वागीश्वरी कलेजको चौथो साधारण सभा सम्पन्न

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २४ माघ २०७३ - वागीश्वरी कलेज भक्तपुरको चौथो साधारण सभा माघ २० गते सम्पन्न भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको उक्त सभाले कलेजको प्रगति प्रतिवेदन पारित गर्नुका साथै भावी योजना समेत तय गरेको छ । सभामा बोल्दै अध्यक्ष प्रजापतिले ‘एक घर एक स्नातक’ को नाराले कामदार वर्गका छोराछोरीहरूको स्नातक सङ्ख्या बढेको चर्चा गर्नुहुदै वागीश्वरी कलेजले त्यसको लागि आवश्यक पूर्वाधार निर्माणमा सक्दो सहयोग पुर्याएको बताउनुभयो । ख्वप विश्वविद्यालय विधेयकले १० वर्षमा बल्ल संसदमा प्रवेश पाएको चर्चा गर्नुहुदै उहाले सरकारले जतिसुकै नचाहे पनि अन्ततः ख्वप विश्वविद्यालय आउने नै विश्वास व्यक्त गर्नुभयो ।

उहाले वागीश्वरीमा हाल झण्डै आठ सय विद्यार्थी हुनु तुलनात्मक रूपले सन्तोषजनक भएको उल्लेख गर्नुहुदै ख्वप विश्वविद्यालय भएपछि वागीश्वरीको अझ थप प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । कलेज व्यवस्थापन समितिका सदस्य एवं सांसद अनुराधा थापामगरले वागीश्वरी कलेज सामुहिक नेतृत्वको एउटा सफल उदाहरण रहेको चर्चा गर्नुहुदै गुणस्तरीय शिक्षा प्रदान गरी देशका लागि योग्य जनशक्ति उत्पादन गरिरहेकोमा बधाइका साथ शुभकामना व्यक्त गर्नुभयो । उहाले संसदमा ख्वप विश्वविद्यालय विधेयक प्रवेश भए पनि अझै छलफलमा ल्याउन नचाहिरहेको सरकारी सोचको आलोचना गर्नुहुदै ख्वप विश्वविद्यालय नहुदा कामदार वर्गका छोराछोरीहरूले सस्तोमा स्तरीय शिक्षा पाउनबाट बञ्चित भइरहेको प्रष्ट पार्नुभयो ।

सभामा वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरी मावि र वागीश्वरी कलेजबीचको सहकार्य आगामी दिनमा थप सुदृढ रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो भने वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले कामदार वर्गमा उच्च शिक्षाको पहुच बढाउन वागीश्वरीले  महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । वागीश्वरी कलेज विषय संयोजक ज्ञानसागर प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभाले प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, भावी योजना र रणनीतिबारे व्यापक छलफल गरी आवश्यक सुझावसहित पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

Chance Exam Form Fillup Notice for 3yrs/4yrs Bachelor Level