क्यान्सर पीडित विद्यार्थीलाई आर्थिक सहयोग

भक्तपुर, १४ असार । वागीश्वरी कलेज कमलविनायकमा सामाजिक कार्य विषय लिई अध्ययनरत स्नातक तह दोस्रो वर्ष (२०७७ वाय्च) का विद्यार्थीहरूले कलेजका क्यान्सर पीडित एक विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । आफ्नै कक्षाका साथी लिभर र प्यानक्रियाजमा क्यान्सर भई उपचारको लागि काठमाडौं क्यान्सर केयर सेन्टर फैढोकामा भर्ना भइरहेको थाहा भएपछि सामाजिक कार्यका विद्यार्थीहरू आर्थिक सहयोगका लागि तत्पर भएका हुन् ।
सहयोगी विद्यार्थीहरूले कलेजमा अध्ययनरत विद्यार्थीहरू र अध्यापनरत शिक्षकहरूसँग आर्थिक सहयोग सङ्कलन गरी प्राचार्य धनकुमार श्रेष्ठसहितको टोली क्यान्सर केयर सेन्टरमा पुगी रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम ग्रहण गर्दै पीडित विद्यार्थीले सहयोगी सबैप्रति आभार प्रकट गरे भने टोलीले स्वास्थ्य लाभको कामना गरेको थियो । सहयोग रकम सङ्कलन गर्न काजल थापा, नम्रता रञ्जितकार र मालती पराजुलीलगायतका विद्यार्थीहरू सक्रिय भएका थिए ।

विज्ञान प्रविधिमा प्रजग कोरिया धेरै अगाडि

भक्तपुर, १३ असार । वागीश्वरी कलेज र विश्वविद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको तीनदिने ‘युज अफ आईसीटी इन टेक्नोलोजी’ विषयक कार्यशाला गोष्ठी सोमबार सम्पन्न भयो । उक्त गोष्ठीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान प्रविधिमा प्रजग कोरिया धेरै अगाडि रहेको जानकारी दि“दै प्रजग कोरिया आकार र जनसङ्ख्याको दृष्टिले सानो भए पनि संरा अमेरिकालाई हा“क दिइरहेको बताउनुभयो ।

शिक्षकहरू प्रविधिमैत्री हुनुपर्नेमा जोड दि“दै उहा“ले सुधारिएको शवदाह गृह आधुनिक प्रविधिकै उपयोग हो भन्नुभयो । आफूस“ग भएको ज्ञान, सीप र अनुभव आफ्नो देशको निम्ति उपयोग हुनुपर्ने विचार राख्दै प्रमुख प्रजापतिले योग्य नागरिक तयार गरेर देशभक्तिपूर्ण भावना विकास गर्नुपर्छ भन्नुभयो । उहा“ले प्रशिक्षक र सहभागीहरूलाई मायाको चिनो र प्रशंसापत्र वितरण गर्नुभएको थियो । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिम आयोजनाको आवश्यकताबारे बोल्दै शिक्षण क्रियाकलाप अरुभन्दा पृथक हुनुपर्छ, तालिम विद्यार्थीसमक्ष पुग्नुपर्छ भन्नुभयो । कार्यक्रमका सभापति प्रा.डा. शिद्धिवीर कर्माचार्यले प्रविधिको सहयोग लिनुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा तालिमका सहभागी सञ्जय श्रेष्ठ र शिवबहादुर खुलिमुलीले पनि बोल्नुभएको थियो ।

सांसद गोसाई वागीश्वरी कलेजको निर्माणाधीन भवन निरीक्षणमा

भक्तपुर, १२ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईले वागीश्वरी कलेज भक्तपुरको निर्माणाधीन भवनको निरीक्षण गर्नुभएको छ । बाग्मती प्रदेश सरकारको ‘प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम २०७८’ को शिक्षा बजेटबाट रु. ४९ लाख ३० हजारको लागतमा कलेजको भवन निर्माण भइरहेको हो ।
निरीक्षणको क्रममा उहा“ले कार्यप्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माण सामग्री र निर्माण कार्यको गुणस्तरीयमा विशेष ध्यान दिन सुझाव दिनुभयो साथै उहा“ले भवन पूरा गर्न थप सहयोगको लागि प्रदेशमा प्रयास भइरहेको पनि जानकारी दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका अनुसन्धान व्यवस्थापन एकाइ (आरएमसी) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्य र कलेज भवन निर्माण उपभोक्ता समितिका सचिव ज्ञानसागर प्रजापतिले स्वागत गर्दै निर्माणाधीन भवन निरीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा सांसद गोसाईसित प्राचार्य श्रेष्ठले भवन निर्माण सम्पन्न गर्न अब अन्तिम एक तलामात्र बा“की रहेको हु“दा थप सहयोगको निम्ति आग्रह गर्नुभयो भने उपभोक्ता समितिका सचिव प्रजापतिले निकासा भएको रकमको सम्पूर्ण विल भर्पाई फछ्र्यौटका लागि भनपामा पेश गरिसकेको जानकारी दिनुभयो । कलेजको लागि प्रदेशको बजेट भक्तपुर नगरपालिकामार्फत निकास हुने गरिएको छ ।