श्रद्धाञ्जली सभा सम्पन्न

साउन २०, २०७५ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, २८ साउन २०७४ - वागीश्वरी कर्मचारी समाजको आयोजनामा स्व. श्यामकृष्ण श्रेष्ठको सम्झनामा साउन १९ गते एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वागीश्वरी माविका रात्रीकालीन सुरक्षागार्ड श्यामकृष्ण श्रेष्ठ साउन १७ गते असामयिक निधन भएको थियो । स्व. श्यामकृष्णप्रति एक मिनेट मौन धारणबाट शुरु भएको उक्त श्रद्धाञ्जली सभामा प्राचार्य कृष्णप्रसाद धन्छाले जागिरको क्रममा स्व. श्यामबाट सैनिक अनुशासन प्रदर्शन गरेको चर्चा गर्दै ठीक समयमा आउने र ठीक समयमा जाने उहा“को समयको परिपालना सबैले सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सहप्राचार्य ज्ञानसागर प्रजापतिले कुनै पनि व्यक्ति नामबाट भन्दा पनि कामबाट परिचित हुने गर्छ भन्नुहुदै स्व. श्यामको विनम्रता, पेशाप्रतिको जवाफदेहिता सिक्न लायक भएको चर्चा गर्नुभयो । आयोजक समाजका अध्यक्ष तुल्सीराम प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा शिक्षक धनकुमार श्रेष्ठ र कर्मचारी सवीन्द्र प्रजापतिले पनि स्व. श्यामका बारेमा चर्चा गर्नुभएको थियो । सभामा उपस्थित सम्पूर्ण कर्मचारीहरुले स्व. श्यामको तस्वीरमा पुष्पगुच्छाका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%