वागीश्वरीमा तीन दिने क्षमता अभिवृद्धि तालिमको समापन

भक्तपुर– वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा चैत्र २७ गते शुरु भएको कर्मचारी क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेपालको सबैभन्दा सक्षम र क्षमतावान् व्यक्तिहरुको पहिचान गरेर नै विदेशीहरुले किन्न खोज्नेतर्फ सबै नेपाली जनता सजग र सचेत हुनुपर्ने औंल्याउ“दै तालिम प्रँप्त सम्पूर्ण कर्मचारीहरुले समाज, देश र आफ्नै माटोको लागि प्रयो गर्ने अठोट गर्नुपर्छ भन्नुभयो ।
सरकारी कर्मचारीहरु कुनै पनि तालिममा जान भत्ताको लागि हानथाप गर्ने परिस्थितिबारे जानकारी गराउ“दै उहा“ले भक्तपुर नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि तालिममा भत्ता वितरण नगरेको बताउनुभयो । उहा“ले थप्नुभयो, ‘भत्ताको लागि नभइ सिक्नको लागि तालिममा जानुपर्छ ।’
कुनै पनि काम गर्न सक्षम र सिपालु बन्न तालिमले सघाउने बताउ“दै उहा“ले कर्मचारीहरुले सचेत बन्नका लागि बाहिरी वातावरणबारे पनि ज्ञान लिनुपर्छ भन्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वर्तमान समयमा कर्मचारीहरु पेन्सन कुरेर नबसी रोजगारीमा स्थानान्तरण गर्न चाहन्छन् भन्ने जेट जेनेरेसनको मान्यताबारे जानकारी दि“दै वास्तवमा कर्मचारीहरु अनुभवी र सक्षम हुन चाहन्छन् भन्नुभयो ।
वागीश्वरी कलेज आरएमसीका सल्लाहकारी डा. बलराम दुवालले कर्मचारी, शिक्षक हु“दै रणनीतिक तहमा पनि तालिमहरु सञ्चालन गर्न सके वागीश्वरी कलेज एक मानक कलेजको रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिमबाट प्राप्त ज्ञान कर्मचारीहरुको पू“जी हो भन्दै आफ्नो कार्यक्षेत्रमा पू“जीको सहि परिचालन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिममा अधिवक्ता विकल प्रजापति, अडिटर गणेश प्रसाद दुवाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवास शिवाकोटी, इएमआइएस विज्ञ सम्वेदन कोइराला, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहायक निर्देशक शिवहरि अधिकारी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय प्रमुख विजय शर्मा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक फूलप्रसाद सुवेदीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रमुख अतिथि प्रजापतले तालिममा सहभागी सम्पूर्ण कर्मचारीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।  तालिममा उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न कलेजहरुबाट जम्मा ३१ जना कर्मचारीहरु सहभागी थिए ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक शिवबहादुर खुलिमुली, राजन चौगुठी, सहभागीको तर्फबाट ख्वप ई. कलेजका सिद्धिराम सुवाललगायतले बोल्नुभएको थियो ।

वागीश्वरी कलेजमा तीनदिने क्षमता अभिवृद्धि तालिम

वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट सुरु भयो । 
    कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो ।
    कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विज्ञान र प्रविधिको युगमा कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने प्रवृत्तिका कारण देश आर्थिक रूपले पछाडि परेको बताउनुभयो । 
    समाजको निम्ति काम गर्न प्रेरित गर्नुहुँदै उहाँले तालिमबाट प्राप्त सीप र अनुभवबाट संस्था विकास र प्रगतिको निम्ति अझ राम्रोसँग काम गर्न प्रोत्साहित गर्नुभयो ।
    जुनसुकै क्षेत्रमा काम गर्नेहरुसँग कानुनी ज्ञान हुनुपर्ने बताउनुहुँदै उहाँले आफूसँग भएको कानुनसम्बन्धी ज्ञानले आफ्नो काम कर्तव्य र अधिकारबारे प्रष्ट हुने बताउनुभयो ।
    उहाँले भन्नुभयो — ‘शिक्षक तथा कर्मचारीहरुमा क्षमता अभिवृद्धि गर्नु भनेको छोटो समयमा गुणस्तरीय काम गर्नु हो । विद्यालय तथा संघ संस्थाको विकास र प्रगति त्यहाँ कार्यरत शिक्षक—कर्मचारीहरुको दक्षतामा भर पर्छ ।’ 
    वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले जस्तोसुकै चुनौती सामना गर्न कर्मचारीहरु सक्षम हुनुपर्ने बताउनुहुँदै उहाँले युगअनुसारको प्रविधिमा शिक्षक कर्मचारीहरुको पहुँच पुग्नुपर्छ भन्नुभयो ।
    वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कलेज व्यवस्थापन समितिको सकारात्मक निर्णय कार्यान्वयन गर्ने पक्ष कर्माचारीहरुमा भएको हुँदा उनीहरु क्षमतावान हुनुपर्ने आवश्यकताबोध गर्दै कलेजले कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।
    वागीश्वरी कलेज आर.एम.सीका संयोजक सिद्धिबीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले धन्यवाद मन्तव्य र कार्यक्रम तयारी समितिका संयोजक शिवबहादुर खुलीमुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
 

वागीश्वरी कलेजमा रक्तदान

भक्तपुर, २५ चैत्र । वागीश्वरी कलेजको अयोजनामा स्नातक तह बीएसडब्लू प्रथम वर्ष २०७६ ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा विश्व स्वास्थ्य दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कोभिड १९ का कारण सिर्जित रगतको कमीलाई थोरै भए पनि पूर्ति गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको हो । 
उक्त कार्यक्रममा १२ जना शिक्षकहरु र ४४ जना विद्यार्थीहरु गरी जम्मा ५८ जनाले रक्तदान गरेको थियो । 
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले रक्तदाता महानुभावहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।