वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा सम्पन्न

भक्तपुर– वागीश्वरी सञ्चिति (उपदान) कोषको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले पद र पैसाको लागि देश नै बेच्ने प्रचण्ड भारतको गोटी भएको स्पष्ट पार्दै नेमकिपाले ओलीको समर्थन गरेको नभई उसले गरेको संसद विघटनको औचित्य पुष्टि गरेको हो भन्नुभयो ।
पढे लेखेका विज्ञहरु नभएका कारण देश विकास नभएको नभई देश विदेशीले लियो भने तलब पनि विदेशी मुद्रामा पाइने दास मानसिकताका कारण देश बिस्तारै कमजोर हु“दै गएको बताउ“दै उहा“ले विभिन्न विषयमा विशिष्टता हासिल गरेका विज्ञहरु देशभक्त हुनेपर्ने आवश्यकता औंल्याउनुभयो । 
बिजुली बत्तीका आविष्कारक थोमस एडिसनको उदाहरण दिंदै हरेक मानिसमा विशिष्ट गुण हुने भएकोले खराब व्यवहार देखाएका सबै विद्यँर्थीहरु खराब नहुने हु“दा शिक्षकहरुले विद्यार्थीहरुको बानी व्यहोरालाई गहन अध्ययन गरी अध्यापन गर्नुपर्छ उहा“ले भन्नुभयो । 
नेपालको गुणस्तरीय माटो र सस्तो ज्यामी प्रयोग गरी उत्पादनलाई विदेश निर्यात गर्ने कृषिमा विदेशी लगानी भिœयाउने विधेयकले देशलाई परनिर्भर बताउने बताउ“दै कृषिमा आत्मनिर्भर बनाउन सरकारले मल कारखाना बनाउनुपर्नेमा जोड दिनुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक तथा कोषका संरक्षक कृष्णप्रसाद धन्छाले वागीश्वरी अग्रजहरुको योगदान र भावी पुस्तालाई शिक्षित बनाउने अभियानको एउटा हिस्सा भएको बताउ“दै कार्यरत शिक्षक कर्मचारीहरुले वागीश्वरीलाई अझ अगाडि बढाउन थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 
वागीश्वरी मावि तथा कलेजका कोअर्डिनेटर एवं कोषका सल्लाहकार ज्ञानसागर प्रजापतिले ‘संस्था जेसुकै होस्, माना पचोस्’ भन्ने कर्मचारी मनोवृत्तिका कारण सामुदायिक विद्यालयहरु खस्केको स्पष्ट पार्दै सरकारले शिक्षकको प्रोमोशन गर्दा विद्यार्थीहरुको सङ्ख्यात्मक र गुणात्मक मापन आवश्यक छ भन्नुभयो । 
वागीश्वरीले नेपाल मजदुर किसान पार्टीले आत्मसात् गरेको वैचारिक आधार जनताको सेवालाई प्राथमिकतामा राख्दै अगाडि बढेको बताउ“दै हाल वागीश्वरीमा चार हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुभयो । 
वागीश्वरी माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले शैक्षिक गुणस्तरका लागि कार्यरत शिक्षक कर्मचारीहरुले थप मिहिनेत गर्नु आवश्यक छ भन्नुभयो । 
वागीश्वरी कलेजका प्राचार्य एवं कोषका अध्यक्ष धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आ.व २०७६÷७७ को प्रतिवेदन, कोष परिचालन सम्बन्धी विनियम २०७७ पारित गरेको थियो भने आउ“दो एक कार्यकालका लागि धनकुमार श्रेष्ठकै अध्यक्षतामा नया“ कोष सञ्चालक समिति गठन गरेको थियो । 

वागीश्वरी कलेजको आठौं कलेज सभा सम्पन्न

भक्तपुर– वागीश्वरी कलेजको आठौं वार्षिक कलेज सभा शनिबार सम्पन्न भएको छ । 
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख तथा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको साथ र शक्तिको अगाडि पैसा गौण हुने बताउँदै भक्तपुर नगरपालिकाले पर्यटन शुल्क नउठेपनि जनताको साथमा विकास निर्माणका कार्यहरु अगाडि बढाउँदै लगेको बताउनुभयो । 
कुनै पनि सङ्घ संस्थाको विकास हुनुमा आन्तरिक पक्ष मुख्य हुने भएकोले कलेजको विकासको लागि कार्यरत शिक्षक, कर्मचारीलगायतको सम्पूर्ण पक्षको मिहिनेत आवश्यक छ भन्नुभयो । 
उहा“ले भन्नुभयो, ‘कलेजको विकासको लागि वाह्य सहयोगलाई मुख्य स्रोतको रुपमा बुझ्नु गलत हो ।’ 
भक्तपुर नगरपालिकाले विकासको नाममा कसैले दिएको सशर्त सहयोगलाई अस्वीकार गर्दै आएको बताउँदै उहाँले जापानी सरकारले नेपालमै पहिलो पटक श्वासप्रश्वास पुनस्र्थापना केन्द्र निशर्त रूपमा भक्तपुर नगरपालिकामा स्थापना गर्न मञ्जुर भएको बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले देशको राजनीति मोड्नुमा मुख्य कारण शासक पार्टी नेकपाको सैद्धान्तिक विचलन र पद एवम् पैसा (भागवण्डा) भएको स्पष्ट पार्नुभयो । 
‘बालुवाटारबाट दिन सकिने सबै दियौं, दिन नसकेपछि हामी (नेकपा) छुट्टियौं’ भन्ने विशेष स्रोतको उक्तिलाई उद्धृत गर्दै उहा“ले भन्नुभयो, ‘नेकपा भित्रको लोभी पापी, द्रव्यपिसाच र दास मानसिकताका कारण भएको संसद विघटनको घटना औचित्यपूर्ण छ ।’ उहाँ थप्नुहुन्छ, ‘देश सिक्किम हुनबाट जोगिएको छ ।’
शिक्षकहरुले जुलुश, राजनीतिमा प्रत्यक्ष सहभागीता जनाउन नसकेतापनि प्राज्ञिक हिसाबले समाजको स्तरलाई माथि उकास्न सहयोग गर्नुपर्ने बताउँदै शिक्षकहरु शिक्षण पेशामा मात्र सिमित नभई वैचारिक अध्ययनमा पनि अगाडि छन् भन्ने अरुको मानसिकतालाई विश्वास दिलाउन थप अध्ययन गर्नुपर्छ भन्नुभयो । 
नेपालका ठूला पुस्तकालयमा हराउँदै गएको पुस्तकको अध्ययन गरी ‘मजदुर’, ‘श्रमिक’ पत्रिकामा पुस्तकबारे नियमित लेख प्रकाशन भएको कारणले अहिले सञ्चारकर्मीहरु भक्तपुरमा आइरहेको बताउँदै हरेक शिक्षकहरुले नया“ नया“ खोजमुलक विषयको अध्ययन गरी प्रकाशनको लागि तदारुक हुन जरुरी छ भन्नुभयो । 
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले कम लगानी कम चासो, बढी लगानी बढी चासो राख्ने अभिभावकको वर्तमान मानसिकतामा परिवर्तन आवश्यक भएको बताउँदै शिक्षक, विद्यार्थीपछिको तेस्रो खुट्टा अभिभावकले सक्रिय भूमिका खेलेको खण्डमा कलेजको थप प्रगति हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो । 
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकार आफै शिक्षाको जिम्मेवारी पन्छिँदै गएको वर्तमान परिस्थितिमा कलेज आफैले शैक्षिक गुणस्तर बढाउन अगाडि बढ्नुको विकल्प छैन भन्नुभयो । 
पैसा र जागिरे मनस्थितिबाट मुक्त भई कलेजको चौतर्फी विकास गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैको साझा योगदान आवश्यक छ, उहाँले बताउनुभयो । 
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ संशोधनसहित पारित गरेको थियो । 
कार्यक्रममा शिक्षकहरु विनोद प्रजापति, विकल प्रजापति, डा. बलराम दुवाल, शिव बहादुर खुलिमुलि, ग्याहेन्द्रप्रसाद दाहाललगायतले प्रगति प्रतिवेदनमाथि टिक्काटिप्पणी गर्नुभएको थियो ।