वागीश्वरी कलेजको छैटौं साधारण सभा सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको छैटौं वार्षिक साधारण सभा पुस १० गते मङ्गलबार कलेज सभाहलमा सम्पन्न भएको छ । 
साधारणसभामा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको बताउ“दै यस वर्ष मात्र देशका विभिन्न ३१ नपाका मेयर उपमेयर भक्तपुरको शैक्षिक अवलोकन भ्रमणमा आएको बताउनुभयो । 
नाफामुखी नभई सेवामुखी भावनाले कलेज सञ्चालन भईरहेको बताउ“दै उहा“ले कलेजलाई सङ्ख्यात्मक मात्र नभई गुणात्मक दृष्टिले पनि हेर्नुपर्छ भन्नुभयो । 
गरीब तथा जेहेन्दार विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति प्रदान गर्दै आर्थिक हिसाब पारदर्शि गर्दै आइरहेको यस कलेज सामूहिक भावनाका साथ अघि बढिरहेको उहा“ले बताउनुभयो । 
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कलेजका सकारात्मक पक्षलाई बढिभन्दा बढि सार्वजनिक गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व विद्यार्थी एवं प्रदेश नं.३ का सांसद सृजना सैंजूले विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर स“गस“गै राजनीतिक रूपमा पनि सबल बनाउ“दै लग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
साधारणसभाको बन्दसत्रले कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७५ (संशोधनसहित), नवगठित व्यवस्थापन समिति, कलेजको आ.व. २०७४÷०७५ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा कलेजका सल्लाहकार बुद्धिकुमार गोसाईको पनि उपस्थिति थियो । 
 

वागीश्वरीमा शिक्षकहरुबीच क्यूएए विषयमा अन्तरक्रिया

२९ मंसिर, भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको QAA (Quality Assurance & Accreditation) को SSR (Self Study Report) बारे सरोकारवाला समूहस“ग अन्तरक्रिया गर्ने क्रममा शनिबार कलेजमा अध्यापनरत शिक्षकहरुस“ग छलफल सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कम आय भएका जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजको स्थापना भएको बताउ“दै कलेजको गुणस्तर बढाउन कलेज प्रशासन, शिक्षक, विद्यार्थीलगायतका सरोकारवाला पक्षहरुले भावनात्मक रूपमा क्रियाशिल हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
२१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्ने लक्ष्यलाई अगाडि बढाउन कलेजले अनुसन्धानको लागि पनि प्राथमिकता दिएको उल्लेख गर्दै अध्यापनरत शिक्षकहरुले आफ्नो योग्यता बढाउनुपर्छ भन्नुभयो । 
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष मोहनप्रसाद प्रजापतिले कलेजको गुणस्तर सुनिश्चितताको लागि शिक्षकहरुको सहयोग अपरिहार्य छ भन्नुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी माविका प्रअ तथा कलेज व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद धन्छा, सुशिला कर्माचार्यले पनि बोल्नुभएको थियो ।