वागीश्वरी कलेजमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम

मंग्सिर २२, २०७७ सोमबार
0 प्रतिक्रिया

भक्तपुर– वागीश्वरी कलेज अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सांसद सृजना सैंजूले लैङ्गिक हिंसाविरुद्ध कानून बनाइ हिंसाका घटनालाई न्यूनीकरण गर्नुपर्ने सरकारहरु आफै एनजीओ र आइएनजीओको कार्यक्रममा सहभागी भएर भत्ता खाइरहेकोमा खेद व्यक्त गर्दै अपराधीलाई कारवाही नगर्ने सरकारविरुद्ध संघर्ष गर्न विद्यँर्थीहरुलाई विद्यालय उमेरदेखि नै सिकाउनुपर्छ भन्नुभयो । 
नेपालको राजनीतिक इतिहासमा तीन तहमै सबभन्दा बढी महिला जनप्रतिनिधि भएको समयमा सबभन्दा महिला हिंसाका घटनाहरु हुनु लज्जास्पद भएको भन्दै उहा“ले पु“जीवादी व्यवस्था नै श्रमिक महिलाको हिंसाको एकमात्र कारण हो । यसबाट मुक्तिको लागि श्रमिक महिलाहरु राजनैतिक रूपले संगठित हुनु आवश्यक छ । 
महिला हिंसा गर्ने जोकोहिलाई पनि मृत्युदण्ड दिने बन्दोबस्त हुनुपर्छ भनी नेमकिपाले संसदमा बारम्बार आवाज उठाउ“दा पनि गुण्डा, अपराधी, तस्करीद्वारा पोषित सरकारले कानुन ल्याउने आ“ट गरेन उहा“ले भन्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले राजनैतिक सचेतताविना लैङ्गिक हिंसा कम गर्न नसकिने बताउ“दै विद्यार्थीहरुले लैङ्गिक हिंसालाई कम गर्न आलोचनात्मक दृष्टिकोण राखेर लेख रचनाहरु लेख्नुपर्छ भन्नुभयो । 
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विदेशमा नेपाली चेलीबेटीहरु चौबाटोमा खसी बोकाजस्तै बेचबिखन गराउने नीति ल्याउने नेपाली कांग्रेस, एमाले (अहिलेको नेकपा) नै मुख्य दोषी भएको हु“दा लैङ्गिक हिंसालाई कम गर्न सरकारको गलत नीतिविरुद्ध विद्यार्थीहरुले १६ दिन मात्र नभई निरन्तर सङ्घर्ष चालू राख्नुपर्छ भन्नुभयो । 
छोरालाई प्राथमिकतामा राख्ने संस्कारले जकडिएको यो समाजलाई परिवर्तन गरी महिलाहरु आत्मनिर्भर बन्न सकेको खण्डमा अहिलेको स्थितिमा महिला हिंसा कम हुनसक्छ उहा“ले भन्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले लैङ्गिक हिंसाबारे पुरुषहरुलाई पनि प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउ“दै सामाजिक सञ्जालमार्फत हुने लैङ्गिक हिंसाबाट सबै सचेत हुनुपर्छ भन्नुभयो । 
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षिका सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षक मङ्गलेश्वर ध्वजू, विद्यार्थीहरु सुनिता त्वायनावासु, कृपा प्रजापति, सदिक्षा न्हेम्हाफुकी, मालती पराजुली लैङ्गिक हिंसाबारे बोल्नुभएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%