वागीश्वरी कलेजद्वारा वृहत वेभिनार सम्पन्न

जेठ १२, २०७७ सोमबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा "Necessity of Techno-friendly Education Due to Covid-19 and its Future Prospects" विषयक वेभिनार जेष्ठ १२ गते सोमबार सम्पन्न भएको छ । 
गोष्ठीका प्रमुख प्रस्तुतकर्ता प्रा. डा. अर्हन स्थापितले भौतिक कक्षामा अभ्यस्त रहेको अवस्थामा कोभिड १९ को कारण प्रविधिमैत्री शिक्षामा प्रवेश गर्नुपर्ने बाध्यता रहेको बताउ“दै कोभिडको महामारी जस्तै कुनै पनि महामारीको समयमा पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिन सबै तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
प्रविधिमैत्री शिक्षाको विभिन्न सकारात्मक पक्षबारे प्रकाश पार्दै उहा“ले प्रविधिमैत्री शिक्षामा उचित समयमा शिक्षण सिकाइ हुन सक्ने र अन्य सुविधा पनि भएको बताउनुभयो । 
प्रविधिमैत्री शिक्षालाई अगाडि बढाउ“दा प्रविधिको ज्ञानको कमी, पहुँच नुहनेलगायतका चुनौती रहेको बताउँदै उहा“ले यसको उचित समाधानको लागि सम्बन्धित निकायबाट पहल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
प्रविधिमैत्री शिक्षालाई सफलतापूर्वक लागू गर्न सबै संवद्ध पक्षहरुको सकारात्मक सोचाइ र सही संरचनाको आवश्यकता रहेको उहाँले स्पष्ट पार्नुभयो । 
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वेभिनारमा सहभागी हु“दै प्रविधिलाई सम्पूर्ण निम्न आय भएका जनताको पहुँचमा पु¥याउन सरकारले व्यवस्था गर्नुपर्छ भन्नुभयो । 
अतिथि स्थापितले सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई स्पष्ट पार्नुभएको थियो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको उक्त कार्यक्रममा शिक्षकहरु मोहनकृष्ण श्रेष्ठ, नवीन प्रजापति र दिनेश सुवालले प्राविधिक रुपमा सहयोग गर्नुभएको थियो । 
जम्मा १५५ जना सहभागीहरु रहेको उक्त कार्यक्रम पश्चात डा. बलराम दुवालले विषयवस्तुबारे सार व्यक्त गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%