वागीश्वरीमा बधाइ तथा धन्यवाद कार्यक्रम सम्पन्न

भक्तपुर, ४ फाल्गुन २०७४ । वागीश्वरी कलेजका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी र शुभचिन्तकहरुमा कलेज व्यवस्थापन समितिको तर्फबाट बधाईज्ञापन तथा धन्यवाद ज्ञापन फागुन ४ गते शुक्रबार सम्पन्न गरेको छ । उच्च शिक्षा सुधार परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोगद्वारा म्ीक्ष् द्द को कार्यसम्पादनमा आधारित अनुदानको सुचक नियमित विद्यार्थीहरुको उत्तीर्ण प्रतिशतमा वृद्धि वापत देशभरिको सामुदायिक कलेजहरुमध्ये सबैभन्दा बढी रकम वागीश्वरी कलेजको लागि अनुदान प्राप्त भएको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्पूर्णलाई बधाई तथा धन्यवाद व्यक्त गर्दै पारदर्शिता, अनुशासन र सही नेतृत्वका कारण भक्तपुरले शिक्षा क्षेत्रमा सफलता पाइरहेको हो भन्नुभयो । अन्य जिल्लाका जनप्रतिनिधिहरुले भक्तपुरले गरेको उदाहरणीय शैक्षिक प्रगतिबारे जान्ने इच्छा व्यक्त गरेको बताउ“दै प्रजापतिले विदेश मोह बढिरहेको वर्तमान परिस्थितिमा विदेशिहरुलाई भक्तपुरमा आकर्षित गर्न उदाहरणीय कार्यहरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले शिक्षकहरुले अनुसन्धानात्मक क्रियाकलापमा अग्रसर हुनुपर्ने बताउ“दै एमफिल, पीएचडी गरी क्षमता अभिवृद्धि गरी वागीश्वरीलाई स्तरीय शिक्षादिने नमूना संस्थाको रूपमा अघि बढाउनुपर्ने थप जिम्मेवारी आइपरेको विचार व्यक्त गर्नुभयो । सह प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले निरन्तर सेवामा समर्पित हु“दा समाज र देशले सम्मान गर्ने बताउ“दै कर्म र कर्तव्य फलको आशमा नगर्ने बताउनुभयो ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि एवं वागीश्वरी कलेजका शिक्षक धनकृष्ण प्रजापति, ग्याहेन्द्र प्रसाद दाहाललगायतले बोल्नुभएको थियो । कलेजले रु.७६ लाख ८ हजार ४ सय असी रुपैया अनुदान पाएको थियो ।