प्राध्यापक समाज वागीश्वरीद्वारा ‘द एकेडेमी’ बुलेटिनको अन्तरक्रिया

माघ २४, २०७५ बिहिबार
0 प्रतिक्रिया

भक्तपुर– नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन प्रथम अङ्कको अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले हरेक बुद्धिजीवीले आफ्नो बौद्धिक क्षमता संसारलाई व्याख्या गर्ने मात्र नभई समाज परिवर्तनको निम्ति प्रयोग गर्नुपर्छ भन्नुभयो । 
पूर्खाले गरेका कामहरुबाट सिक्दै भोलिको पुस्ताको लागि आजको एक्काइसौं शताब्दीका पुस्ताले केही गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले इतिहासलाई बिर्सनु भोलिको बाटो कोर्न बा“ध बनाउनु सरह हुने स्पष्ट पार्नुभयो । 
शैक्षिक तथा वैचारिक क्षमता विलासिताको निम्ति मात्र नभई शिक्षकहरुले शताब्दी योग्य नागरिक तयार गर्नका लागि प्रयोग हुनुपर्ने उहा“ले बताउनुभयो । 
वर्तमान समयमा प्रँध्यापकहरु नै स–साना स्वार्थका निम्ति आफ्नो बौद्धिकतालाई बन्धकी राखेको बताउ“दै उहा“ले बुलेटिनले प्रँध्यापकहरुलाई सही दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कम्युनिष्टको खोल ओढेको वर्तमान नेकपाको सरकारले सार्वभौम देश भेनेजुयलामा संरा अमेरिकाको हस्तक्षेप भइरह“दा पनि अमेरिकी साम्राज्यवादको विरोध गर्न डराउनु सरकार अमेरिकी साम्राज्यवादको दलाल भएको स्पष्ट पार्नुभयो । 
शोषणको चेतना नभएसम्म क्रान्ति अगाडि बढ्न नसक्ने बताउ“दै उहा“ले मान्छेको आचरण परिवर्तन गर्न धैर्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
शासकहरु राजनीतिलाई जसरी भए पनि सत्तामा पुग्ने साधनको रूपमा लिंदा देशमा कम्युनिष्ट आन्दोलन झन् पछाडि धकेलिएको उहा“ले भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक तथा समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छाले नेमकिपाले पहिला रात्रीकालीन कक्षामार्फत जनतालाई सचेत पार्ने अभियानमा जोड दिइएको थियो भने वर्तमानमा विश्वविद्यालयमार्फत जनताका छोराछोरीहरुलाई अनुसन्धानमा जोड दिने तयारी गरिरहेको बताउनुभयो । 
वागीश्वरी कलेजका प्राचार्य तथा समाजका केन्द्रीय सदस्य धनकुमार श्रेष्ठले बुलेटिनमा प्रकाशित लेखहरु अनुसन्धानात्मक शैलीमा लेखिएको हु“दा नवउदयमान लेखकहरुको निम्ति सन्दर्भ सामग्री हुन सक्ने सम्भावना औंल्याउनुभयो । 
समाजका केन्द्रीय सदस्य सुनिल दुवालले प्रकृतिमा लागू हुने द्वन्द्वात्मक भौतिकवादका नियमहरु समाजमा पनि लागू हुने स्पष्ट पार्दै कुनै पनि वस्तु तथा समाज स्थिर हुन नसक्ने बताउनुभयो । 
समाजका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका मङ्गलेश्वर ध्व“जू, कृष्णनीर छुकां, दिनेश प्रधान, नवीन्द्रलाल कर्माचार्य, नीरु ताल्चाभ“डेल, उकेश सुवाल र भानु हुमागाइ“लगायतले बुलेटिनका विभिन्न विषयमा बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%