वागीश्वरीका विद्यार्थीबीच प्रेसिस राइटिङ र एकेडेमिक राइटिङ सम्बन्धी अभिमुखीकरण

चैत्र १३, २०७८ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १३ चैत । वागीश्वरी कलेजमा स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रीत गरी प्रेसिस लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रम चैत १२ गते शनिबार सम्पन्न भयो ।

उक्त कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यँर्थीहरुले सिकेका ज्ञानलाई व्यवहारिक रूपमा उतारी समाजलाई सकारात्मक योगदान दिन सकेमात्र सार्थकता हुने चर्चा गर्नुहुँदै हरेक सिकाई अर्थपूर्ण हुने र जीवन रूपान्तरणमा सहयोगी हुने बताउनुभयो ।
उहाँले वागीश्वरी कलेजले विद्यँर्थीहरुलाई समाजको सकारात्मक परिवर्तन गर्न सक्ने बनाउन कुनै पनि कसर नछोड्ने समेत प्रस्ट पार्नुभयो ।
कार्यक्रममा रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गका उपप्राध्यापक राम कार्कीले प्रेसिस लेखन र टर्म पेपरबीचको फरक उल्लेख गर्दै विद्यार्थीहरुले सोध अनुसन्धानमा रुचि राख्दै अगाडि बढ्न सके व्यक्तिगत वृत्ति हुनुका साथै समाजप्रति ठूलो गुण हुने कुरामा जोड दिनुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले स्रोत व्यक्ति राम कार्कीलाई भादगाउले टोपीका साथै मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रममा शिक्षिका अविना श्रेष्ठ र शिक्षक अम्बरदली श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यार्थीहरुले कार्यक्रममा सहभागी भएपश्चात् विषयप्रतिको दुविधा हट्नुका साथै अध्ययन अनुसन्धानमा लाग्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।
त्यस्तै स्नातक तह ऐच्छिक अङ्ग्रेजी विषय लिई अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक राइटिङसम्बन्धी कार्यशाला गोष्ठी स्रोत व्यक्ति त्रिविका सहायक प्रँध्यापक डा. कोमन फुयालको उपस्थितिमा शनिबार सम्पन्न भयो ।
गोष्ठीमा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरुको स्तरवृद्धिका लागि वागीश्वरीले विभिन्न विषयमा सेमिनारहरु आयोजना गर्दै आएको जानकारी गराउँदै यस गोष्ठीबाट पनि विद्यार्थीहरुले निकै लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतव्यक्ति फुयालले विद्यार्थीहरुलाई निबन्ध लेखन विधिदेखि विभिन्न विषयमा स्तरीय लेखनबारे जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%