विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली वागीश्वरीमा

माघ १२, २०८० शुक्रबार
0 प्रतिक्रिया

भक्तपुर । वागीश्वरी कलेजको गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (PRT) ले माघ ७,८,९ र १० गते लगातार गरेको कलेजको अनुगमन सम्पन्न भएको छ ।
समापन कार्यक्रममा टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले वागीश्वरीलाई नजिकबाट नियालिरहेको बताउँदै पछिल्ला दुई वर्षमा कलेजले सबैको साझा प्रयासबाट फड्को मारेको विचार व्यक्त गर्नुभयो ।
गुणस्तरको सुनिश्चितता एकचोटिको प्रयासले मात्र नहुने भन्दै उहाँले भन्नुभयो, “गुणस्तर एउटा निरन्तरको प्रक्रिया हो† सेवाग्राही विद्यार्थी र समुदायलाई सन्तुष्ट पार्दै चरित्रवान जनशक्ति उत्पादन गरी त्यसले समाजलाई पु¥याउने योगदान नै कलेजको वास्तविक गुणस्तर हो ।”
कमी कमजोरी नभएको कुनै संस्था हँुदैन, यद्यपि संस्थालाई थप राम्रो बनाउन हामी सुझाव दिने गर्छौँ भन्दै उहाँले आगामी दिन समयतालिका बनाई योजनाबद्ध ढङ्गले कार्य गर्न सुझाव दिनुभयो ।
कलेज व्यवस्थापन समितिले छुट्याएको अनुसन्धानको बजेट सदुपयोग गर्न विशेष जोड दिँदै उहाँले अनुसन्धानबिना कलेजको महत्व नहुनेमा प्रकाश पार्नुभयो ।
गुणस्तरसँग सम्बद्ध कलेजका विभिन्न पक्षसँगै अन्तरक्रिया गर्दा सबैबाट आफूहरूले सकारात्मक पाएको चर्चा गर्दै उहाँले भन्नुभयो, “विगतबाट पाठ सिक्दै भविष्यलाई उत्साहित गरेर हामी अघि बढ्नुपर्छ ।”
कार्यक्रमका सभापति एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले टीमले दिएका सुझावहरू दिइएको समयावधिभित्रै इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमन गरी शैक्षिक सुधारको लागि आवश्यक सुझावका लागि हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा टोलीका सदस्य प्रा.डा. रेजिना मास्केले वागीश्वरी कलेजको सबैभन्दा सबल पक्ष शिक्षक, विद्यार्थी र समुदाय सबैले अपनत्व ग्रहण गर्नु हो भने छात्राहरूको सक्रियता अत्यन्त प्रशंसायोग्य छ भन्नुभयो ।
कार्यक्रममा टोलीका सदस्य नवीना चौलागाई, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र कलेजको स्वअध्ययन टोलीका संयोजक विनोद प्रजापतिले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%

Notice Regarding Summer Vacation