ग्रामीण विकास विषयका विद्यार्थीहरू तेल मिलमा

फागुण २१, २०७९ आइतबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेज भक्तपुरमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरूको फागुन १० गते एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ । स्थानीय कौशलटारमा तोरी पेली तेल निकाल्ने प्रविधिको अवलोकन गर्नुका साथै पिनाको सही सदुप्रयोगबारे विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो ।
३२ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त भ्रमणमा शिक्षकद्वय सुशीला घजू र सुन्दर ग्वाछाले किताबमा पढेको ज्ञानलाई व्यवहारमा विद्यार्थीलाई देखाउन र विद्यार्थीहरू जागिरमुखीभन्दा पनि उद्यमशील बन्न बनाउन उत्साहित गर्न यस्ता भ्रमणहरू नियमति रूपमा विभिन्न ठाउँमा गराउँदै आएको जानकारी दिनुभयो ।
अवलोकनकर्ता विद्यार्थीहरूमध्ये गौरव लामिछानेका अनुसार यो भ्रमणबाट अर्गानिक अन्न अनाजको महत्वबोध हुनुका साथै आफूहरूलाई उद्यमशील बन्न पे्ररित गरिएको छ । अर्गानिक खानालाई जोड दिन सके धेरै रोगव्याधी कम हुने रहेछ भन्दै विद्यार्थी लामिछानेले ग्रामीण क्षेत्रबाट सङ्कलित अर्गानिक अनेक दाल, चामल, मकै र गहुँका च्याँख्लाहरू, मह, फापर, कोदोको पीठो, आलस, बोडी, राजमा बेसार, जिम्मुहरू हेर्दा ग्रामीण क्षेत्रका विकासका सम्भावना धेरैै देखिएको र देशलाई आत्मनिर्भर बनाउन सकिने विश्वास आफूहरूमा विकास भएको अनुभव सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%