सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुद्वारा ३ दिने क्याम्प सम्पन्न

Facebook
Twitter
WhatsApp
Email

भक्तपुर । वागीश्वरी कलेजको स्नातक तह प्रथम वर्षमा सामाजिक कार्य विषय लिई अध्ययनरत विद्यार्थीहरुको तीन दिने स्प्रिङ क्याम्प शिखरापुर सामुदायिक सिकाइ केन्द्र फर्पिङ दक्षिणकाली नगरपालिकामा शनिबार सम्पन्न भयो । 
क्याम्पमा विद्यार्थीहरुले सिकाइ केन्द्रद्वारा सञ्चालित कृषि फार्म, पशुपालन तथा बोतल हाउसको अवलोकन गर्नुका साथै उक्त सिकाइ केन्द्रलाई सहयोग गरी व्यवहारिक शिक्षा पनि ग्रहण गरेका थिए । 
सिकाइ केन्द्रले थोरै शुल्कमा महिला, पुरुष, बालबालिकाहरुलाई खुला शिक्षामार्फत शैक्षिक क्रियाकलाप गर्दै आएको क्याम्पमा सहभागी एक विद्यार्थीले भन्नुभयो । 
क्याम्पको शिलशिलामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङ डङ्गोलस“ग अन्तरक्रिया भएको थियो । 
अन्तरक्रिया कार्यक्रममा प्रमुख बस्नेतले भक्तपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको मितेरी सम्बन्धबारे चर्चा गर्नुभयो भने उपप्रमुख तामाङले दक्षिणकाली नगरपालिका समृद्ध पर्यटकीय नगर तथा कृषि क्षेत्रको नामले चिनिने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नगरपालिकाको आर्थिक, सांस्कृतिक, विकासका पूर्वाधार, कोभिड १९, महिला सशक्तिकरण आदिबारे जिज्ञासा राखेका थिए । 
क्याम्पको समापन कार्यक्रममा सिकाइ केन्द्रका व्यवस्थापक निरोज श्रेष्ठले सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने अध्यक्ष श्याम केसीले विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।  
विषय शिक्षकद्वय राजन चौगुठी र मङ्गलेश्वर ध्वजूको नेतृत्वमा गएको क्याम्पमा जम्मा ३७ जना विद्यार्थीहरु सहभागी भएका थिए । 
 

Latest Notice

22

July 2024

Prospectus.....

.....

View Details

18

July 2024

Viva हुने सम्बन्धी सूचना.....

.....

View Details
More Notice