वागीश्वरी कलेजद्वारा वेभिनार सम्पन्न

जेठ १०, २०७७ शनिबार
0 प्रतिक्रिया
भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा “वित्तीय संस्थामा कोभिड १९ को प्रभाव र भावी दिशा” विषयक वेभिनार जेष्ठ ९ गते शुक्रबार सम्पन्न भएको छ ।  गोष्ठीका प्रमुख प्रस्तुतकर्ता कलेजका शिक्षक शिवजी हाकुदुवालले बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न विषयस“ग सम्बन्धित तथ्यहरु प्रस्तुत गर्नुभएको थियो ।  सहकारीका सेवालाई राज्यले प्राथमिकता नदिनुका कारण सञ्चालन गर्ने वा नगर्ने विषयमा अन्यौल सिर्जना भएको बताउ“दै उहा“ले दैनिक कार्य सञ्चालन र व्यवस्थापनमा असर तथा तरलता व्यवस्थापनमा समस्या रहेको बताउनुभयो ।  साथै कोभिड १९ को महामारीमा पनि सहकारी सेवा सञ्चालन सम्बन्धी सम्भावित विधिहरुबारे पनि उहा“ले बताउनुभएको थियो ।  कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक राजन चौगुठीले पनि बोल्नुभएको उक्त कार्यक्रममा शिक्षकहरु मोहनकृष्ण श्रेष्ठ, नवीन प्रजापति र दिनेश सुवालले प्राविधिक रुपमा सहयोग गर्नुभएको थियो ।  जम्मा ९१ जना सहभागीहरु रहेको उक्त कार्यक्रम पश्चात डा. बलराम दुवालले विषयवस्तुबारे सार व्यक्त गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%