वागीश्वरी कलेजको गृष्मकालीन शिविर

जेठ ३१, २०७६ शुक्रबार
0 प्रतिक्रिया

काठमाण्डौ । वागीश्वरी कलेज स्नातक तह प्रथम वर्ष सामाजिक कार्य अन्तर्गतका ३६ जना विद्यार्थीहरूले दक्षिणकाली नगरपालिका वडा नं. ३ फर्पिङस्थित शिखरापुर सामुदायिक अध्ययन केन्द्र (बोतल हाउस)मा विभिन्न सामाजिक कार्य गरेर यही जेष्ठ २५ देखि २७ गतेसम्म तीन दिने गृष्मकालीन शिविर सञ्चालन गरेका छन् । 
उ्रक्त शिविरमा शिखरापुर सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम् अध्ययन केन्द्रका निरोज श्रेष्ठले सामाजिक कार्य प्रयोगात्मक कार्य भएकोले सैद्धान्तिक ज्ञानलाई समाजको हितमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहा“ले समुदाय एउटा पर्खालबिना विद्यालय हो । समुदायका हरेक व्यक्ति स्रोतव्यक्ति हुन्छ । सबैले सबैबाट सिक्न जरूरी छ भन्नुभयो । सामुदायिक अध्ययन केन्द्रले गरेका विभिन्न गतिविधिको जानकारी दि“दै उहा“ले शिखरापुर सामुदायिक विद्यालय÷क्याम्पसको स्थापना गरेको, खेर जाने वस्तुको पुनःप्रयोग गरी आकर्षक वातावरणमैत्री बोतल हाउस निर्माण गरेको, करिब ३० रोपनीमा अर्गानिक खेती, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क पठनपाठन व्यवस्था गरेको आदि जानकारी दिनुभयो ।
विषय शिक्षक राजन चौगुठीको संयोजकत्वमा गएको सो टोलीले वातावरणमैत्री बोतल हाउस निर्माण, टहरा निर्माण, कफि खेती, फिल्ड सर्भे तथा तथ्याङ्क संकलन र फर्पिङ जलविद्युत आयोजनाको स्थलगत अध्ययन अवलोकन गरेका थिए ।
स्थलगत अध्ययनकै क्रममा सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेतले समुदायबाट सिक्ने सिकाउने परिपाटी जीवनपर्यन्त सिकाइको अभिन्न अङ्ग हो भन्दै फर्पिङ जलविद्युत आयोजना सरकारको बेवास्ताका कारण हाल बन्द अवस्थामा रहेको बताउनुभयो साथै उहा“ले सो आयोजना स्थानीय निकायलाई जिम्मा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
स्थानीय समाजसेवी शशी शर्मा अर्यालले समाज परिवर्तन गर्न आफै अग्रसर बन्नुपर्ने बताउ“दै त्यसको लागि ईच्छाशक्ति आवश्यक छ भन्नुभयो । सामाजिक कार्यमा संलग्न विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उहा“ले विद्यालय स्थापना गर्दाको अनुभव सुनाउनुभयो । सो कार्यक्रममा निरोज श्रेष्ठ, विषय शिक्षक राजन चौगुठी लगायतले बोल्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%