वागीश्वरीका २० जना विद्यार्थीहरुलाई विद्यार्थी वित्तीय सहयोग छात्रवृत्ति

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २१ बैशाख २०७३ - भक्तपुर उच्च शिक्षा सुधार परियोजनाको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत वागीश्वरी उमाविका २० जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका छन् । देशभरका सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत गरिब विद्यार्थीहरुमध्येबाट Proxy means testing पद्धतिद्वारा छनौट गरी स्नातक तह पढ्नका लागि आर्थिक अनुदान उपलब्ध गराइने उक्त कार्यक्रमले छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्तिका लागि विद्यार्थीले HSEB को जिल्लास्थित कार्यालय अथवा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको वेबसाइटमार्फत २०७२ चैत्र मसान्तभित्र फारम भरेका थिए । वागीश्वरी उमाविबाट छात्रवृत्ति परेका विद्यार्थीहरुमध्ये ५ जना र अन्य उमाविका ६ जना विद्यार्थीहरु वागीश्वरी कलेजमा अध्ययनरत रहेको कलेज प्रशासनले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%