वागीश्वरीमा शिक्षकहरुबीच क्यूएए विषयमा अन्तरक्रिया

पुष १, २०७५ आइतबार
0 प्रतिक्रिया

२९ मंसिर, भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको QAA (Quality Assurance & Accreditation) को SSR (Self Study Report) बारे सरोकारवाला समूहस“ग अन्तरक्रिया गर्ने क्रममा शनिबार कलेजमा अध्यापनरत शिक्षकहरुस“ग छलफल सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कम आय भएका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना भएको बताउ“दै कलेजको गुणस्तर बढाउन कलेज प्रशासन, शिक्षक, विद्यार्थीलगायतका सरोकारवाला पक्षहरुले भावनात्मक रूपमा क्रियाशिल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
२१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने लक्ष्यलाई अगाडि बढाउन कलेजले अनुसन्धानको लागि पनि प्राथमिकता दिएको उल्लेख गर्दै अध्यापनरत शिक्षकहरुले आफ्नो योग्यता बढाउनुपर्छ भन्नुभयो । 
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले कलेजको गुणस्तर सुनिश्चितताको लागि शिक्षकहरुको सहयोग अपरिहार्य छ भन्नुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी माविका प्रअ तथा कलेज व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद धन्छा, सुशिला कर्माचार्यले पनि बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%