वागीश्वरी कलेजमा तीन दिने कार्यशाला शुरु

असार १२, २०७९ आइतबार
0 प्रतिक्रिया

११ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक तीन दिने कार्यशाला शुरु भएको छ । कार्यशालाका प्रमुख अतिथि बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले आइसीटीको महत्वमाथि प्रकाश पार्दै चीन र प्रजग कोरियालगायतका समाजवादी देशहरुका प्रगतिमा आइसीटीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
नयाँ पुस्ता आइसीटीसित जति अभ्यस्त भइरहेका छन् त्यति नै सामाजिक जीवनबाट टाढिँदै नयाँ पुस्ता एक्लोपन हुँदै गएको तर्फ सबै सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई देशभक्ति भावना दिन नसके सिकेको सीप आफन्ै देशकाविरुद्ध दुरुपयोग हुन सक्छ भन्नुभयो ।
विद्यार्थीलाई सीमित पाठ्यपुस्तकको घेरामा नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा पनि जानकार बनाई राख्न सुझाव दिँदै नेमकिपाले एमसीसीको निरन्तर विरोध गरिरहेको तथ्य आज एसपीपीले थप पुष्टि गरेको छ भन्दै उहाँले संरा अमेरिकाले चीनलाई घेर्ने नीतिअनुरुप यी गतिविधि भइरहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा देखा परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई स्ट्रङ, स्मार्ट र स्माइलका साथ पठनपाठन गर्न सके शिक्षण सिकाइ प्रभावकारी हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको सभापति प्रा.डा. सिद्धिवीर कर्माचार्यले सत्यनिष्ठ, इमान्दारी र सरल जीवनलाई जोड दिँदै अरुको निम्ति उदाहरणीय बन्नुपर्छ भन्दै ती विना कोही कही सफल हुँदैन भन्नुभयो । हरेक विषयमा आइसीटीले गर्ने सूक्ष्म विश्लेषणको आधारमा काम गर्न सके कोही पनि असफल नहुने चर्चा गर्दै उहाँले शिक्षकहरुलाई सक्रिय जीवनको लागि सुझाव दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र स्कुलका +२ संयोजक ज्ञानसागर प्रजापतिले पनि आइसीटीबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा ई. राजन कर्माचार्य, आईटी कन्सल्ट्यान्ट पदमराज पन्तले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला असार १२ र १३ गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%