वागीश्वरीमा शिक्षक सङ्घले मनाए श्रमिक महिला दिवस

फागुण २६, २०७५ आइतबार
0 प्रतिक्रिया

नेपाल क्रान्तिकारी शिक्षक संघ वागीश्वरी एकाइ समितिको आयोजनामा शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य गङ्गा वैद्यले पुरुष र महिलामा भएको पितृसत्तात्मक सोचका कारण महिलाहरु पछाडि परेको हो भन्नुभयो । 
शताब्दी अगाडि क्लारा जेटकिनलगायतका महिला नेतृहरुले महिलालाई मताधिकार र दैनिक ८ घण्टा कामका लागि गरेको सङ्घर्षले नै आज महिलाहरु अगाडि बढेको बताउ“दै उहा“ले महिलाहरु राजनैतिक रूपले सचेत र संगठित हुन आवश्यक भन्नुभयो । 
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाजमा व्याप्त छुवाछुट, धामी झा“क्रीलगायतका अन्धविश्वासलाई छोड्दै जानुपर्ने आवश्यकता औंल्याउ“दै समाजलाई अगाडि बढाउन कुसंस्कारलाई परिवर्तन गर्नुपर्छ भन्नुभयो । 
२०४५ सालमा राज्यस्तरबाट रचिएको भक्तपुर काण्डमा भएको प्रहरी दमनविरुद्ध महिलाहरुले गरेको आन्दोलनको प्रसङ्ग जोड्दै उहा“ले महिलाहरु पनि एउटा शक्ति हो, महिलाहरुले पनि समाज परिवर्तन गर्न सक्छ भन्नुभयो । 
नेक्राशिसंघका प्रतिनिधि अम्बिका न्याइच्याइले भक्तपुरमा २०३९ सालदेखि नै प्रौढ कक्षा, साक्षरता कक्षा सञ्चालन गरेको प्रसङ्ग जोड्दै उहा“ले संसारको आधा आकाश ढाकेको महिलाहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा अगाडि बढाउन शिक्षा अत्यावश्यक छ भन्नुभयो ।
उत्पादनका साधनमाथिको स्वामित्वले समाजको संस्कार र संस्कृति निर्धारण हुने कार्ल माक्र्सको भनाइलाई उद्धृत गर्दै उहा“ले समाजको सांस्कृतिकस्तर माथि उकास्न उत्पादनका साधनमाथिको स्वामित्वका लागि श्रमिक महिलाहरु संगठित हुनुपर्छ भन्नुभयो । 
आयोजक समितिका अध्यक्ष विश्वेश्वर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा शिक्षिकाहरु मैयाकेशरी कोजू, कृष्णमाया गोसाई, सिर्जना पन्थ, श्रीया पहिजु, जुना प्रजापति, रामलक्ष्मी अवाललगायतले बोल्नुभएको थियो । 
फागुन २२ गते बुधबार वागीश्वरी कलेजको आयोजनामा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा कलेजका विद्यार्थीहरुबीच प्रवचन कार्यक्रम भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%