‘गुठी एक समाजिक संस्था’ विषयमा प्रमुख प्रजापतिसँग अन्तरक्रिया

भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्र्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिसँग ‘गुठी एक सामाजिक संस्था’ विषयमा अन्तरक्रिया कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बेलायतको संविधानजस्तै गुठीमा पनि अलिखित नियम, कानुन रहेको र यस नियम कानुनलाई सबै गुठीयारहरूको सहमतिमा मात्र सुधार तथा परिमार्जन गर्न सकिने बताउनुभयो ।
सामाजिक संस्थाको रुपमा स्थापित गुठीले समाजका व्यक्तिहरूद्वारा सामाजिक उद्देश्य पूर्ति गर्ने र संस्कृति, संस्कारहरूलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

गुठीमा अपनाइने कार्यहरूका बारेमा विद्यार्र्थीहरूलाई सहज तथा सरल तरीकाले बताउँदै उहाँले गुठी समुदाय अरू संस्थाभन्दा भिन्नै तरिकाले चल्ने गर्दछ भन्नुभयो । उहाँले भन्नुभयो, ‘गुठी सरकारी, निजि र राज गुठी गरी तीन प्रकारका हुन्छन् ।’
समुदाय र गुठियारबिच मर्दापर्दा सहयोग गर्ने, समाजको हित र भलाइको निम्ति काम गर्ने, परम्परादेखि चल्दै आएको चलन, रहनसहन, नैतिक अनुशासन, परिवेशलाई वर्तमान समयमा पनि निरन्तता दिई आउदो पिँढीलाई हस्तान्तरण गर्दै जानुका साथै सांस्कृतिक सम्पदाहरूको जोहो गर्ने जिम्मेवारवोध गुठीले गर्ने बताउँदै गुठी कुनै पनि व्यक्तिगत फाइदाका निम्ति नचल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यार्र्थीहरू काजल थापा, रूपा धिमाल, गौरव लामिछाने, बिना वनमाला र प्रनिता अधिकारीले आफ्नो समुहबाट अवलोकन गरिएका सामुदायिक संस्थाहरू जस्तै सामुदायिक वन, सहकारी, धार्मिक स्थल, विद्यालय, अस्पतालहरूको बारेमा छोटो प्रस्तुति दिएका थिए ।
विद्यार्थी सरला लवजूको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरू ज्योतिका शिल्पकार र मालती पराजुलीले पनि बोल्नुभएको थियो ।

नयाँ पुस्ताले विदेशी शैक्षिक संस्था रोज्नु चिन्ताजनक

भक्तपुर, १५ जेठ । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘टिचिङ पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले युवा पुस्ता विदेशिँदै गएकोले देशमा शिक्षण क्षेत्र धरापमा पर्दै गएको अवस्थामा विगत १५ वर्षदेखि वागीश्वरी कलेज निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

नेपालको खस्कँदो शैक्षिक अर्थतन्त्र, बिग्रिँदो शिक्षा प्रणाली तथा युवा पुस्ताले वैदेशिक शैक्षिक संस्था रोजेर विदेश पलायन हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले समाजमा मौलाउँदै गएको सामाजिक विकृति र पीडितहरूलाई विभिन्न सङ्घसंस्थाले राहत वितरण गर्नुभन्दा पीडितलाई आवश्यक शिक्षा र सीपमूलक तालिम तथा रोजगार दिए पीडितलाई राहत हुने जानकारी दिनुभयो ।
रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापन शैली अपनाउन आग्रह गर्नुभयो ।
उहाँले आरएमसीले सञ्चालन गरेको तालिम, अभ्यास शिक्षण संस्थामा लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
वागीश्वरी केलज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त कार्यशालामा प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, उप प्रा.डा. वेदप्रसाद ढकाल, उप प्रा.डा बलराम दुवाल, उप प्रा.डा. भरतसिंह थापा र उपप्रा. सञ्जय घिमिरेले स्रोतव्यक्तिको रूपमा प्रशिक्षण दिनुभएको थियो ।

वागीश्वरी कलेजमा शिक्षण विधि सम्बन्धी तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको ‘टिचिड्ड पेडागोजी युजिङ केस स्टडी मेथोड’ बारे तीनदिने तालिम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालले जेष्ठ १३ गते शनिबार समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सुवालले देश आजको अवस्थासम्म किन र कसरी आइपुग्यो भन्नेबारे विश्वविद्यालयका प्राध्यापकहरुले अध्ययन अनुसन्धान गर्नुपर्ने बताउ“दै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न डराउनु, लगानीकर्ता ऋण तिर्न नसक्नु सबै आर्थिक सङ्कटको परिणाम हो भन्नुभयो ।

विश्वविद्यालयका प्राध्यापकहरुलाई राजनैतिक अवस्थाबारे अनुसन्धान गर्न आग्रह गर्दै उहा“ले ख्वप विश्वविद्यालय स्थापनाका लागि २०६४ सालदेखि सङ्घर्ष जारी रहेको जानकारी दिनुभयो ।
सभापतिको आसनबाट बोल्दै रिसर्च म्यानेजमेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यले शिक्षक, प्राध्यापकहरुलाई सैद्धान्तिक शिक्षण पद्धतिभन्दा प्रयोगात्मक अध्यापनशैली अपनाउन आग्रह गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवं भनपा ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले अहिलेको नयाँ पुस्ता उच्च शिक्षा अध्ययनको नाममा विदेशिएको दृश्यले नेपालको पाठ्यक्रम नै समाजिक जीवनसँग बेमेल भएको हुन् की भनी प्रश्न गर्दै युवा पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
वर्तमान आर्थिक सङ्कटको समयमा भक्तपुरमा रहेको सहकारी, वित्तीय संस्थाहरुले भक्तपुरका जनताहरुको बचत रकम लगानीबारे अध्ययन अनुुसन्धान गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले केस स्टडी विद्यार्थीहरुको पाठ्यक्रममा अनिवार्य भैसकेको हुँदा अध्यापन गराउने शिक्षक, प्राध्यापकहरु यस विषयमा तयारी हुन आवश्यक रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ मानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
जेष्ठ १५ गतेसम्म चल्ने उक्त कार्यशालामा उपप्राध्यापक डा. भरतसिहं थापा र उपप्राध्यापक सन्जय घिमिरेले पहिलो दिन स्रोतव्यक्तिका रुपमा प्रशिक्षक रहनुभएको छ । त्यसैगरी दोस्रो र तेस्रो दिनमा प्राध्यापक डा.पुष्कर ब्रजाचार्य, प्राध्यापक डा. सञ्जयकुमार श्रेष्ठ, उपप्राध्यापक डा. वेदप्रसाद ढकाल र उपप्राध्यापक डा. बलराम दुवाल गरी जम्मा ६ जना स्रोतव्यक्तिले प्रशिक्षण दिने कलेज प्रशासनले जनाएको छ ।

वागीश्वरीमा ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम सुरु

भक्तपुर । वागीश्वरी कलेज तुमचो, कमलविनायकमा अध्ययनरत विद्यार्र्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम ६ गते शनिबारदेखि वागीश्वरी कलेजसभा हलमा सुरु भएको छ ।
विद्यार्थीहरुलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वागीश्वरी कलेजले यो कार्यक्रम आयोजना गरेको हो ।

विश्वविद्यालय अनुदान आयोग अन्तर्गत उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रममा व्यवस्था रहेको उद्यमशीलता सहयोग कार्यक्रमका लागि नेपालभरबाट १८ वटा कलेजहरु छनोट गरिकोमा वागीश्वरी कलेज पनि छनोटमा परेको हो ।
वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थी र ४० वर्षभन्दा कम उमेरका शिक्षकहरुलाई यस अघि नै उद्यमशीलता प्रस्ताव माग गरिएकोमा आएका प्रस्तावहरुमध्ये ३० जनालाई छनोट गरी यो तालिम सञ्चालन गरिएको हो ।
उद्यमशील बनाउने लक्ष्यका साथ अगाडि बढेको उद्यमशीलता कार्यक्रमको चौथौ“ तहको पहिलो तालिमलाई गम्भीरतापूर्वक ग्रहण गर्न तालिम संयोजक अबिना श्रेष्ठले आग्रह गर्नुभयो ।
तालिमको पहिलो दिनका स्रोत व्यक्ति ‘साईनो र मौरी भ्यन्चर’ का उद्यमी तथा व्यवसायी संस्थापक अमृत बिष्टले उद्यमी के हो ? कसरी उद्यमी बन्ने र यसको प्रकृयाबारे प्रशिक्षण दिनुभएको थियो ।
यस उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत उद्यम शुरु गर्न छनौटमा परेका युवा, शिक्षक, कर्मचारी र विद्यार्थीलाई बीउ पू“जीका रुपमा सानो उद्यमको लागि ५ लाख रूपैयाँ, मध्यम उद्यमको लागि २० लाख रूपैयाँ र ठूलो उद्यमको लागि ४० लाख रूपैयासम्म प्रदान गरिने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा सहभागी एक विद्यार्र्थीले तालिम फलदायी रहनुका साथै नेपालमै सम्भावना खोजी उद्यमशील हुन उत्प्रेरित गरेको बताए ।
उद्यमशील सहयोग कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस तालिमका ६ वटा मोडुललाई नौ दिनमा विभाजन गरी प्रशिक्षार्थीलाई प्रशिक्षण गर्ने बताइएको छ ।

वागीश्वरी कलेजका विद्यार्थीहरुको तीन दिने क्याम्प सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने “Summer Urban camp” फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराएका थिए ।
खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताउनुभयो ।
विद्यार्थीहरुले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टि.ए. सरिता नगरकोटिको विशेष सहयोगमा विद्यार्थीहरुले तरकारी (काक्रो, लौ“का, घिरौ“ला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए ।
विद्यार्थीहरूका दुई समुहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए ।


उक्त सर्वेक्षणमा बढी महिलाहरु कम उमेरमा विवाह हुने, आधारभुत कक्षासम्म मात्रको पढाइ र कृषि पेशामा आवद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउ“दा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो ।
उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताउनुभयो ।
यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्टयाउ“दै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा शिखरापुर खुल्ला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउण्डेशनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति रहेको थियो ।

‘डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला सम्पन्न

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा भइरहेको ‘डाटा एनालाइसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशाला बैशाख २४ गते आइतबार सम्पन्न भएको छ । वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले कार्यशाला समापन कार्यक्रममा नेपाली विद्यार्थीहरु अध्ययनको लागि ठूलो सङ्ख्यामा विदेसिनुको अर्थ यहा“का विश्वविद्यालयहरुप्रति विश्वास नहुनु हो भने रोजगारीको लागि युवाहरु विदेसिनुको अर्थ देशप्रति नै विश्वास नभएको अर्थ लाग्छ भन्दै यो अत्यन्त चिन्ताको विषय हो भन्नुभयो ।

उहा“ले भन्नुभयो, “अहिले विद्यार्थीहरु धेरै विदेसिंदा यहा“ धेरै कलेजहरु बन्द हुने अवस्थामा छन् ।”
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने घोषणा हु“दा त्यसबेला धेरैले विश्वास नगरेको चर्चा गर्दै अहिले विस्तारै यस विषयलाई चासोका साथ हेर्न थालेको बताउ“दै उहा“ले यसको निम्ति निरन्तर लागिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सरकारले २०५२ देखि २०६२ सम्मको अवधिभित्रका ३१४ जना यौन हिंसा पीडित र अयोग्य लडाकुहरुलाई जनही रु. २–२ लाख रकम दिन लागेको सन्दर्भमा उहा“ले भन्नुभयो, “त्यसरी बा“ड्ने अर्बौं रुपैयाबाट उद्योग खोलेको भए आज युवाहरु रोजगारीको लागि विदेसिनु पर्दैनथ्यो ।”
देशको समस्या समाधानको लागि अनुसन्धानहरु गर्नुपर्ने अनेकौं क्षेत्रहरु छन्† जलस्रोतको धनी देशले जलस्रोत विदेशीको हातमा सुम्पेको छ, कृषिप्रधान देशमा रासायनिक मल विदेशीको भरमा छ भन्दै उहा“ले यसरी देशको विकास सम्भव हुन्छ भनी प्रश्न गर्नुभयो ।
भक्तपुर नगरपालिकाले मासिकरूपमा घरदैलो नर्सहरुबाट प्राप्त डाटा विश्लेषण गरेरै आवश्यक कदम चाल्दै आएको चर्चा गर्दै उहा“ले त्यही विश्लेषणको आधारमा नगरवासीलाई निःशुल्क अक्सिजन प्रदान गरिरहेको हो भन्नुभयो ।
वागीश्वरी आर.एम.सी का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले सिकाइ विधि प्रविधि हरेक क्षण नया“ नया“ आइरहने हु“दा एकचोटिको सिकाइ सधैंको लागि नहुने हु“दा सधैं चनाखो भइरहनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा कार्यशालाको अनुभव सुनाउ“दै सञ्जीवनी कलेज काभ्रेका रामचन्द्र भट्टराईले कार्यशाला अत्यन्त फलदायी भएको बताउनुभयो । कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।

वागीश्वरीमा डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट कार्यशाला सुरु

भक्तपुर । वागीश्वरी कलेज तुमचो भक्तपुरको आयोजनामा ‘डाटा एनालेसिस युजिङ आर स्क्रिप्ट’ बारे तीनदिने कार्यशालाको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंको प्रमुख आतिथ्यमा समुद्घाटन भएको छ । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सांसद गोसाईले शिक्षक प्राध्यापकहरू समाजका ज्ञाता भएकाले उहाँहरूको ज्ञान स्कुल कलेजको कक्षा कोठामा मात्र सीमित नभई सिङ्गो समाजमा देखिनुपर्नेमा जोड दिनुभयो ।

हाल बजारमा पैसाको अभाव छ, स्नातक तहको कक्षामा विद्यार्थीको अभाव छ किन ? यसको व्याख्या विश्लेषण आवश्यक छ भन्दै उहाँले एक सफल अर्थशास्त्रीको लागि कम्युनिष्ट घोषणापत्रको अध्ययन अनिवार्य छ भन्नुभयो ।
बैशाख २२ एकातिर हामी बुद्ध जयन्ती मनाइरहेका छौं भने अर्कोतिर कार्ल माक्र्स जयन्ती पनि मनाइरहेका छौं भन्दै उहाँले संसारमा गैरकम्युनिष्टहरुले समेत सबभन्दा बढी पढ्ने माक्र्सलाई हामीले कति पढेका छौं र हामीले हाम्रा विद्यार्थीलाई कति पढाएका छौं भन्ने प्रश्न गर्दै माक्र्सलाई एक दार्शनिकको रूपमा पनि अध्ययन गर्न आवश्यक छ भन्नुभयो ।
कुनै पनि कुराको सही व्याख्या विश्लेषणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको यथार्थ जानकारी आवश्यक हुन्छ भन्दै उहाँले इराकका सद्दाम हुसेनले डलरमा कारोबार नगर्ने घोषणा गरेपछि अमेरिकाले उनको हत्या गरेको, लिवियाका गद्दाफीले संयुक्त राष्ट्र सङ्घको अफिस अमेरिकाबाट अन्यत्र सार्नुपर्ने विचार राखेपछि उनको पनि हत्या गरेको प्रसङ्ग उल्लेख गर्दै आज अमेरिकाले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको घोषणा गरेपछि अफ्रिकाले पुटिनलाई स्वागत गरेको छ भने अमेरिकाले फिनलाण्डलाई जबरजस्ती नाटोमा तानेको छ । यसरी संसार बदलिरहेको अवस्थासँग हामी अद्यावधिक भएनौं भने हाम्रो व्याख्या विश्लेषण सटिक नहुन सक्छ उहाँले भन्नुभयो ।

रिसर्च मानेज्मेन्ट सेल वागीश्वरीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा उहाँले शिक्षक, प्राध्यापकहरूले निरन्तर अध्ययन, अनुसन्धान र त्यसको उपयोग गर्दै अर्थोपार्जनमा लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्न आग्रह गर्दै उहाँले मिहिनेतीलाई ईश्वरले पनि साथ दिने विचार व्यक्त गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका सदस्य एवं वडाध्यक्ष रवीन्द्र ज्याख्वले डाटा एनेलेसिस युजिङ आर स्क्रिप्टको सफल कार्यशालापछि अध्ययन अध्यापन थप प्रभावकारी हुनेमा विश्वास गर्दै युवा नयाँ पुस्ता विदेश मोहबाट ग्रस्त भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आज युवा विद्यार्थीलाई कसरी कलेजमा आकर्षित गर्ने ? कलेजमा आएका विद्यार्थीलाई कसरी टिकाउने र टिकेका विद्यार्थीलाई कसरी देशभक्ति भावनाका साथ बिदाइ गर्ने भन्ने चुनौती रहेको चर्चा गर्दै उहाँले कार्यशाला सामाजिक, शैक्षिक, राजनीतिक, प्राज्ञिक हरदृष्टिले डाटा एनेलेसिस गर्न सक्षम होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवाल, प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विनोद प्रजापति र उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभएको थियो ।
बैशाख २४ गतेसम्म चल्ने उक्त कार्यशालामा सहप्राध्यापक डा. विजयलाल प्रधान र नवराज पौड्याल प्रशिक्षक रहनुभएको छ ।