वागीश्वरी कलेजमा गुरुपूर्णिमा सम्पन्न

असार १९, २०८० मंगलबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी कलेज स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले गुरुपूर्णिमाको अवसरमा शिक्षकशिक्षिकाहरुलाई शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले गुरुहरु तबमात्र खुसी हुन्छ जब नेपाल आमा खुसी हुन्छिन्, विद्यार्थीहरु पलायन नभई स्वदेशमै आफ्नो पसिना बगाई नेपालको विकासमा योगदान गर्न आग्रह गर्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कार्यक्रमका लागि सम्पूर्ण विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरु सरिना वाडेले गुरुपूर्णिमा र रामहरि चोलागाईले व्यासको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%