सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

असार १९, २०७९ आइतबार
0 प्रतिक्रिया

भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।
निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%