वागीश्वरी कलेजको निर्माणाधीन भवनको पहिलो स्ल्याब ढलानका केहि झलकहरू । मिहिनेती सम्पूर्ण श्रमिकहरूप्रति हार्दिक आभार ।

वागीश्वरी कलेज बीए पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुलाई भिडियोग्राफीको आधारभूत तालिम दिंदै न्यूज २४ का मिडियाकर्मी टेक नारायण भट्टराई ।

बीबीएस चौथे वर्षको Project Work Proposal Viva का केहि झलकहरू

वागीश्वरी कलेजमा न्यायधीशसँगको छलफल कार्यक्रम सम्पन्न

वागीश्वरी कलेजको आयोजनामा फागुन १६ गते शुक्रबारका दिन बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीबीच न्यायाधीशसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायधीश श्रीप्रकाश उप्रेतीले कानून, अदालतसँग सम्बन्धित आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । 
उप्रेतीले छलफल तथा अनुभव प्रदान  गर्ने सम्बन्धमा मल्टिमिडियाबाट कानूनको इतिहास, कानूनको परिचय, कानून र न्यायको आवश्यकतालगायतका विषयमा विद्यार्थीहरूलाई स्पष्ट पार्नुभएको थियो । 
कार्यक्रममा विद्यार्थीहरूले आफूलाई लागेका जिज्ञासाहरु अतिथिसमक्ष पस्केका थिए । 
कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, बीबीएस व्यावसायिक कानून विषय शिक्षकद्वय विकल प्रजापति र सुन्दर राजचलको उपस्थ्तिि रहेको थियो । 

बीबीएस चौथो वर्षको आयोजनामा सम्पन्न धन्यवाद कार्यक्रमका केहि झलकहरू