अनलाइन लाइब्रेरी स्रोतको प्रयोगबारे जुम बैठक

साउन १३, २०७७ मंगलबार
0 प्रतिक्रिया
भक्तपुर– वागीश्वरी कलेज पुस्तकालय शाखाको आयोजनामा अनलाइन लाइब्रेरी स्रोतको प्रयोगबारे जुम बैठक श्रावण १२ गते सोमबार सम्पन्न भएको छ ।  बैठक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय विभागका पुस्तकालय अधिकृत विजय शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।  अतिथि शर्माले कलेजमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीको अध्ययन अनुसन्धानलाई थप मजबुत पार्न प्रयोग गर्न सकिने सशुल्क तथा निःशुल्क अनलाइन पुस्तकालय स्रोतसम्बन्धी जानकारी दिनुभयो ।  कलेजका शिक्षक तथा कर्मचारीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त बैठकमा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र पुस्तकालय सहायक लक्ष्मीप्रसाद गाईजुले पनि बोल्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%
0 ०%