नेक्राशिसंघ वागीश्वरी पुनर्गठन

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २७ साउन २०७४ - नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी मावि एकाइ समिति साउन २० गते वृहत शिक्षक भेला गरी पुनर्गठन गरिएको छ । संघका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा भएको उक्त भेलाले शिक्षक विश्वेश्वर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय समिति पुनर्गठन गरेको हो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जन, नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति र कोषाध्यक्ष चक्रबहादुर चाकतु, प्राचार्य कृष्णप्रसाद धन्छा, शिक्षक पीयूषराज गोसाईलगायतले शैक्षिक विषयमा विचार राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%