वागीश्वरीमा पूर्व विद्यँर्थी अक्षय कोष खडा

भाद्र १, २०७५ शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहमा अध्ययनरत गरीब तथा जेहनदार विद्यार्थीहरुका लागि पूर्व विद्यार्थीहरुको तर्फबाट पनि अब छात्रवृत्ति प्रदान गर्ने भएको छ । 
उक्त छात्रवृत्ति प्रदान गर्नको लागि २०४० देखि २०६४ सालसम्मका एसएलसी दिएका पूर्व विद्यार्थीहरुले अक्षयकोष स्थापनार्थ रकम जम्मा गर्न थालेका छन् । 
श्रावण २८ गते २०४७ साल एसएलसी समूहको तर्फबाट रुपेश प्रजापति, विनय प्रजापति र लक्ष्मीसुन्दर प्रजापतिको टोलीले सो कोषमा जम्मा गर्न नगद रु.२५ हजार प्राचार्य कृष्णप्रसाद धन्छालाई हस्तान्तरण गरेको छ । 
उक्त नगदपछि कोषमा रु. १ लाख ५६ हजार ४ सय ७२ पुगेको छ । कोषमा यसअघि २०४० सालको तर्फबाट ५ हजार २ सय, २०४१ सालको तर्फबाट ३२ हजार ५ सय ५५, २०४४ सालको तर्फबाट २५ हजार १ सय ११ सहित भित्ते घडि, २०५२ सालको तर्फबाट १७ हजार एकसहित १ जना विद्यार्थीलाई नर्सरीदेखि कक्षा १० सम्म लाग्ने वार्षिक शुल्क बराबरको रकम, २०५५ सालको तर्फबाट कक्षा १ देखि ३ सम्मका जम्मा ६ जना विद्यार्थीहरुलाई युनिफर्म र केहि रकम सहयोग दिने प्रतिबद्धता, २०६० सालको तर्फबाट १८ हजार ३ सय, २०६१ सालको तर्फबाट ७ हजार ६ सय १०, २०६२ सालको तर्फबाट १७ हजार ४ सय २५, २०६३ सालको तर्फबाट ८ हजार २ सय ७० जम्मा गरिसकेको छ । नगद जम्मा हुने क्रम जारी छ । 
छात्रवृत्तिकै लागि २०५१ सालको समूहका विद्यार्थी कृष्णराम प्रजापतिले आफ्नो व्यक्तिगत रु. एक लाख छुट्टै कोष खडा गर्न रकम प्रदान गर्ने वचन दिनुभएको छ ।
विद्यालयको हीरक वर्ष २०७५ मनाउने क्रममा श्रावण महिनाका विभिन्न मितिमा ३ पटक पूर्व विद्यार्थीहरुको भेला गर्दा विद्यार्थीहरुको तर्फबाट उक्त कोष खडा गर्ने जमर्को भएको हो । 
पछिल्लो पटक विद्यार्थी भेला गत श्रावण २६ गते शनिबार भएको थियो । भेलामा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, प्राचार्य कृष्णप्रसाद धन्छा, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ,  सह प्राचार्य ज्ञानसागर प्रजापति र पूर्व विद्यार्थीहरु सम्झना थुसा, विनोद बासुकला, कृष्णराम ग्वाछा र पुनम जोशीले पनि बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%