‘Qualitative and Quantitative Research’ विषयक तीनदिने कार्यशाला गोष्ठी सुरु

अषोज २३, २०७८ शनिबार
0 प्रतिक्रिया

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा 'Qualitative and Quantitative Research' विषयमा तीनदिने कार्यशाला गोष्ठीको असोज २२ गते शुक्रबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कार्यशाला गोष्ठीको सफलताको कामना गर्नुहुँदै विकसित देशहरुले विकासको नाममा नेपाललाई दिइरहेको सहायताले देशलाई परनिर्भरतातर्फ धकेलिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका शासक दलहरुलाई आफूअनुकुल प्रभावमा पार्नका साथै नेपालको गुप्त प्रतिवेदनहरु विदेश पु¥याउने काम गरिरहेका छन्, उहाँले प्रष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकतामाथि आँच पुग्ने देशघाती एमसीसी सम्झौता खारेज गर्नुपर्नेमा जोड दिनुहुँदै नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसीसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको बताउनुभयो । उहाँले राम्रा विद्यार्थीहरु राजनीतिक गतिविधिमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाभित्र सञ्चालित कलेजहरु अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।
शेयर कारोबारले नेपाली लगानीकर्ताहरुलाई नराम्रोसँग डुबाउने खतरा भएको आंैल्याउनुहुँदै उहाँले पुँजीवादी व्यवस्थालाई समाप्त पारी समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ नेमकिपा लागिरहेको बताउनुभयो ।
नेपालमा सञ्चालित गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरुको गतिविधिले विकासको नाममा नेपालीलाई दास बनाइरहेको र देशलाई उपनिवेश बनाउने खतरा रहेको चर्चा गर्नुहुँदै उहाँले अरूको भरमा काम गर्ने मानसिकताले परनिर्भरतातर्फ धकेल्ने प्रष्ट पार्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले शिक्षण—सिकाइको क्रियाकलापमा अनुसन्धानको महत्वबारे प्रष्ट पार्नुहुँदै शिक्षक—कर्मचारीहरुले आफूमा भएको ज्ञान विद्यार्थीमार्फत उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अनुसन्धानको महत्वलाई बुझेर वागीश्वरी कलेजले यस वर्ष रु. २६ लाख बजेट विनियोजन गरेको बताउनुहुँदै वागीश्वरीलाई अनुसन्धानको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनाअनुरूप कलेजमा कार्यरत शिक्षकहरुलाई विभिन्न विषयमा कार्यशाला गोष्ठीहरुमा जोड दिइरहेको बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका उपप्राध्यापक राजन चौगुठीले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%