QAA बारे अभिभावकहरुसँग छलफल

QAA बारे सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल

QAA बारे स्थानीयसँग छलफल

विद्यालय तथा कलेजको बारेमा स्थानीयस“ग छलफल

भक्तपुर– वागीश्वरी मावि र कलेजको विषयमा स्थानीयबासीस“ग छलफल सम्पन्न भएको छ । 
माध्यमिक विद्यालयलाई ३ नं. प्रदेश सरकारले नमूना छनोट गरेको र वागीश्वरी कलेजलाई विश्वविद्यालय अनुदान आयोगले QAA (Quality Assurance Accreditation) प्राप्तिका सम्बन्धमा उक्त बैठकमा जानकारी दिइएको थियो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले QAA को महŒवमाथि प्रकाश पार्दै देशमा भएका १ हजार चार सय भन्दा बढी सामूदायिक कलेजहरुमध्ये हालसम्म ३६ कलेजले मात्र QAA प्राप्त गरेको अवस्थामा अब वागीश्वरीले पनि पाउन अन्तिम चरणमा पुग्नु खुशीको विषय हो भन्नुहु“दै यसले वागीश्वरी कलेजको सङ्ख्यात्मक र गुणात्मक विकासलाई समेत टेवा पुग्ने कुरामा दुईमत छैन भन्नुभयो । 
विगतमा बीबीएसतर्फ देशभरमै सर्वाधिक अङ्क हासिल गर्ने सङ्गीता बुद्धाचार्यलाई पोखरामा सम्मान गरेको जानकारी दिनुहु“दै उहा“ले पछिल्लो समय विश्वविद्यालय अनुदान आयोगले सबभन्दा बढी उत्तीर्ण दर बढेको आधारमा छयत्तर लाख पुरस्कार स्वरूप अनुदान प्राप्त भएको पनि जानकारी दिनुभयो । 
त्यस्तै ३ नं. प्रदेश सरकारले वागीश्वरी माविलाई नमूना विद्यालयको निम्ति छनोट गरेको सम्बन्धमा जानकारी दिनुहु“दै वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले नमूनायोग्य कामहरुको बारे चर्चा गर्नुभयो । 
छिमेकमा रहेका नाजुक विद्यालयलाई सबल बनाइदिने काम सिद्धिशारदा प्राविको उदाहरण दिनुहु“दै अब ब्रह्मचारिणी प्राविलाई पनि सबल बनाउने प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिनुभयो । 
देशका विभिन्न २७ जिल्लाबाट प्रअ तथा वि.व्य.स. पदाधिकारीहरुबाट वागीश्वरीमा अवलोकन भ्रमण आएको जानकारी दिनुहु“दै गत पुस ४ गते नुवाकोटको मुकुण्देश्वरी माविको प्रअ तथा विव्यस टोलीले अवलोकन गरेको जानकारी दिनुभयो । 
१२ कक्षासम्ममा ३५ सयभन्दा बढी अध्ययनरत रहेको र एसईई देखि कक्षा ११ र १२ को नतिजा उत्साहजनक रहेको हु“दा सङ्ख्यात्मक र गुणात्मक दुबै हिसाबले राम्रा रहेको स्पष्ट पार्नुभयो । 
कार्यक्रममा कलेजको तर्फबाट शिक्षक भानुभक्त हुमागाई र विद्यालयको तर्फबाट शिक्षक विश्वेश्वर मानन्धरले थप प्रकाश पार्नुभएको थियो । 
भेलामा स्थानीय टोलवासीहरुले वागीश्वरी कलेजमा बीएड र बीएस्सीको पनि पढाइ सञ्चालन गर्नुपर्ने, अङ्ग्रेजीलाई मात्र नभई नेपालीमा पनि जोड दिनुपर्ने, जगाती, कमलविनायक चोकमा पनि बोर्ड राख्नुपर्ने, शैक्षिक हातामा हरण निषेध र तीव्र गति नियन्त्रण गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए । 
भेलामा स्थानीय ४ दर्जनभन्दा बढीको उपस्थिति थियो । 

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७६ मंसिर ३० गते, सोमबार
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्रा·णमा उद्घाटन गर्नुभयो ।
    उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताउनुभयो । निर्वाचनको समयमा पैसा दिएर मतदान गर्नु देश हार्नु वा कमजोर बन्नु नै हो भन्नुहुँदै उहाँले शासक दलका पार्टीहरूले पैसाको माध्यमबाट चुनाव जित्ने गलत कार्य निन्दनीय भएको बताउनुभयो ।
    विरोधी पक्षसँग संघर्ष र प्रतिरक्षाको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले  विद्यालयहरूले विद्यार्थीको शैक्षिक क्षेत्र र खेलकुद गतिविधिलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
    प्रजग कोरियाविरुद्ध नेपाल सरकार जानु भनेको अहिलेको सरकारमा अमेरिकी प्रतिनिधि (एजेन्ट) को घुसपैठ हुनसक्ने आशंका व्यक्त गर्नुहुँदै नेता बिजुक्छेँले सरकारको उक्त कार्य निन्दनीय र गलत भएको बताउनुभयो । फासीवादको विषयमा विद्यार्थीहरुलाई सचेत गर्नु आवश्यक छ – उहाँले भन्नुभयो ।
    नेमकिपाका संघीय सांसद प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालकको प्रभावमा परेको र शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको आरोप लगाउनुभयो । 
    नेपालको संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान हुँदा पनि सरकारले यसतर्फ ध्यान नपु¥याएको बताउनुहुँदै सांसद सुवालले प्रदेश नं. ३ को नमुना विद्यालय बन्न सफल बनेकोमा बधाई दिनुहुँदै भन्नुभयो – ‘सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि देखाइरहेको छैन, निजीकरण र व्यापारीकरणकै पक्ष लिएको देखिन्छ ।’
    भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेज व्यवस्थापन समितिले कलेजको आर्थिक, भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागि परेको बताउनुहुँदै खोज र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
    भक्तपुर नगरपालिकाले आर्थिक रुपमा कमजोर विद्यार्थीहरूको लागि शैक्षिक ऋण प्रदान गर्दै आइरहेको र भूगोल, इतिहास, संस्कृतिलगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
    नेमकिपाका तर्फबाट प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाइँले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकबीचको समन्वय र सहकार्यमा यथोचित ध्यान पु¥याउन आवश्यक भएको बताउनुहुँदै राजनीतिक रुपमा असचेत जनशक्ति देशको लागि घातक हुने बताउनुभयो ।
    अर्का प्रदेश सांसद सृजना सैंजुले सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि नदेखाउँदा निजी विद्यालय तथा कलेज सञ्चालकहरूलाई फाइदा पुगिरहेको बताउनुहुँदै समुदायमा आधारित बागीश्वरी माविले युग सुहाउँदो शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्नुभयो । 
    बागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले समुदायमा आधारित विद्यालयले देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बागीश्वरीलाई देशकै नमुना सामुदायिक विद्यालय बन्न सहयोगी भूमिका खेल्ने सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभयो ।
    कार्यक्रममा प्रधानाध्यापकद्वय कृष्णप्रसाद धन्छा र धनकुमार श्रेष्ठले बागीश्वरी माविक र बागीश्वरी कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
    प्रमुख अतिथि बिजुक्छेँले २०७६ सालमा दीर्घसेवा पदकबाट विभूषित शिक्षकहरू कृष्णमान मलेपति, सुन्दर बासिजु, शिक्षिकाहरू मिना प्रजापति, शोभालक्ष्मी गोसाई र प्रमिला ढुंगानालाई दोसल्ला ओढाई सम्मान प्रदान प्रदान गर्नुभयो ।
    कार्यक्रममा संयुक्त परीक्षा समिति तथा बासु माविका प्रअ अम्बिका न्याइच्याइ, सिद्धिबीर कर्माचार्य, विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापति, विद्यार्थीको तर्फबाट निशा कोजु, कलेजको तर्फबाट विद्यार्थी राकेश साखकर्मी, पूर्व विद्यार्थी समाजकाका तर्फबाट सचिव विकल प्रजापतिले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो । सोही समारोहमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरूले कलेजका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पुरस्कार, मेडल तथा सम्मान पत्र प्रस्तुत गर्नुभयो । औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रदर्शनीहरु पनि देखाएका थिए ।

वागीश्वरीमा लैङ्गिक हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजमा १६ दिने महिला हिंसाविरुद्धको अभियानको अन्तिम दिन महिला हिंसाविरुद्ध प्रवचन कार्यक्रम सम्पन्न भएको छ । 
‘समानताको पुस्ता–कलात्कारविरुद्धको ऐक्यबद्धता’ यस वर्षको नारा तय गरेको छ । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सभासद् अनुराधा थापामगरले देशमा मौलाएको पू“जीवादी व्यवस्थामा १६ दिन मात्र नभई ३६५ दिन नै यस्तो कार्यक्रम गरेपनि प्रभावकारी नहुने स्पष्ट पार्दै महिलाहरुप्रति हुने हिंसा अन्त्य गर्न समाजवादी व्यवस्था अपरिहार्य छ भन्नुभयो । 
समाजवादी देश क्युवामा महिलाहरु एकदमै सुरक्षित रहेको जानकारी दिए । 
अन्धविश्वास तथा धर्मले बलियोले कमजोरलाई दबाउने परम्परा रहेको हाम्रो समाजमा महिला हिंसा बढिरहेको छ । यसका लागि आपराधिक मानसिकतालाई हटाउन एकदमै जरुरी छ भन्नुभयो । 
विशिष्ट अतिथि अधिवक्ता अनिता जधारीले हाम्रो देशमा मात्र नभई विश्वमै महिला हिंसा भएको बताए । १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै बलात्कृत नारीहरुको सशक्तिकरणको निम्ति लैङ्गिक हिंसा अन्त्य नगरी समानता कायम हुन सक्दैन भन्नुभयो । 
बलात्कृत नारीहरुले ुज्भबच mभ तययु भन्नेबाट आफ्नो अनुभव आदानप्रदान गरेर अरुलाई वास्तविक घटना बाहिर ल्याउन प्रोत्साहन दिने गर्दछ । 
नेपालको कानूनमा महिला हिंसा गर्ने जोकोहीलाई पनि राज्यले ३ देखि २५ हजार जरिवाना गर्नुका साथै ६ महिनासम्म कैदको व्यवस्था गरेको उहा“ले जानकरी दिए । 
महिला हिंसाविरुद्ध कानूनी समाधानका लागि पीडितले सुरुमा पारिवारिक, त्यसपछि सामाजिक, प्रहरी र अदालतमा जानुपर्ने उहा“ले बताउनुभयो । 
त्यस्तै वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले समाजमा घटेको विभिन्न सामाजिक घटनाले महिलाहरु पिडित भएको दृष्टान्त प्रस्तुत गर्दै आफू जनप्रतिनिधि छ“दा घटित घटनाको अनुभव सुनाउनुभयो । 
बीएसडब्लू तेस्रो वर्षका आकृति गिरीको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यार्थी कृपा प्रजापतिलगायतले बोल्नुभएको थियो । 
 

वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास

भक्तपुर – वागीश्वरी कलेजको नया“ भवनको शिलान्यास कार्यक्रम मंसिर २१ गते शनिबार सम्पन्न भएको छ । 
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामुहिक र सामाजिक चेतनाबारे सुसुचित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नया“ अवास क्षेत्रमा नमुना पुस्तकालय, संग्रहालयहरु निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले ठूल–ठूला गाडीहरु आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्छ भन्नुभयो । 
विश्वविद्यालयको मानक भवन मात्र नभएको स्पष्ट पार्दै उहा“ले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकहरुको सङ्ख्या बढ्नुपर्छ भन्नुभयो । 
बढ्दो यातायातको साधनलाई ध्यानमा राख्दै उहा“ले नया“ आवास क्षेत्रमा नक्सा पास गर्न अनिवार्य ग्यारेजको बन्दोबस्त हुनुपर्ने प्रावधान राख्न नगरपालिकालाई सुझाव दिनुभयो । 
विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थ विनाको कामले प्रगति हुने बताउ“दै सामाजिक भावनाको एकताको परिणाम नै वागीश्वरी आजको अवस्थामा आएको हो भन्नुभयो । 
भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी दिंदै उहा“ले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरिरहेको जानकारी दिनुभयो । 
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नेपालका कुनै पनि कलेजले उत्पादित जनशक्ति गुणस्तरयुक्त छन् भन्ने प्रमाणित गराउन विश्वविद्यालय अनुदान आयोगबाट प्रमाणित गराउनुपर्ने आवश्यकताअनुसार यस कलेजले पनि गुणस्तर सुनिश्चितता प्रत्यायन समितिको कार्यक्रममा अगाडि बढ्नु प्रशंसनीय भएको बताउ“दै कलेजको प्रगतिमा योगदान गर्नुहुने सम्पूर्ण व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभयो ।
उहा“ले प्रदेश नं. ३ को सरकारले हाल वागीश्वरी माविलाई नमूना विद्यालयको रुपमा छनोट गरेको जानकारी दिनुभयो । 
प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले शिक्षकहरुले अध्ययनलाई थप व्यापक बनाउ“दै कलेजको गुणस्तर वृद्धिको लागि थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
कलेजको भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, शिक्षक राजन चौगुठीलगायतले बोल्नुभएको थियो ।