नयाँ पुस्ताले विदेशी शैक्षिक संस्था रोज्नु चिन्ताजनक

जेठ १६, २०८० मंगलबार
0 प्रतिक्रिया

भक्तपुर, १५ जेठ । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले युवा पुस्ता विदेशिँदै गएकोले देशमा शिक्षण क्षेत्र धरापमा पर्दै गएको अवस्थामा विगत १५ वर्षदेखि वागीश्वरी कलेज निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

नेपालको खस्कँदो शैक्षिक अर्थतन्त्र, बिग्रिँदो शिक्षा प्रणाली तथा युवा पुस्ताले वैदेशिक शैक्षिक संस्था रोजेर विदेश पलायन हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले समाजमा मौलाउँदै गएको सामाजिक विकृति र पीडितहरूलाई विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्नुभन्दा पीडितलाई आवश्यक शिक्षा र सीपमूलक तालिम तथा रोजगार दिए पीडितलाई राहत हुने जानकारी दिनुभयो ।
रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापन शैली अपनाउन आग्रह गर्नुभयो ।
उहाँले आरएमसीले सञ्चालन गरेको तालिम, अभ्यास शिक्षण संस्थामा लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वागीश्वरी केलज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त कार्यशालामा प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, उप प्रा.डा. वेदप्रसाद ढकाल, उप प्रा.डा बलराम दुवाल, उप प्रा.डा. भरतसिंह थापा र उपप्रा. सञ्जय घिमिरेले स्रोतव्यक्तिको रूपमा प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
1 १००%
0 ०%