प्राध्यापक समाज वागीश्वरीद्वारा ‘द एकेडेमी’ बुलेटिनको अन्तरक्रिया

भक्तपुर– नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल प्राध्यापक समाजद्वारा प्रकाशित ‘द एकेडेमी’ बुलेटिन प्रथम अङ्कको अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले हरेक बुद्धिजीवीले आफ्नो बौद्धिक क्षमता संसारलाई व्याख्या गर्ने मात्र नभई समाज परिवर्तनको निम्ति प्रयोग गर्नुपर्छ भन्नुभयो । 
पूर्खाले गरेका कामहरुबाट सिक्दै भोलिको पुस्ताको लागि आजको एक्काइसौं शताब्दीका पुस्ताले केही गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले इतिहासलाई बिर्सनु भोलिको बाटो कोर्न बा“ध बनाउनु सरह हुने स्पष्ट पार्नुभयो । 
शैक्षिक तथा वैचारिक क्षमता विलासिताको निम्ति मात्र नभई शिक्षकहरुले शताब्दी योग्य नागरिक तयार गर्नका लागि प्रयोग हुनुपर्ने उहा“ले बताउनुभयो । 
वर्तमान समयमा प्रँध्यापकहरु नै स–साना स्वार्थका निम्ति आफ्नो बौद्धिकतालाई बन्धकी राखेको बताउ“दै उहा“ले बुलेटिनले प्रँध्यापकहरुलाई सही दिशा निर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कम्युनिष्टको खोल ओढेको वर्तमान नेकपाको सरकारले सार्वभौम देश भेनेजुयलामा संरा अमेरिकाको हस्तक्षेप भइरह“दा पनि अमेरिकी साम्राज्यवादको विरोध गर्न डराउनु सरकार अमेरिकी साम्राज्यवादको दलाल भएको स्पष्ट पार्नुभयो । 
शोषणको चेतना नभएसम्म क्रान्ति अगाडि बढ्न नसक्ने बताउ“दै उहा“ले मान्छेको आचरण परिवर्तन गर्न धैर्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
शासकहरु राजनीतिलाई जसरी भए पनि सत्तामा पुग्ने साधनको रूपमा लिंदा देशमा कम्युनिष्ट आन्दोलन झन् पछाडि धकेलिएको उहा“ले भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक तथा समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छाले नेमकिपाले पहिला रात्रीकालीन कक्षामार्फत जनतालाई सचेत पार्ने अभियानमा जोड दिइएको थियो भने वर्तमानमा विश्वविद्यालयमार्फत जनताका छोराछोरीहरुलाई अनुसन्धानमा जोड दिने तयारी गरिरहेको बताउनुभयो । 
वागीश्वरी कलेजका प्राचार्य तथा समाजका केन्द्रीय सदस्य धनकुमार श्रेष्ठले बुलेटिनमा प्रकाशित लेखहरु अनुसन्धानात्मक शैलीमा लेखिएको हु“दा नवउदयमान लेखकहरुको निम्ति सन्दर्भ सामग्री हुन सक्ने सम्भावना औंल्याउनुभयो । 
समाजका केन्द्रीय सदस्य सुनिल दुवालले प्रकृतिमा लागू हुने द्वन्द्वात्मक भौतिकवादका नियमहरु समाजमा पनि लागू हुने स्पष्ट पार्दै कुनै पनि वस्तु तथा समाज स्थिर हुन नसक्ने बताउनुभयो । 
समाजका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका मङ्गलेश्वर ध्व“जू, कृष्णनीर छुकां, दिनेश प्रधान, नवीन्द्रलाल कर्माचार्य, नीरु ताल्चाभ“डेल, उकेश सुवाल र भानु हुमागाइ“लगायतले बुलेटिनका विभिन्न विषयमा बोल्नुभएको थियो । 
 

हीरक वर्षको उपलक्ष्यमा शैक्षिक अन्तरक्रिया सम्पन्न

भक्तपुर– वागीश्वरी माविको हीरक वर्ष २०७५ को उपलक्ष्यमा मासिक रूपमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा माघ १५ गते मङ्गलबार शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ का सदस्य चक्रमान विश्वकर्मा र दरबन्दी पुनर्वितरण कार्यदलका संयोजक महाश्रम शर्माको आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भक्तपुरका निजी तथा सामुदायिक विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा आयोगका सदस्य विश्वकर्माले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न संकायका सर्वोत्कृष्ट अङ्क हासिल गरेका व्यक्तिहरुलाई शिक्षण पेशामा आकर्षित गर्ने, निजामति कर्मचारीहरुको तलबभन्दा शिक्षकहरुको तलब १० प्रतिशत बढाउनुपर्ने, प्रअलाई गुणस्तरीय शिक्षा अभिवृद्धि गर्न बढी जिम्मेवार बनाई १५ प्रतिशत तलब बढाउनेलगायतका सिफारिस आयोगले सरकारलाई बुझाएको बताउनु्भयो । 
उहा“ले अबको १० वर्षभित्र देशका सम्पूर्ण निजी विद्यालयहरुलाई सार्वजनिक गुठीमा ल्याउने वातावरण तयार गर्ने र हरेक ५–५ वर्षमा प्रअलगायत शिक्षकहरुको सरुवा गर्ने पनि आयोगले सिफारिस गरेको जानकारी दिनुभयो । 
सरकार तीनवटै तह संघीय, प्रदेश र स्थानीयबाट कुल बजेटको न्यूनतम २० देखि २५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने भनी सिफारिस गरेको जानकारी दिनुहु“दै उहा“ले गुणस्तरीय शैक्षिक सेवा प्रवाहका लागि प्रारम्भिक बालविकासमा १ः२०, आधारभूत तह १ः३० र मावि तहमा १ः४० कायम गरी राष्ट्रिय तहमै दरबन्दी मिलान गरी स्थानीय तहको दरबन्दी एकिन भएपछि सोहि अनुपातका आधारमा हरेक वर्ष विद्यार्थी, शिक्षक दरबन्दी मिलान गर्ने पनि बताउनुभयो । 
अर्का अतिथि महाश्रम शर्माले २०११ सालदेखि शिक्षा क्षेत्रमा आयोगमाथि आयोग बन्ने क्रम भइरहेकोले हालको आयोगद्वारा सिफारिस गरिएका कुराहरु पनि कार्यान्वयन हुन्छ नै भन्ने कुरामा सर्वसाधारणमा संशय हुनु स्वाभाविक नै भएको बताउनुभयो । यद्यपि उहा“ले आयोगद्वारा सिफारिस गरिएका सकारात्मक कुराहरुलाई कार्यान्वयन गराउन शैक्षिक जगतका व्यक्तिŒवहरुले जोड दिनुपर्ने कुरामा प्रकाश पार्नुभयो । 
नेपालको शिक्षा क्षेत्रमा विदेशी लगानी करिब १० प्रतिशत मात्र रहेको जानकारी दिनुहु“दै उहा“ले ९० प्रतिशतभन्दा बढी नेपालीकै रकम भएको हुनाले नेपालीको लगानी खेर जान नदिन शिक्षाको गुणस्तर उठाउनै पर्ने परिस्थिति रहेको बताउनुभयो । 
निःशुल्क शिक्षाबारे एक सहभागीको प्रश्नको उत्तर दिनुहु“दै उहा“ले सामुदायिक विद्यालय पूर्ण रूपमा निःशुल्क हु“दाहु“दै पनि कोहि अभिभावक शुल्क तिरेरै पढाउन चाहन्छन् भने विद्यालय रोज्ने स्वतन्त्रता अभिभावकलाई छोडिदिएको उहा“ बताउ“छन् । 
विद्यालयलाई कम्पनी ऐनमा लानु गल्ती नै थियो भन्नुहु“दै उहा“ले संसारमै नभएको त्यो गल्ती अब सुधारेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उहा“ले पूर्व प्रावि तहका शिक्षकहरुलाई सहयोगी कार्यकर्ता भनेर हीनताबोध गराउन नहुने र निश्चित समय सीमाभित्र १२ कक्षा उत्तीर्ण गर्ने अवसर दिई तिनीहरुलाई पनि आधारभूत तहसम्मको तलब दिनुपर्छ भन्नुभयो । 
भक्तपुर नगरपालिका क्षेत्रमा स्थानीय सरकारले स्थानीय पाठ्यक्रम लागू गरेर निकै राम्रो काम गरेको प्रशंसा गर्नुहु“दै देशका सम्पूर्ण स्थानीय सरकारले आ–आफ्नो परिस्थिति अनुसारको स्थानीय पाठ्यक्रम लागू गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 
दरबन्दी सम्बन्धी चर्चा गर्नुहु“दै उहा“ले ०७४ सालको तुलनामा ०७५ सालमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहु“दै उहा“ले विद्यार्थीको अनुपातमा देशभरिमा ५७ हजार शिक्षक नपुग भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा सहप्रअ ज्ञानसागर प्रजापतिले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अतिथि एवं सहभागी सम्पूर्णलाई हीरक वर्षको मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा वासु माविका प्रअ अम्बिका न्याईच्याई, इसानका महासचिव पुरुषोत्तम ग्वाछा, शैक्षिक गुठी अन्तर्गत सञ्चालित प्रभात माविका प्रिन्सिपल कृष्णबहादुर प्रजापति, भुवनेश्वरी माविका प्रअ कृष्णप्रसाद छुस्याकी, पञ्चकन्या माविका प्रअ सन्तराम दुलाल, सिद्धिशारदा प्राविका प्रअ धनेशराज राजोपाध्याय, गणेश मावि भार्वाचोका प्रअ गणेशराम थुसा, वाइजल्याण्ड माविका प्रिन्सिपल आशकुमार चिकंबञ्जारलगायतले बोल्नुभएको थियो । 

सामुदायिक कलेजहरुको अवलोकन भ्रमणबारे जानकारी कार्यक्रम

वागीश्वरी कलेजले विश्वविद्याय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन चिह्न (QAA- Quality Assurance and Accreditation) प्राप्त गर्न प्राचार्य धनकुमार श्रेष्ठको नेतृत्वमा गएको गुणस्तर चिह्न प्राप्त विभिन्न सामुदायिक कलेजहरुको अवलोकन भ्रमणबारे जानकारी कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका प्रतिनिधि ज्ञानसागर प्रजापतिले  सबै कलेजको आ–आफ्नो सबल पक्षहरु हुने हु“दा वागीश्वरी कलेजको सबल पक्षलाई ध्यान दिंदै अरु कलेजको सबल पक्षबाट सिक्नुपर्छ भन्नुभयो । 
सामाजिक भावना भएको विद्यार्थी उत्पादनमा शिक्षक शिक्षिकाहरुको महŒवपूर्ण भूमिका हुने बताउ“दै उहा“ले शिक्षक शिक्षिकाहरुको सकारात्मक भूमिकाको निम्ति अनुरोध गर्नुभयो । 
प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा अध्यापनरत शिक्षकहरुलाई भ्रमणबारे जानकारी दिंदै कलेजले गरेका विभिन्न कार्यमा प्रतिबद्ध हुन अनुरोध गर्नुभयो ।
भ्रमण टोलीका सदस्य डा. बलराम दुवालले अनुभव बताउ“दै समुदायले अपनत्व महसुस गर्न सक्नेगरि प्रत्यक्ष सहभागिता र लाभ हासिल हुनेगरि कार्यक्रम र गतिविधिहरु संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
 

वागीश्वरीले QAA प्राप्त सामुदायिकको भ्रमण

वागीश्वरी कलेजले विश्वविद्याय अनुदान आयोगको गुणस्तर सुनिश्चितता प्रत्यायन चिह्न (QAA- Quality Assurance and Accreditation) प्राप्त गर्न प्राचार्य धनकुमार श्रेष्ठको नेतृत्वमा गुणस्तर चिह्न प्राप्त विभिन्न सामुदायिक कलेजहरुको अवलोकन भ्रमण सम्पन्न गरेको छ । 
भ्रमण मध्यविन्दु कलेज, कावासोती, नवलपरासी, महाकवि देवकोटा क्याम्पस, सुनवल, नवलपरासी, कैलाली बहुमुखी क्याम्पस, धनकढी, कैलाली, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रुपन्देही र बालकुमारी कलेज, नारायणगढ, चितवनमा गरेको थियो । 
भ्रमणले वागीश्वरी कलेजलाई त्तब्ब् प्रकृयामा अगाडि बढ्नको लागि सहज अनुभूति भएको कलेजका प्राचार्य धनकुमार श्रेष्ठले बताउनुभयो ।