वागीश्वरीमा विजया दशमीको शुभकामना आदानप्रदान

भक्तपुर– वागीश्वरी कलेज र वागीश्वरी कलेजको संयुक्त आयोजनामा विजया दशमी २०७७ को शुभकामना आदानप्रदान कार्यक्रम कार्तिक ५ गते बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले मेडिकल माफियाको दबाबमा सरकारले कोरोना परीक्षणको लागि शुल्क लिने निर्णय गर्नु संविधान र सर्वोच्च अदालतको निर्णयको अवमूल्यन गर्नु हो भन्दै यसले समाजमा कोरोना रोग लुकाउने प्रवृत्तिको जन्म हुने बताउनुभयो । 
मुखले जतिसुकै समुदायलाई प्राथमिकता भनेपनि सबै पूँजी केन्द्रिकृत हुँदै जाने यो पूँजीवादी व्यवस्थामा कम्युनिष्टको नाममा सरकारले कांग्रेसले भन्दा बढी निजी क्षेत्रलाई प्राथमिकता दिइरहेको छ, उहा“ले भन्नुभयो । 
राम्रो संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धा गरी राम्रो प्रस्तुती दिन सके मात्र कुनै पनि शैक्षिक संस्था नमूना बन्न सक्ने बताउँदै उहाँले आत्मनिर्भर अर्थतन्त्र नै विकासको दीगो आधार हो भन्नुभयो । 
भक्तपुर नगरपालिकाको जग्गामा बनेको र नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको भक्तपुर क्यान्सर अस्पताल कुनै पनि निजी क्षेत्रले भ्रष्टाचार गर्ने थलो बन्न नहुने बताउँदै उहाँले भक्तपुर क्यान्सर अस्पताल स्थानीय तह वा प्रदेश सरकार वा केन्द्रीय सरकारको मातहतमा सञ्चालन हुनुपर्छ भन्नुभयो । 
कार्यक्रमका विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले सरकारी अस्पतालले समेत कोरोना परीक्षणको लागि शुल्क लिने निर्णयले गरिब जनता घरमै मर्नुपर्ने अवस्थाको सिर्जना हुनेमा चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले बताउनुभयो, ‘यो सरुवा रोगको नियन्त्रणमा सरकारको प्रमुख भूमिका रहने अन्तर्राष्ट्रिय अभ्यासको विपरित छ ।’
विद्यालयका पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले अहिलेको विषम परिस्थितिमा पूर्व प्रावि तहका विद्यार्थीहरुलाई शैक्षणिक गतिविधिबारे छलफल गर्न अनुरोध गर्नुभयो साथै अहिलेको समय सुहाउँदो विषयहरु सञ्चालनको लागि आवश्यक गृहकार्य गर्न पनि सुझाउनुभयो । 
वागीश्वरी मावि नमूना विद्यालयको रूपमा छनोट भएको प्रसङ्ग उद्धृत गर्दै उहाँले सधैँ नमूना बनाइराख्नको लागि भावी समयमा आउने विभिन्न चुनौतीहरुबारे सचेत भइरहनुपर्छ भन्नुभयो ।
विद्यालयका को–अर्डिनेटर ज्ञानसागर प्रजापतिले जस्तोसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै अहिलेको शैक्षिक संकटको बेलामा पनि शिक्षण सिकाई प्रविधिमैत्री बन्न सफल भएको बताउनुभयो । 
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, शिक्षकहरु ग्याहेन्द्र प्रसाद दाहाल, दिनेश प्रधानलगायतले बोल्नुभएको थियो । 

स्नातक र स्नातकोत्तर तहको अनलाइन परीक्षा सफलतापूर्वक सम्पन्न 

भक्तपुर– वागीश्वरी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको प्रिबोर्ड परीक्षा तथा स्नातकोत्तर प्रथम र तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरुको ब्अजष्भखझभलत त्भकत अनलाईनमार्फत असोज ३० गते शुक्रबार सम्पन्न भएको छ । 
माइक्रोसफ्ट टिमको माध्यमबाट लिइएको सो परीक्षामा विद्यँर्थीहरु उत्साहपूर्वक सहभागी भएका बताउ“दै परीक्षा प्रमुख विकल प्रजापतिले परीक्षामा जम्मा विद्यँर्थीको ८२ प्रतिशत विद्यार्थीहरु सहभागी रहेको बताउनुभयो ।
परीक्षा हुनुपूर्व कलेजले विद्यार्थी तथा शिक्षकहरुलाई अनलाईन परीक्षा सम्बन्धी अभिमुखीकरण गरेको कलेज प्रशासनले जनाएको छ । हाल कलेजका सम्पूर्ण कक्षाहरु माइक्रोसफ्ट टिममार्फत नै सञ्चालन भइरहेको छ । 
 

वागीश्वरी कलेजमा अनलाईन परीक्षाबारे अभिमुखीकरण

भक्तपुर– वागीश्वरी कलेज परीक्षा शाखाको आयोजनामा स्नातक तह बीए÷बीएसडब्लू र बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यँर्थीहरु र स्नातकोत्तर तह एमबीएस प्रथम र तेस्रो सेमेष्टरमा अध्ययनरत विद्याथीहरुलाई अनलाईन परीक्षा सञ्चालन निर्देशिका र प्रक्रियाको बारेमा असोज २० र २१ गते क्रमशः अभिमुखीकरण सम्पन्न भएको छ । 
स्नातक तहको प्रिबोर्ड परीक्षा र स्नातकोत्तर तहको Achievement Test यही असोज २५ गतेबाट सञ्चालन हुने कलेज प्रशासनले जनाएको छ । 
अभिमुखीकरण कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, मानविकी संकायका इन्चार्ज राजन चौगुठी, परीक्षा प्रमुख विकल प्रजापति, शिक्षक ग्याहेन्द्र प्रसाद दाहाल र शिक्षक नवीन प्रजापतिले परीक्षा सञ्चालन प्रक्रिया र उत्तर पुस्तिका बुझाउने तरीकाबारे बोल्नुभएको थियो ।