सामाजिक कार्य अध्ययनरत विद्यार्थीहरुद्वारा ३ दिने क्याम्प सम्पन्न

Facebook
Twitter
WhatsApp
Email

भक्तपुर । वागीश्वरी कलेजको स्नातक तह प्रथम वर्षमा सामाजिक कार्य विषय लिई अध्ययनरत विद्यार्थीहरुको तीन दिने स्प्रिङ क्याम्प शिखरापुर सामुदायिक सिकाइ केन्द्र फर्पिङ दक्षिणकाली नगरपालिकामा शनिबार सम्पन्न भयो । 
क्याम्पमा विद्यार्थीहरुले सिकाइ केन्द्रद्वारा सञ्चालित कृषि फार्म, पशुपालन तथा बोतल हाउसको अवलोकन गर्नुका साथै उक्त सिकाइ केन्द्रलाई सहयोग गरी व्यवहारिक शिक्षा पनि ग्रहण गरेका थिए । 
सिकाइ केन्द्रले थोरै शुल्कमा महिला, पुरुष, बालबालिकाहरुलाई खुला शिक्षामार्फत शैक्षिक क्रियाकलाप गर्दै आएको क्याम्पमा सहभागी एक विद्यार्थीले भन्नुभयो । 
क्याम्पको शिलशिलामा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत र उपप्रमुख बसन्ती तामाङ डङ्गोलस“ग अन्तरक्रिया भएको थियो । 
अन्तरक्रिया कार्यक्रममा प्रमुख बस्नेतले भक्तपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको मितेरी सम्बन्धबारे चर्चा गर्नुभयो भने उपप्रमुख तामाङले दक्षिणकाली नगरपालिका समृद्ध पर्यटकीय नगर तथा कृषि क्षेत्रको नामले चिनिने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले नगरपालिकाको आर्थिक, सांस्कृतिक, विकासका पूर्वाधार, कोभिड १९, महिला सशक्तिकरण आदिबारे जिज्ञासा राखेका थिए । 
क्याम्पको समापन कार्यक्रममा सिकाइ केन्द्रका व्यवस्थापक निरोज श्रेष्ठले सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने अध्यक्ष श्याम केसीले विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।  
विषय शिक्षकद्वय राजन चौगुठी र मङ्गलेश्वर ध्वजूको नेतृत्वमा गएको क्याम्पमा जम्मा ३७ जना विद्यार्थीहरु सहभागी भएका थिए । 
 

Latest Notice

3

December 2025

कक्षा बन्द हुने सम्बन्धी सूचना.....

योमरी पुन्हीको कक्षा बन्द हुने.....

View Details

31

October 2025

स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क छात्रवृत्ति वितरण सम्बन्धी सूचना.....

.....

View Details
More Notice

कक्षा बन्द हुने सम्बन्धी सूचना