वागीश्वरीका विद्यार्थीहरु इसिमोड भ्रमणमा

जेठ २१, २०८१ सोमबार
0 प्रतिक्रिया

एलिना भेले
ललितपुर । वागीश्वरी कलेजमा बी.ए. र बीएएसडब्लु तेस्रो वर्षमा ग्रामीण विकास विषय लिई अध्ययनरत विद्यार्थीहरुको ‘एकीकृत पर्वत विकासको लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड)’ र गोदावरीमा जेष्ठ १८ गते अध्ययन भ्रमण सम्पन्न भएको छ ।
भ्रमणको क्रममा विद्यार्थीहरुलाई इसिमोडका स्रोतव्यक्ति सञ्जय महर्जनले इसिमोडको मुख्य उद्देश्य नै पर्वतीय क्षेत्रमा कृषिको विकास गर्ने रहेको जानकारी दिँदै वर्षाको पानी सङ्कलन गर्न बनाइएको ट्याङ्कीको महत्वमाथि प्रकाश पार्नुभयो । भिरालो जमिनमा खेती गर्दा अपनाउनुपर्ने प्रविधिको जानकारी दिँदै उहाँले जङ्गली जनावरहरुबारे वालीनाली बचाउने उपाय पनि बताउनुभयो ।

श्री प्रजापतिको गाईले दिनमा १० लिटरसम्म दुध दिने बताउँदै उहाँले भन्नुभयो– पर्वतीय क्षेत्रमा किवी खेतीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
इसिमोडमा स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी कम लागतमा मत्स्यपालन गरिएको छ भने उक्त मत्स्यपोखरीको पानी सिंचाइमा पनि प्रयोग गरिएको पेल्ट्रिक सेट प्रविधिबाट २०० वाटसम्मको बिजुली निकाल्ने पनि जानकारी दिनुभयो भने सोको लागि रु २७ हजार लागत लाग्ने पनि बताउनुभयो ।
कृषिमा मौसम विज्ञानको महत्व हुने चर्चा गर्दै स्रोतव्यक्ति महर्जनले ग्रामीण क्षेत्रमा पाइने वनस्पतिबाट वायो व्रिकेट बनाउन सकिने पनि बताउनुभयो ।
विषय शिक्षकहरु सुशीला घजु, अविना श्रेष्ठसहित ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त भ्रमण अत्यन्त फलदायी रहेको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%