वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा सम्पन्न

माघ ३, २०७७ शनिबार
0 प्रतिक्रिया
भक्तपुर– वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले पद र पैसाको लागि देश नै बेच्ने प्रचण्ड भारतको गोटी भएको स्पष्ट पार्दै नेमकिपाले ओलीको समर्थन गरेको नभई उसले गरेको संसद विघटनको औचित्य पुष्टि गरेको हो भन्नुभयो । पढे लेखेका विज्ञहरु नभएका कारण देश विकास नभएको नभई देश विदेशीले लियो भने तलब पनि विदेशी मुद्रामा पाइने दास मानसिकताका कारण देश बिस्तारै कमजोर हु“दै गएको बताउ“दै उहा“ले विभिन्न विषयमा विशिष्टता हासिल गरेका विज्ञहरु देशभक्त हुनेपर्ने आवश्यकता औंल्याउनुभयो ।  बिजुली बत्तीका आविष्कारक थोमस एडिसनको उदाहरण दिंदै हरेक मानिसमा विशिष्ट गुण हुने भएकोले खराब व्यवहार देखाएका सबै विद्यँर्थीहरु खराब नहुने हु“दा शिक्षकहरुले विद्यार्थीहरुको बानी व्यहोरालाई गहन अध्ययन गरी अध्यापन गर्नुपर्छ उहा“ले भन्नुभयो ।  नेपालको गुणस्तरीय माटो र सस्तो ज्यामी प्रयोग गरी उत्पादनलाई विदेश निर्यात गर्ने कृषिमा विदेशी लगानी भिœयाउने विधेयकले देशलाई परनिर्भर बताउने बताउ“दै कृषिमा आत्मनिर्भर बनाउन सरकारले मल कारखाना बनाउनुपर्नेमा जोड दिनुभयो ।  वागीश्वरी माविका प्रधानाध्यापक तथा कोषका संरक्षक कृष्णप्रसाद धन्छाले वागीश्वरी अग्रजहरुको योगदान र भावी पुस्तालाई शिक्षित बनाउने अभियानको एउटा हिस्सा भएको बताउ“दै कार्यरत शिक्षक कर्मचारीहरुले वागीश्वरीलाई अझ अगाडि बढाउन थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।  वागीश्वरी मावि तथा कलेजका कोअर्डिनेटर एवं कोषका सल्लाहकार ज्ञानसागर प्रजापतिले ‘संस्था जेसुकै होस्, माना पचोस्’ भन्ने कर्मचारी मनोवृत्तिका कारण सामुदायिक विद्यालयहरु खस्केको स्पष्ट पार्दै सरकारले शिक्षकको प्रोमोशन गर्दा विद्यार्थीहरुको सङ्ख्यात्मक र गुणात्मक मापन आवश्यक छ भन्नुभयो ।  वागीश्वरीले नेपाल मजदुर किसान पार्टीले आत्मसात् गरेको वैचारिक आधार जनताको सेवालाई प्राथमिकतामा राख्दै अगाडि बढेको बताउ“दै हाल वागीश्वरीमा चार हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो ।  वागीश्वरी माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले शैक्षिक गुणस्तरका लागि कार्यरत शिक्षक कर्मचारीहरुले थप मिहिनेत गर्नु आवश्यक छ भन्नुभयो ।  वागीश्वरी कलेजका प्राचार्य एवं कोषका अध्यक्ष धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आ.व २०७६÷७७ को प्रतिवेदन, कोष परिचालन सम्बन्धी विनियम २०७७ पारित गरेको थियो भने आउ“दो एक कार्यकालका लागि धनकुमार श्रेष्ठकै अध्यक्षतामा नया“ कोष सञ्चालक समिति गठन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%