वागीश्वरी कलेजमा अनुसन्धान लेखन र प्रकाशनसम्बन्धी तालिम सम्पन्न

चैत्र २८, २०७५ बिहिबार
0 प्रतिक्रिया

वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन  र प्रकाशन सम्बन्धी ३ दिने तालिम बिहिबार समापन भएको छ । 
समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि नीति योजना बनाउन अनुसन्धान अत्यावश्यक हुने बताउ“दै संविधान बनाउ“दा विभिन्न देशमा लागू गरेको संघीयता राम्रोस“ग अध्ययन गरेको भए आज नेपालको संघीयता डामाडोल हुने थिएन भन्नुभयो ।
सरकार चलाउने दलले अनुसन्धानलाई प्राथमिकता नदिएको स्पष्ट पार्दै तालिममा सहभागी सम्पूर्ण शिक्षकहरुलाई आफूले प्राप्त ज्ञानलाई समाजको हितमा प्रयोग गर्न सुझाव दिनुभयो । 
भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयलाई नमूना बनाउन शिक्षकहरुलाई तालिम, अनुसन्धानलाई प्राथमिकता र शिक्षामा बजेट बढाएको स्पष्ट पार्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले अनुसन्धानमूलक लेख प्रकाशन गर्न धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याउ“दै देश र समाजको विकासमा अनुसन्धानले टेवा पु¥याउने बताउनुभयो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरी कलेजले अनुसन्धानको क्षेत्रमा भर्खरै पाइला चालेको जानकारी दिनुभयो ।
वागीश्वरी अनुसन्धान विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि कृष्णहरि प्रजापति, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, स्रोत व्यक्ति डा. बलराम दुवाल, सहभागी प्रतिनिधहरु रामेश्वरी बखुंछें, बलराम गुभाजू, चन्द्रप्रसाद ढकाललगायतले बोल्नुभएको थियो । 
प्रमुख अतिथि प्रजापतिले सहभागी तथा सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

Notice Regarding Summer Vacation