वागीश्वरीका विद्यार्थीहरुले खोकना, बुङ्गमती काठमाडौं–तराई दु्रतमार्गमा सामुदायिक सर्वेक्षणको अनुभव आदानप्रदान

जेठ २८, २०८१ सोमबार
0 प्रतिक्रिया

भक्तपुर, २८ जेष्ठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम तथा दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहको ललितपुरस्थित खोकना, बुङ्गमती काठमाडौं–तराई दु्रतमार्गमा सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रमसम्बन्धि अनुभव आदानप्रदान कार्यक्रम जेष्ठ २८ गते सम्पन्न भयो ।

कार्यक्रमका सभापति एवम् वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुले विद्यार्थीहरूको प्रस्तुतीबारे खुशी व्यक्त गर्दै विद्यार्थीहरुलाई आत्मविश्वास बढाउने र सामाजिकिरण गर्ने हेतुले सर्वेक्षणमा लगिएको बताउनुभयो ।
वर्तमान समयमा विद्यार्थीहरु मोवाइलमा थेरै समय बिताउने गरेकोमा चिन्ता व्यक्त गर्दै नयाँ पुस्तामा व्यवहारिक ज्ञानको विकास गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बीए प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू जेनिस बाडेको समूहले बुङ्गमती, रिया कपालीको समूहले खोकनाको परम्परागत तेल उत्पादन, पुजा दुलालको समूहले काठमाण्डौँ–तराई दु्रतमार्गको अध्ययन, सविता गिरीको समूहले दु्रतमार्गप्रति स्थानीयको धारणा तथा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी किशोर बस्नेतको समूहले अध्ययन समूहका भावनात्मक अध्ययन, अस्मिता तामाङले स्रोतव्यक्ति कृष्णभगत महर्जनसँग अन्तवार्ताका बारेमा प्रस्तुती दिनुका साथै विमला मानन्धरले पनि प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ८५ जना विद्यार्थीहरुको उपस्थिति रहनुका साथै कार्यक्रम प्रशिक्षक मङ्गलेश्वर ध्वँजूले सर्वेक्षणबारे विस्तृत जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%