भारतले गरेको लिम्पियाधुरा अतिक्रमण विरुद्ध वागीश्वरीमा सचेतना कार्यक्रम

कार्तिक २९, २०७६ शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर – वागीश्वरी कलेजको आयोजनामा नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतीय विस्तारवादद्वारा भईरहेको अतिक्रमणविरुद्ध कार्तिक २९ गते शुक्रबार कलेजका विद्यार्थीहरुबीच सचेतना कार्यक्रम सम्पन्न भयो । 
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजुले भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण आज भारतस“ग जोडिएका सम्पूर्ण देशहरुसित उसको सीमा विवाद रहेको हो भन्नुभयो । 
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको नाम उल्लेख नहुनु भारतीय विस्तारवाद सामु गरेको आत्मसमर्पण भएको स्पष्ट पार्दै उहा“ले भारतीय विस्तारवादले गरेको नेपालको भूमी अतिक्रमण विरुद्ध देशभक्त जनताहरुले नै दबाबस्वरूप सङ्घर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नेपालको भूमी मिच्दा पनि शासक वर्गले केही बोलेन भने सिक्किम, भूटानजस्तै नेपालको अस्तित्व पनि खतरामा पर्ने उहा“ले बोल्नुभयो । 
वागीश्वरी कलेजका राजनीतिशास्त्रका शिक्षक विकल प्रजापतिले नेपालको भूमी अतिक्रमण गर्ने भारतीय ज्यादतीलाई नेपालले कुटनीतिक रुपमा पहल गर्न नसक्नु र यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेकोले नेपाल पछाडि परिरहेको बताउनुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी रञ्जन फा“जुले पनि बोल्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

Notice Regarding Summer Vacation