकोत्सव सम्पन्न

भक्तपुर, १० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी माध्यमिक विद्यालयको ६५ औँ, वागीश्वरी कलेजको १६ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको प्रथम वार्षिकोत्सव समारोहको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सिद्धान्त र विचारबाट प्रभावित जनता आफ्नो विचारमा अडान लिनुपर्ने बताउँदै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता आदिको विरोध गर्ने नयाँ पुस्ता देशलाई आवश्यक भएको बताउनुभयो ।
परीक्षामा खुकुलो पारिदिए देशद्रोहीहरू तयार हुने बताउँदै उहाँले अनुशासित र मेहनती विद्यार्थीहरू आफ्नो पद र मर्यादाअनुसार काम गर्न सक्षम हुने बताउनुभयो ।

उद्योगधन्दा तथा कलकारखानाहरू निजीकरणले गर्दा देशको आर्थिक अवस्था झन्झन् कमजोर हुँदै गएको बताउँदै उहाँले देशमा भएका ठुल्ठुला काण्ड र देशघाती सम्झौताहरूमा शासक दलहरूकै संलग्नता पुष्टि भइरहेको बताउनुभयो ।
पढे–लेखेका बुद्धिजीवीहरूले देशलाई घात गरिरहेको बताउँदै उहाँले युवाहरूलाई शिक्षा र रोजगारीको नाममा विदेश पठाउने चलखेलमा अन्तर्राष्ट्रिय षड्यन्त्र भइरहेको प्रस्ट पार्नुभयो ।
विद्यार्थीहरूलाई शैक्षिक र बौद्धिकरूपमा अगाडि बढाउन प्रेरित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले एनजीओ तथा आइएनजीओहरू बुद्धिजीवी गुप्तचरको रूपमा परिचालित रहेकोतर्फ सजग हुनुपर्ने बताउनुभयो ।
आलोचना र आत्मलोचनाबाट भाग्ने होइन, त्यसको डटेर सामना गर्न विद्यार्थीहरूलाई सक्षम बनाउनुपर्ने बताउँदै उहाँले राजधानीकेन्द्रित विकास र सेवा सुविधाले काठमाडौँ उपत्यका प्रदूषित र अपराधको केन्द्र बन्दै गइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति, वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रोजगारीको निम्ति श्रमसँग जोडिएको शिक्षा आवश्यक भएको हुँदा राज्यले देशको आवश्यकताअनुसार राम्रो पूर्वाधारसहितको प्राविधिक शिक्षालय खोल्नु प्रभावकारी हुने बताउनुभयो ।
भक्तपुर नपाले सीटीईभीटीसँग हेल्थ एसिस्टेन्ट, रेडियोलोजिष्ट, फार्मेसीलगायतका विषयको कक्षा सञ्चालन गर्न स्वीकृति माग गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म स्वीकृति प्राप्त नभएको बताउँदै उहाँले सक्षम कलेजहरूलाई कक्षा सञ्चालन गर्न सहज वातावरणको अवस्था सिर्जनामा सीटीईभीटीले आवश्यक समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अनुमति पाए धेरै सस्तोमा पढाउने योजना रहेको बताउँदै उहाँले ख्वप इन्जिनियरिङ कलेजले राम्रा र क्षमतावान इन्जिनियरहरू उत्पादन गरेजस्तै चिकित्सकहरू पनि उत्पादन गर्ने उद्देश्य नपाको रहेको बताउनुभयो ।
भक्तपुरका कलेजहरूले गुणस्तरीय शिक्षाको साथै देशको सार्वभौमिकता र स्वतन्त्रताबारे पनि जानकारी दिने प्रयास गरिरहेको बताउँदै उहाँले देशको सार्वभौमिकता र स्वतन्त्रतामा आँच पुग्ने काम कहीँकसैबाट भए वागीश्वरीका शिक्षक र विद्यार्थीहरू जुनसुकै बेला त्यसको विरोधमा उत्रन तयारी अवस्था बस्नुपर्ने विचार राख्नुभयो ।
वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले वागीश्वरी मावि र कलेजले देश विकास, समाज उत्थान र समाजलाई सभ्य र सुसंस्कृत बनाउन यथोचित योगदान पु¥याइरहेको उल्लेख गर्दै सांस्कृतिक, शैक्षिक, साहित्य र प्रकाशनको क्षेत्रमा यस विद्यालयले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
मेहनती विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासले वागीश्वरीले आजको उचाइ प्राप्त गरेको चर्चा गर्दै उहाँले शिक्षालय सामूहिक प्रतिस्पर्धा गर्ने थलो हो र देशको लागि आवश्यक उत्कृष्ट विद्यार्थी उत्पादनमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
नेपालमा हजारौँको सङ्ख्यामा एनजीओ र आइएनजीओहरू सञ्चालनमा रहेको बताउँदै उहाँले नेपालको शिक्षा, धर्म र स्वास्थ्य क्षेत्रमा लगानीको नाममा ती संस्थाहरूबाट आर्थिक चलखेलहरू भइरहेको बताउनुभयो ।
शासकहरूलाई बुँख्याचा बनाउन एनजीओ र आइएनजीओहरू उद्दत रहेको बताउँदै उहाँले भारतीय एनजीओ आइएनजीओहरूले नेपालको सार्वभौमिकता र सम्प्रभुतामाथि हमला गर्ने प्रयास भइरहेको बताउनुभयो ।
वागीश्वरी मावि सञ्चालन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी मावि स्थानीय जनताले अपनत्व गरेको र राजनीतिक नेतृत्वले मार्गनिर्देश गरेको शैक्षिक संस्था भएको बताउँदै वागीश्वरीले शैक्षिक पाठ्यक्रमको पठनपाठनसँगै विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि प्रशिक्षित गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूमा कलेज स्थापनादेखि हालसम्म ४१ हजार ७९८ जना विद्यार्थीहरू भर्ना भइसकेको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेज तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुई, नगर शिक्षा अधिकृत साधुराम फुँयाल, शिक्षक राजन लाखा, विद्यार्थी प्रतिनिधि छात्रा काजल थापा र छात्र सुवान सुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले २५ वर्ष सेवा प्रदान गर्नुभएका शिक्षक पियुषराज गोसाईलाई सम्मान र उत्कृष्ट शिक्षक र कर्मचारीहरूलाई पनि सम्मान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूद्वारा विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा विद्यालयमा अध्यापनरत शिक्षकमार्फत ७३७ विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो । औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू देखाइएको थियो ।

विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली वागीश्वरीमा

भक्तपुर । वागीश्वरी कलेजको गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (PRT) ले माघ ७,८,९ र १० गते लगातार गरेको कलेजको अनुगमन सम्पन्न भएको छ ।
समापन कार्यक्रममा टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले वागीश्वरीलाई नजिकबाट नियालिरहेको बताउँदै पछिल्ला दुई वर्षमा कलेजले सबैको साझा प्रयासबाट फड्को मारेको विचार व्यक्त गर्नुभयो ।
गुणस्तरको सुनिश्चितता एकचोटिको प्रयासले मात्र नहुने भन्दै उहाँले भन्नुभयो, “गुणस्तर एउटा निरन्तरको प्रक्रिया हो† सेवाग्राही विद्यार्थी र समुदायलाई सन्तुष्ट पार्दै चरित्रवान जनशक्ति उत्पादन गरी त्यसले समाजलाई पु¥याउने योगदान नै कलेजको वास्तविक गुणस्तर हो ।”
कमी कमजोरी नभएको कुनै संस्था हँुदैन, यद्यपि संस्थालाई थप राम्रो बनाउन हामी सुझाव दिने गर्छौँ भन्दै उहाँले आगामी दिन समयतालिका बनाई योजनाबद्ध ढङ्गले कार्य गर्न सुझाव दिनुभयो ।
कलेज व्यवस्थापन समितिले छुट्याएको अनुसन्धानको बजेट सदुपयोग गर्न विशेष जोड दिँदै उहाँले अनुसन्धानबिना कलेजको महत्व नहुनेमा प्रकाश पार्नुभयो ।
गुणस्तरसँग सम्बद्ध कलेजका विभिन्न पक्षसँगै अन्तरक्रिया गर्दा सबैबाट आफूहरूले सकारात्मक पाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “विगतबाट पाठ सिक्दै भविष्यलाई उत्साहित गरेर हामी अघि बढ्नुपर्छ ।”
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले टीमले दिएका सुझावहरू दिइएको समयावधिभित्रै इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमन गरी शैक्षिक सुधारको लागि आवश्यक सुझावका लागि हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा टोलीका सदस्य प्रा.डा. रेजिना मास्केले वागीश्वरी कलेजको सबैभन्दा सबल पक्ष शिक्षक, विद्यार्थी र समुदाय सबैले अपनत्व ग्रहण गर्नु हो भने छात्राहरूको सक्रियता अत्यन्त प्रशंसायोग्य छ भन्नुभयो ।
कार्यक्रममा टोलीका सदस्य नवीना चौलागाई, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र कलेजको स्वअध्ययन टोलीका संयोजक विनोद प्रजापतिले पनि बोल्नुभएको थियो ।

“लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज मानविकी तथा समाजशास्त्र सङ्कायको आयोजनामा स्नातक तह बीए/बीएएसडब्लु चौथो वर्षका विद्यार्थीहरुलाई लक्षित गरी “लिङ्कीङ लिट्रेचर टु रिसर्च एण्ड प्रोजेक्ट वर्क” सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कमलकुमार पौडेल र उपप्राध्यापक डा. कमलराज देवकोटा कार्यशालाका मुख्य स्रोतव्यक्ति रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुले अध्ययन गरिएको सैद्धान्तिक ज्ञानलाई सरल तरिकाले प्रोजेक्ट वर्कमा प्रयोग गर्न यस कार्यशालाले सहज बनाउने जानकारी दिनुभयो ।
कार्यशालामा स्नातक तह बीए/बीएएसडब्लु चौथो वर्षको पाठ्यक्रममा रहेको अनुसन्धान रिपोर्टसम्बन्धी विद्यार्थीहरुलाई सहजीकरण गर्न उक्त कार्यशाला आयोजना गरिएको मानविकी सङ्कायका प्रमुख राजन फेलुले बताउनुभयो ।

जम्मा चार सेसनमा सम्पन्न उक्त कार्यशालाको पहिलो चरणमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा स्थानीय अनुसन्धान विषयलाई समेटेर लेखन कार्य गरिएको थियो भने दोस्रो चरणमा सोही विषयसँग सम्बन्धित अनुसन्धान लेखहरु खोजी समीक्षा गर्ने तरिका सिकाएका थिए ।

कार्यशालामा उपस्थित विद्यार्थी कवीर बुद्धाचार्यले कार्यशालाको आयोजना गर्नुभएकोमा कलेजप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको कार्यशालाले विद्यार्थीहरुको अनुसन्धान गर्ने विधिमा थप सहयोग पुगेको बताउनुभयो ।
कार्यशालाको समापन कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कार्यशालामा उपस्थित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै स्रोतव्यक्तिद्वय सहप्रा.डा. कमलकुमार पौडेल र उपप्रा.डा. कमलराज देवकोटालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी मा.वि/कलेज सञ्चिति कोषको सातौं साधारण सभा २०८० कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिको आतिथ्यमा मङ्सिर २३ गते शनिबार सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि प्रजापतिले अरू कसैको सहयोगमा भन्दा पनि आफ्नै मिहिनेत परिश्रमबाट संस्थालाई नमुना बनाउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

दक्षिण कोरियाले विदेश जाने नीति रोकेर त्यसको रकम उद्योगमा लगानी गरेर आज देश औद्योगिक मुलुक बनाएको उदाहरण दिँदै उहाँले २०७२ साल भूकम्पको बेलामा सकेसम्म आफ्नै पौरखले काम गर्दाको परिणाम अहिले अरूको लागि नमुनाको रूपमा देखिएको दृष्टान्त दिनुभयो । हाम्रो देश बनाउने दायित्व हाम्रै हो भन्ने भावना हामीमा हुनुपर्ने भन्दै उहाँले हामी नियमानुसार काम गर्छौं, जनतामा आधारित विकासलाई जोड दिन्छौं भन्नुभयो ।

सामुदायिक संस्था बिगारेर निजी संस्था पोस्ने विचार घातक रहेको चर्चा गर्दै उहाँले आर्थिक अनुशासन कडाइका साथ पालना गर्दै पारदर्शिता अँगालेर जनताको विश्वास जितेर अघि बढ्नुपर्ने बताउनुभयो ।
शिक्षक कर्मचारी मिहिनेती, परिश्रमी, अनुशासित भए मात्रै वागीश्वरी शैक्षिक संस्था राम्रो हुने चर्चा गर्दै उहाँले शिक्षक कर्मचारीहरू देशको आवश्यकताअनुसार भोलि राजनीतिमा आएर पनि देश र जनताको सेवा गर्नुपर्ने हुन सक्छ भन्नुभयो ।
नेपाली युवा जनशक्ति कुनै वस्तुतुल्य विदेश निर्यात गर्ने सरकारी नीतिको आलोचना गर्दै उहाँले अबको २० वर्षपछि यसको नकारात्मक नतिजा देशले भोग्नुपर्ने र त्यसबेला पछुताएर केही नहुने हुँदा आजै सचेत हुनुपर्ने बताउनुभयो ।
सरकारको गलत नीतिका कारण नेपाली काउली सस्तो हुँदा सडकमा फाल्नुपर्ने र भारतीय आयातित प्याज बजारमा महँगो भएको उल्लेख गर्दै आत्मनिर्भरतामा जोड दिन सुझाव दिनुभयो ।

अन्यत्र विद्यार्थीको अभावमा कलेज बन्दको स्थिति आएको उदाहरण दिँदै उहाँले विद्यार्थी नभए कर्मचारी शिक्षक पनि नचाहिने अवस्था आउन सक्छ यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नुभयो ।
वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले आजको वागीश्वरी आजका शिक्षक कर्मचारीको मिहिनेतले मात्र बनेको नभई पूर्वजको योगदानलाई नबिर्सन आग्रह गर्नुभयो । सामुदायिक भावना, देशभक्त नागरिक उत्पादनको जिम्मेवारीबोध आजको आवश्यकता रहेको चर्चा गर्दै उहाँले शैक्षिक गुणस्तरमा विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो– “शैक्षिक गुणस्तर नै जनताको विश्वास जित्ने हाम्रो बलियो आधार हो ।”
सभामा +२ संयोजक ज्ञानसागर प्रजापतिले अनावश्यक खर्च जोगाउनु पनि आम्दानी भएकाले मितव्ययितामा ध्यान दिन सुझाव दिनुभयो ।

कोषका अध्यक्ष धनकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त सभामा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको सभामा उपस्थित रमेश गोसाई, दिनेश प्रधान, सविन्द्र प्रजापतिलगायतले कोषको लागि विभिन्न सुझावहरू दिनुभएको थियो भने सभाध्यक्ष प्र.अ. कृष्णप्रसाद धन्छाले प्राप्त सुभावहरूमाथि कोष सञ्चालक समितिमा छलफल गर्ने र त्यसलाई विद्यालय व्यवस्थापन समितिले आफ्नो क्षमताअनुसार काम गर्ने विश्वास दिलाउनुभयो ।
सभाले रु. १ करोड १६ लाख १० हजार ५२८ रूपैयाको वित्तीय अवस्था रहेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो भने आगामी ३ वर्षको लागि धनकुमार श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय कोष सञ्चालक समिति पनि चयन ग¥यो ।

वागीश्वरी कलेजको एघारौँ कलेज सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज, तुमचो कमलविनायकको एघारौं कलेज सभा एक विशेष कार्यक्रमका साथ मङ्सिर १६ गते शनिबार सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले कलेजको विधानअनुसार कलेजको सबभन्दा माथिल्लो निकाय कलेजसभा भएको उल्लेख गर्दै सभा सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
देशको शैक्षिक अवस्था गिर्दै धेरै कलेजहरु बन्दको अवस्था भए पनि वागीश्वरी कलेजमा अझै १२०६ जना विद्यार्थी अध्ययनत रहेको प्रतिवेदन पढ्न पाउँदा खुसी लागेको बताउँदै उहाँले हरेक प्रतिकूल परिस्थितिसित जो जुध्न सक्छ उही मात्र समयसँगै अघि बढ्न सक्छ भन्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समयमै ‘एक घर एक स्नातक’ को नारा उठाउनु, बेलैमा कलेजले जग्गा खरिद गर्नु, भवन निर्माण गर्नुलगायतका कामहरु समयअनुसार नै चालेका कदमहरु हुन् । यसले वागीश्वरीलाई अगाडि बढ्न धेरै मद्दत पु¥यायो । त्यसैले समयलाई सबैभन्दा बलबान भनिएको हो ।’
वागीश्वरीले पाठ्यपुस्तक र परीक्षामा मात्र उत्कृष्टता हासिल गर्ने नभई यहाँका हरेक विद्यार्थीलाई उतिकै असल र देशभक्त नागरिक बनाउन पनि सक्नुपर्ने आवश्यकतालाई जोड दिँदै उहाँले मिहिनेत परिश्रम गरेर सिक्ने संस्कार बसाल्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
देशको युवा जनशक्ति बिदेसिनु समस्याको समाधान होइन भन्दै उहाँले नेपाली युवालाई नेपालमै भविष्य खोज्न उत्साहित गर्नुपर्ने बताउनुभयो ।
देशको शिक्षा क्षेत्र बिग्रनुमा यहाँका उच्च अधिकारीहरु जिम्मेवार रहेको कुरा वागीश्वरीले बेलैमा विभिन्न विषय अध्यापनको लागि सम्वन्धन माग्दा सम्बन्धन दिन नमानेको बरु पदमा रहेको व्यक्तिबाटै निराशा व्यक्त भएको चर्चा गर्दै उहाँले त्रिभुवन विश्विद्यालयका उपकुलपतिसँग पछिल्लो समयमा भएको भेटघाटबारे जानकारी दिनुभयो ।
विश्वविद्यालयअनुसार आयोगबाट वागीश्वरीलाई अब क्यु.ए.ए. पाउने अपेक्षा गर्दै उहाँले वागीश्वरीको अनुभव अरुलाई पनि काम लाग्ने बताउनुभयो ।

सभामा वागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले देशको आर्थिक शैक्षिकलगायतको अवस्था मात्र नभई अन्तर्राष्ट्रिय परिस्थिति पनि उतिकै खराब अवस्थाबाट गुज्रिरहेको चर्चा गर्दै उहाँले यस्तो बेलामा देशका बुद्धिजीवीहरु मौन रहनु बौद्धिक दरिद्रताको प्रदर्शन हो भन्नुभयो ।
संसारभरका शान्तिप्रेमी युद्ध विरोधी जनता प्यालेस्टाइनमाथि अमेरिकाको सहयोगमा इजरायलले गरिरहेको आक्रमणको विरोधमा उठिरहेको बेलामा यहाँका बुद्धिजीवीहरु, शासक र प्रतिपक्ष दलका नेताहरु फुटकर विषयमा समय खर्चिरहेको बताउनुभयो ।
गणतन्त्रको विरुद्ध राजतन्त्र पुनस्थापनाको विषय जबरजस्ती उठाई नेपाली जनतालाई विषयान्तर गर्न खोजिएको बेलामा नेपाल मजदुर किसान पार्टीले युद्धविरोधी संसारको आवाजमा आवाज थप्न ललितपुरमा युद्धविरोधी जुलुस गरेको सन्दर्भ कोट्याउनुभयो ।
प्यालेस्टिनी आम बालबच्चा र महिलाहरुको हत्या भइरहेको अवस्थामा सामाजिक न्यायको लागि पनि प्राध्यापक, शिक्षक विद्यार्थी सबैले आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कलेज सभा सदस्य, पूर्व विद्यार्थी एवं वागमती प्रदेश सभा सदस्य सिर्जना सैजुले विद्यार्थीलाई पाठ्यक्रम र पाठ्पुस्तकमा मात्र सीमित गरेर असल र योग्य नागरिक बनाउन नसकिने आफ्नो अनुभव सुनाउँदै सं.रा. अमेरिका सिङ्गो संसारलाई आफ्नो नियन्त्रणमा राख्न अनेक प्रपञ्च गरिरहेको क्रा पाठ्यपुस्तकमा पाइँदैन भन्नुभयो ।
कुनै बेला बेलायत महाशक्ति थियो, त्यसपछि रुस महाशक्ति भएर उडायो, अहिले चीन महाशक्ति रुपमा उडाउँदै छ भन्दै उहाँले अमेरिका रुसलाई रोक्न युक्रेन युद्ध उचाल्दै छ भने मध्यपूर्वको इन्धन हात पार्न इजरायललाई उचालेर युद्ध भडकाउँदै छ, यसप्रति हामी सचेत हुनै पर्छ भन्नुभयो ।
नेपालको अर्थतन्त्र भारत निर्भर हुनु उतिकै खतरा हो भन्दै उहाँले देश उत्पादन शून्यको स्थितिमा पुग्न शासकहरुको गलत नीति र अकर्मण्यताको परिणाम हो, यसलाई विद्यार्थीसम्म प्रष्टयाउनुपर्ने दायित्व प्राध्यापकहरुको हो भन्नुभयो ।
सभामा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले देशको बौद्धिक एवं युवा जनशक्ति विदेश पलायन हुनु साह्रै चिन्ताको विषय हो भन्दै उहाँले त्यसलाई रोक्न यहाँ पनि ‘लर्न एण्ड अर्न’ (पढ्दै कमाउँदै)को नीति लागु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्वले कलेजमा विद्यार्थीहरु स्थानीय विभिन्न विषयमा अनुसन्धानमा लगाउन सके यहाँको आवश्यकता बोध हुनुका साथै विद्यार्थीहरुमा व्यावहारिक ज्ञान हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कलेजको वार्षिक प्रतिबेदन (शैक्षिक, आर्थिक र भौतिक) प्रस्तुत गर्नुभएको थियो भने सभाले प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।
सभामा क्युएएसम्बन्धी स्वअध्ययन समूहका संयोजक विनोद प्रजापतिले क्युएएबारे हालसम्म भएका गतिविधिबारे जानकारी दिनुभएको थियो । सभामा परीक्षा संयोजक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

समसामयिक परिस्थितिप्रति सचेत हुन र वैदेशिक हस्तक्षेपको प्रतिरोध क्षमता बढाउन आवश्यक

भक्तपुर – वागीश्वरी कलेज, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट र वागीश्वरी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कलेज भवन उद्घाटन, दीपावली, नेपाल संवत ११४४ र छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा नवागन्तुक विद्यार्थीहरूलाई स्वागत एवं सांस्कृतिक कार्यक्रम कार्तिक २४ गते शुक्रबार सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले पाठ्यक्रम–पाठ्यपुस्तकमा जति राम्रो बनाउने हो त्योभन्दा बढी राम्रो देश विदेशको परिस्थितिबारे जानकार बनाई विद्यार्थीलाई सचेत पारिराख्नुर्नेमा जोड दिनुभयो । देश र जनताको सेवा गर्ने भावनासहित देशभक्तिको चेत नभएमा हाम्रा विद्यार्थी नै भोलि हाम्रा विरोधी भएर निस्किन सक्छन्, त्यति बेला शिक्षकलाई पछुतो हुन सक्छ भन्दै उहाँले बढ्दो वैदेशिक हस्तक्षेपविरुद्ध प्रतिरोधको क्षमता हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “त्यसैले हामीले अठार वर्ष पूरा गरेका हरेक युवालाई सैनिक तालिम अनिवार्य गर्नुपर्छ भनेर सरकारलाई धेरै वर्षदेखि सुझाव दिइराखेका हौं तर, सरकारले सुनिरहेको छैन ।”
कलेजको नयाँ भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै उहाँले निर्माणमा जोड दिएजस्तै जोगाउनमा पनि उत्ति नै ध्यान दिनुपर्छ भन्नुभयो ।
समारोहका सभापति कलेज व्यवस्थापन समिति अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्दै निरन्तर प्रगति गरिरहेकोमा सन्तोष व्यक्त गर्दै कलेजमा नयाँ नयाँ विषय थप्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरूको दवावमा सामुदायिक कलेजलाई नया“ नया“ विषयको सम्बन्धन नदिएको खुलासा गर्दै उहाँले बढ्दो सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेसिनुमा विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरू नै दोषी छन् भन्नुभयो । हालै कार्यकाल पूरा गरेका त्रिविका उपकुलपतिले आफ्नो कार्यकालको एकतिहाइ समय तालाबन्द भोग्नु परेको भनी बताएबाट त्रिविको स्थिति छर्लङ्ग हुन्छ भन्दै उहाँले त्रिविका प्राध्यापकहरूले कन्सल्टेन्सीको रकम खाएकै कारण देशका १४४० कलेजमध्ये ५०० कलेज बन्दको स्थितिमा पुगेको हो भन्नुभयो । सरकारको एउटा गलत नीतिका कारण देशका २२८ नर्सिङ कलेज बन्द हुँदा नेपालको सीमावर्ती भारतीय क्षेत्रमा सयौं नर्सिङ कलेज पोसिएको बताउँदै उहाँले कृषि प्रधान देशमा कृषिमा विद्यार्थी अभाव हुनु विडम्बनापूर्ण छ भन्नुभयो ।
कार्यक्रमका अतिथि नेमकिपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले एमसीसीका कारण देश अप्ठ्यारोमा पर्दै जाने निश्चित छ भन्ने कुरा हरेक क्षेत्रमा बढ्दो अमेरिकी हस्तक्षेपले पुष्टि गर्छ भन्दै नेपाली जनता यसमा सचेत नभए भोलि देशको अस्तित्व नै खतरामा पर्न सक्छ भनी सचेत पार्नुभयो ।
अमेरिकाको सहयोगमा इजरायलले विगत ३० दिनमा १० हजार प्यालेस्टिनी जनताको नरसंहार गरेको चर्चा गर्दै उहाँले इजरायलका प्रधानमन्त्री न्यतान्याहुले प्यालेस्टिनी अस्तित्व मेट्ने दुस्प्रयास गरेकै कारण वर्तमान युद्ध भएको हुँदा युद्धको जिम्मेवार इजरायल हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घले अन्तर्राष्ट्रिय कर्तव्यबोध गरी राजधानीमा हालै प्यालेस्टिनी जनताको पक्षमा इजरायली फासीवादको विरुद्ध ठूलो जुलुस आयोजना गरेको चर्चा गर्दै उहाँले भन्नुभयो– अरूलाई परेको अन्यायको विरुद्ध आवाज नउठाए भोलि हामीलाई कसैबाट अन्याय भए कसले आवाज उठाउँछ ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘‘संसारका न्यायप्रेमी जनता युद्धको विरोधमा छ, स्वतन्त्र प्यालेस्टाइनको पक्षमा छ । यस्तो विषयमा पनि शिक्षक विद्यार्थी जानकार हुन आवश्यक छ ।’
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष एवं वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षा राज्यको दायित्व हो तर यहाँ शिक्षा किन्ने वस्तु बनाइएको छ, पैसा हुने र पैसा नहुने बीच शिक्षामा विभेद छ त्यसो हुनु हुँदैन भन्दै उहाँले वागीश्वरी स्कुलले आफ्नो वरिपरिका स्कुललाई पनि सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा वागीश्वरी मािवका प्रअ कृष्णप्रसाद धन्छाले विद्यालयको सङ्क्षिप्त प्रतिवेदन सुनाउनुभयो ।
कलेज भवन निर्माण उपभोक्ता एवं अनुगमन समितिका संयोजक ज्ञानसागर प्रजापतिले २०७६ साल मङ्सिर २१ गते शिलान्यास भई २०८० साल असार मसान्तसम्ममा भवन निर्माणमा पाँच करोड चौध लाख सन्तानब्बे हजार पाँच सय त्रिपन्न रूपैयाँ खर्च भएको विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार उक्त रकममध्ये बाग्मती प्रदेश, भक्तपुर नगरपालिका र विश्वविद्यालय अनुदान आयोगबाट दुई करोड अठहत्तर लाख सत्तासी हजार अन्ठानब्बे रूपैया र कलेजको आन्तरिक स्रोतबाट दुई करोड छत्तीस लाख दश हजार चार सय पचपन्न रूपैया खर्च भएको छ ।
प्रमुख अतिथि बिजुक्छेंले नवनिर्मित भवनको मूलढोकामा रिवन काट्नुका साथै ताम्रपत्र अनावरण गर्नुभएको थियो । मङ्गल धुनको पृष्ठमा भएको उक्त कार्यक्रमपछि कलात्मक पानसमा दीप प्रज्वलन गरी समारोह पनि उद्घाटन गर्नुभएको थियो ।
समारोहमा भवन निर्माणमा योगदान दिने इन्जिनियरद्वय गङ्गासागर प्रजापति र अमोद उलकलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरिएको थियो भने निर्माण व्यवसायीद्वय प्रदीप गौतम र नरेश त्वायनालाई पनि मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा भनपा शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्य, विद्यार्थी पूर्णिमा प्रजापति र कार्यक्रमका संयोजक काजल थापाले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्तिक २४ गते नै वागीश्वरी मावि च्याम्हासिंहमा पनि नवागन्तुक विद्यार्थीहरूलाई स्वागत, दीपावली, नेपाल संवत् ११४४ र छठको अवसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।
विव्यस अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्य र प्रा.डा. सिद्धिवीर कर्माचार्यको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार विवरण गरिएको थियो ।
विद्यार्थी श्रीशा दिदियाको सभापतित्वमा भएको उक्त कार्यक्रममा विव्यस छोरीमैया सुजखु, स.प्र.अ. उकेश सुवाल, कार्यक्रम संयोजक शिक्षक भानुभक्त हुमागाइँका साथै विद्यार्थी दुर्गा बस्नेतले पनि बोल्नुभएको थियो ।
कमलविनायक र च्याम्हासिंह दुवैतिर औपचारिक कार्यक्रमपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण कार्यक्रम असोज ४ गते बिहीवार सम्पन्न भयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्माले ई–लाइब्रेरीको परिचय, आवश्यकता र महत्वमाथि प्रकाश पार्दै २१ औं शताब्दीलाई पेपरलेस गर्दै अगाडि बढ्ने कल्पनालाई पूरा गर्न शिक्षक तथा विद्यार्थीहरुले ई–लाइब्रेरी रिसोर्सेसबारे जानकारी राख्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा उहाँले त्रिभुवन विश्वविद्यालयले प्रदान गरेको ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे प्रयोगात्मक रूपमा जानकारी गराउँदै उच्च शिक्षाको अध्ययनका लागि आवश्यक विभिन्न अनुसन्धानमूलक लेख रचनाहरु उक्त डाटावेसमार्फत खोजी गर्न सकिने बताउनुभयो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले हालै थेसिस तथा प्रोजेक्ट वर्क रिपोर्टमा प्लेज्यारिज्म लागू गरिसकेको जानकारी गराउँदै विद्यार्थीहरुले आफ्नो शैक्षिक गुणस्तर वृद्धि गर्न त्रिविको ई–लाइब्रेरी रिसोर्सेसको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेजले गतवर्ष देखि त्रिभुवन विश्वविद्यालयबाट उक्त सेवा प्रयोग गर्दैै आएको बताउँदै वागीश्वरी कलेजका पुस्तकालय प्रमुख रत्नशोभा फैजूले शैक्षिक वर्ष २०८०÷०८१ को लागि सदस्यता प्राप्त गरेका शिक्षक तथा विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमपश्चात प्राचार्य धनकुमार श्रेष्ठले स्रोतव्यक्ति विजय शर्मालाई मायाको चिनोसहित कलेजका प्रकाशनहरु हस्तान्तरण गर्नुभएको थियो ।

उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ्ग’ सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत ‘आइडिया पिचिङ्ग’ असार १४ गते बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा अतिथि विश्वविद्यालय अनुदान आयोग अनुसन्धान विभागका सहायक निर्देशक दिनेश प्रजापतिले उद्यमशील व्यवसायी सुरु गर्न नेपालमा भइरहेको आर्थिक तथा व्यवहारिक गतिविधिलाई अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापतिले जसले जोखिम उठाउँछ उही उद्योगपति बन्छ भन्ने भाव व्यक्त गर्नुभयो । साथै सहभागी विद्यार्थीहरू तथा शिक्षकशिक्षिकाले प्रस्तुत गरेको योजनाहरू लघु उद्योग र घरेलु उद्योगमा राम्रो सम्भावना भएको र विद्यार्थीहरूले उद्यामशीलतासम्बन्धी थप अध्ययन गर्नु राम्रो पक्ष भएको बताउनुभयो ।
२०७९ चैत्र २१ गतेदेखि वागीश्वरी कलेजले सञ्चालन गरेको ४० घण्टे उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा सहभागी विद्यार्थी तथा शिक्षकशिक्षिकालाई विभिन्न स्रोतव्यक्तिमार्फत उद्यमशीलतासम्बन्धी प्रशिक्षण दिँदै आएको थियो ।
जम्मा ३० जना सहभागी रहेको तालिममा १३ जना सहभागीले आ–आफ्नो आइडिया पिचिङ्ग गरेका थिए ।

विद्यार्थीहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने लक्ष्यका साथ विश्वविद्यालय अनुदान आयोगले उक्त कार्यक्रमको लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकोमा वागीश्वरी कलेज समेत गरी १८ वटा कलेजहरू मात्र छनोट भएको थियो ।
विश्वविद्यालय अनुदान आयोगले उद्यमशील सहयोग कार्यक्रम मातहतमा सानो उद्यमीलाई ५ लाख रूपैयाँ, मझौला उद्यमीलाई २० लाख तथा ठूलो उद्यमीलाई ४० लाख रूपैयाँसम्मको बीउँ पूँजी प्रदान गरिने घोषणा गरेको थियो ।
साथै ‘आइडा पिचिङ्ग’ कार्यक्रममा सहभागीहरूको योजना छनोटका लागि निर्णायकहरूमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण प्रजापति, भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, भक्तपुर नगरपालिकाका प्रतिनिधि रामसुन्दर सुजखु, स्रोतव्यक्ति जस्मिन कर्माचार्य तथा वागीश्वरी कलेजका उपप्राध्यापक नविन प्रजापति रहनुभएको थियो ।
कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने वागीश्वरी कलेजका शिक्षक मंगलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।

नेपालको विकासमा भारतीय एकाधिकार पुँजी बाधक

भक्तपुर । वागीश्वरी कलेज व्यवस्थापन सङ्कायको आयोजनामा बी.बी.एस. दोस्रो वर्षका विद्यार्थीहरूको लागि नेपाल सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटबारे अन्तरक्रिया कार्यक्रम जेष्ठ २६ गते शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सांसद सृजना सैंजूले नेपालको अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको नियन्त्रणमा रहेसम्म देश उँभो नलाग्ने कुरामा विशेष जोड दिनुभयो ।
कृषि उत्पादन बढाउन चाहिने रासायनिक मलको सहज आपूर्ति नहुन र देशमै रासायनिक मल कारखाना नखुल्नुको कारण भारतीय एकाधिकार पुँजी नै हो भनी ठोकुवा गर्दै उहाँले नेपालको जलस्रोतमाथि पनि भारतले कब्जा जमाउँदै लगेका उदाहरण दिनुभयो ।
सरकारी स्वामित्वमा रहेका नेपाली उद्योगहरू निजीकरणको नाममा भारतीय पुँजीपतिलाई बेचिँदा आज युवाहरू श्रमको लागि विदेशमा भौतारिनु परेको चर्चा गर्दै उहाँले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख देश बनाउन शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।
बजेट अङ्क गणित र आयव्ययको हिसाबकिताब मात्र नभई सरकारको दृष्टिकोण पनि हो भन्दै उहाँले संविधानले निर्दिष्ट गरेको समाजवादतर्फ यो बजेट कति उन्मुख भनेर हेर्नुपर्ने बताउनुभयो ।
विभिन्न कारणले संसारमा देखापरेका आर्थिक सङ्कटको निराकरण समाजवादी अर्थतन्त्रले मात्र गर्न सकेका उदाहरणहरू दिँदै उहाँले शिक्षा क्षेत्रमा पर्याप्त बजेट नछुट्याइँदा शिक्षाको आर्थिक दायित्व अभिभावकको थाप्लोमा परेको बताउनुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष एवम् कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकारको जुनसुकै क्षेत्रमा जतिसुकै बजेट छुट्याए पनि विश्वास गर्न नसकिने चर्चा गर्दै भन्नुभयो, “ढाँटको निम्तो खाई पत्याउनु भनेझैँ विकासको परिणाम नआएसम्म पत्याउन सकिँदैन ।”
कलेजको अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले कक्षामा पढेका सैद्धान्तिक कुरालाई व्यवहारको कसीमा हेर्न यस्तो कार्यक्रमको आयोजना गरेको भन्दै भन्नुभयो, “अर्थशास्त्र विषय लिई पढ्ने विद्यार्थीको लागि यो प्रयोगात्मक कक्षा हो ।”
उहाँले भन्नुभयो, “विदेशमा पढ्न जाने विद्यार्थीलाई निरुत्साहित गर्न कर दुई प्रतिशतबाट तीन प्रतिशत गरिएको छ; यसले विदेश जाने विद्यार्थीलाई रोक्न सक्दैन । बरु विदेशको भन्दा राम्रो पढ्ने वातावरण यही बनाउनुपर्छ ।”

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू पूर्णभक्त दुवाल, बालगोपाल श्रेष्ठ र मङ्गलेश्वर ध्वोजूसहित विद्यार्थीहरू विकास श्रेष्ठ, श्रीकृष्ण ब्यान्जु, स्मृति कासुला र रजित किसीले पनि बजेटका विभिन्न पक्षमा समीक्षात्मक टीकाटिप्पणी गर्नुभएको थियो ।

नयाँ पुस्ताले विदेशी शैक्षिक संस्था रोज्नु चिन्ताजनक

भक्तपुर, १५ जेठ । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले युवा पुस्ता विदेशिँदै गएकोले देशमा शिक्षण क्षेत्र धरापमा पर्दै गएको अवस्थामा विगत १५ वर्षदेखि वागीश्वरी कलेज निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

नेपालको खस्कँदो शैक्षिक अर्थतन्त्र, बिग्रिँदो शिक्षा प्रणाली तथा युवा पुस्ताले वैदेशिक शैक्षिक संस्था रोजेर विदेश पलायन हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले समाजमा मौलाउँदै गएको सामाजिक विकृति र पीडितहरूलाई विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्नुभन्दा पीडितलाई आवश्यक शिक्षा र सीपमूलक तालिम तथा रोजगार दिए पीडितलाई राहत हुने जानकारी दिनुभयो ।
रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापन शैली अपनाउन आग्रह गर्नुभयो ।
उहाँले आरएमसीले सञ्चालन गरेको तालिम, अभ्यास शिक्षण संस्थामा लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वागीश्वरी केलज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त कार्यशालामा प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, उप प्रा.डा. वेदप्रसाद ढकाल, उप प्रा.डा बलराम दुवाल, उप प्रा.डा. भरतसिंह थापा र उपप्रा. सञ्जय घिमिरेले स्रोतव्यक्तिको रूपमा प्रशिक्षण दिनुभएको थियो ।

वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिड्ड पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालले जेष्ठ १३ गते शनिबार समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सुवालले देश आजको अवस्थासम्म किन र कसरी आइपुग्यो भन्नेबारे विश्वविद्यालयका प्राध्यापकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउ“दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न डराउनु, लगानीकर्ता ऋण तिर्न नसक्नु सबै आर्थिक सङ्कटको परिणाम हो भन्नुभयो ।

विश्वविद्यालयका प्राध्यापकहरुलाई राजनैतिक अवस्थाबारे अनुसन्धान गर्न आग्रह गर्दै उहा“ले ख्वप विश्वविद्यालय स्थापनाका लागि २०६४ सालदेखि सङ्घर्ष जारी रहेको जानकारी दिनुभयो ।
सभापतिको आसनबाट बोल्दै रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले शिक्षक, प्राध्यापकहरुलाई सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापनशैली अपनाउन आग्रह गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले अहिलेको नयाँ पुस्ता उच्च शिक्षा अध्ययनको नाममा विदेशिएको दृश्यले नेपालको पाठ्यक्रम नै समाजिक जीवनसँग बेमेल भएको हुन् की भनी प्रश्न गर्दै युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
वर्तमान आर्थिक सङ्कटको समयमा भक्तपुरमा रहेको सहकारी, वित्तीय संस्थाहरुले भक्तपुरका जनताहरुको बचत रकम लगानीबारे अध्ययन अनुुसन्धान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले केस स्टडी विद्यार्थीहरुको पाठ्यक्रममा अनिवार्य भैसकेको हुँदा अध्यापन गराउने शिक्षक, प्राध्यापकहरु यस विषयमा तयारी हुन आवश्यक रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ मानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
जेष्ठ १५ गतेसम्म चल्ने उक्त कार्यशालामा उपप्राध्यापक डा. भरतसिहं थापा र उपप्राध्यापक सन्जय घिमिरेले पहिलो दिन स्रोतव्यक्तिका रुपमा प्रशिक्षक रहनुभएको छ । त्यसैगरी दोस्रो र तेस्रो दिनमा प्राध्यापक डा.पुष्कर ब्रजाचार्य, प्राध्यापक डा. सञ्जयकुमार श्रेष्ठ, उपप्राध्यापक डा. वेदप्रसाद ढकाल र उपप्राध्यापक डा. बलराम दुवाल गरी जम्मा ६ जना स्रोतव्यक्तिले प्रशिक्षण दिने कलेज प्रशासनले जनाएको छ ।

वागीश्वरीमा ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेज तुमचो, कमलविनायकमा अध्ययनरत विद्यार्र्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम ६ गते शनिबारदेखि वागीश्वरी कलेजसभा हलमा सुरु भएको छ ।
विद्यार्थीहरुलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वागीश्वरी कलेजले यो कार्यक्रम आयोजना गरेको हो ।

विश्वविद्यालय अनुदान आयोग अन्तर्गत उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रममा व्यवस्था रहेको उद्यमशीलता सहयोग कार्यक्रमका लागि नेपालभरबाट १८ वटा कलेजहरु छनोट गरिकोमा वागीश्वरी कलेज पनि छनोटमा परेको हो ।
वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थी र ४० वर्षभन्दा कम उमेरका शिक्षकहरुलाई यस अघि नै उद्यमशीलता प्रस्ताव माग गरिएकोमा आएका प्रस्तावहरुमध्ये ३० जनालाई छनोट गरी यो तालिम सञ्चालन गरिएको हो ।
उद्यमशील बनाउने लक्ष्यका साथ अगाडि बढेको उद्यमशीलता कार्यक्रमको चौथौ“ तहको पहिलो तालिमलाई गम्भीरतापूर्वक ग्रहण गर्न तालिम संयोजक अबिना श्रेष्ठले आग्रह गर्नुभयो ।
तालिमको पहिलो दिनका स्रोत व्यक्ति ‘साईनो र मौरी भ्यन्चर’ का उद्यमी तथा व्यवसायी संस्थापक अमृत बिष्टले उद्यमी के हो ? कसरी उद्यमी बन्ने र यसको प्रकृयाबारे प्रशिक्षण दिनुभएको थियो ।
यस उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत उद्यम शुरु गर्न छनौटमा परेका युवा, शिक्षक, कर्मचारी र विद्यार्थीलाई बीउ पू“जीका रुपमा सानो उद्यमको लागि ५ लाख रूपैयाँ, मध्यम उद्यमको लागि २० लाख रूपैयाँ र ठूलो उद्यमको लागि ४० लाख रूपैयासम्म प्रदान गरिने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा सहभागी एक विद्यार्र्थीले तालिम फलदायी रहनुका साथै नेपालमै सम्भावना खोजी उद्यमशील हुन उत्प्रेरित गरेको बताए ।
उद्यमशील सहयोग कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस तालिमका ६ वटा मोडुललाई नौ दिनमा विभाजन गरी प्रशिक्षार्थीलाई प्रशिक्षण गर्ने बताइएको छ ।

वागीश्वरी कलेजका विद्यार्थीहरुको तीन दिने क्याम्प सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने “Summer Urban camp” फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराएका थिए ।
खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीहरुले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टि.ए. सरिता नगरकोटिको विशेष सहयोगमा विद्यार्थीहरुले तरकारी (काक्रो, लौ“का, घिरौ“ला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए ।
विद्यार्थीहरूका दुई समुहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।


उक्त सर्वेक्षणमा बढी महिलाहरु कम उमेरमा विवाह हुने, आधारभुत कक्षासम्म मात्रको पढाइ र कृषि पेशामा आवद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउ“दा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताउनुभयो ।
यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्टयाउ“दै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा शिखरापुर खुल्ला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउण्डेशनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति रहेको थियो ।

‘डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला बैशाख २४ गते आइतबार सम्पन्न भएको छ । वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले कार्यशाला समापन कार्यक्रममा नेपाली विद्यार्थीहरु अध्ययनको लागि ठूलो सङ्ख्यामा विदेसिनुको अर्थ यहा“का विश्वविद्यालयहरुप्रति विश्वास नहुनु हो भने रोजगारीको लागि युवाहरु विदेसिनुको अर्थ देशप्रति नै विश्वास नभएको अर्थ लाग्छ भन्दै यो अत्यन्त चिन्ताको विषय हो भन्नुभयो ।

उहा“ले भन्नुभयो, “अहिले विद्यार्थीहरु धेरै विदेसिंदा यहा“ धेरै कलेजहरु बन्द हुने अवस्थामा छन् ।”
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने घोषणा हु“दा त्यसबेला धेरैले विश्वास नगरेको चर्चा गर्दै अहिले विस्तारै यस विषयलाई चासोका साथ हेर्न थालेको बताउ“दै उहा“ले यसको निम्ति निरन्तर लागिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरकारले २०५२ देखि २०६२ सम्मको अवधिभित्रका ३१४ जना यौन हिंसा पीडित र अयोग्य लडाकुहरुलाई जनही रु. २–२ लाख रकम दिन लागेको सन्दर्भमा उहा“ले भन्नुभयो, “त्यसरी बा“ड्ने अर्बौं रुपैयाबाट उद्योग खोलेको भए आज युवाहरु रोजगारीको लागि विदेसिनु पर्दैनथ्यो ।”
देशको समस्या समाधानको लागि अनुसन्धानहरु गर्नुपर्ने अनेकौं क्षेत्रहरु छन्† जलस्रोतको धनी देशले जलस्रोत विदेशीको हातमा सुम्पेको छ, कृषिप्रधान देशमा रासायनिक मल विदेशीको भरमा छ भन्दै उहा“ले यसरी देशको विकास सम्भव हुन्छ भनी प्रश्न गर्नुभयो ।
भक्तपुर नगरपालिकाले मासिकरूपमा घरदैलो नर्सहरुबाट प्राप्त डाटा विश्लेषण गरेरै आवश्यक कदम चाल्दै आएको चर्चा गर्दै उहा“ले त्यही विश्लेषणको आधारमा नगरवासीलाई निःशुल्क अक्सिजन प्रदान गरिरहेको हो भन्नुभयो ।
वागीश्वरी आर.एम.सी का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले सिकाइ विधि प्रविधि हरेक क्षण नया“ नया“ आइरहने हु“दा एकचोटिको सिकाइ सधैंको लागि नहुने हु“दा सधैं चनाखो भइरहनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा कार्यशालाको अनुभव सुनाउ“दै सञ्जीवनी कलेज काभ्रेका रामचन्द्र भट्टराईले कार्यशाला अत्यन्त फलदायी भएको बताउनुभयो । कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

भक्तपुर । वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरू समाजका ज्ञाता भएकाले उहाँहरूको ज्ञान स्कुल कलेजको कक्षा कोठामा मात्र सीमित नभई सिङ्गो समाजमा देखिनुपर्नेमा जोड दिनुभयो ।

हाल बजारमा पैसाको अभाव छ, स्नातक तहको कक्षामा विद्यार्थीको अभाव छ किन ? यसको व्याख्या विश्लेषण आवश्यक छ भन्दै उहाँले एक सफल अर्थशास्त्रीको लागि कम्युनिष्ट घोषणापत्रको अध्ययन अनिवार्य छ भन्नुभयो ।
बैशाख २२ एकातिर हामी बुद्ध जयन्ती मनाइरहेका छौं भने अर्कोतिर कार्ल माक्र्स जयन्ती पनि मनाइरहेका छौं भन्दै उहाँले संसारमा गैरकम्युनिष्टहरुले समेत सबभन्दा बढी पढ्ने माक्र्सलाई हामीले कति पढेका छौं र हामीले हाम्रा विद्यार्थीलाई कति पढाएका छौं भन्ने प्रश्न गर्दै माक्र्सलाई एक दार्शनिकको रूपमा पनि अध्ययन गर्न आवश्यक छ भन्नुभयो ।
कुनै पनि कुराको सही व्याख्या विश्लेषणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको यथार्थ जानकारी आवश्यक हुन्छ भन्दै उहाँले इराकका सद्दाम हुसेनले डलरमा कारोबार नगर्ने घोषणा गरेपछि अमेरिकाले उनको हत्या गरेको, लिवियाका गद्दाफीले संयुक्त राष्ट्र सङ्घको अफिस अमेरिकाबाट अन्यत्र सार्नुपर्ने विचार राखेपछि उनको पनि हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै आज अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको घोषणा गरेपछि अफ्रिकाले पुटिनलाई स्वागत गरेको छ भने अमेरिकाले फिनलाण्डलाई जबरजस्ती नाटोमा तानेको छ । यसरी संसार बदलिरहेको अवस्थासँग हामी अद्यावधिक भएनौं भने हाम्रो व्याख्या विश्लेषण सटिक नहुन सक्छ उहाँले भन्नुभयो ।

रिसर्च मानेज्मेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा उहाँले शिक्षक, प्राध्यापकहरूले निरन्तर अध्ययन, अनुसन्धान र त्यसको उपयोग गर्दै अर्थोपार्जनमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्न आग्रह गर्दै उहाँले मिहिनेतीलाई ईश्वरले पनि साथ दिने विचार व्यक्त गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले डाटा एनेलेसिस युजिङ आर स्क्रिप्टको सफल कार्यशालापछि अध्ययन अध्यापन थप प्रभावकारी हुनेमा विश्वास गर्दै युवा नयाँ पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आज युवा विद्यार्थीलाई कसरी कलेजमा आकर्षित गर्ने ? कलेजमा आएका विद्यार्थीलाई कसरी टिकाउने र टिकेका विद्यार्थीलाई कसरी देशभक्ति भावनाका साथ बिदाइ गर्ने भन्ने चुनौती रहेको चर्चा गर्दै उहाँले कार्यशाला सामाजिक, शैक्षिक, राजनीतिक, प्राज्ञिक हरदृष्टिले डाटा एनेलेसिस गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विनोद प्रजापति र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
बैशाख २४ गतेसम्म चल्ने उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्याल प्रशिक्षक रहनुभएको छ ।

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ ः अध्यक्ष बिजुक्छे

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको ६४ औ“, वागीश्वरी कलेजको १५ औ“ र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“ (रोहित) ले फागुन ११ बिहीबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले शासक दलहरूबाट गरिब जनतालाई शिक्षाको पहु“चबाट टाढा राख्ने अनेक षड्यन्त्र भइरहेको तर्फ सचेत हुनुपर्नेमा जोड दि“दै सरकारको नीतिगत खोटको विरोध र आलोचना देशभक्त जनताले निरन्तर गरिरहनुपर्ने बताउनुभयो ।
विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने विचार व्यक्त गर्दै उहा“ले व्यक्तिगत स्वार्थबाट टाढा रही सिड्डो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको बताउनुभयो ।
शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै उहा“ले नया“ पुस्ताका विद्यार्थीहरूलाई विश्वको इतिहास र भूगोलबारे राम्रोस“ग सिकाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरीअन्तर्गत ३ वटा शैक्षिक संस्थाहरू संयुक्तरूपमा अगाडि बढाइरहेको उल्लेख गर्दै देशकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने उद्देश्यअनुरूप यी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको बताउनुभयो ।

उहा“ले सामुदायिक विद्यालयले पनि उत्कृष्ट शिक्षा प्रदान गर्छ भन्ने उदाहरण वागीश्वरी रहेको बताउ“दै वागीश्वरीले हरेक चुनौतीलाई अवसरको रूपमा परिणत गरी आजको सफलता हासिल गरेको हो भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेको राजनीतिक नेतृत्वमा नैतिकताको चरम अभाव रहेको प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्दै आइरहेको र पाठ्यक्रमको व्यावहारिक र वैज्ञानिक ढड्डले अगाडि बढाउन जरुरी रहेको उहा“ले बताउनुभयो ।
घोकन्ते विद्याको औचित्यता नरहेको प्रस्ट पार्दै उहा“ले विद्यार्थीहरूलाई आफैले केही सिक्ने वातावरण विद्यालयले प्रदान गर्न सके विद्यार्थीहरू तुलनात्मकरूपमा अगाडि बढ्नेछन् भन्नुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सै“जुले देशैभरि सामुदायिक कलेज लथालिङ्ग बनिरहेको समयमा वागीश्वरीले शिक्षामा नमुना काम गरी नवीन आयाम थपिरहेको बताउ“दै ख्वप विश्वविद्यालय स्थापनाको निम्ति सङ्घर्ष जारी रहने बताउनुभयो ।
उहा“ले शिक्षामा नवउदारवादको विरोध गर्न आवश्यक भएको बताउ“दै वागीश्वरीले बीबीएको कक्षा सञ्चालनस“गै आगामी दिनमा एमबीएलाई पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वागीश्वरी मावि र कलेज समुदायमा आधारित समावेशी विद्यालयहरूको रूपमा सञ्चालनमा रहेको बताउ“दै स्थानीय सरकारको सफल नेतृत्वले भक्तपुरलाई शिक्षामा नमुनाको रूपमा अगाडि बढाउन टेवा पुगेको चर्चा गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका खगेन्द्रप्रसाद रिजालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजको स्तर उत्कृष्ट रहेको स्पष्ट गर्दै भक्तपुरका सहयोगी समुदायको संयुक्त प्रयासले भक्तपुर शैक्षिक ज्ञानको केन्द्रको रूपमा विकास हुन सफल भएको बताउनुभयो ।
वार्षिकोत्सव कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त समारोहमा सहायक प्रधानाध्यापक उकेश सुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही क्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक राजन लाखाले स्वागत गर्नुभएको थियो भने संयुक्त परीक्षा समितिका संयोजक श्रीकृष्ण किसी, विद्यार्थी प्रतिनिधि विद्यालय चा“दनीरानी वैद्य, कलेजका तर्फबाट तेन्जिङ डोल्मा लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छे“ले प्रावि शिक्षक राजेन्द्र भण्डारी, प्रावि शिक्षक प्रमिला प्रधान, प्रावि शिक्षक ज्ञानी छोरी श्रेष्ठ र विद्यालय सहयोगी हरिप्रसाद दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक तथा कर्मचारी, कक्षा ११ वार्षिक र १२ प्रिबोर्ड पुरस्कार, कलेजको प्रिबोर्ड पुरस्कार, एसईई टपर मेडल, प्लस टु टपर मेडल, टेक्स टपर मेडल, स्नातक टपरलाई मेडल तथा पुरस्कार वितरण गर्नुभयो ।
छात्रवृत्तिको निम्ति अक्षयकोष राख्नुभएका दाताहरूले कोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण गर्न सम्बन्धित वर्ग शिक्षकहरूलाई हस्तान्तरण गर्नुभएको थियो ।
कोषका दाताहरूमा मोहनप्रसाद प्रजापति, नारायणी मानन्धर, पूर्वविद्यार्थी समाजतर्फ बाट अध्यक्ष रत्नप्रसाद प्रजापति, कृष्णराम–कृष्णलक्ष्मी प्रजापति, सिद्धिवीर कर्माचार्य, गोविन्द–बुद्धमाया लवजु रहनुभएको छ ।
कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्यले आफ्ना मातापिता रुक्मणी र रत्नवीर कर्माचार्यको नाममा थप रु. १ लाख ४४४४ रुपैया“को अर्को अक्षय कोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो ।

वागीश्वरी कलेजका सामाजिक कार्यका विद्यार्थीहरूको शिविर लमजुङको ताघ्रिङमा

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका सामाजिक कार्य दोस्रो वर्षका विद्यार्थीहरूको चार दिने हिउँदे ग्रामीण शिविर लमजुङस्थित ताघ्रिङको छापाडाँडामा सम्पन्न भयो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले सामाजिक कार्यका विद्यार्थीहरू स्थापित जनशक्तिमा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरबाट आएर छापाडाँडाको संस्कृति, भूगोल, इतिहास आदिबारे अध्ययन गरेकोले विद्यार्थीहरूलाई धन्यवाद दिँदै उहाँले श्री प्रेम मिलन माध्यमिक विद्यालय र वागीश्वरी माध्यमिक विद्यालयबीच भगिनी सम्बन्ध कायम गर्न सक्ने अभिलाषा व्यक्त गर्नुभयो ।
सो गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङले भक्तपुरका विद्यार्थीहरू र स्थानीय गुरुङ समुदायका विद्यार्थीहरूबीच मितेरी सम्बन्ध गाँसी गुरुङ संस्कृतिलाई जीवन्तता दिनुपर्ने बताउनुभयो ।
श्री प्रेम मिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद गुरुङले ताघ्रिङलाई अध्ययन क्षेत्र बनाएकोमा खुशी प्रकट गर्दै लमजुङ जिल्ला भुगोलविद हर्क गुरुङ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र राष्ट्रिय विभूति भक्ति थापाको जन्मस्थल हो भन्नुभयो ।
वागीश्वरी कलेजका सामाजिक कार्यका शिक्षक एवं सभापति मंगलेश्वर ध्वजूले भक्तपुर र लमजुङ जिल्लाको समानताबारे चर्चा गर्दै सामाजिक कार्य शिविरको महत्व र उद्देश्यबारे पनि प्रष्ट्याउनुभयो ।


कलेजका शिक्षक सुन्दर ग्वाछाले सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । सुनौलो आमा समूह, आम जनसमुदायको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरू भावना भडेल, दिपिका अधिकारी, स्पर्णिमा थापा, मिलन श्रेष्ठ, रेश्मा श्रेष्ठ, मेनका ब्याञ्जु, निगिसा कपालीलगायतले बोल्नुभएको थियो ।
शिविरको पहिलो दिन आमा समूह र विद्यालयले शिविरमा सहभागीहरूलाई भव्य स्वागत गरेको थियो । सो कार्यक्रममा टोल संयोजक शेरबहादुर गुरुङ, आमा समूहका मनिता गुरुङ, जेष्ठ नागरिक गोपाल गुरुङले शिविरको सफलताको कामना गर्नुभयो । जम्मा चौध घरधुरीमा विद्यार्थीहरू होम स्टेमा बसेका थिए ।
शिविरको दोस्रो दिन प्रधानाध्यापक कुलप्रसाद गुरुङले लमजुङ जिल्लाको परिचय दिनुभयो । पाँच समूहमा विभाजित विद्यार्थीहरूले ६० घरधुरीलाई नमुना छनौट गरी स्वास्थ्य, शिक्षा, यातायात, आर्थिक अवस्था र सामाजिक समस्याबारे सामाजिक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणपश्चात् आमा समूहका पदाधिकारीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम सम्पन्न

भक्तपुर, २३ मङ्सिर । वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तर्गत महिला र बालबालिका विरुद्ध हुने हिंसा रोक्न ऐक्यबद्धता नाराका साथ विविध शिर्षकमा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।
“व्यक्तित्व विकासमा समान अवसर नपाउञ्जेलसम्म हिंसा अन्त्य हुँदैन । समाजमा व्याप्तअसमानताले नै हिंसा उत्पन्न हुन्छ ।” कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सो भनाई राख्नुभयो ।
वैदेशिक रोजगारले पनि हिंसालाई बढावा दिइएको चर्चा गर्दै नयाँ पुस्ताले नै हिंसाको अन्त गर्नुपर्ने प्रजापतिले बताउनुभयो ।
स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरुले लैङ्गिक हिंसा, दोस्रो वर्षका विद्यार्थीहरुले यौन हिंसा र साइबर अपराध शिर्षकमा प्रस्तुतीकरण गरेका थिए ।
मानविकी सङ्कायका इञ्चार्ज राजन फेलुको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामाजिक कार्य प्रथम वर्षका विद्यार्थी किशोर बस्नेतले स्वागत गर्नुभएको थियो साथै व्यवस्थापन सङ्कायका रिया सुवाल, मानविकी सङ्कायका दिपेन मानन्धर, कृपा प्रजापति, विनोद राजवंशी, तेन्जिङ डोल्मा लामा, प्रणिता अधिकारी, गौरव लामिछानेलगायतका विद्यार्थीहरुले बोल्नुभएको थियो ।

वागीश्वरी कलेजको दशौं कलेज सभा सम्पन्न

भक्तपुर, २० मङ्सिर । वागीश्वरी कलेजको दशौं कलेज सभा मङ्गलबार सम्पन्न भएको छ ।
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले प्रगतिसँगै शत्रु बढ्ने भएकोले कमीकमजोरीलाई निरुत्साहित गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जे गर्छ अब भक्तपुरले गर्छ भन्ने जनताको विचारलाई देशव्यापी बनाउन नेमकिपाले देशको अधिकांश जिल्लामा उम्मेदवारी दिँदा कसैको विरोध नभएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले भक्तपुरमा अवलम्बन गर्दै आएको समाजवादउन्मुख प्रणालीलाई देशभरबाट नियालिरहेको बताउँदै ठूला राजनीतिक दलको विचारहीन, सिद्धान्तहीन राजनीतिबाट देश अस्थिर हुन्छ भन्नुभयो ।
नेमकिपाको तर्फबाट बाग्मती प्रदेशका नवनिर्वाचित सांसद सुरेन्द्रराज गोसाईले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सक्नु मात्र वास्तविक उपलब्धि हुने भएकोले कलेजले भौतिक, शैक्षिक, प्राज्ञिक र व्यवस्थापकीय क्षेत्रमा छिटो प्रगति गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आजकल कुनै पनि संस्थामा कार्यरत व्यक्तिले कति समय पुस्तकालयमा बिताउँछ भन्ने आधारमा पनि त्यस संस्थाले कस्तो जनशक्ति उत्पादन गर्छ भन्ने अनुमान गर्न सकिने भनाईलाई उद्धृत गर्दै उहाँले समाजमा हुने गरेको अन्धविश्वासलाई चिर्नको लागि बौद्धिक वर्गले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


देशको समसामयिक विषयवस्तु, विभिन्न समस्या तथा चुनौतीहरुबारे नियमित रूपमा मासिक अन्तरक्रिया गरी कलेजलाई चिन्तनको चौतारी बनाउन जोड दिँदै उहाँले समाज परिवर्तनको लागि तयार हुने विद्यार्थी उत्पादन गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले युवा पुस्तालाई समेट्नका लागि अनुसन्धानमा जोड दिँदै भक्तपुरको असल अभ्यास अध्ययन गर्न पाकिस्तानबाट भक्तपुर नगरपालिकाको भ्रमण हुनुबाट भनपा अन्तर्राष्ट्रियस्तरमै परिचित भएको स्पष्ट पार्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने नेमकिपाको उद्देश्यलाई पूर्ति गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुरका जनता सङ्घर्षरत रहेको हुँदा हरेक कोणबाट वागीश्वरी कलेजको तर्फबाट पनि सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्तालाई समसामयिक विषयवस्तुबारे जानकारी गराउँदै गलत बाटोमा जानबाट रोक्ने प्रयास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत शैक्षिक वर्ष २०७८÷२०७९ को कलेजको वार्षिक प्रगति प्रतिवेदन, आ.व. २०७९÷०८० को बजेट तथा आ.व. २०७८÷०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन बैठकले अनुमोदन गरियो ।
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेजका संयोजक ज्ञानसागर प्रजापति, शिक्षक मङ्गलेश्वर ध्वजूले पनि बोल्नुभएको थियो ।

विज्ञान प्रविधिमा प्रजग कोरिया धेरै अगाडि

भक्तपुर, १३ असार । वागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको तीनदिने ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक कार्यशाला गोष्ठी सोमबार सम्पन्न भयो । उक्त गोष्ठीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान प्रविधिमा प्रजग कोरिया धेरै अगाडि रहेको जानकारी दि“दै प्रजग कोरिया आकार र जनसङ्ख्याको दृष्टिले सानो भए पनि संरा अमेरिकालाई हा“क दिइरहेको बताउनुभयो ।

शिक्षकहरू प्रविधिमैत्री हुनुपर्नेमा जोड दि“दै उहा“ले सुधारिएको शवदाह गृह आधुनिक प्रविधिकै उपयोग हो भन्नुभयो । आफूस“ग भएको ज्ञान, सीप र अनुभव आफ्नो देशको निम्ति उपयोग हुनुपर्ने विचार राख्दै प्रमुख प्रजापतिले योग्य नागरिक तयार गरेर देशभक्तिपूर्ण भावना विकास गर्नुपर्छ भन्नुभयो । उहा“ले प्रशिक्षक र सहभागीहरूलाई मायाको चिनो र प्रशंसापत्र वितरण गर्नुभएको थियो । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिम आयोजनाको आवश्यकताबारे बोल्दै शिक्षण क्रियाकलाप अरुभन्दा पृथक हुनुपर्छ, तालिम विद्यार्थीसमक्ष पुग्नुपर्छ भन्नुभयो । कार्यक्रमका सभापति प्रा.डा. शिद्धिवीर कर्माचार्यले प्रविधिको सहयोग लिनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा तालिमका सहभागी सञ्जय श्रेष्ठ र शिवबहादुर खुलिमुलीले पनि बोल्नुभएको थियो ।

वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु

११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ । कार्यशालाका प्रमुख अतिथि बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले आइसीटीको महत्वमाथि प्रकाश पार्दै चीन र प्रजग कोरियालगायतका समाजवादी देशहरुका प्रगतिमा आइसीटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नयाँ पुस्ता आइसीटीसित जति अभ्यस्त भइरहेका छन् त्यति नै सामाजिक जीवनबाट टाढिँदै नयाँ पुस्ता एक्लोपन हुँदै गएको तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई देशभक्ति भावना दिन नसके सिकेको सीप आफन्ै देशकाविरुद्ध दुरुपयोग हुन सक्छ भन्नुभयो ।
विद्यार्थीलाई सीमित पाठ्यपुस्तकको घेरामा नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा पनि जानकार बनाई राख्न सुझाव दिँदै नेमकिपाले एमसीसीको निरन्तर विरोध गरिरहेको तथ्य आज एसपीपीले थप पुष्टि गरेको छ भन्दै उहाँले संरा अमेरिकाले चीनलाई घेर्ने नीतिअनुरुप यी गतिविधि भइरहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा देखा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्ट्रङ, स्मार्ट र स्माइलका साथ पठनपाठन गर्न सके शिक्षण सिकाइ प्रभावकारी हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनिष्ठ, इमान्दारी र सरल जीवनलाई जोड दिँदै अरुको निम्ति उदाहरणीय बन्नुपर्छ भन्दै ती विना कोही कही सफल हुँदैन भन्नुभयो । हरेक विषयमा आइसीटीले गर्ने सूक्ष्म विश्लेषणको आधारमा काम गर्न सके कोही पनि असफल नहुने चर्चा गर्दै उहाँले शिक्षकहरुलाई सक्रिय जीवनको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र स्कुलका +२ संयोजक ज्ञानसागर प्रजापतिले पनि आइसीटीबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा ई. राजन कर्माचार्य, आईटी कन्सल्ट्यान्ट पदमराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला असार १२ र १३ गते सम्म चल्ने छ ।

वागीश्वरी कलेजको तीन दिने तथ्याङ्क विश्लेषण तालिम सम्पन्न

भक्तपुर, १५ जेष्ठ । वागीश्वरी कलेजको आयोजनामा जेष्ठ १३ गतेबाट सुरु भएको तीन दिने तथ्याङ्क विश्लेषण तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि निकायको सहयोग पाएपछि मात्र तालिमहरू सञ्चालन गर्ने मानसिकताबाट मुक्त भई आवश्यकताको आधारमा विभिन्न तालिमहरू सञ्चालन गर्न स्वचालित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
तालिम मात्र औपचारिकतामा सीमित राख्न नहुने विचार व्यक्त गर्दै उहाँले विभिन्न देशका विश्वविद्यालयहरूसँग समन्वय गरी विदेशी विद्यार्थी र प्राध्यापकहरूसँग गोष्ठी तथा सेमिनारको आयोजना गर्ने अपेक्षा राख्नुभयो ।
भत्ताको लागि संस्थाको मुख्य व्यक्ति हरेक तालिममा सहभागी हुने सरकारी मानसिकतालाई त्याग्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तालिममा पालैपालो सबैलाई सहभागी गराउनुपर्छ भन्नुभयो । उहाँले थप्नुभयो, “संस्थाको मुख्य व्यक्तिले तालिमको नाममा संस्था छोड्दा जनताले दुःख पाउँछ ।”
गणतन्त्र स्थापनापछि धेरै राजाहरूको जन्म हुँदा बेरोजगारी, भ्रष्टाचार बढेको बताउँदै उहाँले छोटे राजाहरूले जनअपेक्षा पूरा गर्न नसकेको स्पष्ट पार्नुभयो ।
रेमिट्यान्समा भर परेको अर्थतन्त्रले देशलाई परनिर्भर बनाउने स्पष्ट पार्दै उहाँले सरकारले देशलाई आत्मनिर्भर बनाउन योजना तथा कार्यक्रम अगाडि ल्याउनुपर्छ भन्नुभयो ।
८ लाख जनतालाई गरिबीको रेखामाथि उठाउने भनाइ निराधार रहेको स्पष्ट पार्दे उहाँले १६ खर्ब व्यापार घाटा रहेको देशमा ५ वर्षमा व्यापार घाटा सन्तुलित राख्नेलगायतका बुँदाहरू उल्लेख गर्नु हास्यास्पद छ भन्नुभयो ।
सिंहदरवार नियन्त्रित सङ्घीयता मन्त्रीलाई चाकरी गराउने सोच भएको स्पष्ट पार्दै उहाँले बजेटमा स्थानीय तहको लागि सशर्त अनुदान स्वायत्तता र विकेन्दीकरणको सिद्धात विपरीत हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको सेवाको लागि आफ्नै लगानीमा अत्याधुनिक अस्पताल निर्माण गरिरहेकोमा बेवास्ता गर्ने र विना सहयोग बजेट फिज गर्ने प्रदेश सरकार वास्तवमा औचित्यहिन भएको बताउँदै उहाँले ख्वप अस्पताललाई १०० शैय्याको स्वीकृति दिन समेत आनाकानी गरिरहेकोमा आक्रोश पोख्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले ३ दिने तालिमबाट सिकेको सीप शिक्षकहरूले आगामी दिनमा विद्यार्थीहरूको लागि सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगका धनकृष्ण प्रजापतिले कार्यक्रमलाई मात्र औपचारिकतामा सिमित राख्ने धेरै संस्थाहरू रहेको वर्तमान समयमा वागीश्वरी कलेजले धेरै मिहिनेतका साथ कार्यक्रम गरेको देख्दा विश्वविद्यालय अनुदान आयोग गौरवान्वित भएको बताउनुभयो ।
तालिममा स्रोतव्यक्तिहरू सह प्रा.डा. गोविन्द तामाङ, डा. गौतम महर्जन, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवाल, अर्जुन गैरे र नवीन प्रजापति रहनुभएको थियो ।
वागीश्वरी कलेज अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्रोतव्यक्ति डा. बलराम दुवाल, प्रशिक्षार्थी सनिता मस्तारां, तालिम संयोजक विकल प्रजापतिलगायतले बोल्नुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले सहभागी प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिममा ९ वटा कलेजहरूका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

भक्तपुर, ९ जेष्ठ । बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गर्नुभएको छ ।
उक्त भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य श्री सुरेन्द्रराज गोसाईंज्यूको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० हजार रुपैयाबाट भइरहेको छ ।
निर्माण कार्यबाट सन्तुष्ट व्यक्त गर्दै उहाँले निर्माणाधीन भवनको गुणस्तरमा कुनै पनि कन्जुस्याई नगर्न सुझाउनुभयो ।
भवन निर्माण उपभोक्ता समितिका ज्ञानसागर प्रजापतिले हालसम्म भएको खर्च तथा प्रगति विवरणबारे जानकारी दिनुभयो भने कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको शैक्षिक र भौतिक प्रगतिबारे जानकारी दिनुभयो ।

वागीश्वरी कलेजमा ८ दिने सीप विकास तालिम सम्पन्न

भक्तपुर, ९ जेष्ठ । वागीश्वरी कलेज बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सीप अभिवृद्धिलाई लक्षित गरी बैशाख २० गतेबाट सुरु भएको सÇट स्कील डेभलोपमेन्ट तालिमको समापन कार्यक्रम सोमबार सम्पन्न भयो ।
समापन कार्यक्रमका अतिथि ज्ञानसागर प्रजापतिले क्षमता र सीपविनाको शिक्षा वा शैक्षिक योग्यता कागजको खोस्तो बराबर हुने बताउ“दै विद्यार्थीहरुले शिक्षास“ग समय सुहाउ“दो सीप सिकी क्षमता अभिवृद्धि गरे भविष्य सफल हुने बताउनुभयो ।
व्यावसायिक सीप विकास तालिमलाई पाठ्यक्रमस“ग जोडी विश्वविद्यालयको कोर्षस“ग अगाडि लान सके देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन र्ग टेवा पुग्ने उहा“ले बताउनुभयो ।
अतिथि प्रजापतिले तालिमका स्रोतव्यक्तिहरु मानव संशाधन व्यवस्थापक रुविना प्रजापति, शैक्षिक परामर्शदाता प्रेम थापा, चार्टर एकाउन्टेन्ट मिरा पोख्रेल र व्यावसायिक तथा मानव संशाधन परामर्शदाता पुजा डंगोललाई मायाको चिनो र तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलेजका शिक्षक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

वागीश्वरीका विद्यार्थीबीच प्रेसिस राइटिङ र एकेडेमिक राइटिङ सम्बन्धी अभिमुखीकरण

भक्तपुर, १३ चैत । वागीश्वरी कलेजमा स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रीत गरी प्रेसिस लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चैत १२ गते शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यँर्थीहरुले सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतारी समाजलाई सकारात्मक योगदान दिन सकेमात्र सार्थकता हुने चर्चा गर्नुहुँदै हरेक सिकाई अर्थपूर्ण हुने र जीवन रूपान्तरणमा सहयोगी हुने बताउनुभयो ।
उहाँले वागीश्वरी कलेजले विद्यँर्थीहरुलाई समाजको सकारात्मक परिवर्तन गर्न सक्ने बनाउन कुनै पनि कसर नछोड्ने समेत प्रस्ट पार्नुभयो ।
कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गका उपप्राध्यापक राम कार्कीले प्रेसिस लेखन र टर्म पेपरबीचको फरक उल्लेख गर्दै विद्यार्थीहरुले सोध अनुसन्धानमा रुचि राख्दै अगाडि बढ्न सके व्यक्तिगत वृत्ति हुनुका साथै समाजप्रति ठूलो गुण हुने कुरामा जोड दिनुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्रोत व्यक्ति राम कार्कीलाई भादगाउले टोपीका साथै मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका अविना श्रेष्ठ र शिक्षक अम्बरदली श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यार्थीहरुले कार्यक्रममा सहभागी भएपश्चात् विषयप्रतिको दुविधा हट्नुका साथै अध्ययन अनुसन्धानमा लाग्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।
त्यस्तै स्नातक तह ऐच्छिक अङ्ग्रेजी विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक राइटिङसम्बन्धी कार्यशाला गोष्ठी स्रोत व्यक्ति त्रिविका सहायक प्रँध्यापक डा. कोमन फुयालको उपस्थितिमा शनिबार सम्पन्न भयो ।
गोष्ठीमा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुको स्तरवृद्धिका लागि वागीश्वरीले विभिन्न विषयमा सेमिनारहरु आयोजना गर्दै आएको जानकारी गराउँदै यस गोष्ठीबाट पनि विद्यार्थीहरुले निकै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतव्यक्ति फुयालले विद्यार्थीहरुलाई निबन्ध लेखन विधिदेखि विभिन्न विषयमा स्तरीय लेखनबारे जानकारी दिनुभयो ।

वागीश्वरी माविको ६३ औँ र वागीश्वरी कलेजको १४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी माविको ६३ औँ र वागीश्वरी कलेजको १४ औँ वार्षिकोत्सव कार्यक्रम चैत्र ४ गते आइतबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा अध्यक्ष बिजुक्छेँले वागीश्वरी माविका तीन जना शिक्षकहरू कृष्णप्रसाद कर्माचार्य, रेणुकामैंया प्रजापति र उकेश सुवाललाई दीर्घ सेवा सम्मान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वागीश्वरीले गरेको सामूहिक कामकै कारण यसप्रति सबैको अपनत्व कायम रहेको र सबैले गौरवान्वित महसुस गरेको बताउनुभयो । विद्यालयहरूले असल र २१ औं शताब्दीको निम्ति योग्य बौद्धिक शक्ति तयार पार्न जोड दिनुपर्ने भन्दै उहाँले देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
संसारका हरेक लडाइँ तथा युद्धहरूमा साम्राज्यवादी र पुँजीपतिहरूको हात हुने गरेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालमा पनि अहिले पश्चिमा देशहरूको प्रभाव धेरै बढिरहेको छ भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले रुसको विरोधमा गरिरहेको लडाइँ विचार र सिद्धान्तको नभई आर्थिक प्रभावको युद्ध भएको बताउनुहुँदै उहाँले युक्रेन युद्ध हुनुमा संयुक्त राज्य अमेरिका नै दोषी भएको बताउनुभयो ।
नेपालमा एमसीसी पारित भएसँगै नेपाललाई पनि नाटो सङ्गठनको सदस्य बनाउन खोजिएको बताउनुहुँदै नेता बिजुक्छेँले युक्रेनको अहिलेको अवस्था आउनुमा दशकौँ अगाडिदेखिको अमेरिकाको साम्राज्यवादी नीति नै जिम्मेवार भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयहरूबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताउनुहुँदै शिक्षालाई स्तरीय र बलियो बनाउनुपर्छ भन्ने उद्देश्यले भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिकस्तरमा सुधारका प्रयासहरू भइरहेको बताउनुभयो ।
भक्तपुरको शैक्षिक स्थिति आजको अवस्थासम्म आउनुमा भक्तपुरका अगुवाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरूले अध्ययन अनुसन्धानमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यालयहरूको भौतिक सुधारको लागि आवश्यक अनुदानको व्यवस्था गर्दै स्थानीय विषयमा पठनपाठनको लागि स्थानीय पाठ्यक्रमको समेत व्यवस्था गरिएको बताउनुहुँदै इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषा पढ्ने विद्यार्थीहरूको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले वागीश्वरीले हासिल गरेको सफलता र उपलब्धीहरू आगामी दिनहरूमा पनि सशक्त ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
महामारी वा कुनै प्रतिकुल अवस्थामा शिक्षा क्षेत्र प्रभावित हुन नहुने बताउनुहुँदै सांसद गोसाइँले शिक्षा क्षेत्रमा सरकारको उदासिनता देखिएकै कारण शिक्षा क्षेत्रले अपेक्षित ढङ्गले प्रगति गर्न नसकेको बताउनुभयो । उहाँले एमसीसीको ५५ अर्ब नेपालको लागि उपलब्धीमूलक नहुने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले वागीश्वरीले असल र देशभक्त नागरिक जन्माउने अभिभारा बोकेको बताउनुहुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा वागीश्वरीले खेलेको भूमिका चर्चायोग्य भएको बताउनुभयो ।
संयुक्त राज्य अमेरिकाले युक्रेनमा गरेको युद्ध र हस्तक्षेप आज संसारसामु नाङ्गिँदै गएको बताउनुहुँदै उहाँले रुसले नेटो सेनाविरुद्ध प्रतिकार गरेकै कारण आज यो अवस्था आएको बताउनुभयो ।
साथै वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मावि तथा कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
वागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष रबिन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी प्लस टुका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेजका तर्फबाट त्रिविका उत्कृष्ट विद्यार्थी बबिता ग्वाछा, विद्यार्थीहरू सुनिता दाहाल, सुजी ह्योङ्ग्वजु, शिक्षक राजन लाखा र मङ्गलेश्वर ध्वजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित) ले कलेजको स्मारिका र जर्नलसमेत विमोचन गर्नुभएको थियो । साथै प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले उत्कृष्ट विद्यार्थी, कर्मचारी र भ्वाइस अफ वागीश्वरीका विजेताहरूलाई सम्मान गरेको थियो ।

वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन

भक्तपुर, ६ पुस । वागीश्वरी माध्यमिक विद्यालयबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मङ्गलबार बधाई एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विश्वविद्यालय शिक्षाको प्रवेशद्वारमा पुगेका विद्यार्थीहरुले समाजको योगदानको निम्ति उद्देश्य, भावी योजना तय गर्न सक्यौ भने विषय छनोट गर्न सजिलो हुन्छ भन्नुभयो ।
आर्थिक रूपले सम्पन्न विद्यार्थीहरुले मात्र पढ्न पाउने नवउदारवादी शिक्षा नीतिबारे प्रष्ट पार्दै उहाँले हालै निर्वाचित चिलीका नवउदारवादविरोधी ३५ वर्षीय वामपन्थी नेता गाब्रियल बोरिकजस्तै विद्यार्थीहरुले व्यक्ति, परिवार, समाज र देशको हितमा निर्णय गर्न सक्ने तहको रूपमा स्नातक तहलाई बुझ्न र संवेदनशील हुन उहाँले अनुरोध गर्नुभयो ।
एमसीसीबारे विश्वविद्यालय तहमा पुग्ने विद्यार्थीहरुले जानकारी राखिएन भने देशले पछुताउनुपर्ने बताउँदै उहाँले नेपालको संविधानभन्दा माथि हुने, नेपालमा योजना लागू गर्न भारतको अनुमति चाहिने, योजनामा विवाद भए अमेरिकी अदालतको निर्णय लागू हुनेजस्ता शर्तहरु भएको एमसीसीसम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
विशेष अतिथि ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले प्राविधिक शिक्षाको महत्वबारे प्रष्ट पार्दै विद्यार्थीहरुले लक्ष्य लिएर अध्ययनलाई अगाडि बढाउन सकेको खण्डमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गुणस्तरीय शिक्षा भक्तपुरको पहिचान भएको स्पष्ट पार्दै उहाँले शिक्षामा महिलाहरुको प्रस्तुती तथा उपस्थिति उत्कृष्ट र अनुकरणी छ भन्नुभयो ।
अतिथि वागीश्वरी माविका +२ संयोजक ज्ञानसागर प्रजापतिले कागजमा पाएको योग्यतालाई व्यवहारमा उतार्न सकेनौँ भने योग्यता कागजको खोस्टा सावित हुने बताउनुभयो ।
अग्रजहरुको पौरख र स्वाभिमानले गौरव अनुभूति गराएको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु पनि स्वाभिमानी हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, इन्चार्जहरु ग्याहेन्द्रप्रसाद दाहाल, भानुभक्त हुमागाई, निरु ताल्चाभडेल, कलेजका विद्यार्थी बबिता ग्वाछा, शिक्षा सङ्कायका उत्कृष्ट विद्यार्थी विवेक बुढाथोकी, विज्ञान सङ्कायका उत्कृष्ट विद्यार्थी यज्ञबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्याख्वले त्रिभुवन विश्वविद्यालयबाट बीबीएसमा नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजका विद्यार्थी बबिता ग्वाछालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने विद्यालयका प्रअ धन्छाले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वागीश्वरी कलेजको नवौँ कलेज सभा सम्पन्न

भक्तपुर, २५ मङ्सिर । वागीश्वरी कलेजको नवौँ कलेज सभा साविककै कलेज व्यवस्थापन समिति पुनर्गठन गरी सम्पन्न भएको छ । समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा उहाँले पुनः काम गर्ने अवसर दिइएकोमा समितिकै तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।
विगत चौध वर्षदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिन थप व्यवस्थित ढङ्गले काम गर्ने प्रतिबद्धताका साथ भक्तपुरको शैक्षिक प्रगतिलाई बौद्धिक जगतले मिहिन रूपमा हेरिरहेको हुँदा हामीले आफूलाई सोही अनुरूप सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो ।
कोरोना महमारीको बेला अक्सिजन अभाव हुँदा वागीश्वरी स्कुल र कलेजबाट सुरु भएको आर्थिक सहयोग सङ्कलन अन्ततः करोडौँ रकम सङ्कलन भई आज निःशुल्क रूपमा जनताले अक्सिजन पाइरहेको चर्चा गर्दै कलेजले पठनपाठनका अतिरिक्त जनताको थप सेवा गरेकोमा भनपाको तर्फबाट सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
शिक्षामा विदेशी लगानीप्रति सचेत हुनुपर्ने औंल्याउँदै उहाँले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने जोड दिनुभयो ।
आत्मनिर्भरता विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– “सधैँ विदेशी र सरकारी मुख ताकिरहनुभन्दा आफ्नै बलबुत्तामा गरेको प्रगति बढी दिगो हुन्छ र त्यसमा अपनत्वभाव धेरै हुन्छ ।”
अनुसन्धानमा छुट्याइएको रु. २८ लाख बजेट खर्च गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सुझाव दिँदै उहाँले अनुसन्धान आजको आवश्यकता हो भन्नुभयो ।
नेमकिपाले शिक्षालाई पहिलो प्राथमिकता दिँदै आएको हुँदा आज बौद्धिक जगतमा यसलाई ‘ख्वप मोडेल’ भन्न थालेको चर्चा गर्दै त्यो मोडेलभित्र वागीश्वरी कलेज पनि पर्ने उहाँले बताउनुभयो ।
‘सरकारी नीति एउटै परिसरमा दृढता शैक्षिक संस्था सञ्चालन गर्न नहुने भन्ने छ तर हामी एउटै संस्थामा पनि बिहान, दिउँसो र बेलुकाको सिट सञ्चालन गरेर भवनलाई अधिकतम उपयोग गर्दै छौँ । सरकार स–साना स्कुल मर्ज गर्न खोज्छ, हामी स साना स्कुललाई सबल बनाउन खोज्छौँ । यही हाम्रो विशेषता हो ।’ उहाँले भन्नुभयो ।
वागीश्वरी स्कुलले सिद्धिशारदा प्रावि र ब्रह्मचारिणी प्रावि सबल बनाए जस्तै अब गणेश मावि भार्वाचोले उदय प्राविलाई सबल बनाउन जिम्मा दिएको पनि उहाँले जानकारी दिनुभयो ।
अब वागीश्वरी कलेजले भक्तपुर अन्य कलेजहरूसँग पनि सहकार्य गरी सिङ्गो भक्तपुरको शैक्षिक प्रगतिमा योगदान पु¥याउने प्रयास आगामी दिन गर्दै जाने पनि उहाँले प्रष्ट्याउनुभयो ।
सभामा संविधान सभासद् अनुराधा थापामगरले कलेजले देशभक्त नागरिक तयार गर्न सकोस भन्ने शुभेच्छा व्यक्त गर्नुभयो भने बाग्मती प्रदेशसभा सदस्य सिर्जना सैंजूले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नगरी देशी र विदेशी समसामयिक विषयमा पनि अद्यावधिक गरिराख्नुपर्नेमा जोड दिँदै राष्ट्रघाती एमसीसीविरुद्ध सम्पूर्ण विद्यार्थीलाई जागरुक बनाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको सन्दर्भमा वागीश्वरी कलेजको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभयो भने वडाध्यक्ष रवीन्द्र ज्याख्वले सामुहिक नेतृत्वबाटै कलेजको प्रगति सम्भव भएको बताउनुभयो ।
प्राचार्य धनकुमार श्रेष्ठले सभामा अनुमोदनका लागि विभिन्न चार ओटा प्रस्ताव पेश गर्नुभयो– पहिलो प्रस्तावमा कलेज व्यवस्थापन समिति साविकलाई कार्यकाल थप गर्ने, दोस्रो प्रस्ताव कलेज विधान पारित गर्ने, तेस्रो आगामी पाँच वर्षको रणनीतिक योजना पारित गर्ने र चौथौं २०७८÷०७९ को बजेटका साथै ०७७÷०७८ को लेखा प्रतिवेदन अनुमोदन गर्ने ।
प्रस्तावित चारओटै प्रस्तावहरू आवश्यक संशोधनसहित सभाले पारित गरेको छ ।
सभामा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, संयोजक ज्ञानसागर प्रजापति, सभाका सदस्यहरू डा. राजुभाइ त्यात, डा. किशोर हाकुदुवाल, डा. बलराम दुवालले पनि विभिन्न सुझावहरू दिनुभएको थियो ।

‘Qualitative and Quantitative Research’ विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘Qualitative and Quantitative Research’ विषयमा तीनदिने कार्यशाला गोष्ठीको असोज २२ गते शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पार्नका साथै नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेका छन्, उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरु अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।
शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको गतिविधिले विकासको नाममा नेपालीलाई दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको चर्चा गर्नुहुँदै उहाँले अरूको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर वागीश्वरी कलेजले यस वर्ष रु. २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै वागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनाअनुरूप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका उपप्राध्यापक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।

वागीश्वरीमा दशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेज तथा वागीश्वरी माविको संयुक्त आयोजनामा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच बुधबार नजिकिँदै गरेको वडादशैँ २०७८ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वैदेशिक लगानीबाट पुग्ने क्षतिबारे चर्चा गर्दै विदेशीको भरमा हुने कुनै पनि संस्थाको प्रगति दिगो नहुने बताउनुभयो ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी निकै न्यून र अपुग भएको बताउनुहुँदै उहाँले प्राध्यापक तथा कर्मचारीहरू पैसा कमाउने मानसिकता र व्यक्तिगत स्वार्थबाट माथि उठेर संस्थाको हित र उत्थानमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुरका विद्यार्थीहरूलाई यहीँ गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण प्रदान गर्न जोड दिनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरको पहिचान र गरिमा कायम गर्न स्थानीय जनताहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्नातकोत्तर तहका विद्यार्थीहरूमा अरुको थेसिस नक्कल गर्दै आफू उत्तीर्ण हुने गलत मानसिकता हावी हुँदै गइरहेको बताउनुहँदै उहाँले नजिकिँदै गरेको दशँको बिदाको समयको सदुपयोग गरी नयाँ नयाँ पुस्तक अध्ययन गरी सिर्जनशील काममा लाग्न प्रेरित गर्नुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्वाभिमानलाई बन्धक राखेर पाइने कुनै पनि वैदेशिक सहयोग हामी दुत्कार्छौँ भन्नुहुँदै वागीश्वरीमा अनेक विदेशी सङ्घ संस्थाले अनेक प्रलोभन देखाउन आएका दृष्टान्त दिनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सामूहिक भावनाको विकासले संस्थालाई अगाडि बढाउन टेवा पुग्ने बताउनुहँदै वागीश्वरी कलेजले अनुसन्धानमा २६ लाख बजेट छुट्याउँदै आएको र विभिन्न विषयमा कार्यशाला गोष्ठीहरू पनि गर्दै आइरहेको बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य र उकेश सुवाल, विज्ञान सङ्कायका भानुभक्त हुमागाइँ, वागीश्वरी मावि टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, वागीश्वरी कलेज व्यवस्थापन सङ्कायका प्रमुख बब्लुकुमार राउत र ग्याहेन्द्रप्रसाद दाहालले शुभकामना मन्तव्यका साथै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

वागीश्वरीमा तीन दिने क्षमता अभिवृद्धि तालिमको समापन

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा चैत्र २७ गते शुरु भएको कर्मचारी क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको सबैभन्दा सक्षम र क्षमतावान् व्यक्तिहरुको पहिचान गरेर नै विदेशीहरुले किन्न खोज्नेतर्फ सबै नेपाली जनता सजग र सचेत हुनुपर्ने औंल्याउ“दै तालिम प्रँप्त सम्पूर्ण कर्मचारीहरुले समाज, देश र आफ्नै माटोको लागि प्रयो गर्ने अठोट गर्नुपर्छ भन्नुभयो ।
सरकारी कर्मचारीहरु कुनै पनि तालिममा जान भत्ताको लागि हानथाप गर्ने परिस्थितिबारे जानकारी गराउ“दै उहा“ले भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि तालिममा भत्ता वितरण नगरेको बताउनुभयो । उहा“ले थप्नुभयो, ‘भत्ताको लागि नभइ सिक्नको लागि तालिममा जानुपर्छ ।’
कुनै पनि काम गर्न सक्षम र सिपालु बन्न तालिमले सघाउने बताउ“दै उहा“ले कर्मचारीहरुले सचेत बन्नका लागि बाहिरी वातावरणबारे पनि ज्ञान लिनुपर्छ भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वर्तमान समयमा कर्मचारीहरु पेन्सन कुरेर नबसी रोजगारीमा स्थानान्तरण गर्न चाहन्छन् भन्ने जेट जेनेरेसनको मान्यताबारे जानकारी दि“दै वास्तवमा कर्मचारीहरु अनुभवी र सक्षम हुन चाहन्छन् भन्नुभयो ।
वागीश्वरी कलेज आरएमसीका सल्लाहकारी डा. बलराम दुवालले कर्मचारी, शिक्षक हु“दै रणनीतिक तहमा पनि तालिमहरु सञ्चालन गर्न सके वागीश्वरी कलेज एक मानक कलेजको रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिमबाट प्राप्त ज्ञान कर्मचारीहरुको पू“जी हो भन्दै आफ्नो कार्यक्षेत्रमा पू“जीको सहि परिचालन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिममा अधिवक्ता विकल प्रजापति, अडिटर गणेश प्रसाद दुवाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवास शिवाकोटी, इएमआइएस विज्ञ सम्वेदन कोइराला, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहायक निर्देशक शिवहरि अधिकारी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय प्रमुख विजय शर्मा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक फूलप्रसाद सुवेदीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रमुख अतिथि प्रजापतले तालिममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।  तालिममा उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न कलेजहरुबाट जम्मा ३१ जना कर्मचारीहरु सहभागी थिए ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक शिवबहादुर खुलिमुली, राजन चौगुठी, सहभागीको तर्फबाट ख्वप ई. कलेजका सिद्धिराम सुवाललगायतले बोल्नुभएको थियो ।

वागीश्वरी कलेजमा तीनदिने क्षमता अभिवृद्धि तालिम

वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट सुरु भयो । 
    कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो ।
    कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विज्ञान र प्रविधिको युगमा कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने प्रवृत्तिका कारण देश आर्थिक रूपले पछाडि परेको बताउनुभयो । 
    समाजको निम्ति काम गर्न प्रेरित गर्नुहुँदै उहाँले तालिमबाट प्राप्त सीप र अनुभवबाट संस्था विकास र प्रगतिको निम्ति अझ राम्रोसँग काम गर्न प्रोत्साहित गर्नुभयो ।
    जुनसुकै क्षेत्रमा काम गर्नेहरुसँग कानुनी ज्ञान हुनुपर्ने बताउनुहुँदै उहाँले आफूसँग भएको कानुनसम्बन्धी ज्ञानले आफ्नो काम कर्तव्य र अधिकारबारे प्रष्ट हुने बताउनुभयो ।
    उहाँले भन्नुभयो — ‘शिक्षक तथा कर्मचारीहरुमा क्षमता अभिवृद्धि गर्नु भनेको छोटो समयमा गुणस्तरीय काम गर्नु हो । विद्यालय तथा संघ संस्थाको विकास र प्रगति त्यहाँ कार्यरत शिक्षक—कर्मचारीहरुको दक्षतामा भर पर्छ ।’ 
    वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले जस्तोसुकै चुनौती सामना गर्न कर्मचारीहरु सक्षम हुनुपर्ने बताउनुहुँदै उहाँले युगअनुसारको प्रविधिमा शिक्षक कर्मचारीहरुको पहुँच पुग्नुपर्छ भन्नुभयो ।
    वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कलेज व्यवस्थापन समितिको सकारात्मक निर्णय कार्यान्वयन गर्ने पक्ष कर्माचारीहरुमा भएको हुँदा उनीहरु क्षमतावान हुनुपर्ने आवश्यकताबोध गर्दै कलेजले कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।
    वागीश्वरी कलेज आर.एम.सीका संयोजक सिद्धिबीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले धन्यवाद मन्तव्य र कार्यक्रम तयारी समितिका संयोजक शिवबहादुर खुलीमुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
 

वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले पद र पैसाको लागि देश नै बेच्ने प्रचण्ड भारतको गोटी भएको स्पष्ट पार्दै नेमकिपाले ओलीको समर्थन गरेको नभई उसले गरेको संसद विघटनको औचित्य पुष्टि गरेको हो भन्नुभयो ।
पढे लेखेका विज्ञहरु नभएका कारण देश विकास नभएको नभई देश विदेशीले लियो भने तलब पनि विदेशी मुद्रामा पाइने दास मानसिकताका कारण देश बिस्तारै कमजोर हु“दै गएको बताउ“दै उहा“ले विभिन्न विषयमा विशिष्टता हासिल गरेका विज्ञहरु देशभक्त हुनेपर्ने आवश्यकता औंल्याउनुभयो । 
बिजुली बत्तीका आविष्कारक थोमस एडिसनको उदाहरण दिंदै हरेक मानिसमा विशिष्ट गुण हुने भएकोले खराब व्यवहार देखाएका सबै विद्यँर्थीहरु खराब नहुने हु“दा शिक्षकहरुले विद्यार्थीहरुको बानी व्यहोरालाई गहन अध्ययन गरी अध्यापन गर्नुपर्छ उहा“ले भन्नुभयो । 
नेपालको गुणस्तरीय माटो र सस्तो ज्यामी प्रयोग गरी उत्पादनलाई विदेश निर्यात गर्ने कृषिमा विदेशी लगानी भिœयाउने विधेयकले देशलाई परनिर्भर बताउने बताउ“दै कृषिमा आत्मनिर्भर बनाउन सरकारले मल कारखाना बनाउनुपर्नेमा जोड दिनुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक तथा कोषका संरक्षक कृष्णप्रसाद धन्छाले वागीश्वरी अग्रजहरुको योगदान र भावी पुस्तालाई शिक्षित बनाउने अभियानको एउटा हिस्सा भएको बताउ“दै कार्यरत शिक्षक कर्मचारीहरुले वागीश्वरीलाई अझ अगाडि बढाउन थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
वागीश्वरी मावि तथा कलेजका कोअर्डिनेटर एवं कोषका सल्लाहकार ज्ञानसागर प्रजापतिले ‘संस्था जेसुकै होस्, माना पचोस्’ भन्ने कर्मचारी मनोवृत्तिका कारण सामुदायिक विद्यालयहरु खस्केको स्पष्ट पार्दै सरकारले शिक्षकको प्रोमोशन गर्दा विद्यार्थीहरुको सङ्ख्यात्मक र गुणात्मक मापन आवश्यक छ भन्नुभयो । 
वागीश्वरीले नेपाल मजदुर किसान पार्टीले आत्मसात् गरेको वैचारिक आधार जनताको सेवालाई प्राथमिकतामा राख्दै अगाडि बढेको बताउ“दै हाल वागीश्वरीमा चार हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो । 
वागीश्वरी माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले शैक्षिक गुणस्तरका लागि कार्यरत शिक्षक कर्मचारीहरुले थप मिहिनेत गर्नु आवश्यक छ भन्नुभयो । 
वागीश्वरी कलेजका प्राचार्य एवं कोषका अध्यक्ष धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आ.व २०७६÷७७ को प्रतिवेदन, कोष परिचालन सम्बन्धी विनियम २०७७ पारित गरेको थियो भने आउ“दो एक कार्यकालका लागि धनकुमार श्रेष्ठकै अध्यक्षतामा नया“ कोष सञ्चालक समिति गठन गरेको थियो । 

वागीश्वरी कलेजको आठौं कलेज सभा सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आठौं वार्षिक कलेज सभा शनिबार सम्पन्न भएको छ । 
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको साथ र शक्तिको अगाडि पैसा गौण हुने बताउँदै भक्तपुर नगरपालिकाले पर्यटन शुल्क नउठेपनि जनताको साथमा विकास निर्माणका कार्यहरु अगाडि बढाउँदै लगेको बताउनुभयो । 
कुनै पनि सङ्घ संस्थाको विकास हुनुमा आन्तरिक पक्ष मुख्य हुने भएकोले कलेजको विकासको लागि कार्यरत शिक्षक, कर्मचारीलगायतको सम्पूर्ण पक्षको मिहिनेत आवश्यक छ भन्नुभयो । 
उहा“ले भन्नुभयो, ‘कलेजको विकासको लागि वाह्य सहयोगलाई मुख्य स्रोतको रुपमा बुझ्नु गलत हो ।’ 
भक्तपुर नगरपालिकाले विकासको नाममा कसैले दिएको सशर्त सहयोगलाई अस्वीकार गर्दै आएको बताउँदै उहाँले जापानी सरकारले नेपालमै पहिलो पटक श्वासप्रश्वास पुनस्र्थापना केन्द्र निशर्त रूपमा भक्तपुर नगरपालिकामा स्थापना गर्न मञ्जुर भएको बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको राजनीति मोड्नुमा मुख्य कारण शासक पार्टी नेकपाको सैद्धान्तिक विचलन र पद एवम् पैसा (भागवण्डा) भएको स्पष्ट पार्नुभयो । 
‘बालुवाटारबाट दिन सकिने सबै दियौं, दिन नसकेपछि हामी (नेकपा) छुट्टियौं’ भन्ने विशेष स्रोतको उक्तिलाई उद्धृत गर्दै उहा“ले भन्नुभयो, ‘नेकपा भित्रको लोभी पापी, द्रव्यपिसाच र दास मानसिकताका कारण भएको संसद विघटनको घटना औचित्यपूर्ण छ ।’ उहाँ थप्नुहुन्छ, ‘देश सिक्किम हुनबाट जोगिएको छ ।’
शिक्षकहरुले जुलुश, राजनीतिमा प्रत्यक्ष सहभागीता जनाउन नसकेतापनि प्राज्ञिक हिसाबले समाजको स्तरलाई माथि उकास्न सहयोग गर्नुपर्ने बताउँदै शिक्षकहरु शिक्षण पेशामा मात्र सिमित नभई वैचारिक अध्ययनमा पनि अगाडि छन् भन्ने अरुको मानसिकतालाई विश्वास दिलाउन थप अध्ययन गर्नुपर्छ भन्नुभयो । 
नेपालका ठूला पुस्तकालयमा हराउँदै गएको पुस्तकको अध्ययन गरी ‘मजदुर’, ‘श्रमिक’ पत्रिकामा पुस्तकबारे नियमित लेख प्रकाशन भएको कारणले अहिले सञ्चारकर्मीहरु भक्तपुरमा आइरहेको बताउँदै हरेक शिक्षकहरुले नया“ नया“ खोजमुलक विषयको अध्ययन गरी प्रकाशनको लागि तदारुक हुन जरुरी छ भन्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कम लगानी कम चासो, बढी लगानी बढी चासो राख्ने अभिभावकको वर्तमान मानसिकतामा परिवर्तन आवश्यक भएको बताउँदै शिक्षक, विद्यार्थीपछिको तेस्रो खुट्टा अभिभावकले सक्रिय भूमिका खेलेको खण्डमा कलेजको थप प्रगति हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो । 
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकार आफै शिक्षाको जिम्मेवारी पन्छिँदै गएको वर्तमान परिस्थितिमा कलेज आफैले शैक्षिक गुणस्तर बढाउन अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो । 
पैसा र जागिरे मनस्थितिबाट मुक्त भई कलेजको चौतर्फी विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैको साझा योगदान आवश्यक छ, उहाँले बताउनुभयो । 
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ संशोधनसहित पारित गरेको थियो । 
कार्यक्रममा शिक्षकहरु विनोद प्रजापति, विकल प्रजापति, डा. बलराम दुवाल, शिव बहादुर खुलिमुलि, ग्याहेन्द्रप्रसाद दाहाललगायतले प्रगति प्रतिवेदनमाथि टिक्काटिप्पणी गर्नुभएको थियो । 
 

वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम

भक्तपुर– वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सृजना सैंजूले लैङ्गिक हिंसाविरुद्ध कानून बनाइ हिंसाका घटनालाई न्यूनीकरण गर्नुपर्ने सरकारहरु आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता खाइरहेकोमा खेद व्यक्त गर्दै अपराधीलाई कारवाही नगर्ने सरकारविरुद्ध संघर्ष गर्न विद्यँर्थीहरुलाई विद्यालय उमेरदेखि नै सिकाउनुपर्छ भन्नुभयो । 
नेपालको राजनीतिक इतिहासमा तीन तहमै सबभन्दा बढी महिला जनप्रतिनिधि भएको समयमा सबभन्दा महिला हिंसाका घटनाहरु हुनु लज्जास्पद भएको भन्दै उहा“ले पु“जीवादी व्यवस्था नै श्रमिक महिलाको हिंसाको एकमात्र कारण हो । यसबाट मुक्तिको लागि श्रमिक महिलाहरु राजनैतिक रूपले संगठित हुनु आवश्यक छ । 
महिला हिंसा गर्ने जोकोहिलाई पनि मृत्युदण्ड दिने बन्दोबस्त हुनुपर्छ भनी नेमकिपाले संसदमा बारम्बार आवाज उठाउ“दा पनि गुण्डा, अपराधी, तस्करीद्वारा पोषित सरकारले कानुन ल्याउने आ“ट गरेन उहा“ले भन्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राजनैतिक सचेतताविना लैङ्गिक हिंसा कम गर्न नसकिने बताउ“दै विद्यार्थीहरुले लैङ्गिक हिंसालाई कम गर्न आलोचनात्मक दृष्टिकोण राखेर लेख रचनाहरु लेख्नुपर्छ भन्नुभयो । 
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विदेशमा नेपाली चेलीबेटीहरु चौबाटोमा खसी बोकाजस्तै बेचबिखन गराउने नीति ल्याउने नेपाली कांग्रेस, एमाले (अहिलेको नेकपा) नै मुख्य दोषी भएको हु“दा लैङ्गिक हिंसालाई कम गर्न सरकारको गलत नीतिविरुद्ध विद्यार्थीहरुले १६ दिन मात्र नभई निरन्तर सङ्घर्ष चालू राख्नुपर्छ भन्नुभयो । 
छोरालाई प्राथमिकतामा राख्ने संस्कारले जकडिएको यो समाजलाई परिवर्तन गरी महिलाहरु आत्मनिर्भर बन्न सकेको खण्डमा अहिलेको स्थितिमा महिला हिंसा कम हुनसक्छ उहा“ले भन्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले लैङ्गिक हिंसाबारे पुरुषहरुलाई पनि प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउ“दै सामाजिक सञ्जालमार्फत हुने लैङ्गिक हिंसाबाट सबै सचेत हुनुपर्छ भन्नुभयो । 
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षिका सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक मङ्गलेश्वर ध्वजू, विद्यार्थीहरु सुनिता त्वायनावासु, कृपा प्रजापति, सदिक्षा न्हेम्हाफुकी, मालती पराजुली लैङ्गिक हिंसाबारे बोल्नुभएको थियो । 
 

वागीश्वरीमा विजया दशमीको शुभकामना आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेज र वागीश्वरी कलेजको संयुक्त आयोजनामा विजया दशमी २०७७ को शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक ५ गते बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले मेडिकल माफियाको दबाबमा सरकारले कोरोना परीक्षणको लागि शुल्क लिने निर्णय गर्नु संविधान र सर्वोच्च अदालतको निर्णयको अवमूल्यन गर्नु हो भन्दै यसले समाजमा कोरोना रोग लुकाउने प्रवृत्तिको जन्म हुने बताउनुभयो । 
मुखले जतिसुकै समुदायलाई प्राथमिकता भनेपनि सबै पूँजी केन्द्रिकृत हुँदै जाने यो पूँजीवादी व्यवस्थामा कम्युनिष्टको नाममा सरकारले कांग्रेसले भन्दा बढी निजी क्षेत्रलाई प्राथमिकता दिइरहेको छ, उहा“ले भन्नुभयो । 
राम्रो संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धा गरी राम्रो प्रस्तुती दिन सके मात्र कुनै पनि शैक्षिक संस्था नमूना बन्न सक्ने बताउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्र नै विकासको दीगो आधार हो भन्नुभयो । 
भक्तपुर नगरपालिकाको जग्गामा बनेको र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको भक्तपुर क्यान्सर अस्पताल कुनै पनि निजी क्षेत्रले भ्रष्टाचार गर्ने थलो बन्न नहुने बताउँदै उहाँले भक्तपुर क्यान्सर अस्पताल स्थानीय तह वा प्रदेश सरकार वा केन्द्रीय सरकारको मातहतमा सञ्चालन हुनुपर्छ भन्नुभयो । 
कार्यक्रमका विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले सरकारी अस्पतालले समेत कोरोना परीक्षणको लागि शुल्क लिने निर्णयले गरिब जनता घरमै मर्नुपर्ने अवस्थाको सिर्जना हुनेमा चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले बताउनुभयो, ‘यो सरुवा रोगको नियन्त्रणमा सरकारको प्रमुख भूमिका रहने अन्तर्राष्ट्रिय अभ्यासको विपरित छ ।’
विद्यालयका पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले अहिलेको विषम परिस्थितिमा पूर्व प्रावि तहका विद्यार्थीहरुलाई शैक्षणिक गतिविधिबारे छलफल गर्न अनुरोध गर्नुभयो साथै अहिलेको समय सुहाउँदो विषयहरु सञ्चालनको लागि आवश्यक गृहकार्य गर्न पनि सुझाउनुभयो । 
वागीश्वरी मावि नमूना विद्यालयको रूपमा छनोट भएको प्रसङ्ग उद्धृत गर्दै उहाँले सधैँ नमूना बनाइराख्नको लागि भावी समयमा आउने विभिन्न चुनौतीहरुबारे सचेत भइरहनुपर्छ भन्नुभयो ।
विद्यालयका को–अर्डिनेटर ज्ञानसागर प्रजापतिले जस्तोसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै अहिलेको शैक्षिक संकटको बेलामा पनि शिक्षण सिकाई प्रविधिमैत्री बन्न सफल भएको बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, दिनेश प्रधानलगायतले बोल्नुभएको थियो । 

स्नातक र स्नातकोत्तर तहको अनलाइन परीक्षा सफलतापूर्वक सम्पन्न 

भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको प्रिबोर्ड परीक्षा तथा स्नातकोत्तर प्रथम र तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको ब्अजष्भखझभलत त्भकत अनलाईनमार्फत असोज ३० गते शुक्रबार सम्पन्न भएको छ । 
माइक्रोसफ्ट टिमको माध्यमबाट लिइएको सो परीक्षामा विद्यँर्थीहरु उत्साहपूर्वक सहभागी भएका बताउ“दै परीक्षा प्रमुख विकल प्रजापतिले परीक्षामा जम्मा विद्यँर्थीको ८२ प्रतिशत विद्यार्थीहरु सहभागी रहेको बताउनुभयो ।
परीक्षा हुनुपूर्व कलेजले विद्यार्थी तथा शिक्षकहरुलाई अनलाईन परीक्षा सम्बन्धी अभिमुखीकरण गरेको कलेज प्रशासनले जनाएको छ । हाल कलेजका सम्पूर्ण कक्षाहरु माइक्रोसफ्ट टिममार्फत नै सञ्चालन भइरहेको छ । 
 

वागीश्वरी कलेजमा अनलाईन परीक्षाबारे अभिमुखीकरण

भक्तपुर– वागीश्वरी कलेज परीक्षा शाखाको आयोजनामा स्नातक तह बीए÷बीएसडब्लू र बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरु र स्नातकोत्तर तह एमबीएस प्रथम र तेस्रो सेमेष्टरमा अध्ययनरत विद्याथीहरुलाई अनलाईन परीक्षा सञ्चालन निर्देशिका र प्रक्रियाको बारेमा असोज २० र २१ गते क्रमशः अभिमुखीकरण सम्पन्न भएको छ । 
स्नातक तहको प्रिबोर्ड परीक्षा र स्नातकोत्तर तहको Achievement Test यही असोज २५ गतेबाट सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ । 
अभिमुखीकरण कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, मानविकी संकायका इन्चार्ज राजन चौगुठी, परीक्षा प्रमुख विकल प्रजापति, शिक्षक ग्याहेन्द्र प्रसाद दाहाल र शिक्षक नवीन प्रजापतिले परीक्षा सञ्चालन प्रक्रिया र उत्तर पुस्तिका बुझाउने तरीकाबारे बोल्नुभएको थियो । 
 

अनलाइन कक्षा सञ्चालनको लागि माइक्रोशफ्ट टिमको प्रयोगबारे अभिमुखीकरण सम्पन्न, कलेजका सम्पूर्ण तहका कक्षाहरु भाद्र ३१ गतेबाट सुरु

भक्तपुर । वागीश्वरी कलेजमा अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई लक्षिण गरी भाद्र २७ र २८ गते माइक्रोशफ्ट टिमको प्रयोगबारे प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा डा. बलराम दुवालले व्यवस्थापन सङ्कायमा अध्यापनरत शिक्षक शिक्षिकाहरुलाई भाद्र २७ गते र शिक्षक नवीन प्रजापतिले मानविकी सङ्कायका शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिनुभएको थियो । 
माइक्रोशफ्ट टिमको प्रयोग, चुनौती र समाधानबारे उहा“हरुले सहभागीहरुलाई प्रष्ट्याउनुभएको थियो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको उपस्थितिमा भएको उक्त कार्यक्रममा कलेजका सङ्काय इन्चार्जहरु राजन चौगुठी र बब्लुकुमार राउतको उपस्थिति थियो ।
त्यस्तै भाद्र २९ गते र भाद्र ३० गते दुई दिन शिक्षकद्वय नवीन प्रजापति र दिनेश सुवालले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई पनि माइक्रोशफ्ट टिमको प्रयोगबारे अभिमुखीकरण गर्नुभएको थियो । 
कलेजका सम्पूर्ण तहका कक्षाहरु औपचारिक रुपमा भाद्र ३१ गतेदेखि माइक्रोशफ्ट टिममार्फत अनलाईनबाट सञ्चालन गरेको छ । 

थेसिस प्रोपोजल र थेसिस लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा स्नातकोत्तर तह एमबीएस तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी थेसिस प्रोपोजल र थेसिस लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भाद्र २३ गते मङ्गलबार सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महानन्द चालिसेले उक्त विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो । 

अनलाइन लाइब्रेरी स्रोतको प्रयोगबारे जुम बैठक

भक्तपुर– वागीश्वरी कलेज पुस्तकालय शाखाको आयोजनामा अनलाइन लाइब्रेरी स्रोतको प्रयोगबारे जुम बैठक श्रावण १२ गते सोमबार सम्पन्न भएको छ । 
बैठक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय विभागका पुस्तकालय अधिकृत विजय शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । 
अतिथि शर्माले कलेजमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको अध्ययन अनुसन्धानलाई थप मजबुत पार्न प्रयोग गर्न सकिने सशुल्क तथा निःशुल्क अनलाइन पुस्तकालय स्रोतसम्बन्धी जानकारी दिनुभयो । 
कलेजका शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त बैठकमा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र पुस्तकालय सहायक लक्ष्मीप्रसाद गाईजुले पनि बोल्नुभएको थियो । 

वागीश्वरी कलेजद्वारा वृहत वेभिनार सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा “Necessity of Techno-friendly Education Due to Covid-19 and its Future Prospects” विषयक वेभिनार जेष्ठ १२ गते सोमबार सम्पन्न भएको छ । 
गोष्ठीका प्रमुख प्रस्तुतकर्ता प्रा. डा. अर्हन स्थापितले भौतिक कक्षामा अभ्यस्त रहेको अवस्थामा कोभिड १९ को कारण प्रविधिमैत्री शिक्षामा प्रवेश गर्नुपर्ने बाध्यता रहेको बताउ“दै कोभिडको महामारी जस्तै कुनै पनि महामारीको समयमा पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन सबै तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
प्रविधिमैत्री शिक्षाको विभिन्न सकारात्मक पक्षबारे प्रकाश पार्दै उहा“ले प्रविधिमैत्री शिक्षामा उचित समयमा शिक्षण सिकाइ हुन सक्ने र अन्य सुविधा पनि भएको बताउनुभयो । 
प्रविधिमैत्री शिक्षालाई अगाडि बढाउ“दा प्रविधिको ज्ञानको कमी, पहुँच नुहनेलगायतका चुनौती रहेको बताउँदै उहा“ले यसको उचित समाधानको लागि सम्बन्धित निकायबाट पहल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
प्रविधिमैत्री शिक्षालाई सफलतापूर्वक लागू गर्न सबै संवद्ध पक्षहरुको सकारात्मक सोचाइ र सही संरचनाको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । 
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वेभिनारमा सहभागी हु“दै प्रविधिलाई सम्पूर्ण निम्न आय भएका जनताको पहुँचमा पु¥याउन सरकारले व्यवस्था गर्नुपर्छ भन्नुभयो । 
अतिथि स्थापितले सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई स्पष्ट पार्नुभएको थियो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको उक्त कार्यक्रममा शिक्षकहरु मोहनकृष्ण श्रेष्ठ, नवीन प्रजापति र दिनेश सुवालले प्राविधिक रुपमा सहयोग गर्नुभएको थियो । 
जम्मा १५५ जना सहभागीहरु रहेको उक्त कार्यक्रम पश्चात डा. बलराम दुवालले विषयवस्तुबारे सार व्यक्त गर्नुभएको थियो । 

वागीश्वरी कलेजको दोस्रो तलाको ढलान कार्य सम्पन्न (फोटो फिचर)

वागीश्वरी कलेजको निर्माणाधीन नया“ भवनको दोस्रो तलाको ढलान कार्य जेष्ठ १० गते शनिबार सम्पन्न भयो । 

वागीश्वरी कलेजद्वारा वेभिनार सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा “वित्तीय संस्थामा कोभिड १९ को प्रभाव र भावी दिशा” विषयक वेभिनार जेष्ठ ९ गते शुक्रबार सम्पन्न भएको छ । 
गोष्ठीका प्रमुख प्रस्तुतकर्ता कलेजका शिक्षक शिवजी हाकुदुवालले बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न विषयस“ग सम्बन्धित तथ्यहरु प्रस्तुत गर्नुभएको थियो । 
सहकारीका सेवालाई राज्यले प्राथमिकता नदिनुका कारण सञ्चालन गर्ने वा नगर्ने विषयमा अन्यौल सिर्जना भएको बताउ“दै उहा“ले दैनिक कार्य सञ्चालन र व्यवस्थापनमा असर तथा तरलता व्यवस्थापनमा समस्या रहेको बताउनुभयो । 
साथै कोभिड १९ को महामारीमा पनि सहकारी सेवा सञ्चालन सम्बन्धी सम्भावित विधिहरुबारे पनि उहा“ले बताउनुभएको थियो । 
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको उक्त कार्यक्रममा शिक्षकहरु मोहनकृष्ण श्रेष्ठ, नवीन प्रजापति र दिनेश सुवालले प्राविधिक रुपमा सहयोग गर्नुभएको थियो । 
जम्मा ९१ जना सहभागीहरु रहेको उक्त कार्यक्रम पश्चात डा. बलराम दुवालले विषयवस्तुबारे सार व्यक्त गर्नुभएको थियो । 

वागीश्वरी कलेजमा न्यायधीशसँगको छलफल कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा फागुन १६ गते शुक्रबारका दिन बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबीच न्यायाधीशसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायधीश श्रीप्रकाश उप्रेतीले कानून, अदालतसँग सम्बन्धित आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । 
उप्रेतीले छलफल तथा अनुभव प्रदान  गर्ने सम्बन्धमा मल्टिमिडियाबाट कानूनको इतिहास, कानूनको परिचय, कानून र न्यायको आवश्यकतालगायतका विषयमा विद्यार्थीहरूलाई स्पष्ट पार्नुभएको थियो । 
कार्यक्रममा विद्यार्थीहरूले आफूलाई लागेका जिज्ञासाहरु अतिथिसमक्ष पस्केका थिए । 
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बीबीएस व्यावसायिक कानून विषय शिक्षकद्वय विकल प्रजापति र सुन्दर राजचलको उपस्थ्तिि रहेको थियो । 

वागीश्वरीमा बीएसडब्लूका विद्यार्थीहरुबीच अनुभव आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तह बीएसडब्लू तेस्रो वर्षका विद्यार्थीहरूको आयोजनामा २०७६ पुष २६ देखि माघ १ गते सम्पन्न भएको Winter Camp (Dang, Ghorahi) र Drug Abuse सम्बन्धी Seminar Paper को सम्बन्धमा एक Presentation कार्यक्रम फागुन २ गते शुक्रबार सम्पन्न भयो । 
कार्यक्रममा पहिलो समूहमा रहेका विद्यँर्थीहरू सृष्टि सुवाल, अदिती खड्का, सङ्गिता गिरी, पार्वती थापा, सुलोचना राउत र रोजिना थापाले क्याम्पको बारेमा प्रस्तुती दिएका थिए । 
दोस्रो समूहका रञ्जन फा“जू, सुसन सुवाल, राकेश साखकर्मी, मिलन घोरासाइने, सिद्धार्थ गिरी र सविन गोसाईले भक्तपुरको युवाहरूमा लागू पदार्थ सेवनको स्थिति विषयमा प्रस्तुती दिएका थिए । 
तेस्रो समूहका विद्यार्थीहरू सुस्मिता बासी, रविना सुवाल, अस्मिता बासी, लक्ष्मी सुकुभटु र आकृति गिरीले दाङ घोराहीको संस्कृति र परम्पराको बारेमा जानकारी दिनुभएको थियो । 
चौथो समूहका विद्यार्थीहरू समिता खड्का, दिपिका कार्की, शान्ति माया बस्नेत, सचिता श्रेष्ठ, दिपा लामिछाने, उर्मिला कोइराला र पुरुषा मचामसीले अनाथ बालबालिकामा शिक्षाको अवस्था विषयमा प्रस्तुती दिएका थिए । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विषय शिक्षक राजन चौगुठी, मङ्गलेश्वर ध्वजू, सुनिता राउत र ग्रामीण विकास विषय शिक्षिका सुशिला घजुको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो । 
कार्यक्रममा बीएसडब्लु प्रथम र द्वितीय वर्षका विद्यँर्थीहरूको पनि उपस्थिति थियो । 

वागीश्वरी कलेजमा आन्तरिक तथा त्रिवि बोर्ड परीक्षाको नतिजा विश्लेषण

भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत बीए र बीबीएस प्रथम, द्वितीय र तृतीय वर्षको प्रथम त्रैमासिक परीक्षा, बीबीएस चौथो वर्षको दोस्रो त्रैमासिक परीक्षा तथा एमबीएसको ब्अजष्भखझभलत त्भकत को नतिजा विश्लेषण कार्यक्रम शनिबार सम्पन्न भएको छ । 
त्यस्तै कार्यक्रममा बीबीएस चौथो वर्ष, एमबीएस प्रथम र तेस्रो सेमेष्टरको त्रिवि बोर्ड परीक्षाको नतिजाको पनि विश्लेषण भएको थियो । 
कार्यक्रममा बोल्दै वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कलेजका कमजोर विद्यार्थीहरुको समुह छुट्याई व्यवस्थित उपचारको कक्षाको व्यवस्था गर्न सके नतिजा अझै राम्रो हुने उल्लेख गर्नुभयो । 
विद्यार्थी असफल हुनु भनेको अध्यापन गर्ने शिक्षक असफल भएको चर्चा गर्नुहु“दै उहा“ले शिक्षण पेशामा सफल हुन हरेक शिक्षकले मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विगत ३ वर्षको बोर्ड परीक्षा तथा आन्तरिक परीक्षाको तुलनात्मक नतिजा प्रस्तुतीमार्फत विश्लेषण गर्नुभयो । साथै उहा“ले कलेजको नतिजा प्रभावकारी बनाउन आएका चुनौतीहरुबारे जानकारी दिनुभयो । 
कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरुले कलेजको नतिजालाई अझ राम्रो बनाउनका लागि विभिन्न सुझावहरु दिनुभएको थियो । 
 

वागीश्वरी कलेजको आफ्नै भवन निर्माण हु“दै

भक्तपुर– हालसम्म वागीश्वरी माध्यमिक विद्यालयको भवनमा कक्षा सञ्चालन गर्दै आएको वागीश्वरी कलेजको अब आफ्नै स्वामित्वमा भवन निर्माण कार्य सुरु भएको छ । 
वागीश्वरी कलेजले तुमचो– दुगुरे– चोखा आवास योजनास“ग चार वर्ष पहिले १ रोपनी ७ आना जग्गा २ करोड ५२ हजार आठ सय बयासी रुपैयामा खरिद गरेको कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बताउनुभयो । 
तीन आनामा बनेको तीन तल्लाको भवन मात्र रहेको छ । जसमा प्रशासन र कम्प्युटर ल्याब रहेको छ भने कक्षाकोठा सबै वागीश्वरी माविको प्रयोग भइरहेको छ । 
चार कोठाको पा“च तल्ले भवन बनाउन लगभग झण्डै १० करोड लाग्ने कलेज प्रशासनले जानकारी दिएको छ । उक्त स्रोत स्थानीय निकाय, विश्वविद्यालय अनुदान आयोगको सहयोग र विद्यार्थीहरुबाट सङ्कलित रकम कलेजको आन्तरिक आम्दानीबाट जुटाउने योजना बनेको कलेजका प्राचार्यले बताउनुभयो । 
भवन निर्माणको लागि सम्पूर्ण ठेक्काहरु दिइसकेको छ । यो आ.व. मा दुई तल्लासम्मको निर्माण ठेक्का दिएको छ । 
 

विद्यालय तथा कलेजको बारेमा स्थानीयस“ग छलफल

भक्तपुर– वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीस“ग छलफल सम्पन्न भएको छ । 
माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले QAA (Quality Assurance Accreditation) प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले QAA को महŒवमाथि प्रकाश पार्दै देशमा भएका १ हजार चार सय भन्दा बढी सामूदायिक कलेजहरुमध्ये हालसम्म ३६ कलेजले मात्र QAA प्राप्त गरेको अवस्थामा अब वागीश्वरीले पनि पाउन अन्तिम चरणमा पुग्नु खुशीको विषय हो भन्नुहु“दै यसले वागीश्वरी कलेजको सङ्ख्यात्मक र गुणात्मक विकासलाई समेत टेवा पुग्ने कुरामा दुईमत छैन भन्नुभयो । 
विगतमा बीबीएसतर्फ देशभरमै सर्वाधिक अङ्क हासिल गर्ने सङ्गीता बुद्धाचार्यलाई पोखरामा सम्मान गरेको जानकारी दिनुहु“दै उहा“ले पछिल्लो समय विश्वविद्यालय अनुदान आयोगले सबभन्दा बढी उत्तीर्ण दर बढेको आधारमा छयत्तर लाख पुरस्कार स्वरूप अनुदान प्राप्त भएको पनि जानकारी दिनुभयो । 
त्यस्तै ३ नं. प्रदेश सरकारले वागीश्वरी माविलाई नमूना विद्यालयको निम्ति छनोट गरेको सम्बन्धमा जानकारी दिनुहु“दै वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले नमूनायोग्य कामहरुको बारे चर्चा गर्नुभयो । 
छिमेकमा रहेका नाजुक विद्यालयलाई सबल बनाइदिने काम सिद्धिशारदा प्राविको उदाहरण दिनुहु“दै अब ब्रह्मचारिणी प्राविलाई पनि सबल बनाउने प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो । 
देशका विभिन्न २७ जिल्लाबाट प्रअ तथा वि.व्य.स. पदाधिकारीहरुबाट वागीश्वरीमा अवलोकन भ्रमण आएको जानकारी दिनुहु“दै गत पुस ४ गते नुवाकोटको मुकुण्देश्वरी माविको प्रअ तथा विव्यस टोलीले अवलोकन गरेको जानकारी दिनुभयो । 
१२ कक्षासम्ममा ३५ सयभन्दा बढी अध्ययनरत रहेको र एसईई देखि कक्षा ११ र १२ को नतिजा उत्साहजनक रहेको हु“दा सङ्ख्यात्मक र गुणात्मक दुबै हिसाबले राम्रा रहेको स्पष्ट पार्नुभयो । 
कार्यक्रममा कलेजको तर्फबाट शिक्षक भानुभक्त हुमागाई र विद्यालयको तर्फबाट शिक्षक विश्वेश्वर मानन्धरले थप प्रकाश पार्नुभएको थियो । 
भेलामा स्थानीय टोलवासीहरुले वागीश्वरी कलेजमा बीएड र बीएस्सीको पनि पढाइ सञ्चालन गर्नुपर्ने, अङ्ग्रेजीलाई मात्र नभई नेपालीमा पनि जोड दिनुपर्ने, जगाती, कमलविनायक चोकमा पनि बोर्ड राख्नुपर्ने, शैक्षिक हातामा हरण निषेध र तीव्र गति नियन्त्रण गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । 
भेलामा स्थानीय ४ दर्जनभन्दा बढीको उपस्थिति थियो । 

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७६ मंसिर ३० गते, सोमबार
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्रा·णमा उद्घाटन गर्नुभयो ।
    उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताउनुभयो । निर्वाचनको समयमा पैसा दिएर मतदान गर्नु देश हार्नु वा कमजोर बन्नु नै हो भन्नुहुँदै उहाँले शासक दलका पार्टीहरूले पैसाको माध्यमबाट चुनाव जित्ने गलत कार्य निन्दनीय भएको बताउनुभयो ।
    विरोधी पक्षसँग संघर्ष र प्रतिरक्षाको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले  विद्यालयहरूले विद्यार्थीको शैक्षिक क्षेत्र र खेलकुद गतिविधिलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
    प्रजग कोरियाविरुद्ध नेपाल सरकार जानु भनेको अहिलेको सरकारमा अमेरिकी प्रतिनिधि (एजेन्ट) को घुसपैठ हुनसक्ने आशंका व्यक्त गर्नुहुँदै नेता बिजुक्छेँले सरकारको उक्त कार्य निन्दनीय र गलत भएको बताउनुभयो । फासीवादको विषयमा विद्यार्थीहरुलाई सचेत गर्नु आवश्यक छ – उहाँले भन्नुभयो ।
    नेमकिपाका संघीय सांसद प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालकको प्रभावमा परेको र शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको आरोप लगाउनुभयो । 
    नेपालको संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान हुँदा पनि सरकारले यसतर्फ ध्यान नपु¥याएको बताउनुहुँदै सांसद सुवालले प्रदेश नं. ३ को नमुना विद्यालय बन्न सफल बनेकोमा बधाई दिनुहुँदै भन्नुभयो – ‘सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि देखाइरहेको छैन, निजीकरण र व्यापारीकरणकै पक्ष लिएको देखिन्छ ।’
    भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेज व्यवस्थापन समितिले कलेजको आर्थिक, भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागि परेको बताउनुहुँदै खोज र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाले आर्थिक रुपमा कमजोर विद्यार्थीहरूको लागि शैक्षिक ऋण प्रदान गर्दै आइरहेको र भूगोल, इतिहास, संस्कृतिलगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
    नेमकिपाका तर्फबाट प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाइँले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकबीचको समन्वय र सहकार्यमा यथोचित ध्यान पु¥याउन आवश्यक भएको बताउनुहुँदै राजनीतिक रुपमा असचेत जनशक्ति देशको लागि घातक हुने बताउनुभयो ।
    अर्का प्रदेश सांसद सृजना सैंजुले सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि नदेखाउँदा निजी विद्यालय तथा कलेज सञ्चालकहरूलाई फाइदा पुगिरहेको बताउनुहुँदै समुदायमा आधारित बागीश्वरी माविले युग सुहाउँदो शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्नुभयो । 
    बागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले समुदायमा आधारित विद्यालयले देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बागीश्वरीलाई देशकै नमुना सामुदायिक विद्यालय बन्न सहयोगी भूमिका खेल्ने सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभयो ।
    कार्यक्रममा प्रधानाध्यापकद्वय कृष्णप्रसाद धन्छा र धनकुमार श्रेष्ठले बागीश्वरी माविक र बागीश्वरी कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
    प्रमुख अतिथि बिजुक्छेँले २०७६ सालमा दीर्घसेवा पदकबाट विभूषित शिक्षकहरू कृष्णमान मलेपति, सुन्दर बासिजु, शिक्षिकाहरू मिना प्रजापति, शोभालक्ष्मी गोसाई र प्रमिला ढुंगानालाई दोसल्ला ओढाई सम्मान प्रदान प्रदान गर्नुभयो ।
    कार्यक्रममा संयुक्त परीक्षा समिति तथा बासु माविका प्रअ अम्बिका न्याइच्याइ, सिद्धिबीर कर्माचार्य, विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापति, विद्यार्थीको तर्फबाट निशा कोजु, कलेजको तर्फबाट विद्यार्थी राकेश साखकर्मी, पूर्व विद्यार्थी समाजकाका तर्फबाट सचिव विकल प्रजापतिले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो । सोही समारोहमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरूले कलेजका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पुरस्कार, मेडल तथा सम्मान पत्र प्रस्तुत गर्नुभयो । औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रदर्शनीहरु पनि देखाएका थिए ।

वागीश्वरीमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न भएको छ । 
‘समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा तय गरेको छ । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सभासद् अनुराधा थापामगरले देशमा मौलाएको पू“जीवादी व्यवस्थामा १६ दिन मात्र नभई ३६५ दिन नै यस्तो कार्यक्रम गरेपनि प्रभावकारी नहुने स्पष्ट पार्दै महिलाहरुप्रति हुने हिंसा अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य छ भन्नुभयो । 
समाजवादी देश क्युवामा महिलाहरु एकदमै सुरक्षित रहेको जानकारी दिए । 
अन्धविश्वास तथा धर्मले बलियोले कमजोरलाई दबाउने परम्परा रहेको हाम्रो समाजमा महिला हिंसा बढिरहेको छ । यसका लागि आपराधिक मानसिकतालाई हटाउन एकदमै जरुरी छ भन्नुभयो । 
विशिष्ट अतिथि अधिवक्ता अनिता जधारीले हाम्रो देशमा मात्र नभई विश्वमै महिला हिंसा भएको बताए । १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै बलात्कृत नारीहरुको सशक्तिकरणको निम्ति लैङ्गिक हिंसा अन्त्य नगरी समानता कायम हुन सक्दैन भन्नुभयो । 
बलात्कृत नारीहरुले ुज्भबच mभ तययु भन्नेबाट आफ्नो अनुभव आदानप्रदान गरेर अरुलाई वास्तविक घटना बाहिर ल्याउन प्रोत्साहन दिने गर्दछ । 
नेपालको कानूनमा महिला हिंसा गर्ने जोकोहीलाई पनि राज्यले ३ देखि २५ हजार जरिवाना गर्नुका साथै ६ महिनासम्म कैदको व्यवस्था गरेको उहा“ले जानकरी दिए । 
महिला हिंसाविरुद्ध कानूनी समाधानका लागि पीडितले सुरुमा पारिवारिक, त्यसपछि सामाजिक, प्रहरी र अदालतमा जानुपर्ने उहा“ले बताउनुभयो । 
त्यस्तै वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले समाजमा घटेको विभिन्न सामाजिक घटनाले महिलाहरु पिडित भएको दृष्टान्त प्रस्तुत गर्दै आफू जनप्रतिनिधि छ“दा घटित घटनाको अनुभव सुनाउनुभयो । 
बीएसडब्लू तेस्रो वर्षका आकृति गिरीको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यार्थी कृपा प्रजापतिलगायतले बोल्नुभएको थियो । 
 

वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास

भक्तपुर – वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास कार्यक्रम मंसिर २१ गते शनिबार सम्पन्न भएको छ । 
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामुहिक र सामाजिक चेतनाबारे सुसुचित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नया“ अवास क्षेत्रमा नमुना पुस्तकालय, संग्रहालयहरु निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले ठूल–ठूला गाडीहरु आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्छ भन्नुभयो । 
विश्वविद्यालयको मानक भवन मात्र नभएको स्पष्ट पार्दै उहा“ले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकहरुको सङ्ख्या बढ्नुपर्छ भन्नुभयो । 
बढ्दो यातायातको साधनलाई ध्यानमा राख्दै उहा“ले नया“ आवास क्षेत्रमा नक्सा पास गर्न अनिवार्य ग्यारेजको बन्दोबस्त हुनुपर्ने प्रावधान राख्न नगरपालिकालाई सुझाव दिनुभयो । 
विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थ विनाको कामले प्रगति हुने बताउ“दै सामाजिक भावनाको एकताको परिणाम नै वागीश्वरी आजको अवस्थामा आएको हो भन्नुभयो । 
भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी दिंदै उहा“ले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरिरहेको जानकारी दिनुभयो । 
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नेपालका कुनै पनि कलेजले उत्पादित जनशक्ति गुणस्तरयुक्त छन् भन्ने प्रमाणित गराउन विश्वविद्यालय अनुदान आयोगबाट प्रमाणित गराउनुपर्ने आवश्यकताअनुसार यस कलेजले पनि गुणस्तर सुनिश्चितता प्रत्यायन समितिको कार्यक्रममा अगाडि बढ्नु प्रशंसनीय भएको बताउ“दै कलेजको प्रगतिमा योगदान गर्नुहुने सम्पूर्ण व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।
उहा“ले प्रदेश नं. ३ को सरकारले हाल वागीश्वरी माविलाई नमूना विद्यालयको रुपमा छनोट गरेको जानकारी दिनुभयो । 
प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले शिक्षकहरुले अध्ययनलाई थप व्यापक बनाउ“दै कलेजको गुणस्तर वृद्धिको लागि थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
कलेजको भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, शिक्षक राजन चौगुठीलगायतले बोल्नुभएको थियो । 
 

वागीश्वरी कलेजको सातौं कलेज सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको सातौं कलेज सभा मंसिर ७ गते शनिबार सम्पन्न भएको छ । 
कार्यक्रमका विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय सरकारले स्थानीय तहलाई शिक्षा नियमावलीअनुसार काम गराउन खोज्नु गलत परम्परा भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले शिक्षा ऐन जारी गरी विना अवरोध कार्यान्वयन गरिरहेको छ भन्नुभयो । 
प्राध्यापकहरुले व्यापारिक मनसाय बोक्न नहुने विषयमा स्पष्ट पार्दै उहा“ले शिक्षकअनुसार विद्यार्थी तयार हुने हु“दा देशभक्त, इमानदार विद्यँर्थी तयार गर्न शिक्षकहरु आफै देशभक्त हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
उहा“ले भन्नुभयो, ‘अहिले छरेको देशभक्तिको शिक्षाको परिणाम २० वर्षपछि देखिन्छ ।’
मर्न लागेको मान्छेलाई बचाउने डाक्टरजस्तै विग्रन लागेको विद्यार्थीलाई सपार्न शिक्षकको महŒवपूर्ण भूमिका रहनेमा स्पष्ट पार्दै उहा“ले सामाजिक विकृति विसंगतिबारे शिक्षकले सचेत पार्नुपर्छ भन्नुभयो । 
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी मात्र गहना नभएर गहन चिन्तन स्थलको रूपमा विकास गर्न शुभकामना दिंदै साहित्यिक, सांस्कृतिक, सामजिक समस्याको समाधान गर्न प्राध्यापक तथा विद्यार्थीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्नुभयो । 
कक्षाकोठामा मात्र सिमित शिक्षाले समाज परिवर्तन सुस्त हुने तथ्य प्रस्तुत गर्दै उहा“ले नमूना कलेज बनाउने उद्देश्य राखेको वागीश्वरीले विद्यार्थीलाई सही राजनीतिक दृष्टिकोणको जलप लाउन सक्नुपर्छ भन्नुभयो । 
प्रदेश नं. ३ का सांसद एवं वागीश्वरी कलेजका पूर्व विद्यार्थी सृजना सैंजूले देशलाई आवश्यक दक्ष जनशक्ति र २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न वागीश्वरी अगाडि बढ्न सकियोस् भन्ने शुभकामना दिनुभयो । 
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षामा भईरहेको निजीकरण र व्यापारिकरणलाई चिर्दै सम्पूर्ण जनताका सन्तानको पहु“च पु¥याउने उद्देश्यले कलेजलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कलेजले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न मिहिनेत भईरहेकोमा खुशी व्यक्त गर्दै उहा“ले कलेजले उत्पादित जनशक्तिले समाजको प्रगतिका निम्ति गरेको योगदानको विषयमा अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । 
नया“ पुस्तामा देशको सार्वभौमिकताको बारेमा कम संवेदनशीलता भएको अनुभव गर्दै उहा“ले भारतले गरेको सीमा अतिक्रमणको विषयमा शिक्षकहरुले थप गहिराईका साथ बुझाउनुपर्छ भन्नुभयो । 
कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापति, प्रा.डा. सिद्धिवीर कर्माचार्य, डा. बलराम दुवाल, डा. राजुभाइ त्यात, उद्धव सुजखु, भानुभक्त हुमागाईलगायतले बोल्नुभएको थियो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न कलेज सभामा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन संशोधनसहित पारित गरियो ।

भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

भक्तपुर – वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतस“ग जोडिएका सम्पूर्ण देशहरुसित उसको सीमा विवाद रहेको हो भन्नुभयो । 
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको नाम उल्लेख नहुनु भारतीय विस्तारवाद सामु गरेको आत्मसमर्पण भएको स्पष्ट पार्दै उहा“ले भारतीय विस्तारवादले गरेको नेपालको भूमी अतिक्रमण विरुद्ध देशभक्त जनताहरुले नै दबाबस्वरूप सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नेपालको भूमी मिच्दा पनि शासक वर्गले केही बोलेन भने सिक्किम, भूटानजस्तै नेपालको अस्तित्व पनि खतरामा पर्ने उहा“ले बोल्नुभयो । 
वागीश्वरी कलेजका राजनीतिशास्त्रका शिक्षक विकल प्रजापतिले नेपालको भूमी अतिक्रमण गर्ने भारतीय ज्यादतीलाई नेपालले कुटनीतिक रुपमा पहल गर्न नसक्नु र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेकोले नेपाल पछाडि परिरहेको बताउनुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी रञ्जन फा“जुले पनि बोल्नुभएको थियो । 

वागीश्वरी उपदान कोषको तेस्रँे साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी उपदान (सञ्चिति) कोषको तेस्रो साधारण सभा कार्तिक २३ गते शनिबार सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी मावि नमूना घोषणा भएकोमा बधाईज्ञापन गर्दै सामूहिक योगदानको परिणाम नै आज यो सफलता वागीश्वरीले प्राप्त गरेको बताउनुभयो ।
देशको सबै क्षेत्रमा राज्यको स्वामित्व वा पहु“च बढाउ“दै लग्ने समाजवादउन्मुख संविधानको मर्म विपरीत सरकारले सम्पूर्ण देशवासीको सेवा गर्न माग भईरहेको ख्वप विश्वविद्यालयलाई स्वीकृति नदिई निजी विश्वविद्यालयको स्थापनातिर राज्य केन्द्रित हुनु जनतालाई धोखा दिनु हो उहा“ले भन्नुभयो । 
निर्वाचनको समयमा शिक्षामा २० प्रतिशत लगानी गर्ने घोषणापत्रमा उल्लेख गरेको नेकपाले आफ्नो नेतृत्वमा गठित सरकारले शिक्षामा झन्झन् लगानी घटाउ“दै लग्नु नेकपा पनि पू“जीवादी दल नै भएको स्पष्ट पार्दै उहा“ले भक्तपुर नगरपालिका सभ्य, सुसंस्कृत समाज निर्माणमा जुटिरहेको छ भन्नुभयो । 
हाम्रो प्रगति योगदानको उपज भएको स्पष्ट पार्दै उहा“ले सम्पूर्ण शिक्षक शिक्षिकालाई कर्मचारी स्वभावबाट मुक्त हुन अनुरोध गर्नुभयो । योगदानको अर्थ संस्थाले किनेको समयभन्दा थप हुने स्पष्ट पार्नुभयो । 
सञ्चार माध्यममा व्यायामशालाको विषयमा चर्चा भईरहेको प्रसङ्गमा उहा“ भन्नुहुन्छ, ‘भक्तपुर नगरपालिकाले कुनै एक क्षेत्रलाई मात्र नभएर सरकारले हेर्नुपर्ने नगरका सम्पूर्ण क्षेत्रलाई बिस्तारै नमूनाको रूपमा अगाडि बढाइरहेको छ ।’
हजारौं युवा विद्यार्थीहरु विदेशिरहेकोमा चिन्ता व्यक्त गर्दै उहा“ले हामीले दिएको शिक्षा खेर जान नदिन विद्यार्थीहरुलाई देशभक्त, अनुशासित, समाजप्रति समर्पण भावना जगाउन सम्पूर्ण शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमका सभापति तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।  

वागीश्वरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रक्षामन्त्रीद्वारा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा निरीक्षणको सन्दर्भमा बोल्दै भक्तपुर नगरपालिकाले भक्तपुरको १०८ रोपनी जग्गाको संरक्षण नेपाल ट्रष्टलाई जानकारी दिई उक्त ठाउ“मा भइरहेको जथाभावी पार्किङ, अनियमितता र फोहोरका कारण हुने वातावरण प्रदूषण नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले नियमसङ्गत रूपमा उक्त जग्गाको चारैतर्फ पर्खाल बनाउने कार्यको थालनी गरेको बताउनुभयो ।
स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाको क्ष्ँेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्नु नगरपालिकाको कर्तव्य भएको बताउ“दै उहा“ले जनताको सम्पतिमाथि भएको अतिक्रमणलाई नगरपालिकाले नियमन गर्छ भन्नुभयो । 
नेपालका सांसदहरुको तलब सुविधा वितरण गर्न भारतको पञ्जाब बैंकसित समन्वय भएको एभरेष्ट बैंकलाई सिंहदरवारभित्र राख्न दिएको विषयलाई लिएर नेमकिपाले निरन्तर विरोध गरेपछि अहिले सिंहदरवारभित्र वाणिज्य बैंक पनि राखेको स्मरण गर्दै सत्यको निरन्तर रूपमा विरोध गर्नुपर्छ भन्नुभयो । 
‘वि.सं. २०८१ सालसम्ममा नेपालको नीजी लगानी ५५ प्रतिशत पु¥याउने घोषणा गर्ने नेकपाले चिनिया राष्ट्रपति नेपाल भ्रमणको संघारमा सिजिनपिङ विचारधाराबारे प्रवचन राख्नुको कुनै औचित्य छैन ।’ उहा“ले भन्नुभयो, ‘वास्तविक कम्युनिष्टहरु निजीकरणको पक्षमा नभई राष्ट्रियकरणको पक्षमा उभिन्छ ।’
कलेजलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने साझा उद्देश्यले अघि बढ्न अध्यापनरत शिक्षकहरुलाई अनुरोध गर्दै उहा“ले वागीश्वरी कलेज सस्तो, गुणस्तर र २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न तत्पर रहेको बताउनुभयो । 
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले समाजप्रति नया“ पुस्ताको कम चासो, विदेश मोहमा बढ्दो रुचिमा चिन्ता व्यक्त गर्दै समाजप्रति आशा गर्ने ठाउ“हरुको बारेमा शिक्षकहरुले विद्यार्थीहरुलाई बताउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगर प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठनमा अस्पतालका कर्मचारी, नर्स, डाक्टर र बिरामीहरु सबै सन्तुष्ट भइरहेको बताउ“दै उहा“ले यसको विरुद्धमा भ्रष्टाचारका मतियारहरु मात्र लागिरहेको बताउनुभयो । 
स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुले अति मिहिनेत गरेर तयार पारेका शोधपत्रहरुलाई सामाजिक सम्पतिको रुपमा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन यसले थप सहयोग गर्ने बताउनुभयो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजको हालसम्मको प्रगति विवरणबारे प्रस्तुती दिनुभएको थियो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले दृढ सङ्कल्प भए कुनै पनि काम पूरा गर्न सकिन्छ भन्दै सबैले पैसाभन्दा पेशामा इमान्दार र सामाजप्रति उत्तरदायि हुन आवश्यक छ भन्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहाल, शिक्षक राजन चौगुठी, बब्लुकुमार राउत, विद्यालयका प्रशासन अधिकृत तुल्सीराम प्रजापतिले बोल्नुभएको थियो । 


 

Caring and Sharing 2076 सम्पन्न

भक्तपुर– वागीश्वरी कलेज बीएसडब्लू तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा बीए÷बीएसडब्लू प्रथम वर्षमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि Caring and Sharing 2076 कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मानविकी विषयको महŒवबारे चर्चा गर्नुभयो । 
‘बीएसडब्लू र बीए का विद्यार्थीहरुले समाजका विविध पक्षहरुबारे खोज–अनुसन्धान गर्दै आएको र नया“ विद्यार्थीहरुले झन् उचाई थपेर आदर्श समाज निर्माण गर्नुपर्दछ ।’ उहा“ले भन्नुभयो । 
विषय शिक्षक मंगलेश्वर ध्वजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बीएसडब्लू तेस्रो वर्षका आकृति गिरीले इन्टर्न, लक्ष्मी सुकुभटुले शिविर, राकेश साखकर्मीले बीएसडब्लू गतिविधि, रञ्जन फा“जूले समग
 विषयको प्रस्तुती दिएको थियो । साथै बीएसडब्लू पहिलो वर्षका नवराज श्रेष्ठ, नम्रता रञ्जितकार, कञ्चन खत्रीले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरी कलेजमा पूर्व विद्यार्थी समाज गठन

भक्तपुर– ्वागीश्वरी कलेजका पूर्व विद्यार्थीहरुको भेला भाद्र २८ गते शनिबार सम्पन्न भयो ।
भेलामा वागीश्वरीका पूर्व विद्यार्थी एवं प्रदेश नं. ३ का सांसद सिर्जना सैंजूले वागीश्वरीको उर्वर भूमिमा आफू हुर्कन पाउ“दा गर्वान्वित महसुस भएको बताउ“दै उहा“ले वागीश्वरीले अनुशासन, संस्कार, इमानदारीता, स्वाभिमानको प्रमाण पत्र दिएको बताउनुभयो ।  
शिक्षाको मूल्याङ्कन अनुसन्धानको आधारमा हुने भएकोले स्नातक तहमै थेसिस गर्नुपर्ने व्यवस्था भएमा स्नातकोत्तर तहमा सहज हुने उहा“ले अनुभव सुनाउनुभयो । 
देशकै ‘कान्छी सांसद’ भनी राम्रो स्कुलिङको चर्चा हु“दा वागीश्वरीको नाम पनि जोडिएको उहा“ सम्झनुहुन्छ । 
भेलामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजको प्रगति विवरण तथा भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । 
भेलामा उपस्थित पूर्व विद्यार्थीहरुले कलेजको विकासको लागि विभिन्न रचनात्मक सुझावहरु दिनुभएको थियो । 
वागीश्वरी माविका सह प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले पनि बोल्नुभएको सो भेलाले अर्जुन कोण्डाको अध्यक्षतामा १५ सदस्यीय वागीश्वरी कलेज पूर्व विद्यार्थी समाज गठन गरेको छ । 

QAA सहजीकरण कार्यक्रममा वागीश्वरी कलेज सहभागी

भक्तपुर– विश्वविद्यालय अनुदान आयोगबाट सञ्चालित गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (QAA) मा आबद्ध भइ आफ्नो उच्च शैक्षिक संस्थाको संस्थागत गुणस्तर मूल्याङ्कनका लागि समकक्षी परिक्षणको तयारी भ्रमण (Pre Visit) सम्पन्न गराइसकेका तर भ्रमणका क्रममा टोलीले दिएका सुधारका कार्यहरु सम्पन्न गरेर समकक्षी परिक्षण भ्रमण (PRT) गराउन बा“की रहेका उच्च शैक्षिक संस्थाहरुको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनका बा“की कार्य सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले आयोजित QAA सहजीकरणका लागि अभिमुखीकरण कार्यशाला भाद्र २३ गते सोमबार विश्वविद्यालय अनुदान आयोगको सभाकक्षमा सम्पन्न भयो । 
उक्त कार्यशालामा PRT गराउन बा“की १६ वटा र SSR बुझाई Pre Visit गराउन बा“की रहेका ७ वटा गरी जम्मा २३ वटा उच्च शैक्षिक संस्थाहरुको सहभागीता रहेको थियो । 
कार्यशालामा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदी, प्रा.डा. मनप्रसाद वाग्ले, QAA निर्देशक डा. ऋषिकेश पाण्डे, कार्यक्रम प्रमुख गोपाल आचार्य, QAA विभागका सदस्य ममता प्रजापति, जनभावना क्याम्पसका प्रमुख शिवराज सञ्जेललगायतले बोल्नुभएको थियो । 
करिब ६ घण्टा लामो कार्यशालामा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठसहितको सहभागिता जनाएको थियो । 

एमबीएस चौथो सेमेष्टरका विद्यार्थीलाई शोधपत्रबारे अभिमुखीकरण

भक्तपुर– वागीश्वरी कलेज स्नातकोत्तर तह एमबीएस चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई शनिबार शोधपत्र तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । 
डा. किशोर हाकुदुवालद्वारा गरिएको अभिमुखीकरणबाट विद्यार्थीहरु लाभान्वित भएको विद्यार्थीले बताए । 
 

वागीश्वरीमा वृहत शिक्षक भेला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेज र वागीश्वरी माविको कक्षा ११ र १२ मा अध्यापनरत शिक्षक शिक्षिकाहरुको भेला शनिबार सम्पन्न भयो । 
विद्यालय तथा कलेजको आ.व. २०७६÷०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको कक्षा सञ्चालनबारे छलफल गर्न उक्त भेला आयोजना गरेको हो । 
भेलामा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालका सम्पूर्ण इन्जिनियरिङ विषयको सर्भे एउटा प्राइभेट कम्पनीमा गर्नुपर्ने पत्रको आधारमा मन्त्रालयले भक्तपुरका सामुदायिक कलेजहरुलाई पनि विद्युत प्राधिकरणको जग्गामा सर्भे नगराउन पत्र पठाएपछि उक्त जनविरोधी कदमको विरोधमा प्राधिकरणका कुलमान घिसिङस“ग कुरा गरिसकेपछि मात्र उक्त निर्णय फिर्ता लिएको स्पष्ट पार्दै हरेक क्ष्ँेत्रमा शिक्षकहरु सचेत हुन आग्रह गर्नुभयो । 
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको गतिविधिबारे स्पष्ट पार्दै उहा“ले स्थानीय तहका क्षेत्रका सामुदायिक संस्था, अस्पताल, विद्यालय, टीम क्लब आदि कानुनतः स्थानीय तहका सरकारले नियमन र अनुगमन गर्न सक्ने अधिकार भएको र त्यसैका आधारमा क्यान्सर अस्पतालजस्तो संवेदनशील संस्थाको सेवा प्रवाहलाई सुनिश्चितता दिन भक्तपुर नगरपालिकाले जरूरी कदम चालेको बताउनुभयो । 
उहा“ले कतिपय राजनीतिक दलले भक्तपुर नगरपालिकाप्रति पूर्वाग्रही सोच राखेर अस्पतालको विषयमा भ्रामक प्रचारबाजी गर्नु आपत्तिजनक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका पारदर्शिताको नमुना र आर्थिक अनुशासनमा प्रतिबद्ध नगर भएको उदाहरण दिंदै नगर प्रमुख प्रजापतिले नगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालको अव्यवस्था र अस्तव्यस्तता टुलुटुलु हेरेर मात्र बस्न नसकिने प्रस्ट पार्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आ.व. २०७६÷७७ को जम्मा ४ करोड  ९६ लाख ८० हजार ८२० रुपैया १४ पैसाको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा उल्लेख भएका महŒवपूर्ण बु“दाहरुहरुमा भवन निर्माण, विद्यार्थी तथा शिक्षकको अनुसन्धानमूलक कार्य, जर्नल प्रकाशन, छात्रवृत्तिलगायत रहेका छन् । 
वागीश्वरी माविका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले आ.व. १२ करोड ३५ लाख ६२ हजार ६३८ रुपैया ८५ पैसाको विद्यालयको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा शिक्षक तथा कर्मचारीहरुको तलबमा १३ प्रतिशतदेखि ५८ प्रतिशतसम्म वृद्धि गरेको उल्लेख छ ।
विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक ग्याहेन्द्रप्रसाद दाहाल र राजन चौगुठीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको पनि उपस्थिति थियो ।

वागीश्वरी कलेजको बजेट ५ करोड र माविको बजेट १२ करोड

भक्तपुर– वागीश्वरी मावि र वागीश्वरी कलेज भक्तपुरले आ.व. २०७६÷०७७ को लागि छुट्टाछुट्टै अनुमानित बजेट पारित गरेका छन् । विद्यालयको लागि १२ करोड ३५ लाख ६२ हजार ६३८ रुपैया ८५ पैसा र कलेजको लागि ४. करोड ९६ लाख ८० हजार ८२० रुपैया १४ पैसाको आय व्यय बजेट पारित गरिएको हो । 

विद्यालयतर्फ
आ.व. २०७५÷०७६ का लागि पारित १० करोड ५८ लाख ८७ हजार ५०८ रुपैयाको बजेट पूर्वानुमान गरिएकोमा यथार्थमा ११ करोड ५२ लाख ३२ हजार २४४ रुपैया ४६ पैसाको आर्थिक कारोबार भएको थियो । लेखा प्रशासनका अनुसार कक्षा ११ र १२ को आम्दानी असारमै अग्रिम आय भएकाले पूर्वानुमानभन्दा बढी आय व्यय भएको हो । 
बजेटमा सरकारी दरबन्दीमा रहेका ५१ जना शिक्षकहरुका लागि तलब अनुदान २ करोड २ लाख ४३ हजार ३८७ रुपैया र पोशाक भत्ता छात्रवृत्ति, मसलन्द र खुल्ला विद्यालयलगायतको अनुदान २९ लाख ३९ हजार ८०० रुपैया निकासा हुने अनुमान गरिएको छ । नेपाल सरकारले यस वर्ष कर्मचारीको तलब १८–२० प्रतिशत वृद्धि गरेको हु“दा सोही अनुसार शिक्षकहरुको बढेको तलब हिसाब गरी उक्त तलब अनुदान अनुमान गरिएको हो । स्मरणीय होस् कि अहिले प्रावि तहको २६६१०÷–, निमावि तहको २८,२००÷– र मावि तहको ३५९९०÷– न्यूनतम तलब स्केल निर्धारण गरिएको छ । 
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुबाट गत वर्ष १ करोड २२ लाख ३७ हजार ८५० रुपैया आम्दानी हुने अनुमान गरिएकोमा यथार्थमा १ करोड २२ लाख २१ हजार ५५६ रुपैया आम्दानी भएको थियो भने यसवर्ष १ करोड ४३ लाख ९१ हजार ९७५ रुपैया आम्दानी हुने अनुमान गरिएको छ । 
त्यस्तै कक्षा ११ र १२ बाट गतवर्ष ३ करोड १७ लाख ४६ हजार २० रुपैया आम्दानी हुने अनुमान गरिएकोमा यथार्थ ३ करोड ९७ लाख ५५ हजार ८७९ रुपैया भएको हु“दा यस वर्ष ३ करोड ५७ लाख १६ हजार ७४८ रुपैया आम्दानी हुने अनुमान गरिएको छ । 
आम्दानीकै क्रममा पसल बहालबाट ११ लाख, विविध संघ संस्थाबाट १ लाख, कलेज बहालबाट २ लाख, व्याजबाट १५ लाख, विद्यार्थी धरौटी र छात्रवृत्ति कोषबाट ११ लाख ७० हजार आम्दानी हुने अनुमान गरिएको छ । 
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी न्यून भएकाले विद्यालयकै निजी स्रोतबाट व्यवस्था गरिएका शिक्षक कर्मचारीका लागि बजेटमा २ करोड २३ लाख १ हजार ४५२ रुपैया तलबी खर्च व्यवस्था गरिएको छ । निजी स्रोतमा कार्यरत स्वयम्सेवक शिक्षक र आयाहरुका लागि यसवर्ष ५्र८ प्रतिशतसम्म तलब वृद्धि गरिएको छ भने ५ वर्ष सेवा गरेका स्वयमसेवक शिक्षकहरुका लागि उपदानकोषमा पारिश्रमिकको ५ प्रतिशत सञ्चिती कोषको व्यवस्थालाई विगत वर्षहरुमा झैं यस वर्ष पनि निरन्तरता दिइएको छ । 
त्यस्तै कक्षा ११–१२ का शिक्षकहरुका लागि पारिश्रमिकमा २ करोड ३३ लाख ६० हजार रुपैया व्यवस्था गरिएको छ । कक्षा ११–१२ का शिक्षक पारिश्रमिक साविकभन्दा १३ प्रतिशतमात्र वृद्धि गरिएको छ । 
बजेटमा कार्यालय सञ्चालनको लागि १० प्रतिशत रकम छुट्याइएको छ भने छात्रवृत्तिको लागि रु.४५ लाख छुट्याइएको छ । त्यस्तै ट्याङ्करबाट खानेपानी खरिदका लागि मात्र रु. ५ लाख ५० हजार व्यवस्था गरिएको छ । 
बजेटको ९ प्रतिशत रकम पू“जीगत निर्माणमा छुट्याइएको छ । फर्निचर, मेशिनरी सामान, विज्ञान प्रयोगशालालगायत ब्रह्मचारिणी  आधारभूत विद्यालय सञ्चालनार्थ भवन निर्माणको लागि पनि रकमव्यवस्था गरिएको छ । 

टेक्सतर्फ 
सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ९त्भ्ऋक्० सञ्चालनको लागि आ.व. २०७६÷०७७ को लागि रु. १ करोड ९८ लाख ३८ हजार ४९३ रुपैया ७८ पैसाको बजेट विनियोजन गरिएको छ । 

कलेजतर्फ
आ.व. २०७६÷०७७ को लागि पारित ४ करोड ९६ लाख ८० हजार ८२० रुपैया १४ पैसाको बजेटमा विद्यार्थीबाट २ करोड २७ लाख ७६ हजार ८८८ रुपैया ५० पैसा आम्दानी हुने अनुमान गरिएको छ भने नियमित अनुदान, ऋण सापत, प्रदेश सरकारलगायतबाट १ करोड १२ लाख आम्दानी हुने अपेक्षा गरिएको छ । त्यस्तै बैंक मौज्दात १ करोड ५७ लाख ३ हजार ९३१ रुपैया ६४ पैसा रहेको पनि बजेटमा उल्लेख छ । 
खर्चतर्फ शिक्षक कर्मचारीलाई तलब पारिश्रमिकमा १ करोड ७५ हजार १०२ रुपैया ९९ पैसा, प्रकाशन प्रशारणका लाग ८ लाख ५० हजार छात्रवृत्तिको लागि ३० लाख, अनुसन्धानमूलक कार्यको लागि ६ लाख र भवन निर्माणको लागि २ करोड २३ लाख रुपैया बजेटमा छुट्याइएको छ । 
 

वागीश्वरी कलेजले २६ लाख छात्रवृत्ति प्रदान

भक्तपुर– वागीश्वरी कलेजमा अध्ययनरत स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई आ.व. २०७५÷७६ मा रु.२६ लाख १ हजार ६ सय रुपैया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । जसमा स्नातक तहमा २७४ जना र स्नातकोत्तर तहमा ६७ जना गरी जम्मा ३४१ जना विद्यार्थीहरु उक्त छात्रवृत्तिबाट लाभान्वित भएको कलेज प्रशासनले जनाएको छ । 
 

स्नातक तह प्रथम वर्षमा भर्ना चालू

भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह बीए÷बीएसडब्लू र बीबीएस प्रथम वर्षमा भर्ना कार्यक्रम सुरु भएको छ । प्रथम वर्षमा भर्नाको लागि श्रावण २९ गते लिइएको पहिलो चरणको प्रवेश परीक्षामा सम्मिलित हुन बीबीएसको लागि ८० जना र बीए÷बीएसडब्लूको लागि ५३ जना गरी जम्मा १३३ जना विद्यार्थीहरुले भर्ना आवेदन फारम भरेका थिए । 
प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको अन्तर्वार्ता लिईसकेको र अन्तर्वार्तामा सफल विद्यार्थीहरुलाई भर्ना लिने क्रम जारी रहेको कलेज प्रशासनले जानकारी दिए । कलेज प्रशासनका अनुसार भर्ना हुने अन्तिम मिति भाद्र १३ गते तोकिएको छ । 
त्यस्तै दोस्रो चरणको प्रवेश परीक्षा भाद्र ७ गते सम्पन्न भएको थियो ।

वागीश्वरी कलेजको गृष्मकालीन शिविर

काठमाण्डौ । वागीश्वरी कलेज स्नातक तह प्रथम वर्ष सामाजिक कार्य अन्तर्गतका ३६ जना विद्यार्थीहरूले दक्षिणकाली नगरपालिका वडा नं. ३ फर्पिङस्थित शिखरापुर सामुदायिक अध्ययन केन्द्र (बोतल हाउस)मा विभिन्न सामाजिक कार्य गरेर यही जेष्ठ २५ देखि २७ गतेसम्म तीन दिने गृष्मकालीन शिविर सञ्चालन गरेका छन् । 
उ्रक्त शिविरमा शिखरापुर सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम् अध्ययन केन्द्रका निरोज श्रेष्ठले सामाजिक कार्य प्रयोगात्मक कार्य भएकोले सैद्धान्तिक ज्ञानलाई समाजको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहा“ले समुदाय एउटा पर्खालबिना विद्यालय हो । समुदायका हरेक व्यक्ति स्रोतव्यक्ति हुन्छ । सबैले सबैबाट सिक्न जरूरी छ भन्नुभयो । सामुदायिक अध्ययन केन्द्रले गरेका विभिन्न गतिविधिको जानकारी दि“दै उहा“ले शिखरापुर सामुदायिक विद्यालय÷क्याम्पसको स्थापना गरेको, खेर जाने वस्तुको पुनःप्रयोग गरी आकर्षक वातावरणमैत्री बोतल हाउस निर्माण गरेको, करिब ३० रोपनीमा अर्गानिक खेती, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठनपाठन व्यवस्था गरेको आदि जानकारी दिनुभयो ।
विषय शिक्षक राजन चौगुठीको संयोजकत्वमा गएको सो टोलीले वातावरणमैत्री बोतल हाउस निर्माण, टहरा निर्माण, कफि खेती, फिल्ड सर्भे तथा तथ्याङ्क संकलन र फर्पिङ जलविद्युत आयोजनाको स्थलगत अध्ययन अवलोकन गरेका थिए ।
स्थलगत अध्ययनकै क्रममा सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेतले समुदायबाट सिक्ने सिकाउने परिपाटी जीवनपर्यन्त सिकाइको अभिन्न अङ्ग हो भन्दै फर्पिङ जलविद्युत आयोजना सरकारको बेवास्ताका कारण हाल बन्द अवस्थामा रहेको बताउनुभयो साथै उहा“ले सो आयोजना स्थानीय निकायलाई जिम्मा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
स्थानीय समाजसेवी शशी शर्मा अर्यालले समाज परिवर्तन गर्न आफै अग्रसर बन्नुपर्ने बताउ“दै त्यसको लागि ईच्छाशक्ति आवश्यक छ भन्नुभयो । सामाजिक कार्यमा संलग्न विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उहा“ले विद्यालय स्थापना गर्दाको अनुभव सुनाउनुभयो । सो कार्यक्रममा निरोज श्रेष्ठ, विषय शिक्षक राजन चौगुठी लगायतले बोल्नुभयो ।
 

एकेडेमिया इन्डस्ट्री डायलग सम्पन्न

भक्तपुर, २६ जेठ  । वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा दुईदिने ब्अबमझष्ब क्ष्लमगकतचथ म्ष्बयिनगभ यही जेष्ठ २६ र २७ गते भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरूलाई चिनिया“ भाषा र पर्यटन पथप्रदर्शकको तालिम दिएको बताउनुभयो ।
कुनै पनि उद्योगी देशहरूले आफ्नो बजारको निम्ति साना तथा कमजोर देशहरूमा हस्तक्षेप गर्ने बताउ“दै उहा“ले वर्तमान सरकारले विदेशीको लागि आवश्यक सस्तो ज्यामी तयार गर्ने पाठ्यक्रम लागू गरिरहेको बताउनुभयो ।
मेची पुल बनाएको केही समयमै भत्केको, पप्पुजस्ता ठेकेदारी कम्पनीहरूको लापरबाहीलाई सरकारलाई बचाइरहेको प्रसङ्ग उद्धृत गर्दै उहा“ले सरकार ठेकेदारहरूको चङ्गुलमा फसिरहेको प्रस्ट पार्नुभयो ।
सरकारले शिक्षा क्षेत्रको विकासको लागि बजेटमा झन्झन् घटाउ“दै लगेको बताउ“दै उहा“ले देशको ११ वटा विश्वविद्यालयको अनुसन्धानको लागि ७ प्रतिशत मात्र बजेट छुट्याउनु लज्जास्पद छ भन्नुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले औद्योगिक प्रतिष्ठानमा पुगेर मात्र उद्योग सञ्चालनबारे थाहा हुने स्पष्ट पार्दै क्षमता र सीपको विकास गरेर स्वरोजगार हात पार्न सकिन्छ भन्नुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले इमानदारिताका साथ आफूस“ग भएको सीप दैनिक जीवनमा प्रयोग गर्न सके सफल उद्यमी बन्न सकिन्छ भन्नुभयो ।
उद्योग व्यवसायी संघका अध्यक्ष रामप्रसाद प्रजापतिले विद्यार्थीहरूलाई व्यवहारिकरूपमा शिक्षास“ग कार्यगत भई अगाडि बढ्नुभन्दा जागिरमुखी बन्ने प्रवृत्तिलाई न्यून गरी उद्योग व्यवसायी बनाउन कलेजले गरेको कार्यक्रमको सराहना गर्नुभयो ।
वागीश्वरी अनुसन्धान व्यवस्थापन विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विकल प्रजापति, मोहनकृष्ण श्रेष्ठ, अविना श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको पहिलो दिनमा प्रा.डा. पुष्कर बज्राचार्य, उद्यमीहरू रामप्रसाद प्रजापति, कृष्णमुरारी न्यौपाने, लक्ष्मी अवाल, राजुमान बज्राचार्य र प्राध्यापक डा. किशोर हाकुदुवालले विभिन्न विषयमा बोल्नुभएको थियो ।
जेष्ठ २७ गते सम्पन्न समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नेपाल अझै कृषिमा आत्मनिर्भर बन्न नसकेकोले कृषि उद्योगमा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहा“ले नया“ पुस्ता इमानदार, लगनशील र नैतिकवान उद्यमी बने देशले चा“डै का“चुली फेर्ने बताउ“दैै देशले सही राजनीतिक नेतृत्व पाएमा छोटो समयमा विकास गर्न सकिने बताउनुभयो । नेपालमा एक हजारभन्दा बढी ठेक्कापट्टा अलपत्र अवस्थामा रहेको बताउ“दै उहा“ले कमसल ठेक्कापट्टा भएको र विकृति विसङ्गति रोक्न नसकिरहेकोले वर्तमान सरकार निकम्मा सावित भएको छ भन्नुभयो ।
विभिन्न समाजवादी देशको उदाहरण प्रस्तुत गर्दै उहा“ले समाजवादी देशमा अनावश्यक कर नथोपर्ने र स्वदेशी उद्योगको संरक्षण गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले यस किसिमका कार्यक्रमले नया“ पुस्तामा उद्यमशील भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक सिद्धिवीर कर्माचार्यको सभापतित्वमा सम्पन्न समारोहमा प्राचार्य धनकुमार श्रेष्ठ, विद्यार्थी प्रतिनिधि निष्ठा कायष्ठ, शिक्षक प्रतिनिधि श्रीराम श्रेष्ठ (काभ्रे बहुमुखी क्याम्पस), शिक्षक विकल प्रजापतिलगायतले बोल्नुभएको थियो ।
दोस्रो दिन प्रा.डा. भोजराज अर्याल, डा. बलराम दुवाल, उद्यमीहरू सत्यनारायण प्रजापति, कृष्णभक्त दुवाल, शिवप्रसाद मानन्धर, विष्णुभक्त कुसी, शिक्षकहरू जगन्नाथ खतिवडा, नवीन प्रजापति, शिवजी हाकुदुवाल, चण्डेश्वरी लाखालगायतले प्रस्तुतीकरण गर्नुभएको थियो ।


 

प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल वागीश्वरीमा

भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश सभाका सदस् प्रतिमा श्रेष्ठ पनि हुनुहुन्थ्यो । 
अवलोकनका क्रममा उहा“हरुले वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिस“ग कलेजको वस्तुस्थितिको बारे जानकारी लिनुभएको थियो । 
अध्यक्ष प्रजापतिले कलेजको बारेमा जानकारी दिनुहु“दै कलेजले तुमचो–चोखा–दुगुरे आवास योजनास“ग किनेको १ रोपनी ७ आना जग्गामा आफ्नै भवन निर्माणको प्रकृया अगाडि बढाएको हु“दा प्रदेश सरकारको तर्फबाट पनि उचित सहयोगको अपेक्षा गर्नुभयो । 
सो अवसरमा प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा स्नातक र स्नातकोत्तर तहमा मानविकी र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको र कुल विद्यार्थी ८६६ जना रहेको जानकारी दिनुहु“दै परीक्षाफल पनि उत्कृष्ट रहेको जानकारी दिनुभयो । 
यस अघि च्याम्हासिंहको स्कुल प्राङ्गणमा मन्त्री दुलाल र सांसद श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र प्राचार्य कृष्णप्रसाद धन्छाले फूलको गुच्छा र खाडाले स्वागत गर्दै विद्यालयको विभिन्न पक्षको अवलोकनका साथ जानकारी दिनुभएको थियो । 
अवलोकनको क्रममा मन्त्री दुलालले एक विद्यालय एक नर्स कार्यक्रम अरु विद्यालयमा पनि विस्तार गर्ने र हाल सञ्चालित विद्यालयमा पनि सामग्री थप्ने जानकारी दिनुभयो । 
मन्त्री दुलाल र सांसद श्रेष्ठले कलेजको आगन्तुक पुस्तिकामा “चार हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने यस शिक्षालयको सर्वाङ्गीण विकासको शुभकामनासहित प्रदेश सरकार साथमा रहने” विचार व्यक्त गर्नुभएको छ । 
पुस्तिकामा उहा“हरुले “भौतिक पूर्वाधार, शैक्षिक सामग्री व्यवस्थापन, प्रयोगशाला लगायतको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर राम्रो रहेको र यसलाई अझै सुदृढ गर्न सकिने सम्भावना” भएको उल्लेख गर्नुभएको छ । 
कलेज र स्कुलको तर्फबाट उहा“हरुलाई मायाको चिनोसहित प्रकाशित कलेजको जर्नल, साहित्य स“गालो, स्मारिका लगायत प्रदान गरिएको थियो । 


 

वागीश्वरीमा धन्यवाद तथा शुभकामना कार्यक्रम

२९ चैत्र, भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा नया“ वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना तथा बारा पर्सा जिल्लामा आ“धीहुरीबाट पीडितलाई स्नातक तह मानविकी संकायमा सामाजिक कार्य (BSW) अध्ययनरत विद्यार्थीहरुबाट सहयोग गरेकोमा धन्यवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
कार्यक्रमका अतिथि वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले गरेको कार्य कागजी योग्यतास“गै व्यवहारिक योग्यताको नमूना हो भन्नुभयो । 
समाजमा व्यक्तिवादी भावना हावी भइरहेको यो सन्दर्भमा विद्यार्थीहरुले गरेको सामाजिक कार्यको महŒव अझ बढी भएको उहा“ले बताउनुभयो । 
अरुको विपत्ति कदापि मनोरञ्जन हुन नसक्ने बताउ“दै वागीश्वरीले विभिन्न प्राकृतिक विपत्तिका पीडितहरुको निम्ति आर्थिक, भौतिक सहयोग गर्दैै आएको उदाहरण दिनुभयो । 
अतिथि संस्कृतिविद् ओम प्रसाद धौभडेलले संसारमा नया“ वर्ष मनाउने तरिकाहरुमध्ये भक्तपुरको तरिका उत्कृष्ट रहेको बताउनुभयो । 
बिस्केट जात्राको मौलिक पक्ष र महŒवमाथि प्रकाश पर्दै उहा“ले ‘विश्व केटु’ को अपभ्रंश नै बिस्का हो भन्नुभयो । 
सामाजिक कार्य विषयका शिक्षक राजन चौगुठीको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक मङ्गलेश्वर धोंजूले पनि बोल्नभुएको थियो । 
 

वागीश्वरी कलेजमा अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तालिम सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन  र प्रकाशन सम्बन्धी ३ दिने तालिम बिहिबार समापन भएको छ । 
समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि नीति योजना बनाउन अनुसन्धान अत्यावश्यक हुने बताउ“दै संविधान बनाउ“दा विभिन्न देशमा लागू गरेको संघीयता राम्रोस“ग अध्ययन गरेको भए आज नेपालको संघीयता डामाडोल हुने थिएन भन्नुभयो ।
सरकार चलाउने दलले अनुसन्धानलाई प्राथमिकता नदिएको स्पष्ट पार्दै तालिममा सहभागी सम्पूर्ण शिक्षकहरुलाई आफूले प्राप्त ज्ञानलाई समाजको हितमा प्रयोग गर्न सुझाव दिनुभयो । 
भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयलाई नमूना बनाउन शिक्षकहरुलाई तालिम, अनुसन्धानलाई प्राथमिकता र शिक्षामा बजेट बढाएको स्पष्ट पार्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अनुसन्धानमूलक लेख प्रकाशन गर्न धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउ“दै देश र समाजको विकासमा अनुसन्धानले टेवा पु¥याउने बताउनुभयो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरी कलेजले अनुसन्धानको क्षेत्रमा भर्खरै पाइला चालेको जानकारी दिनुभयो ।
वागीश्वरी अनुसन्धान विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि कृष्णहरि प्रजापति, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, स्रोत व्यक्ति डा. बलराम दुवाल, सहभागी प्रतिनिधहरु रामेश्वरी बखुंछें, बलराम गुभाजू, चन्द्रप्रसाद ढकाललगायतले बोल्नुभएको थियो । 
प्रमुख अतिथि प्रजापतिले सहभागी तथा सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
 

वागीश्वरी कलेजका विद्यार्थीहरुबाट आ“धीहुरी पीडितलाई सहयोग

भक्तपुर– चैत १७ गते बारा र पर्सामा आएको आ“धीहुरीबाट पीडितहरुको लागि वागीश्वरी कलेजका द्यब्क्ध् का विद्यार्थीहरुको तर्फबाट भक्तपुरका विभिन्न ठाउ“हरुबाट सङ्कलित रू. ७०,००७ रूपैया“ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमक्ष बुझाइयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विषय शिक्षक मङ्गलेश्वर ध्वजूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विद्यार्थीहरुको कार्यको उच्च प्रशंसा गर्दै आजकल म, आफू, मेरोभन्दा पनि अरुको हितको लागि काम गर्न विद्यार्थीहरुलाई उत्साहित गर्नुभयो ।
संयोजक सुसन सुवालले विपद्मा पीडितहरूलाई सहयोग गर्नु सबैको दायित्व हो, यो अभियानमा हामी सहयोगी हुन पाउनु गौरवको कुरा हो भन्नुभयो ।

वागीश्वरीमा अनुसन्धानसम्बन्धी ३ दिने तालिम सुरु

२६ चैत्र, भक्तपुर । वागीश्वरी कलेको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Research Based Writing and Publication तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंबाट सोमबार वागीश्वरी कलेजको सभाहलमा भएको छ । 
प्रमुख अतिथि बिजुक्छेंले सारा विश्वका जनताको सेवा गरेका चिन्तकहरुले गरेको विभिन्न अनुसन्धानको बारेमा बताउ“दै शिक्षकहरुले आफ्नो अनुसन्धानको विषय व्यापक कामदार जनताको हितमा सोच्नु आवश्यक छ भन्नुभयो ।
कम्युनिष्ट घोषणापत्रको एउटा वाक्यमा पनि अनेकौं किताब प्रकाशित भएको दृष्टान्त प्रस्तुत गर्दै उहा“ले अन्तर्राष्ट्रिय राजनीतिक आन्दोलन विभिन्न विद्वानहरुले गरेको अनुसन्धानको परिणाम हो भन्नुभयो । 
विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको आत्मनिर्भरताको सिद्धान्तबारे बताउ“दै वागीश्वरीले कहिले पनि पैसाको निम्ति काम नगर्ने बताउनुभयो । 
देशकै जेठो त्रिभुवन विश्वविद्यालयले अनुसन्धानमा जम्मा ७ प्रतिशत बजेट विनियोजन गरेकोमा असन्तुष्ट व्यक्त गर्दै देश र देशवासीको भविष्यबारे चिन्तकहरु उत्पादन गर्ने शैक्षिक संस्था विश्व बैंक तथा एशियाली विकास बैंक लगायतका साम्राज्यवादी हतियारहरुको पछि दौडिनु गलत छ भन्नुभयो ।
पैसाको लागि तालिममा सहभागी हुने शिक्षकहरुको उदाहरण दिंदै उहा“ले तालिममा सहभागी शिक्षकहरुले २१ औं शताब्दीको लागि योग्य अर्थात् अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्छ भन्नुभयो । 
कार्यक्रमका सभापति वागीश्वरी अनुसन्धान व्यवस्थापन विभाग (RMC) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका संयोजक तथा वागीश्वरी माविका सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक राजन चौगुठीलगायतले बोल्नुभएको थियो । 

वागीश्वरीमा शिक्षक सङ्घले मनाए श्रमिक महिला दिवस

नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी एकाइ समितिको आयोजनामा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य गङ्गा वैद्यले पुरुष र महिलामा भएको पितृसत्तात्मक सोचका कारण महिलाहरु पछाडि परेको हो भन्नुभयो । 
शताब्दी अगाडि क्लारा जेटकिनलगायतका महिला नेतृहरुले महिलालाई मताधिकार र दैनिक ८ घण्टा कामका लागि गरेको सङ्घर्षले नै आज महिलाहरु अगाडि बढेको बताउ“दै उहा“ले महिलाहरु राजनैतिक रूपले सचेत र संगठित हुन आवश्यक भन्नुभयो । 
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाजमा व्याप्त छुवाछुट, धामी झा“क्रीलगायतका अन्धविश्वासलाई छोड्दै जानुपर्ने आवश्यकता औंल्याउ“दै समाजलाई अगाडि बढाउन कुसंस्कारलाई परिवर्तन गर्नुपर्छ भन्नुभयो । 
२०४५ सालमा राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा भएको प्रहरी दमनविरुद्ध महिलाहरुले गरेको आन्दोलनको प्रसङ्ग जोड्दै उहा“ले महिलाहरु पनि एउटा शक्ति हो, महिलाहरुले पनि समाज परिवर्तन गर्न सक्छ भन्नुभयो । 
नेक्राशिसंघका प्रतिनिधि अम्बिका न्याइच्याइले भक्तपुरमा २०३९ सालदेखि नै प्रौढ कक्षा, साक्षरता कक्षा सञ्चालन गरेको प्रसङ्ग जोड्दै उहा“ले संसारको आधा आकाश ढाकेको महिलाहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अगाडि बढाउन शिक्षा अत्यावश्यक छ भन्नुभयो ।
उत्पादनका साधनमाथिको स्वामित्वले समाजको संस्कार र संस्कृति निर्धारण हुने कार्ल माक्र्सको भनाइलाई उद्धृत गर्दै उहा“ले समाजको सांस्कृतिकस्तर माथि उकास्न उत्पादनका साधनमाथिको स्वामित्वका लागि श्रमिक महिलाहरु संगठित हुनुपर्छ भन्नुभयो । 
आयोजक समितिका अध्यक्ष विश्वेश्वर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिकाहरु मैयाकेशरी कोजू, कृष्णमाया गोसाई, सिर्जना पन्थ, श्रीया पहिजु, जुना प्रजापति, रामलक्ष्मी अवाललगायतले बोल्नुभएको थियो । 
फागुन २२ गते बुधबार वागीश्वरी कलेजको आयोजनामा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा कलेजका विद्यार्थीहरुबीच प्रवचन कार्यक्रम भएको थियो । 
 

भूगोल, इतिहासबारे विद्यार्थीहरुलाई शिक्षित पार्नुपर्ने

२३ फागुन, भक्तपुर । वागीश्वरी कलेजको ११ औं र वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह बिहिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले नेताहरुले देशको भूगोल, इतिहासबारे जानकारी नराख्दा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बेइज्जत भएको उदाहरण दिंदै शिक्षकहरुले विद्यार्थीहरुलाई अहिलेदेखि नै ती विषयहरुमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
अपराधी, कालोबजारीहरुलाई जेलबाट छुटाउनकै लागि दैनिक रूपमा सिंहदरबार र सितलनिवासमा घुइ“चो लाग्ने बताउ“दै उहा“ले विद्यार्थीहरुलाई नैतिकताको विषयमा प्रष्ट पार्नु महŒवपूर्ण भएको बताउनुभयो । 
‘लगानी बोर्ड विधेयक देशघाती हो’ भनी विरोध गर्दागर्दै तत्कालीन शासक दलहरुले ह्वीप जारी गरी पास गरेको विधेयकले देशका ठूलठूला प्राकृतिक सम्पतिहरु विदेशीको हातमा सयौं वर्षको लागि भाडामा दिने बाटो खुलाउनु देश र जनताको लागि धोका हो भन्नुभयो । 
सरकारले देश विकासको निम्ति जनशक्ति व्यवस्थापन गर्न नसक्दा उत्कृष्ट विद्यार्थीहरुलाई सस्तो ज्यामीको रूपमा विभिन्न देशले प्रयोग गरि“दै आएको उहा“ले बताउनुभयो । 
देश विकास गर्न शिक्षा मुख्य आधार हो भन्ने मान्यतालाई ग्रहण गर्दै नेमकिपाले शिक्षा प्रचारलाई प्राथमिकतामा राखेको उहा“ले बताउनुभयो ।  
विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजले विद्यार्थीहरुलाई २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न प्रयासरत रहेको बताउ“दै कार्यरत शिक्षक, शिक्षिका कर्मचारी तथा अभिभावकहरुबाट सहयोगको लागि अनुरोध गर्नुभयो । 
विद्यार्थीहरुको चौतर्फी विकास गर्नका लागि भक्तपुर नगरपालिकाले शारीरिक तथा बौद्धिक प्रतियोगिताहरु गर्दै आएको उहा“ले बताउनुभयो । 
देशमा संघीयता लागू भइसकेपछि मावि तहसम्मको सम्पूर्ण शिक्षा स्थानीय तहलाई जिम्मा दिए तापनि सरकारले खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयलाई प्रमुख जिल्ला विकास तथा समन्वय ईकाईमार्फत् ब्यु“ताउने प्रयास भइरहेकोप्रति उहा“ले आपत्ति व्यक्त गर्नुभयो । 
अतिथि प्रदेश नं. ३ का सांसद माननीय सुरेन्द्रराज गोसाईले नवउदारवादी शिक्षा व्यवस्था, व्यापारिकरण, शैक्षिक माफियाहरुलाई वागीश्वरीले जवाफ दिएको बताउ“दै उहा“ले जनताको जगमा स्थापित विद्यालयले कसरी देशको सेवा गर्न सकिन्छ भन्ने उदाहरण वागीश्वरी हो भन्नुभयो । 
हालै चीन भ्रमणको अनुभव बताउ“दै उहा“ले हरेक विद्यालयले खेलकुदलाई मुख्य प्राथमिकता दि“दा विद्यार्थीहरु सामाजिक सञ्जाल लगायतका क्षेत्रमा नफस्ने बताउनुभयो । 
पञ्चायत ढलेको ३० वर्ष भइसक्दा पनि जनताको जीवनस्तरमा कुनै मौलिक परिवर्तन नभएको बताउ“दै उहा“ले शासक दलहरुमा अझै पनि कुनै अपराधबोध छैन भन्नुभयो । त्यसैले हरेक शिक्षकहरुले शिक्षालयलाई अमूल परिवर्तन र क्रान्तिको बारुदखानाको रूपमा विकास गर्नुपर्छ भन्नुभयो । 
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयले हीरक वर्षको उपलक्ष्यमा वर्षैभरि हरेक महिनामा कुनै न कुनै विशेष कार्यक्रम गरी मनाएको जानकारी दिंदै अभिभावकहरुको आशालाई पूर्ति गर्न शिक्षक तथा कर्मचारीहरु क्रियाशील रहेको बताउनुभयो । 
भक्तपुरको जनजीवन, कला संस्कृति, स्थानीय उपचार विधिलगायतका बारेमा जानकारी दिन भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको उहा“ले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गुणस्तरीय शिक्षा, नमूना विद्यालय, विद्यार्थी अभिभावकलाई गर्व गर्न सक्ने वातावरण दिन सक्नु विद्यालयको सबल पक्ष हो भन्नुभयो । 
दरबन्दी वितरण समिति कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरवन्दी मिलाउन नसकेको वर्तमान समयमा भएका प्रावि तहको बढी दरबन्दी शिक्षकहरु समायोजन गर्न प्रयासरत रहेको बताउनुभयो । 
ईसीडीमा पढाउने सहजकर्ताहरुलाई शिक्षककै रुपमा परिभाषित गर्नुपर्छ, उहा“ले बताउनुभयो ।  
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले वागीश्वरीको आर्थिक अनुशासन र पारदर्शिता देशकै नमूना हो भन्नुभयो । 
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले वागीश्वरी स्मारिका र वागीश्वरी जर्नल विमोचन गर्नुभएको थियो भने विद्यालयका शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घ पदक, साहित्यकारहरु चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना र चन्द्रप्रसाद ढकाललाई दोसल्ला ओढाई सम्मान गरेको थियो । विद्यालय तथा कलेजमा उत्कृष्ट योगदान गर्नुहुने शिक्षक, कर्मचारी तथा एसर्ईई, + २ तह, टेक्स र स्नातक तहको बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई उहा“ले मेडल, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै विशेष अतिथि सुनिल प्रजापतिले स्नातक र स्नातकोत्तर तहमा उच्च अङ्क प्राप्त विद्यार्थीहरु तथा साहित्य गोष्ठीमा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले सिद्धिबहादुर छात्रवृत्ति, पूर्व शिक्षिका नारायणी मानन्धरले नारायणी मानन्धर छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वार्षिक प्रगति प्रतिवेदन वाचन गर्नुभएको थियो भने साहित्यकार हरिहर तिमल्सिना, सहायक प्रअ ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।  
औपचारिक कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो । 

प्राध्यापक समाज वागीश्वरीद्वारा ‘द एकेडेमी’ बुलेटिनको अन्तरक्रिया

भक्तपुर– नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन प्रथम अङ्कको अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले हरेक बुद्धिजीवीले आफ्नो बौद्धिक क्षमता संसारलाई व्याख्या गर्ने मात्र नभई समाज परिवर्तनको निम्ति प्रयोग गर्नुपर्छ भन्नुभयो । 
पूर्खाले गरेका कामहरुबाट सिक्दै भोलिको पुस्ताको लागि आजको एक्काइसौं शताब्दीका पुस्ताले केही गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले इतिहासलाई बिर्सनु भोलिको बाटो कोर्न बा“ध बनाउनु सरह हुने स्पष्ट पार्नुभयो । 
शैक्षिक तथा वैचारिक क्षमता विलासिताको निम्ति मात्र नभई शिक्षकहरुले शताब्दी योग्य नागरिक तयार गर्नका लागि प्रयोग हुनुपर्ने उहा“ले बताउनुभयो । 
वर्तमान समयमा प्रँध्यापकहरु नै स–साना स्वार्थका निम्ति आफ्नो बौद्धिकतालाई बन्धकी राखेको बताउ“दै उहा“ले बुलेटिनले प्रँध्यापकहरुलाई सही दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कम्युनिष्टको खोल ओढेको वर्तमान नेकपाको सरकारले सार्वभौम देश भेनेजुयलामा संरा अमेरिकाको हस्तक्षेप भइरह“दा पनि अमेरिकी साम्राज्यवादको विरोध गर्न डराउनु सरकार अमेरिकी साम्राज्यवादको दलाल भएको स्पष्ट पार्नुभयो । 
शोषणको चेतना नभएसम्म क्रान्ति अगाडि बढ्न नसक्ने बताउ“दै उहा“ले मान्छेको आचरण परिवर्तन गर्न धैर्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
शासकहरु राजनीतिलाई जसरी भए पनि सत्तामा पुग्ने साधनको रूपमा लिंदा देशमा कम्युनिष्ट आन्दोलन झन् पछाडि धकेलिएको उहा“ले भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक तथा समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छाले नेमकिपाले पहिला रात्रीकालीन कक्षामार्फत जनतालाई सचेत पार्ने अभियानमा जोड दिइएको थियो भने वर्तमानमा विश्वविद्यालयमार्फत जनताका छोराछोरीहरुलाई अनुसन्धानमा जोड दिने तयारी गरिरहेको बताउनुभयो । 
वागीश्वरी कलेजका प्राचार्य तथा समाजका केन्द्रीय सदस्य धनकुमार श्रेष्ठले बुलेटिनमा प्रकाशित लेखहरु अनुसन्धानात्मक शैलीमा लेखिएको हु“दा नवउदयमान लेखकहरुको निम्ति सन्दर्भ सामग्री हुन सक्ने सम्भावना औंल्याउनुभयो । 
समाजका केन्द्रीय सदस्य सुनिल दुवालले प्रकृतिमा लागू हुने द्वन्द्वात्मक भौतिकवादका नियमहरु समाजमा पनि लागू हुने स्पष्ट पार्दै कुनै पनि वस्तु तथा समाज स्थिर हुन नसक्ने बताउनुभयो । 
समाजका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका मङ्गलेश्वर ध्व“जू, कृष्णनीर छुकां, दिनेश प्रधान, नवीन्द्रलाल कर्माचार्य, नीरु ताल्चाभ“डेल, उकेश सुवाल र भानु हुमागाइ“लगायतले बुलेटिनका विभिन्न विषयमा बोल्नुभएको थियो । 
 

हीरक वर्षको उपलक्ष्यमा शैक्षिक अन्तरक्रिया सम्पन्न

भक्तपुर– वागीश्वरी माविको हीरक वर्ष २०७५ को उपलक्ष्यमा मासिक रूपमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा माघ १५ गते मङ्गलबार शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ का सदस्य चक्रमान विश्वकर्मा र दरबन्दी पुनर्वितरण कार्यदलका संयोजक महाश्रम शर्माको आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भक्तपुरका निजी तथा सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा आयोगका सदस्य विश्वकर्माले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न संकायका सर्वोत्कृष्ट अङ्क हासिल गरेका व्यक्तिहरुलाई शिक्षण पेशामा आकर्षित गर्ने, निजामति कर्मचारीहरुको तलबभन्दा शिक्षकहरुको तलब १० प्रतिशत बढाउनुपर्ने, प्रअलाई गुणस्तरीय शिक्षा अभिवृद्धि गर्न बढी जिम्मेवार बनाई १५ प्रतिशत तलब बढाउनेलगायतका सिफारिस आयोगले सरकारलाई बुझाएको बताउनु्भयो । 
उहा“ले अबको १० वर्षभित्र देशका सम्पूर्ण निजी विद्यालयहरुलाई सार्वजनिक गुठीमा ल्याउने वातावरण तयार गर्ने र हरेक ५–५ वर्षमा प्रअलगायत शिक्षकहरुको सरुवा गर्ने पनि आयोगले सिफारिस गरेको जानकारी दिनुभयो । 
सरकार तीनवटै तह संघीय, प्रदेश र स्थानीयबाट कुल बजेटको न्यूनतम २० देखि २५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने भनी सिफारिस गरेको जानकारी दिनुहु“दै उहा“ले गुणस्तरीय शैक्षिक सेवा प्रवाहका लागि प्रारम्भिक बालविकासमा १ः२०, आधारभूत तह १ः३० र मावि तहमा १ः४० कायम गरी राष्ट्रिय तहमै दरबन्दी मिलान गरी स्थानीय तहको दरबन्दी एकिन भएपछि सोहि अनुपातका आधारमा हरेक वर्ष विद्यार्थी, शिक्षक दरबन्दी मिलान गर्ने पनि बताउनुभयो । 
अर्का अतिथि महाश्रम शर्माले २०११ सालदेखि शिक्षा क्षेत्रमा आयोगमाथि आयोग बन्ने क्रम भइरहेकोले हालको आयोगद्वारा सिफारिस गरिएका कुराहरु पनि कार्यान्वयन हुन्छ नै भन्ने कुरामा सर्वसाधारणमा संशय हुनु स्वाभाविक नै भएको बताउनुभयो । यद्यपि उहा“ले आयोगद्वारा सिफारिस गरिएका सकारात्मक कुराहरुलाई कार्यान्वयन गराउन शैक्षिक जगतका व्यक्तिŒवहरुले जोड दिनुपर्ने कुरामा प्रकाश पार्नुभयो । 
नेपालको शिक्षा क्षेत्रमा विदेशी लगानी करिब १० प्रतिशत मात्र रहेको जानकारी दिनुहु“दै उहा“ले ९० प्रतिशतभन्दा बढी नेपालीकै रकम भएको हुनाले नेपालीको लगानी खेर जान नदिन शिक्षाको गुणस्तर उठाउनै पर्ने परिस्थिति रहेको बताउनुभयो । 
निःशुल्क शिक्षाबारे एक सहभागीको प्रश्नको उत्तर दिनुहु“दै उहा“ले सामुदायिक विद्यालय पूर्ण रूपमा निःशुल्क हु“दाहु“दै पनि कोहि अभिभावक शुल्क तिरेरै पढाउन चाहन्छन् भने विद्यालय रोज्ने स्वतन्त्रता अभिभावकलाई छोडिदिएको उहा“ बताउ“छन् । 
विद्यालयलाई कम्पनी ऐनमा लानु गल्ती नै थियो भन्नुहु“दै उहा“ले संसारमै नभएको त्यो गल्ती अब सुधारेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उहा“ले पूर्व प्रावि तहका शिक्षकहरुलाई सहयोगी कार्यकर्ता भनेर हीनताबोध गराउन नहुने र निश्चित समय सीमाभित्र १२ कक्षा उत्तीर्ण गर्ने अवसर दिई तिनीहरुलाई पनि आधारभूत तहसम्मको तलब दिनुपर्छ भन्नुभयो । 
भक्तपुर नगरपालिका क्षेत्रमा स्थानीय सरकारले स्थानीय पाठ्यक्रम लागू गरेर निकै राम्रो काम गरेको प्रशंसा गर्नुहु“दै देशका सम्पूर्ण स्थानीय सरकारले आ–आफ्नो परिस्थिति अनुसारको स्थानीय पाठ्यक्रम लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
दरबन्दी सम्बन्धी चर्चा गर्नुहु“दै उहा“ले ०७४ सालको तुलनामा ०७५ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहु“दै उहा“ले विद्यार्थीको अनुपातमा देशभरिमा ५७ हजार शिक्षक नपुग भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा सहप्रअ ज्ञानसागर प्रजापतिले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अतिथि एवं सहभागी सम्पूर्णलाई हीरक वर्षको मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा वासु माविका प्रअ अम्बिका न्याईच्याई, इसानका महासचिव पुरुषोत्तम ग्वाछा, शैक्षिक गुठी अन्तर्गत सञ्चालित प्रभात माविका प्रिन्सिपल कृष्णबहादुर प्रजापति, भुवनेश्वरी माविका प्रअ कृष्णप्रसाद छुस्याकी, पञ्चकन्या माविका प्रअ सन्तराम दुलाल, सिद्धिशारदा प्राविका प्रअ धनेशराज राजोपाध्याय, गणेश मावि भार्वाचोका प्रअ गणेशराम थुसा, वाइजल्याण्ड माविका प्रिन्सिपल आशकुमार चिकंबञ्जारलगायतले बोल्नुभएको थियो । 

सामुदायिक कलेजहरुको अवलोकन भ्रमणबारे जानकारी कार्यक्रम

वागीश्वरी कलेजले विश्वविद्याय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन चिह्न (QAA- Quality Assurance and Accreditation) प्राप्त गर्न प्राचार्य धनकुमार श्रेष्ठको नेतृत्वमा गएको गुणस्तर चिह्न प्राप्त विभिन्न सामुदायिक कलेजहरुको अवलोकन भ्रमणबारे जानकारी कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका प्रतिनिधि ज्ञानसागर प्रजापतिले  सबै कलेजको आ–आफ्नो सबल पक्षहरु हुने हु“दा वागीश्वरी कलेजको सबल पक्षलाई ध्यान दिंदै अरु कलेजको सबल पक्षबाट सिक्नुपर्छ भन्नुभयो । 
सामाजिक भावना भएको विद्यार्थी उत्पादनमा शिक्षक शिक्षिकाहरुको महŒवपूर्ण भूमिका हुने बताउ“दै उहा“ले शिक्षक शिक्षिकाहरुको सकारात्मक भूमिकाको निम्ति अनुरोध गर्नुभयो । 
प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा अध्यापनरत शिक्षकहरुलाई भ्रमणबारे जानकारी दिंदै कलेजले गरेका विभिन्न कार्यमा प्रतिबद्ध हुन अनुरोध गर्नुभयो ।
भ्रमण टोलीका सदस्य डा. बलराम दुवालले अनुभव बताउ“दै समुदायले अपनत्व महसुस गर्न सक्नेगरि प्रत्यक्ष सहभागिता र लाभ हासिल हुनेगरि कार्यक्रम र गतिविधिहरु संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
 

वागीश्वरीले QAA प्राप्त सामुदायिकको भ्रमण

वागीश्वरी कलेजले विश्वविद्याय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन चिह्न (QAA- Quality Assurance and Accreditation) प्राप्त गर्न प्राचार्य धनकुमार श्रेष्ठको नेतृत्वमा गुणस्तर चिह्न प्राप्त विभिन्न सामुदायिक कलेजहरुको अवलोकन भ्रमण सम्पन्न गरेको छ । 
भ्रमण मध्यविन्दु कलेज, कावासोती, नवलपरासी, महाकवि देवकोटा क्याम्पस, सुनवल, नवलपरासी, कैलाली बहुमुखी क्याम्पस, धनकढी, कैलाली, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रुपन्देही र बालकुमारी कलेज, नारायणगढ, चितवनमा गरेको थियो । 
भ्रमणले वागीश्वरी कलेजलाई त्तब्ब् प्रकृयामा अगाडि बढ्नको लागि सहज अनुभूति भएको कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बताउनुभयो । 
 

अनिवार्य अवकाश प्राप्त शिक्षिका कर्माचार्यको विदाई

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यको सम्मान एवं विदाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालयको कुनै पनि समस्यालाई शिक्षक शिक्षिकाहरुले आपसी छलफलबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
अतिथि प्रजापतिले विद्यालयको प्रगतिको लागि सम्मानित शिक्षिकाले सञ्चय कोषको ९० प्रतिशत ऋण सहयोग गरेको सम्झना गर्नुभयो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षिका बसन्तलक्ष्मी कर्माचार्यको अनुकरणीय गुणहरुलाई नया“ पुस्ताले आत्मसात गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । 
विद्यालयका सहप्रअ ज्ञानसागर प्रजापतिले दमनेको विरुद्ध झुकनुहु“दैन भनी पेशागत हकहित र जनपक्षीय राजनीतिक आन्दोलनलाई अगाडि बढ्नुहुने शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यबाट सिक्नुपर्ने बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं जननिर्वाचित ९ वडा सदस्य छोरीमैया सुजखुले शिक्षक शिक्षिकाले पठनपाठनस“गै सामाजिक गतिविधिमा पनि लाग्नुपर्छ भन्नुभयो । 
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा प्रावि इन्चार्ज कृष्णमान मलेपति, राजन लाखा, शिक्षिका शोभा प्रधानलगायतले बोल्नुभएको थियो । 
प्रमुख अतिथि प्रजापतिले अवकाश प्राप्त शिक्षिकालाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।  

वागीश्वरी माविमा पूर्व विद्यार्थी समाज गठन

वागीश्वरी माध्यमिक विद्यालयमा विगत २०४० सालदेखि २०६५ सालसम्मका प्रतिनिधि विद्यार्थीहरुको भेलाबाट रत्नप्रसाद प्रजापतिको अध्यक्ष्ँतामा २५ सदस्यीय वागीश्वरी पूर्व विद्यार्थी समाज गठन भएको छ । 
भेलाबाट ५ सदस्यीय सचिवमण्डल गठन गरेको छ । जसमा अध्यक्ष रत्नप्रसाद प्रजापति, उपाध्यक्ष्ँ रुपेश प्रजापति, सचिव विकल प्रजापति, सहसचिव समिर शाही र कोषाध्यक्ष पुनम जोशी रहेका छन् ।
भेलाले रत्नप्रसाद प्रजापतिको संयोजकत्वमा विकल प्रजापति र डा. बलराम दुवाल सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको छ ।
वागीश्वरी पूर्व विद्यार्थी समाजको तर्फबाट हालसम्म नगद रु.५ लाख १३ हजार ३ सय ३७ रुपैया“ वागीश्वरी माविलाई आर्थिक सहयोग गरेको छ । 
 

वागीश्वरी कलेजको छैटौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको छैटौं वार्षिक साधारण सभा पुस १० गते मङ्गलबार कलेज सभाहलमा सम्पन्न भएको छ । 
साधारणसभामा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउ“दै यस वर्ष मात्र देशका विभिन्न ३१ नपाका मेयर उपमेयर भक्तपुरको शैक्षिक अवलोकन भ्रमणमा आएको बताउनुभयो । 
नाफामुखी नभई सेवामुखी भावनाले कलेज सञ्चालन भईरहेको बताउ“दै उहा“ले कलेजलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक दृष्टिले पनि हेर्नुपर्छ भन्नुभयो । 
गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति प्रदान गर्दै आर्थिक हिसाब पारदर्शि गर्दै आइरहेको यस कलेज सामूहिक भावनाका साथ अघि बढिरहेको उहा“ले बताउनुभयो । 
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कलेजका सकारात्मक पक्षलाई बढिभन्दा बढि सार्वजनिक गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व विद्यार्थी एवं प्रदेश नं.३ का सांसद सृजना सैंजूले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर स“गस“गै राजनीतिक रूपमा पनि सबल बनाउ“दै लग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
साधारणसभाको बन्दसत्रले कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७५ (संशोधनसहित), नवगठित व्यवस्थापन समिति, कलेजको आ.व. २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा कलेजका सल्लाहकार बुद्धिकुमार गोसाईको पनि उपस्थिति थियो । 
 

वागीश्वरीमा शिक्षकहरुबीच क्यूएए विषयमा अन्तरक्रिया

२९ मंसिर, भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको QAA (Quality Assurance & Accreditation) को SSR (Self Study Report) बारे सरोकारवाला समूहस“ग अन्तरक्रिया गर्ने क्रममा शनिबार कलेजमा अध्यापनरत शिक्षकहरुस“ग छलफल सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कम आय भएका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना भएको बताउ“दै कलेजको गुणस्तर बढाउन कलेज प्रशासन, शिक्षक, विद्यार्थीलगायतका सरोकारवाला पक्षहरुले भावनात्मक रूपमा क्रियाशिल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
२१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने लक्ष्यलाई अगाडि बढाउन कलेजले अनुसन्धानको लागि पनि प्राथमिकता दिएको उल्लेख गर्दै अध्यापनरत शिक्षकहरुले आफ्नो योग्यता बढाउनुपर्छ भन्नुभयो । 
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले कलेजको गुणस्तर सुनिश्चितताको लागि शिक्षकहरुको सहयोग अपरिहार्य छ भन्नुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी माविका प्रअ तथा कलेज व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद धन्छा, सुशिला कर्माचार्यले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरी उपदान कोषको दोस्रो साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी उपदान (संचिति) कोषको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीजी वा सामुदायिक विद्यालयलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षा ऐन लागू गरेको बताउनुभयो । 
फोहोरलाई ऊर्जा र अर्थउपार्जनको स्रोत बनाउनको लागि भक्तपुर नगरपालिकाले ७ सदस्यीय विज्ञहरुको समिति गठन गरेको जानकारी दिंदै शिक्षक शिक्षिकाहरुले विद्यालयबाटै विद्यार्थीहरुलाई कुहिने र नकुहिने फोहोर छुट्याउने बानीको विकास गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
सरकारी विद्यालयमा प्रतिविद्यार्थी लगानी निजी विद्यालयको तुलनामा बढी हुने भएकाले सरकारी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ भन्ने कुरामा विश्वास व्यक्त गर्दै उहा“ले भन्नुभयो, ‘आफ्नो सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गर्नुपर्ने’ संस्थागत निर्णय गर्ने पहिलो विद्यालय वागीश्वरी हो ।’
१०१ औं अक्टोबर क्रान्ति दिवसको सन्दर्भलाई उद्धृत गर्दै उहा“ले भन्नुभयो, ‘पू“जीवादले २–३ सय वर्षमा गरेको विकास समाजवादी व्यवस्थाले २०–३० वर्षमै सम्पन्न गर्न सक्नु नै अक्टोबर समाजवादी क्रान्तिको उपलब्धी हो ।’ 
अतिथि कोषका संरक्षक तथा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले पूर्णकालीन शिक्षक तथा कर्मचारीहरुले विद्यालय तथा कलेजमा आइपर्ने विभिन्न सम्भावित समस्या तथा चुनौतीलाई न्यूनीकरण गर्दै जानुपर्छ भन्नुभयो । 
कोषका सल्लाहकार एवं विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विचारलाई बन्धक राखेर व्यक्तिगत तथा पेशागत हितलाई मात्र प्राथमिकता दिने ट्रेड युनियनवादको विरोधमा क्रियाशिल रहेको कारण आज वागीश्वरी देशकै नमूना बन्न सम्भव भएको हो भन्नुभयो । 
उहा“ भन्नुहुन्छ, ‘वागीश्वरीले स्वाभिमान, आत्मनिर्भर एवं देश र जनताको सेवा गर्ने सोच तथा समाजको विकासको लागि आवश्यक जनशक्ति तयार गर्ने दृष्टिकोणको आधार नेपाल मजदुर किसान पार्टीको विचार हो ।’ 
कार्यक्रमका सभापति कोषका अध्यक्ष एवं कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको उक्त कार्यक्रममा विद्यालयका प्रशासन अधिकृत तुल्सीराम प्रजापतिले स्वागत गर्नुभएको थियो भने शिक्षिका रामप्यारी सैंजूले पनि बोल्नुभएको थियो । 
 

वादविवादमा पञ्चकन्या र वागीश्वरी प्रथम

भक्तपुर– सार्वजनिक मावि संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्यतालिकाअनुसार देवी मावि सौडोलको आयोजनामा मावि स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वादविवाद प्रतियोगितामा छात्रतर्फ विद्यार्थीहरुका लागि ‘फेसबुक उपयुक्त होइन’ र छात्रातर्फ ‘धनभन्दा मन ठूलो’ भन्ने विषय दिइएको थियो । 
प्रतियोगितामा छात्रतर्फ वागीश्वरी माविका उज्ज्वल सुवेदी प्रथम, पञ्चकन्या माविका राम दुलाल द्वितीय र चा“गुनारायण माविका नन्दराम दाहाल तृतीय भएका छन् भने छात्रातर्फ पञ्चकन्याकी करुणा तिमिल्सिना प्रथम, जोरपाटी माविकी सुष्मा खत्री द्वितीय र चा“गुनारायणकी सन्ध्या ढुङ्गेल तृतीय भएकी छिन् । 
प्रतियोगितापश्चात भएको पुरस्कार वितरण कार्यक्रममा समितिका अध्यक्ष कृष्णप्रसाद धन्छाले यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक रुपमा जीवनोपयोगी हुने विचार व्यक्त गर्नुभयो भने गणेश मावि छालिङका प्रअ इन्द्रबहादुर फोंजु फेसबुकको महŒव माथि प्रकाश पार्दै त्यसको प्रयोग गर्दा सचेतता अपनाउन नसके दुरुपयोग हुने कुरा प्रष्ट पार्नुभयो । 
कक्षा ९ र १० का छात्रछात्राको उत्साहजनक उपस्थितिमा भएको उक्त प्रतियोगिता देवी माविका प्रअ राजाराम छुकांको सभापतित्वमा भएको थियो । कार्यक्रममा तारा माविका प्रअ रामगोपाल त्वायनाले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरीमा पूर्व विद्यँर्थी अक्षय कोष खडा

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहमा अध्ययनरत गरीब तथा जेहनदार विद्यार्थीहरुका लागि पूर्व विद्यार्थीहरुको तर्फबाट पनि अब छात्रवृत्ति प्रदान गर्ने भएको छ । 
उक्त छात्रवृत्ति प्रदान गर्नको लागि २०४० देखि २०६४ सालसम्मका एसएलसी दिएका पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापनार्थ रकम जम्मा गर्न थालेका छन् । 
श्रावण २८ गते २०४७ साल एसएलसी समूहको तर्फबाट रुपेश प्रजापति, विनय प्रजापति र लक्ष्मीसुन्दर प्रजापतिको टोलीले सो कोषमा जम्मा गर्न नगद रु.२५ हजार प्राचार्य कृष्णप्रसाद धन्छालाई हस्तान्तरण गरेको छ । 
उक्त नगदपछि कोषमा रु. १ लाख ५६ हजार ४ सय ७२ पुगेको छ । कोषमा यसअघि २०४० सालको तर्फबाट ५ हजार २ सय, २०४१ सालको तर्फबाट ३२ हजार ५ सय ५५, २०४४ सालको तर्फबाट २५ हजार १ सय ११ सहित भित्ते घडि, २०५२ सालको तर्फबाट १७ हजार एकसहित १ जना विद्यार्थीलाई नर्सरीदेखि कक्षा १० सम्म लाग्ने वार्षिक शुल्क बराबरको रकम, २०५५ सालको तर्फबाट कक्षा १ देखि ३ सम्मका जम्मा ६ जना विद्यार्थीहरुलाई युनिफर्म र केहि रकम सहयोग दिने प्रतिबद्धता, २०६० सालको तर्फबाट १८ हजार ३ सय, २०६१ सालको तर्फबाट ७ हजार ६ सय १०, २०६२ सालको तर्फबाट १७ हजार ४ सय २५, २०६३ सालको तर्फबाट ८ हजार २ सय ७० जम्मा गरिसकेको छ । नगद जम्मा हुने क्रम जारी छ । 
छात्रवृत्तिकै लागि २०५१ सालको समूहका विद्यार्थी कृष्णराम प्रजापतिले आफ्नो व्यक्तिगत रु. एक लाख छुट्टै कोष खडा गर्न रकम प्रदान गर्ने वचन दिनुभएको छ ।
विद्यालयको हीरक वर्ष २०७५ मनाउने क्रममा श्रावण महिनाका विभिन्न मितिमा ३ पटक पूर्व विद्यार्थीहरुको भेला गर्दा विद्यार्थीहरुको तर्फबाट उक्त कोष खडा गर्ने जमर्को भएको हो । 
पछिल्लो पटक विद्यार्थी भेला गत श्रावण २६ गते शनिबार भएको थियो । भेलामा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, प्राचार्य कृष्णप्रसाद धन्छा, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ,  सह प्राचार्य ज्ञानसागर प्रजापति र पूर्व विद्यार्थीहरु सम्झना थुसा, विनोद बासुकला, कृष्णराम ग्वाछा र पुनम जोशीले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरीमा दोस्रो पूर्व विद्यार्थी भेला

साउन १९, भक्तपुर– वि.सं. २००९ सालमा सामान्य छाप्रोबाट सुरु भएको वागीश्वरीको आजको स्थितिसम्म प्रगति गर्न पूर्व विद्यार्थीहरुको योगदानलाई वागीश्वरी माविले कदर गरेको छ ।
हीरक वर्ष २०७५ को उपलक्ष्यमा शनिवार आयोजित भेला कार्यक्रममा २०५१ देखि २०६० सम्मका एसएलसी उत्तीर्ण पूर्व विद्यार्थीहरुको उत्साहवद्र्धक उपस्थिति भएको छ । पूर्व विद्यार्थीहरुले आ–आफ्नो व्याचको भेलाबाट छानिएका प्रतिनिधिहरुले स्कूलको प्रगतिमा सक्दो योगदान गर्ने तत्परता देखाएका थिए ।
प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी रवीन्द्र ज्याख्वले देशका ६० भन्दा बढी जिल्लाका विद्यार्थी अध्ययन गर्ने यस विद्यालय सबैको साझा घर रहेको चर्चा गर्नुभयो । वडा नं. ९ का वडाअध्यक्षसमेत रहेका उहाँले २०४०–५० सम्मका पूर्व विद्यार्थी भेलाबाट यस विद्यालयको प्रगतिका लागि एउटा कोषको आवश्यकता औंल्याएपछि हरेक एसएलसी व्याचबाट  सहयोग गर्ने स्वेच्छिक एजेन्डा बनेको बताउनुभयो । त्यस्तै उहाँले स्कूलप्रतिको उत्तरदायित्वका हिसाबले सबैले क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो । देशको नमूनाको रुपमा रहेको यस विद्यालयमा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु हाम्रो प्रगतिमा चासो राखेको बताउँदै ठूलो संस्थाका रुपमा अगाडि बढेको यस विद्यालयप्रति पूर्व विद्यार्थीहरुको थप जिम्मेवारी भएको बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगको मापदण्ड पूरा गर्ने कार्यमा लागिरहेको बताउँदै यस विद्यालय र कलेजका विद्यार्थीहरुलाई जिम्मेवार नागरिकका रुपमा तयार गर्नुपर्ने चुनौती आएको बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यालयलाई विभिन्न संघसंस्थाहरुले सहयोग दिन चाहेपनि नलिएका विभिन्न घटनाबारे स्पष्ट पार्नुभयो । उहाँले आफ्नो इमान र नैतिकतालाई दाउमा राखी कहिल्यै पनि नझुकेको बताउँदै पूर्व विद्यार्थी यस विद्यालयको सम्पत्ति भएकाले विद्यालयका निम्ति सहयोग गर्नसक्ने बताउनुभयो ।
पूर्व विद्यार्थीलाई स्वागत गर्दै प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालयको प्रगति तथा गतिविधिबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा २०५१ देखिका पूर्वविद्यार्थीहरु क्रमशः रघुनाथ प्रजापति, रोशन भ्वयद्य, सत्यराम ज्याख्व, हरिकृष्ण दुवाल, सुलोचना साखकर्मी, निरञ्जन प्रजापति, नविन लागे, समिर साही, विश्वराम दुमरु, गोपालसुन्दर गोसाईले आफ्नो व्याचको तर्फबाट सहयोगको प्रतिबद्धतासहित सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अथिति एवं अतिथिबाट  पूर्वविद्यार्थी सबैलाई मायाको चिनोसहित सम्मान गरेको छ ।
 

वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सम्पन्न

भक्तपुर, ९ जेष्ठ २०७५ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training को समापन कार्यक्रम जेष्ठ ९ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुसन्धानमा सहभागी हरेक शिक्षकले कुनै एउटा विषयमा अनुसन्धान गरी राज्यको निम्ति योगदान गरे मात्र तालिम सार्थक रहन्छ भन्नुभयो । उहा“ले भन्नुभयो, ‘खानेपानीको समस्या, अपराधका घटनाहरु बढिरहेको समयमा अनुसन्धान कार्यलाई अगाडि बढाई हरेक किसिमको रेकर्ड बनाउन सकियो भने समस्या समाधान गर्न सक्षम हुन्छ ।’

अतिथि वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले अनुसन्धान कार्यको महत्वलाई उजागर गर्दै तालिम लिनुभएका शिक्षकहरुले विद्यार्थीहरुलाई समाजको स–साना अनुसन्धानका कार्यमा लाग्न प्रोत्साहित गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । वागीश्वरी कलेज रिसर्च म्यानेज्मेन्ट सेलका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ, उपप्राध्यापक किशोर हाकुदुवाल, शिक्षक राजन चौगुठी, सुनिता राउत, सञ्जिवनी कलेज काभ्रेका पुजन श्रेष्ठले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरीमा अनुसन्धानविधिबारे ५ दिने तालिम सुरु

 

भक्तपुर, ५ जेष्ठ २०७५ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने Research Methodology Training को उद्घाटन जेष्ठ ५ गते शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुरलाई ख्वप विश्वविद्यालय खोल्ने अनुमति दिएको भए १० लाखमा डाक्टर पढाउन सकिने कुरा थाहा पाएर नीजी चिकित्सा माफियाहरुको दबाबमा सरकारले अनुमति नदिएको हो भन्नुभयो । उहा“ले भन्नुभयो, ‘प्राध्यापकहरुको राजनीतिक भागवण्डा र सरकारी शैक्षिक संस्थामा हाजिर गरेर निजी क्षेत्रमा काम गर्ने शैक्षिक माफियाहरुलाई सरकारले छुट दिनु नै उच्च शिक्षामा गुणस्तर न्यून हुनुको मुख्य कारण हो ।’ विज्ञान र प्रविधिबारे जानकारी नभएका व्यक्तिलाई सरकारले विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिएको कारण देश अगाडि बढ्न नसकेको उहा“ले बताउनुभयो ।

अतिथि विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देवराज अधिकारीले शैक्षिक क्षेत्रमा उत्तीर्ण प्रतिशत र गुणस्तर बढाउनु नै प्रमुख चुनौती रहेको बताउनुभयो । देशभरबाट २० वटा सामूदायिक क्याम्पसले मात्र गुणस्तरको प्रमाणपत्र लिन सफल रहेको बताउ“दै उहा“ले अबको ५ वर्षभित्र सम्पूर्ण क्याम्पसहरुल्े गुणस्तर प्रमाणपत्र लिन प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै उहा“ले रोजगारमूलक शिक्षालाई अबको कार्यक्रमको रूपमा योजना बनाउनुपर्छ भन्नुभयो । वागीश्वरी कलेज रिसर्च म्यानेज्मेन्ट सेलका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको थियो । 
 

वागीश्वरीमा बधाइ तथा धन्यवाद कार्यक्रम सम्पन्न

भक्तपुर, ४ फाल्गुन २०७४ । वागीश्वरी कलेजका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र शुभचिन्तकहरुमा कलेज व्यवस्थापन समितिको तर्फबाट बधाईज्ञापन तथा धन्यवाद ज्ञापन फागुन ४ गते शुक्रबार सम्पन्न गरेको छ । उच्च शिक्षा सुधार परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोगद्वारा म्ीक्ष् द्द को कार्यसम्पादनमा आधारित अनुदानको सुचक नियमित विद्यार्थीहरुको उत्तीर्ण प्रतिशतमा वृद्धि वापत देशभरिको सामुदायिक कलेजहरुमध्ये सबैभन्दा बढी रकम वागीश्वरी कलेजको लागि अनुदान प्राप्त भएको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै पारदर्शिता, अनुशासन र सही नेतृत्वका कारण भक्तपुरले शिक्षा क्षेत्रमा सफलता पाइरहेको हो भन्नुभयो । अन्य जिल्लाका जनप्रतिनिधिहरुले भक्तपुरले गरेको उदाहरणीय शैक्षिक प्रगतिबारे जान्ने इच्छा व्यक्त गरेको बताउ“दै प्रजापतिले विदेश मोह बढिरहेको वर्तमान परिस्थितिमा विदेशिहरुलाई भक्तपुरमा आकर्षित गर्न उदाहरणीय कार्यहरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले शिक्षकहरुले अनुसन्धानात्मक क्रियाकलापमा अग्रसर हुनुपर्ने बताउ“दै एमफिल, पीएचडी गरी क्षमता अभिवृद्धि गरी वागीश्वरीलाई स्तरीय शिक्षादिने नमूना संस्थाको रूपमा अघि बढाउनुपर्ने थप जिम्मेवारी आइपरेको विचार व्यक्त गर्नुभयो । सह प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले निरन्तर सेवामा समर्पित हु“दा समाज र देशले सम्मान गर्ने बताउ“दै कर्म र कर्तव्य फलको आशमा नगर्ने बताउनुभयो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि एवं वागीश्वरी कलेजका शिक्षक धनकृष्ण प्रजापति, ग्याहेन्द्र प्रसाद दाहाललगायतले बोल्नुभएको थियो । कलेजले रु.७६ लाख ८ हजार ४ सय असी रुपैया अनुदान पाएको थियो ।

शिक्षकको मेहनतले विद्यार्थीलाई सफलता मिल्छ

भक्तपुर, ३० कार्तिक २०७४ । वागीश्वरी मा.वि.को उन्नान्साठीऔं र वागीश्वरी कलेजको दशौं वार्षिकोत्सव बिहीबार एक समारोहका साथ कलेज प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शिक्षक कर्मचारीहरूले भित्रैदेखि भावना राखेर काम गरे हरेक क्षेत्रमा विद्यार्थीहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुको अर्थ विद्यार्थीलाई राजनीतिबाट टाढा राख्नु होइन, विद्यालय क्रान्तिको बारुदखाना भएकोले विद्यालयस्तरबाटै राम्रो राजनीति सिकाउनुपर्ने बताउनुभयो । उहाँले तल्लो वर्गका जनता र देशको सेवा गर्ने इमानदार नागरिक तयार गर्नुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान पूँजीवादी व्यवस्थाले देश बिगार्दै लाने भएकोले गरिब जनताको पहुँच हुने राम्रो मेडिकल कलेजसहितको विश्वविद्यालय स्थापनाका लागि सङ्घर्ष गरिरहेको स्पष्ट पार्नुभयो । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मा.वि.सम्म शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र विश्व– विद्यालयसम्म निःशुल्क गर्नुपर्ने संविधानसभामा नेमकिपाले संशोधन पेश गर्दा पनि अन्य पार्टीले पारित गरिनदिनुले ठूला भनाउँदा पार्टीहरू शिक्षाविरोधी रहेको पुष्टि गर्नुभयो । उहाँले नेपाली युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्नेमा ती दलहरू वैदेशिक रोजगारीको नाममा बेचिनुपर्ने अवस्था ल्याएको बताउनुभयो । कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले नीति निर्माण गर्ने ठाउँमा राम्रा मान्छे पुग्नका लागि वागीश्वरी हरदम प्रयासरत रहेको बताउनुभयो । उहाँले सस्तो, गुणस्तरीय शिक्षा प्रदान गरी देशभक्त नागरिक तयार गर्न हरेक पक्ष लाग्नुपर्ने र राम्रा मान्छे राजनीतिमा नआए गुण्डा र तस्करहरूकै राज हुने बताउनुभयो । उहाँले समाजवादउन्मुख संविधानले राज्यका स्रोत साधन राष्ट्रियकरण गर्दै लानुपर्नेमा सरकारले निजीकरण गरी उच्च शिक्षा साधारण जनताको पहुँचभन्दा टाढा लगेको बताउनुभयो । विद्यालय र कलेज निजी व्यक्तिको हातमा केिन्द्रकृत हुँदा सरकारी विद्यालय र कलेज धरापमा परेको स्पष्ट पार्नुभयो ।

सभापतिको आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षालाई नाफा कमाउने थलोको रुपमा विकास गर्न नहुने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई देश र जनताप्रति जिम्मेवार बनाउँदै लानुपर्ने र नगरलाई सफा सुन्दर बनाउन हरेक विद्यालयले एउटा सार्वजनिक स्थान, सम्पदा वा नजिकको पोखरी सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालय र कलेजको भौतिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्न हरेक तहका शिक्षक, कर्मचारीहरूले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतास, पूर्व शिक्षिका नारायणी मानन्धर, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याईच्याई, भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले विद्यालय र कलेजको प्रगतिको शुभकामना दिनुभएको थियो । वार्षिकोत्सव समारोह समितिका संयोजक दामोदर सुवालले स्वागत गरेको उक्त कार्यक्रममा विद्यालय प्राचार्य कृष्णप्रसाद धन्छा र कलेज प्राचार्य धनकुमार श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अतिथि, विशेष अतिथि एवं प्रमुख अतिथिबाट विद्यार्थीहरूलाई जिल्ला शिक्षा छात्रवृत्ति, सिद्धिबहादुर छात्रवृत्ति, नारायणी छात्रवृत्ति र शिक्षक कर्मचारी छात्रवृत्ति प्रदान गर्नुभएको उक्त कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलाप तथा कक्षागत प्रथम, द्वितीय र तृतीयलाई पुरस्कृत गर्नुभएको थियो । साथै कलेजका उत्कृष्ठ विद्यार्थी तथा उत्कृष्ठ शिक्षक कर्मचारीलाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा अन्तर विद्यालय कविता, कथा, निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका शिक्षकहरू धनेशराज राजोपाध्याय, रोजी चवाललगायतले बोल्नुभएको उक्त कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूबाट सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएको थिए । 
 

कक्षा १२ विज्ञान ९२ प्रतिशत उत्तीर्ण

 

भक्तपुर, २८ साउन २०७४ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ विज्ञान सङ्कायको नतिजा यही साउन २० गते प्रकाशित गरेको छ । प्रकाशित नतिजाअनुसार वागीश्वरी माविबाट परीक्षामा सम्मिलित ९२ जनामध्ये ८५ जना अर्थात् ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरुमध्ये सरला कोजुले सर्वाधिक अङ्क ४२५ प्राप्त गरेको कुरा विद्यालय प्रशासनले जनाएको छ ।

श्रद्धाञ्जली सभा सम्पन्न

भक्तपुर, २८ साउन २०७४ – वागीश्वरी कर्मचारी समाजको आयोजनामा स्व. श्यामकृष्ण श्रेष्ठको सम्झनामा साउन १९ गते एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वागीश्वरी माविका रात्रीकालीन सुरक्षागार्ड श्यामकृष्ण श्रेष्ठ साउन १७ गते असामयिक निधन भएको थियो । स्व. श्यामकृष्णप्रति एक मिनेट मौन धारणबाट शुरु भएको उक्त श्रद्धाञ्जली सभामा प्राचार्य कृष्णप्रसाद धन्छाले जागिरको क्रममा स्व. श्यामबाट सैनिक अनुशासन प्रदर्शन गरेको चर्चा गर्दै ठीक समयमा आउने र ठीक समयमा जाने उहा“को समयको परिपालना सबैले सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सहप्राचार्य ज्ञानसागर प्रजापतिले कुनै पनि व्यक्ति नामबाट भन्दा पनि कामबाट परिचित हुने गर्छ भन्नुहुदै स्व. श्यामको विनम्रता, पेशाप्रतिको जवाफदेहिता सिक्न लायक भएको चर्चा गर्नुभयो । आयोजक समाजका अध्यक्ष तुल्सीराम प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा शिक्षक धनकुमार श्रेष्ठ र कर्मचारी सवीन्द्र प्रजापतिले पनि स्व. श्यामका बारेमा चर्चा गर्नुभएको थियो । सभामा उपस्थित सम्पूर्ण कर्मचारीहरुले स्व. श्यामको तस्वीरमा पुष्पगुच्छाका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेक्राशिसंघ वागीश्वरी पुनर्गठन

भक्तपुर, २७ साउन २०७४ – नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी मावि एकाइ समिति साउन २० गते वृहत शिक्षक भेला गरी पुनर्गठन गरिएको छ । संघका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा भएको उक्त भेलाले शिक्षक विश्वेश्वर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरेको हो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जन, नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति र कोषाध्यक्ष चक्रबहादुर चाकतु, प्राचार्य कृष्णप्रसाद धन्छा, शिक्षक पीयूषराज गोसाईलगायतले शैक्षिक विषयमा विचार राख्नुभएको थियो ।

कर्तव्यनिष्ठ श्याम दाइको निधन

भक्तपुर, २१ साउन २०७४ – विगत १३–१४ वर्षदेखि वागीश्वरी माविमा सुरक्षा गार्ड भई सेवा गर्दै आउनुभएका श्यामकृष्ण श्रेष्ठको २०७४ साउन १७ गते निधन भएको छ । श्री शमशेर दल बटायिन शाही नेपाली सेनामा १९ वर्ष सेवा गरी निवृत्त हुनुभएका उहा २०६० पुस १ गतेदेखि वागीश्वरी स्कुलमा निरन्तर सुरक्षा गार्डमा सेवारत हुनुहुन्थ्यो । उहा हरेक दिन साझ ६ बजे स्कुलमा आई रात्रिकालीन सुरक्षा गार्ड भई भोलिपल्ट बिहान ९ बजे ड्युटी पूरा गरेर फर्कनुहुन्थ्यो । सेवाको यो अवधिमा उहा“ले स्कुलमा कहिल्यै लामो बिदा लिनुभएन भने काम विशेषले कहिले काहीं बिदै लिनुपयो भने पनि उहा सुरक्षा गार्डको वैकल्पिक व्यवस्था आफै गर्नुहुन्थ्यो । ठीक समयमा आउने ठीक समयमा जाने समयको परिपालनामा उहाले सैनिक अनुशासन जीवनपद्धतिकै रूपमा प्रदर्शन गर्नुभयो । यस अर्थमा उहा“ कर्तव्यनिष्ठ जिम्मेवार कर्मचारी हुनुहुन्थ्यो भन्नेमा कुनै शङ्का थिएन ।

२०७४ साल साउन १३ गते नागपञ्चमीको दिन यसवर्ष विशेष कारणले रक्षाबन्धनसमेत भएकाले विद्यालयमा बिदा थियो । बिदालाई सदुपयोग गर्दै संयुक्त परीक्षा समितिले कक्षा १२ को अर्थशास्त्र विषयका शिक्षकहरूको बैठक बिहान ७ बजे राखेको थियो । बैठकमा उहा“ले पनि सक्दो सेवा प्रदान गर्दै हुनुहुन्थ्यो । अकस्मात् उहा“ “भुइ“चालो आयो भुइ“चालो आयो” भन्दै चिच्याएर भान्सा कोठामा पस्नुभयो । भान्सा कोठामा भान्से हरि दाइ हुनुहुन्थ्यो । हरि दाइले उहा“लाई ‘भुइ“चालो आएको होइन, खै के भयो ? बस यता’ भनेर बेन्चमा बसाई ३ कप पानी पिलाउनुभयो । हरिदाइले बिस्तारै तल अफिसमा ल्याउनुभयो श्याम दाइलाई । श्याम दाइले टाउको दुखेको र रिङ्गता लागेको बताएपछि तुरुन्तै विद्यालय भवनमा रहेको स्वास्थ्य क्लिनिकमा स्वास्थ्यकर्मी दीपक माक बोलाई ब्लड प्रेसर जा“चियो । दाया“ पाखुराको ब्लड प्रेसर सामान्य भए पनि बाया“ पाखुराको ब्लड प्रेसर असामान्य देखिएपछि दीपकजीले तुरुन्त ‘जनस्वास्थ्य’ मा लान सुझाव दिए । स्कुल अगाडि नै चौविसै घण्टा डाक्टरी सेवा प्रदान गर्ने भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्यमा तुरुन्त लगी ज“चाइयो ।

जनस्वास्थ्यको डाक्टरले मस्तिष्कमा आघात भएको आशंका गरी तुरुन्त अस्पतालमा लान रिफर गरे । जनस्वास्थ्यको एम्बुलेन्स बाहिर गइरहेको बेला पर्यो । तुरुन्त सिद्धिस्मृति अस्पतालको एम्बुलेन्स डाकेर छाउनी अस्पतालमा पु¥याइयो । तदारुक्ताका साथ स्वास्थ्य परीक्षण भयो । टाउकाको सिटिस्कान गर्दा भित्र रक्त नली फुटेको हु“दा स्थिति जटिल भएको अवगत गराइयो । न्युरो डाक्टरद्वारा टाउकाको अप्रेशन गरी उपचार हुने जानकारी दिइयो । शुक्रबार भर्ना गरिएका उहा“को मस्तिष्क भित्र जमेको रगत शनिबार निकालिएको जानकारी प्राप्त हु“दा रोग निको हुने ठूलो आस जागेको थियो । तर नियतिले त्यो आशालाई मंगलबार बिहान सम्म पनि टिकाएन ।

नियतिले श्याम दाइको प्राण चुडेर लग्यो । २०१९ साल चैत्र १५ गते भक्तपुरको चित्तपोल (चितापुर) मा जन्मनुभएका श्याम दाइको घरमा ९० वर्षका वृद्ध बुबा र आमा हुनुहुन्छ । उहा“का श्रीमती, १ छोरा र ३ छोरी छन् । उहा“को निधनले विद्यालयले एक कर्तव्यनिष्ठ कर्मचारी गुमाएको छ । उहा“प्रति विद्यालय मात्र होइन वागीश्वरी कलेज परिवार समेत हार्दिक श्रद्धा सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उहा“को सम्झनामा वागीश्वरी स्कुल र वागीश्वरी कलेजले साउन १८ गते १ दिन शोक विदासगै श्रद्धाञ्जली सभा गरिएको थियो ।

स्नातक दोस्रो वर्षको परीक्षा सुरु, वागीश्वरी कलेजको परीक्षा केन्द्र भक्तपुर ब. क्याम्पस

भक्तपुर, २३ असार २०७४ – त्रिभुवन विश्व विद्यालयको स्नात्तक दोस्रो वर्षको परीक्षामा वागिश्वरी कलेजबाट २ सय ६६ जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमा मानविकी संकायबाट नियमितबाट २९ जना र आंशिकबाट ३१ जना गरी ६० जना सहभागी हुने भएका छन् । यसै गरी व्यवस्थापन संकायमा नियमितबाट एक सय ३८ र आंशिकबाट ६८ जना गरी दुई सय ६ जना सहभागि हुने कलेज प्रशासन शाखाले जनाएको छ । परीक्षा मानविकी संकायको परीक्षा असार २३ देखी साउन ११ गते र व्यवस्थापन संकायको असार २५ देखि साउन १२ गतेसम्म सञ्चालन हुनेछ । वागीश्वरी कलेजका लागि परीक्षा केन्द्र भक्तपुर बहुमुखी क्याम्पस निश्चित गरिएको छ ।

स्नातकोत्तर तहको नतिजा सन्तोषजनक

भक्तपुर, १४ असार २०७४ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालन गरेको एमबीएस प्रथम वर्ष र एमए समाजशास्त्र दोस्रो वर्षको बोर्ड परीक्षाको नतिजा असार ८ गते प्रकाशित गरेको छ । वागीश्वरी कलेजबाट एमबीएस प्रथम वर्षको परीक्षामा सम्मिलित जम्मा २८ जना विद्यार्थीहरुमध्ये १० जना अर्थात् ३५ दशमलव ७१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने एमए समाजशास्त्रमा ५० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको कलेज प्रशासनले जनाएको छ । 
 

बीबीएस दोस्रो वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशित

भक्तपुर, १३ फाल्गुन २०७३ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्वारा स्नातक तह ४ वर्षे बीबीएस दोस्रो वर्षको वार्षिक परीक्षाको नतिजा फागुन ११ गते प्रकाशित गरेको छ । वागीश्वरी कलेजबाट परीक्षामा संलग्न जम्मा ८४ जना नियमित विद्यार्थीहरुमा ५७ जना अर्थात् ६८ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । आंशिकतर्फ परीक्षामा सम्मिलित २५ जना विद्यँर्थीहरुमा १० जना विद्यँर्थी उत्तीर्ण भएका थिए । परीक्षा नतिजा उत्साहजनक रहेको कलेजका प्रँचार्य धनकुमार श्रेष्ठले बताउनुभयो । 
 

दोस्रो समूहको सुन्दर हस्तलेखन तालिम सुरु

भक्तपुर, १३ फाल्गुन २०७३ – वागीश्वरी माविको प्रावि तथा निमावि तहका शिक्षक/शिक्षिकाहरुलाई सुन्दर हस्तलेखन दोस्रो समूहको तालिम फागुन ८ गतेबाट सुरु भएको छ । वेतान्त एकेडेमी मध्यपुरको सहयोगमा भएको उक्त तालिममा दिपक बास्कोताले शिक्षकहरुलाई तालिम दिनुभएको थियो । तालिमको सुरुवातमा विद्यालयका सह प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले शिक्षकको गुणस्तर वृद्धिका लागि दिएको तालिम विद्यालयको सम्पत्ति भएको हु“दा अधिकत्तम उपयोग हुनेमा विश्वास व्यक्त गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमको पहिलो समूहको समापन गत फागुन ५ गते भएको थियो ।