अनिवार्य अवकाश प्राप्त शिक्षिका कर्माचार्यको विदाई

माघ १४, २०७५ सोमबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यको सम्मान एवं विदाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले विद्यालयको कुनै पनि समस्यालाई शिक्षक शिक्षिकाहरुले आपसी छलफलबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
अतिथि प्रजापतिले विद्यालयको प्रगतिको लागि सम्मानित शिक्षिकाले सञ्चय कोषको ९० प्रतिशत ऋण सहयोग गरेको सम्झना गर्नुभयो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षिका बसन्तलक्ष्मी कर्माचार्यको अनुकरणीय गुणहरुलाई नया“ पुस्ताले आत्मसात गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो । 
विद्यालयका सहप्रअ ज्ञानसागर प्रजापतिले दमनेको विरुद्ध झुकनुहु“दैन भनी पेशागत हकहित र जनपक्षीय राजनीतिक आन्दोलनलाई अगाडि बढ्नुहुने शिक्षिका वसन्तलक्ष्मी कर्माचार्यबाट सिक्नुपर्ने बताउनुभयो । 
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं जननिर्वाचित ९ वडा सदस्य छोरीमैया सुजखुले शिक्षक शिक्षिकाले पठनपाठनस“गै सामाजिक गतिविधिमा पनि लाग्नुपर्छ भन्नुभयो । 
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा प्रावि इन्चार्ज कृष्णमान मलेपति, राजन लाखा, शिक्षिका शोभा प्रधानलगायतले बोल्नुभएको थियो । 
प्रमुख अतिथि प्रजापतिले अवकाश प्राप्त शिक्षिकालाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%